यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री
२५ मंसिर २०८०
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
यी हुन एनसेल जोगाउने राजनीतिक नेतृत्व, यसरी सुरु भएको थियो खरिदबिक्री

सरकारमा रहेका सबैजसो राजनीतिक दलका प्रायः नेताहरूले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको स्वामित्व किनबेचको विरोध गरिरहे पनि शीर्ष नेताहरूले भने त्यसमा सहमति जनाइरहेका देखिन्छन्। सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकै मिलेमतोमा एनसेलको स्वामित्व नेपाली नागरिकलाई हस्तान्तरण गरिएको आरोप छ।

‘प्रधानमन्त्रीलगायत सत्ता गठबन्धन दलमा रहेका नेताहरूसँग निकट सम्बन्ध रहेका व्यक्तिले नै एनसेलको स्वामित्व खरिद गरेका छन्। एनसेललाई नै विगतमा सहयोग गरेका व्यक्तिलाई छानबिन समितिको जिम्मा दिइएबाट पुष्टि हुन्छ कि यसमा सरकारमा बस्नेबाटै एनसेललाई सरकारको स्वामित्वमा नल्याउने खेल भएको छ,’ प्रधानमन्त्री कार्यालयमा एक सचिवले भने। ती सचिवका अनुसार विगतमा एनसेललाई जोगाउन विभिन्न तिकडममा संलग्न रहेका व्यक्तिलाई समितिमा राखिएको छ। ‘हेर्नुस् न, टंकमणि शर्मा एनसेलको सेयर खरिद–बिक्री प्रकरणबारे अध्ययन गर्न बनेको समितिका संयोजक छन्। सचिवबाट बिदा हुन लागेका बैकुण्ठ अर्याल मुख्य सचिव छन् र सरकारको नेतृत्वमा विगतदेखि नै एनसेललाई सहयोग गर्दै आएका दाहाल छन्,’ ती सचिवले दाबीसाथ भने।

अहिले पूर्वमहालेखापरीक्षक शर्माको नेतृत्वमा अध्ययन समिति गठन भएको छ। पूर्वमहालेखापरीक्षक हुँदा नै शर्मा एनसेलको पक्षमा लागेको आरोप निरूपण हुन सकेको छैन।

सुकदेव भट्टराई कार्यवाहक महालेखापरीक्षक भएका बेला एनसेलको बाँकी बक्यौता उल्लेख हुनु र शर्मा आएपछि त्यो बक्यौता कहीँ पनि नदेखिनुले आशंका जन्मिाएपछि सो विषयबारे त्यतिबेलै प्रश्न उठाइएको थियो । त्यति मात्र होइन, माओवादी शिविरमा भएको भ्रष्टाचारलाई लुकाउन सघाएको आरोप पनि शर्मामाथि कायमै छ।

स्रोतका अनुसार समिति सदस्य सचिव फणीन्द्रमणि गौतमले आफू रहेकै समितिप्रति असन्तुष्टि जनाइसकेका छन्। आफू एनसेलले कर छली गरेको विषयमा नेपालको पक्षमा वकालत गरेर मुद्दा जितेर आएको व्यक्ति रहेको भन्दै उनले ‘समितिमा भएका कोहीकसैलाई दोष दिनु उपयुक्त नहुने तर राम्रोसँग काम गर्ने अवस्था भने नभएको’ भन्दै आफूनिकट कर्मचारीलाई सुनाएका छन्।

एनसेलको कर छली प्रकरणमा सहयोगी भूमिकामा रहेका अर्याललाई गत असार २ गते अवकाश जानबाट रोकेर सत्ता साझेदार दल कांग्रेस सभापति देउवा र प्रधानमन्त्री दाहाल दुवैले मुख्य सचिवमा नियुक्त गरेका थिए। उनको नियुक्तिका बेला दूरसञ्चार ऐनको मस्यौदामा २५ वर्षपछि नेपाल सरकारको स्वामित्वमा आउन लागेको एनसेललाई सहयोग पुर्‍याउने गरी सो प्रावधान हटाइएको बारे नागरिक दैनिकले निरन्तर समाचार प्रकाशित गरेको थियो। समाचार प्रकाशित भएपछि सो ऐनको मस्यौदा अहिले पनि सञ्चार मन्त्रालयमा छलफलकै क्रममा राखेर रोकिएको छ।

प्रधानमन्त्री दाहाल र एनसेलसँगको साइनो लामो रहेको जानकारहरूको दाबी छ। विगतमा प्रधानमन्त्री दाहाल र अर्थमन्त्री कृष्णबहादुर महरा रहेका बेला एनसेलको कर छुट दिन हरप्रयत्न भएको थियो। त्यति मात्र होइन, शर्मालाई नै महालेखापरीक्षकमा नियुक्ति गरेर कर छलीलाई सहयोगी बनेको आरोपमा अहिले थप बहस सुरु भएको छ।  

