राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता हुनुभन्दा अघि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ। पार्टीबाट राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसले बैठक बोलाएको हो।
बैठक बिहान साढे ८ बजेका लागि बोलाइएको छ। उक्त बैठकमा राष्ट्रपतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गर्ने बताइएको छ।
राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय अरू सात दलले शुक्रबार साँझ नै गरिसकेका छन्। नेकपा (माओवादी केन्द्र), जनमत पार्टी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्।
राष्ट्रपति निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ।
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रपतिका उम्मेदवारका बारेमा छलफल गरिने एक नेताले बताए। आजको बैठकाले भावी राष्ट्रपतिको उम्मेदवारी दिने बारेमा कांग्रेसको औपचारिक धारणा सार्वजनिक गर्नेछ।
उम्मेदवारी दिने बताइरहेको कांग्रेसले उम्मेदवारको औपचारिक टुंगो भने लगाएको छैन। रामचन्द्र पौडेलको नाम चर्चामा आएपनि पछिल्लो समय कृष्णप्रसाद् सिटौलाको पनि नाम अगाडी आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालसंग बुधवार भएको भेटमा निर्वाचन अघिको गठबन्धन व्यूताउने समझदारी भएपछि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने औपचारिक घोषणा आजको बैठकबाट गर्नेछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।