मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली
१८ चैत्र २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको छ: ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित केही नेताहरूको स्वार्थका लागि मुलुक सती नजाने बताएका छन्। रिपोर्टस क्लब नेपालको २३औं स्थापना दिवसको अवसरमा मंगलबार राजधानीमा आयोजना गरिएको कार्यक्रममा बोल्दै एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले निहित व्यक्तिको स्वार्थका कारण मुलुकको राजनीतिक धमिल्याउने र संकट निम्त्याउने प्रयास भइरहेको आरोप लगाएका हुन्।

यो देश प्रचण्ड(पुष्पकमल दाहाल) भन्ने मान्छेको स्वार्थका पछाडि सती जानुपर्ने हो भन्ने प्रश्न गर्दै प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले फागुन २३ गतेको फैसलाविरुद्ध पुनरावेदनका लागि गएको प्रति व्यंग्य गरे। पार्टी मिलाइदिने काम अदालतको नभएको बताउँदै ओलीले भने, ‘अदालतले गरिदिने हो एउटा पार्टी ? पार्टी मिलाइदिने काम अदालतको हो ? म पनि महन्थजीको पार्टी मिलाइ पाऊँ भनेर निवेदन हालौं।’

सर्वोच्च अदालतले पार्टी एकता गर्ने भए १५ दिनभित्र निर्वाचन आयोग जान भनेको बताउँदै प्रधानमन्त्री ओलीले पार्टी एकीकरण प्रक्रिया अघि बढाउन दाहाललाई टेलिफोन गर्दा मिडियाबाजी गरेको पनि आरोप लगाए । ‘अदालतको फैसलापछि पार्टी अलगअलग भयो। मैले प्रचण्डलाई फोन गरे। केन्द्रीय कमिटीको बैठक छ, सकिएपछि फोन गर्छु भन्नुभयो,’ ओलीले भने, ‘त्यसको एकछिनपछि मिडियामा आयो केपी ओलीले फोन गरेका थिए, मैले भेट्दिन भनेँ। इच्छा थिएन मैले टारिदिए भनेर। ठीक छ नि त आफ्नो आफ्नो पार्टी चलाए भयो।’

अदालत गएर एमाले र माओवादी पार्टी एकीकरण सम्भव नरहेको बताउँदै ओलीले माओवादी केन्द्रका अध्यक्ष दाहालले एकताको पक्षमा नै नभएको बताए। अदालतले दुई पार्टीलाई पुरानो अवस्थामा फर्काउँदा नै पार्टी एकता बाँकी नरहेको धारणा राख्दै ओलीले भने, ‘मिल्ने बाटोमा हिँड्नुस् न । डबलीको भाषा बोलेर एकताका डिङ हाँक्ने । बेकारका उल्टापाल्टा कुरा गर्ने ?’ अदालत कुनै मजाक गर्ने ठाउँ नभएको पनि उनले बताए।  

पार्टी एकीकरणका बेलामा भएको सहमतिलाई दाहालले नै च्यातेको धारणा राख्दै ओलीले भने, ‘एउटा समय थियो म मात्र बोल्थेँ, मानिसहरू हतियार र लडाकुसँग डराउँथे। आज तपाईंका सो कल्ड सेना पनि छैनन्। हतियार पनि छैनन्। ती दिन त गए।’नेकपा भन्ने पार्टीभित्रका व्यक्तिको घिनलाग्दो महत्वाकांक्षाका कारण अहिले मुलुकमा अस्थिरता आएको आरोप लगाउँदै ओलीले केही मान्छेको तीव्र महत्वाकांक्षाका लागि आफूले प्रधानमन्त्री पद नछाड्ने दाबी गरे। ‘आज देशलाई संकट परेको छ भने तिनै मान्छेका कारण छ, कहाँ तानाशाही भएको छ ?,’ ओलीले भने, ‘माधव नेपाललाई तेस्रो अध्यक्ष हुनुस् भन्दा को–कोले उचालिदिए खान्न भन्नुभयो। सडकमा गएर प्रचण्डपछिको अध्यक्ष हुनुभयो। सडकबाट उहाँहरूले तमासा देखाउनुभयो।’

निर्वाचनले लोकतान्त्रिक गणतन्त्र कमजोर नहुने जिकिर गर्दै प्रधानमन्त्री ओलीले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र खतरामा छ रे। कहीँकतैबाट खतरा आएको देख्दिनँ। चुनाव भएर खतरामा पर्छ भने अबको २० महिनामा चुनाव हुन्छ नै। जनताको माझमा गएर कसरी लोकतान्त्रिक व्यवस्था कमजोर हुन्छ मैले बुझेको छैन।’ प्रधानमन्त्री ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि सरकार प्रतिबद्ध रहेको जनाउँदै कुनै बन्देज नलगाउने बताए। तर, उनले जिम्मेवार हुन र मिसन पत्रकारिता नगर्न सञ्चारकर्मीलाई आग्रह गरे।  

कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले मधेसका समस्या समाधानमा चासो देखाएको भन्दै धन्यवाद दिए। ‘म धन्यवाद दिन चाहन्छु, प्रधानमन्त्रीलाई। उहाँले आफूले गर्न सक्ने गर्छु भन्नुभएको छ। प्रक्रिया सुरू भएको छ भन्नुभएको छ,’ ठाकुरले भने, ‘ओलीजी प्रधानमन्त्री बन्नुभएदेखि नै हामीलाई आउनुस् भन्नुभएको हो। तर, हाम्रो जवाफ छ, हाम्रो मुद्दातिर ध्यान दिनुस्। हाम्रो हातगोडा बाँधिएको छ, कसरी सरकारमा आउने ?’  

प्रधानमन्त्रीनिकटका व्यक्तिसँग मंगलबार बिहान मात्र आफूलाई भेट्न आएको धारणा राख्दै उनले भने, ‘हाम्रो मुद्दाको समाधानमा प्रक्रिया अगाडि बढाइएको छ भन्नुभयो, तर पूरा सूचना दिनुभएन। तैपनि प्रधानमन्त्रीलाई धन्यवाद छ।’

नेपाली कांग्रेससहित अन्य राजनीतिक दलसँग पनि आफुहरू संवादमै रहे पनि विश्वासिलो आधार प्रस्तुत गर्न नसकेको ठाकुरले बताए। ठाकुर अघि कार्यक्रममा आफ्नो धारणा राखेका सोही पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने सरकारको आलोचना गरे। कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेल, राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनी, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीसहितका नेताहरूले सरकारका कारण संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको आरोप लगाए।  

लोकप्रिय
अर्को समाचार
हेलम्बु पुगे प्रधानमन्त्री ओली, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने
२६ असार २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
हेलम्बु पुगे प्रधानमन्त्री ओली, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।  

प्रधानमन्त्री ओली  आज हेलिकप्टरबाट हेलम्बु क्षेत्रमा पुगेका हुन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशेबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।

प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन्। मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस