नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।
बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।
नेपाली कांग्रेसले राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेललाई भोट माग्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई पत्र पठाएको छ। यही फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ।
सभापति शेरबहादुर देउवाले पार्टीले सर्वसम्मत निर्णय गरेका राष्ट्रपतिका उम्मेदवार पौडेललाई भोट माग्दै दलहरूलाई आग्रह गरेको पत्र सोमबार पठाएको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
यही फागुन १३ गते कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा पौडेलले राष्ट्रपति पदमा उम्मेदवारी दिएका थिए।
यसैगरी, नेकपा (एमाले)का तर्फबाट सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।