सिन्धुपाल्चोकको हेलम्बुमा भारी हिमपात भएको छ। शुक्रबारदेखि त्यहाँ हिमपात सुरु भएको हो। हिमपातका कारण जनजीवन कष्टकर बनेको छ। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाका अनुसार माथिल्लो क्षेत्रमा भारी हिमपात भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनको लागि पुगेका छन्।
प्रधानमन्त्री ओली आज हेलिकप्टरबाट हेलम्बु क्षेत्रमा पुगेका हुन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशेबगर जाँदै छन्। उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाई निरीक्षण पनि गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत रहेका छन्। मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो।रासस
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।