नेकपा एमालेले आज दिउँसो १ बजे बालुवाटारमा बस्ने गरी बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकोले स्थायी कमिटी स्थगित गरिएको एमालेले जनाएको छ ।
यसअघि कार्यदलले तयार पारेको १० बुँदे सम्झौता अनुमोदन गर्न बैठक डाकिएको अनुमान थियो । माधव नेपाल पक्षसहितको बैठक राख्नेगरी छलफल भइरहेका कारण केही समय बैठक स्थगन भएको हुन सक्ने एमालेका एक नेताले जनाएका छन् ।
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज ४ बजे बालुवाटारमा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको हो।
पार्टीको आन्तरिक विवाद समाधानका लागि गठित कार्यदलको बैठक लम्बिएपछि स्थायी कमिटी बैठक सोमबार साँझ बस्नेगरी स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।