नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद देवप्रसाद गुरुङले दल विभाजित भएको अवस्थामा सरकारको अवस्था के हुने भन्ने प्रश्न उब्जिएको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिनुपर्ने कानूनी प्रावधान रहेको अवगत गराए। उनले सरकारले संसद्लाई बिजनेसविहीन बनाइरहेको आरोप लगाउँदै सरकारले संसद्लाई बिजनेसविहीन बनाउँदा थुप्रै महत्वपूर्ण विधेयक अड्किएर बसेको र सामान्य एजेन्डामा मात्रै संसद् बैठक सीमित भएको बताए।
यस्तै, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कोभिड–१९ को परीक्षण प्रभावकारी बनाउनुपर्ने, कोभिड व्यवस्थापनका लागि सरकारले भारतसँगको खुला सिमानामा स्वयम्सेवक बनाउन टोली बनाउनुपर्ने र भारतसँग अनुदानमा लिएको कोभिड खोप सबै जिल्लामा पठाउनुपर्ने बताए। बैठकमा सांसदहरू दुर्गा पौडेल, कृष्णभक्त पोखरेल, लक्ष्मी परियार, गङ्गा चौधरी सत्गौवा लगायतले जनजीविकाको सवालमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए।
प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।
आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।
सोमबार नेपाली कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ। यस्तै मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सत्तारुढ गठबन्धनआबद्ध दलहरूको संयुक्त बैठक पनि सोमबार नै बसेको थियो।
आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।
पाँच दलीय गठबन्धन सरकारमा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्। मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा हाल कायम ९२ जना सांसद मध्ये ५० जना सांसदको समर्थन रहेको छ।
प्रदेशसभामा प्रतिपक्ष एमालेका ४१ र राप्रपाका एक जना सांसद छन्। गठबन्धनको पक्षमा बहुमत सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाउने स्थिति देखिन्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।