२०७६ वैशाख २६ गते हालका प्रधानमन्त्री दाहालले आफ्नो ५०औं वैवाहिक वर्षगाँठ पनि एनसेलसँगै सम्बन्धित व्यक्ति निरजगोविन्द श्रेष्ठको घरमा मनाएका थिए। उनको सुनाकोठीस्थित घरमा वैवाहिक वर्षगाँठ मनाएका दाहाल र उनका सेरोफेरोका नेताहरूले एनसेललाई सहयोग पुर्‍याउँदै आएको स्रोतको दाबी छ।

आफ्नो विगत बाहिर आउने देखेपछि प्रधानमन्त्री दाहालले ऐनसेल खरिदबिक्रीको विवादका सम्बन्धमा सञ्चारमाध्यमका सम्पादकहरूलाई बोलाएर छलफलसमेत गरेका थिए।

त्यति मात्र होइन, एनसेललाई सरकारी स्वामित्वमा आउन नदिने योजना दुई वर्षअघि संसद्को कृषि समितिकी सभापति आरजु देउवा सिंगापुर जाँदा नै भएको स्रोतको दाबी छ। २०७८ सालमा केपी ओली नेतृत्वको सरकार ढल्नुअघि २०७७ फागुनमा सिंगापुर पुगेकी आरजुमार्फत दूरसञ्चार ऐन २०५३ मा उल्लेख भएका जटिल प्रावधान हटाउने योजना बनेको थियो। सोही योजनामुताबिक दूरसञ्चार ऐन २०७९ को मस्यौदा आएको सो मस्यौदा मन्त्रिपरिषद्मा पुग्नै नपाई मन्त्रालयमै अड्किएपछि एनसेलको सबै सेयर नेपाली नागरिकका नाममा पारिएको स्रोतको दाबी छ।

यो विषयमा अहिले सबैतिर चासो राखिएको छ। सत्ता गठबन्धनभित्रका केही नेताले पनि त्यसमा चासो राखेका छन्। नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले कडा शब्दमा आलोचना गरे पनि प्रधानमन्त्री दाहालको विगत र अहिलेको समितिबारे केही बोलेका छैनन्।

कांग्रेस महामन्त्री गगन थापाले राजनीतिक र प्रशासनिक मिलेमतो रहेको अभिव्यक्ति दिएका छन्। तर आफ्नै पार्टीका नेता र प्रधानमन्त्रीबारे उनी पनि बोल्न सकेका छैनन्। अर्कातर्फ उपेन्द्र यादवले पनि थापाको पदचाप पछ्याउँदै राजनीतिक र प्रशासनिक नेतृत्वलाई दोष दिएर उम्किने प्रयास गरेका छन्। भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएका रवि लामिछानेले पनि विदेश पुगेर कर छली गर्नेलाई छानबिन होइन, कारबाही गर्नुपर्ने भन्दै सार्वजनिक खपतका लागि धारणा राखेका छन्।

उता संसद्को राज्यव्यवस्था समिति र अर्थ समितिबीच कसले बढी छलफल गर्ने भन्ने होडबाजी नै चलिरहेको छ। विगतमा अर्थ समितिमा रहेका रामहरि खतिवडा अहिले राज्यव्यवस्था समितिका सभापति छन्।

विगतमा एनसेलको करछली मुद्दाको चर्को बहस गर्ने र एनसेललाई घुँडा टेकाउने पात्र नै अहिले सो समितिमा भएकाले उनको भूमिकाप्रति सबैको चासो छ। ‘यो विषयमा छलफल गर्न भोलि बिहान मलाई प्रधानमन्त्रीले बोलाउनुभएको छ। राज्यले समिति गठन गरेको अवस्था छ। उहाँले समितिमा आएर जवाफ दिन्छु भन्नुभएको छ। उहाँ र एनसेलबीचको सम्बन्धबारे पनि कुराकानी हुन्छ,’ खतिवडाले भने। उनका अनुसार भेटघाट गरेरै राज्यव्यवस्था समितिले छलफलका लागि प्रधानमन्त्रीलाई बोलाउनेछ।

अर्को समाचार
एनसेलको बोर्डर रोमिङ प्याक
१७ वैशाख २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
एनसेलको बोर्डर रोमिङ प्याक

विभिन्न प्रयोजनका लागि भारत, चीन र बंगलादेश जाने ग्राहकको आवश्यकता विचार गरी एनसेलले बोर्डर रोमिङ प्याक ल्याएको छ। प्याकले ग्राहकलाई ती गन्तव्यहरूको भ्रमणमा जाँदा सुलभ दरमा सहजै सम्पर्कमा रही रहन मदत गर्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्याक लिएपछि ग्राहकले डेटा प्रयोगपछि सम्पर्कमा रहनका लागि तत्कालै ५०० एमबी बोनस डेटा प्राप्त गर्छन्। साथै ग्राहकले सो प्याक करसहित सय रूपैयाँमा लिएर तीन दिनका लागि बोनस डेटा र रोमिङ सेवाको फाइदा लिन सक्छन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस