दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै
०५ साउन २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
दुई जनाबाहेक देउवालाई समर्थन गर्ने नेपाल समूहकै

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा २२ जना एमाले सांसदले फ्लोरक्रस गरे भने १० जना सांसदले कतै पनि मतदान गरेनन्। सूर्य चिह्नबाट निर्वाचित भएका बृजेशकुमार गुप्ता पनि अनुपस्थित भए।  

एमालेका भीम रावलसहित ३३ जना सांसदले पार्टीको ह्विप उल्लंघन गरेका छन्। रावलले सांसदबाट राजीनामा नै दिए भने अन्य ३२ जना सांसदमध्ये १० जनाले मतदान बहिस्कार नै गरेका थिए। एमालेमा सांसदले असहयोग गरेका कारण पार्टीभित्रको संकटबाट उम्किन एमाले अध्यक्ष केपी ओलीलाई निकै चुनौती थपिएको छ।  

कांग्रेस सभापति शेरबहादुर देउवाले संसद्मा लिएको विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मात्रै मत खस्यो। यसले १२१ सिट संख्या भएको एमाले पार्टीको धरातल कमजोर हुन पुग्दा पार्टी नै धरापमा परेको छ। 

अदालतले अपदस्थ गरेका प्रधानमन्त्री केपी ओलीको पार्टीभित्रको विवाद मिलाउन नसक्दा कै समस्याले यो अवस्थाको सिर्जना भएको विष्लेषण छ। ३३ जनाले ह्विप उल्लंघन गरिरहँदा ३१ जना माधव नेपाल पक्षकै हुन्। एमाले पार्टीले तटस्थसमेत नबस्न ह्विप जारी गरेको थियो। रावलले राजीनामा र १० जना नेपाल समूहका सांसदले मतदान बहिस्कार गरेपछि देउवालाई विश्वासको मत दिनेमा माधव नेपाल समूहका २२ जनामध्ये १४ र ओली समूहका ८ जना देखिए पनि अन्तत दुई जना मात्रै ओली समूहका हुन्। यद्यपि उनीहरूमध्ये ६ जना केही महिना अघि मात्र माधव नेपाल समूहबाट ओली समूहमा गएका थिए। 

एमालेका धनबहादुर बुढा र कृष्णकुमार श्रेष्ठ (किसान) मात्रै ओली समूहका हुन्। बाँकी सबै ६ जना माधव नेपाल समूहका हुन्। सांसद श्रेष्ठले ओलीको विश्वासपात्रका रूपमा काम गर्दै आएका थिए। श्रेष्ठ गत वर्ष समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई जनकपुरबाट काठमाडौं ल्याउनेमध्येका एक हुन्। उनीमाथि सांसद अपहरण गरेको आरोप पनि लागेको थियो। ओली सरकारमा धनबहादुर बुढा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री थिए।  

पहिला माधव नेपाल पक्षमा रहेका तर प्रधानमन्त्री केपी ओलीलाई वैशाख २७ गते विश्वासको मतको पक्षमा मतदान गरेका सांसद हीरा केसी, पार्वती विसुंखे, समिना हुसेन, गोपाल बम, प्रेम आले, विनादेवी बुढाथोकीले सोमबार शेरबहादुर देउवालाई विश्वासको मत दिएका हुन्। एमाले माधव नेपाल समूहमा रहेका प्रेम आले ओली समूहमा लागेपछि उनलाई वनमन्त्री बनाइएको थियो। तर ओली सरकार हटेपछि उनी फेरि नेपाल समूहमा आएका छन्।  

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका सांसदमध्ये मतदान बहिस्कार गरेका माधव नेपाल समूहका १० जना सांसदमा योगेश भट्टराई, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढा, झपट रावल हुन्। 

पार्टी एकीकरणलाई प्रभावकारी ढंगले अघि बढाउनका लागि मतदानबाट बाहिरिएको सांसद राजबहादुर बुढाले बताए। देउवालाई विश्वासको मत दिने एमाले सांसदमा वरिष्ठ नेता माधवकुमार नेपाल, सांसदहरू मुकुन्द न्यौपाने, विरोध खतिवडा, भवानी खापुङ, कल्याणी खड्का, जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार (किसान) श्रेष्ठ, गोपाल बम, प्रेमबहादुर आले, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खातुन, सविना हुसेन, कृष्णलाल महर्जन छन्।  

अनुपस्थित रहेका एमाले सांसदमा झलनाथ खनाल, भीम रावल र पवित्रा निरौला रहेका छन्। खनाल उपचारार्थ भारतमा छन् भने रावलले राजीनामा नै दिएका हुन्। निरौला भने कतै पनि नदेखिने गरी अनुपस्थित भएको बुझिएको छ। माधव नेपाल पक्षमा मतदान गर्नका लागि माया ज्ञवाली, विष्णु शर्मा पनि तयार भए पनि माधव नेपालले पहल नगरेका कारण उनीहरूले देउवाको विपक्षमा मतदान गरेको स्रोतले बतायो।

सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्रलाई पुरानै पार्टीमा फर्काएको छ भने निवर्तमान प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिबाट दोस्रोपटक संसद् विघटन गरेपछि एमालेभित्रै विभाजनको अवस्था सिर्जना भयो। देउवालाई विश्वासको मत दिने नेपाल समूहको कदमले पार्टी एकतालाई संकटमा पारेको ओली समूहको बुझाइ छ। तर माधव नेपाल समूहले भने शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको सन्देश लैजानुभन्दा पनि संसद् जोगाएको सन्देश लैजानुपर्ने बताएको छ। 

लोकप्रिय
अर्को समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने
३० कार्तिक २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुख्यमन्त्रीले आज विश्वासको मत लिने

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिने भएका छन्।  

आज बस्न लागेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री राईले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ। विश्वासको मत लिनका लागि सत्ता गठबन्धनआबद्ध दलहरूले छुट्टा छुट्टै र संयुक्त बैठक गरेर मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णयसमेत गरिसकेका छन्।

सोमबार नेपाली कांग्रेसको संसदीय दलको बैठकले मुख्यमन्त्री राईलाई विश्वासको मत दिने निर्णय गरेको छ। यस्तै मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सत्तारुढ गठबन्धनआबद्ध दलहरूको संयुक्त बैठक पनि सोमबार नै बसेको थियो।

आइतबार मुख्यमन्त्री राईले प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने प्रस्ताव दर्ता गरेका थिए। तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ सरकार बनेको थियो।

पाँच दलीय गठबन्धन सरकारमा एकीकृत समाजवादी, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सहभागी छन्। मुख्यमन्त्रीको पक्षमा प्रदेशसभामा हाल कायम ९२ जना सांसद मध्ये ५० जना सांसदको समर्थन रहेको छ।

प्रदेशसभामा प्रतिपक्ष एमालेका ४१ र राप्रपाका एक जना सांसद छन्। गठबन्धनको पक्षमा बहुमत सांसद रहेकाले मुख्यमन्त्री राईले विश्वासको मत पाउने स्थिति देखिन्छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस