संग्रह
यस्तो देखियो हिमपातपछि हेलम्बु (फोटो फिचर)
सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ।
‘ग्रेट वाल’ जस्तै पदमार्ग पर्खालले घेरिँदै हेलम्बु
लाङटाङ, गोसाइकुण्ड, ग्वोन्जलापास र सुन्दरीजल जोड्ने पदमार्ग पर्खालले नुवाकोट, रसुवासहित सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका छुन्छ। २ हजार ४ सय मिटर उचाइबाट सुरु भई पाँच हजारभन्दा बढी उचाइमा पुग्ने पर्खालले गाउँपालिकाको महांकालबाहेक साविक हेलम्बु, इचोक, किउल र पाल्चोक गाविस घेर्छ। चीनको ग्रेटवाल हेर्न पुग्दा त्यहाँ पर्यटकको अपार लहर देखेपछि पदमार्ग पर्खालको योजना साविक गाविसले ल्याएको हो।
हेलम्बु पुगे प्रधानमन्त्री ओली, मेलम्ची सुरुङको हवाई निरीक्षण गर्ने
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।