प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै
०१ वैशाख २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्न लागेका छन्। नयाँ वर्षको अवसर पारेर आज बिहान ८ बजे सिंहदरबारबाट देशवासीका लागि प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका छन्।

प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि सम्बोधनमार्फत जनतालाई जानकारी गराउने बताईएको छ।

लोकप्रिय
अर्को समाचार
सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश
०२ वैशाख २०७८
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
सभामुखप्रति प्रधानमन्त्रीको आक्रोश

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले सभामुख सापकोटालाई लक्षित गर्दै संविधान नै नमान्ने र जिद्दी प्रवृत्ति झेल्नुपरेको गुनासो गरे । 

सरकारले टेबुल गरिसकेको प्रतिवेदन सभामुख सापकोटाले रोकेको आरोप उनको थियो । सरकारले संसद्मा निर्णयार्थ पेस गर्न माग गर्दा पनि प्रतिवेदन अहिलेसम्म पेस नभएको भन्दै ओलीले असुन्तष्टि व्यक्त गरेका हुन् । प्रधानमन्त्री ओलीले एमसिसी विगतको सरकारको कार्यक्रमको निरन्तरता भएको बताए । ‘नेपाली कांग्रेस र नेकपा माओवादी सरकारमा हुँदा एमसिसी सम्झौता गरिएको थियो । त्यो संसद्मा टेबुल गरेका छौं । निर्णयार्थ प्रस्तुत गर्न हामीले माग गरिरहेका छौं । 

सरकारले प्रस्तुत गरिसकेपछि निर्णयार्थ प्रस्तुत नगर्ने संवैधानिक अधिकार अरुसँग हुँदैन, प्रस्तुत गर्नैपर्ने हुन्छ तर यहाँ प्रस्तुत हुन सकेको छैन’, उनले भने । संसद् अधिवेशन सुरु भएको पहिलो दिन प्रस्तुत गर्नुपर्ने अध्यादेशसमेत संसद्मा प्रस्तुत गर्न नदिएर अप्रिय स्थिति उत्पन्न गरिएको प्रधानमन्त्रीले बताए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सामथ्र्य देश विकासमा लगाउन जरुरी भएको बताए। 

सरकार लकडाउन (बन्दाबन्दी) गर्ने पक्षमा नरहेको उनले स्पष्ट पारे। कतिपय राष्ट्र कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र नेपाल सरकार पनि जनताको सुरक्षाका लागि गम्भीर रहेको उनले बताए । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड १९ को सामना गर्नुपरेको उल्लेख गर्दै ओलीले त्यसै कारण नेपालको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षालगायतका अनेक पक्ष वर्षभर नै आक्रान्त रहनुपरेको बताए । यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कार्यक्रममा भने उनले स्थिति भयावह भए लकडाउन गर्नुपर्ने संकेत गरेका थिए ।

‘कोभिड कात्तिकदेखि नियन्त्रणमा आएको थियो, चैतदेखि फेरि फैलन सुरु गरेको छ’, प्रधानमन्त्री ओलीले भने, ‘२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस् भनेर सरकारले काम गरिरहेको छ ।’ उनले कोभिड १९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे । कोभिडको महामारीबीचमा पनि विसं २०७७ निरर्थक वर्ष नरहेको बरु उपलब्धिको वर्ष रहेको दाबी उनको थियो । 

ओलीले मेलम्चीको पानी काठमाडौंमा झार्ने सफलता, पुनःनिर्माणजस्ता धेरै महŒवपूर्ण काम भएको र अनलाइनमार्फत शिक्षा अगाडि बढाउने र सामान्य रुपमा जीवन अगाडि बढाउनेतर्फ ध्यान दिएको उल्लेख गरे । ‘नयाँ उत्साह, नयाँ आत्मविश्वासका साथ नयाँ वर्षमा प्रवेश गरिरहेका छौं, हामीले थालेका अपूरा कामलाई पूरा गर्ने र देशलाई विकासको चरणमा छौं’, प्रधानमन्त्री ओलीले भने । उनले हुम्लाको सिमीकोटमा सडक पु¥याउने, विश्वविद्यालय, अस्पताल, शिक्षालय निर्माण अगाडि बढाउने उल्लेख गर्दै नेपालमा लगानीका लागि शान्तिपूर्ण वातावरण बनेको र श्रमिक, श्रमदाता र सरकारबीच उपयुक्त कानुन निर्माण गर्ने काम तीव्रताका साथ अघि बढेको बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
उपचार नपाएरै गयो ज्यान
उपचार नपाएरै गयो ज्यान २२ वैशाख २०७८ ४ मिनेट पाठ
एमालेको स्थायी कमिटी बैठक स्थगित
एमालेको स्थायी कमिटी बैठक स्थगित २९ असार २०७८ १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस