नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेका कुनै पनि नेता प्रधानमन्त्री नबन्ने दाबी गरेका छन्।
मंगलबार पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।
बाहिरिँदै गर्दा संचारकर्मीले ‘तपाईंको पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार को हो ?’ भनी प्रश्न सोधेका थिए। सो प्रश्नको जवाफ दिँदै उनले अहिले घोषणा गरिरहेकाहरू कोही पनि प्रधानमन्त्री नहुने जिकिर गरे।
दाहालले भने, ‘जसले घोषणा गरेका छन्, कोही प्रधानमन्त्री हुँदैनन्।’
त्यस्तै, नयाँ दलहरूले मार्क्सवादलाई पुरानो वाद भनेर आलोचना गरिरहेको विषयमा सञ्चारकर्मीले राखेको जिज्ञासामा दाहालले मार्क्सवाद विज्ञान भएकाले कहिल्यै पुरानो नहुने तर्क गरे।
उनले भने, ‘विज्ञान कहिल्यै पुरानो हुँदैन। आगोले पोल्छ भन्ने कुरा पुरानो हुन्छ र ? हुँदैन। मार्क्सवाद पनि विज्ञान हो, पुरानो हुँदैन।’
पछिल्लो समय प्रमुख राजनीतिक दलहरूले आगामी निर्वाचनका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने क्रम बढेको छ।
नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन्द्र शाहलाई र नेपाली कांग्रेसले सभापति गगनकुमार थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय (पिएमओ) का अनुसार जोखिममा परेका नागरिकको सहयोगका लागि नेपाली सेनाले बुधबार राति नै खाद्यसामग्री, टेन्ट र औषधिसहितका राहत सामग्री प्रभावित क्षेत्रमा पुर्याएको छ।
उद्धार तथा खोजी कार्यमा सुरक्षा निकायसँगै निजी क्षेत्रले पनि सहयोग गरिरहेको कार्यालयले जनाएको छ। बाढी आएलगत्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली परिचालन गरिएको थियो। सेना र निजी क्षेत्रका हेलिकोप्टरसमेत प्रयोग गरी उद्धार कार्य सुरु गरिएको थियो।
नेपाली सेनाको टोलीले रातभर स्थलमार्गबाट उद्धार कार्य जारी राखेको थियो। बिहीबार बिहानदेखि टिमुरे, स्याफ्रुबेँसी र नदी तटीय क्षेत्रमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर र पैदल टोलीलाई थप सक्रिय बनाइएको छ।
फसेका नागरिकको उद्धारसँगै बेपत्ता भएकाहरूको खोजीलाई पनि तीव्र पारिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ।
सरकारले नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। साथै, राहत तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारी संयन्त्रलाई प्रभावित क्षेत्रमा केन्द्रित गरिएको कार्यालयले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।