सर्वाेच्च अदालतले संसद् पुनःस्थापनाको निर्णय गरेपछि सामाजिक सञ्जालमा अदालतको वाहवाही भएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो ट्विटरमा भनेका छन्, ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ। मैले सुरुदेखि नै संसद् विघटनमा सर्वोच्चलाई स्वतन्त्र रूपमा फैसला गर्न सघाउनुपर्छ भन्दै आएको थिँए। सोहीअनुसार सर्वोच्च अदालतले स्वतन्त्र रूपमा संसद् पुनःस्थापना गर्ने ऐतिहासिक फैसला गरेको छ। कांग्रेस सर्वोच्चको उक्त फैसलाको स्वागत गर्दछ,’ यसैगरी देउवाले थप लेख्छन्, ‘संविधान कार्यान्वयनका क्रममा देखिने विवाद समाधान गर्ने अन्तिम थलो सर्वोच्च अदालत नै हो। सर्वोच्चले संसद् विघटन बदर गरेर संवैधानिक दायित्व पूरा गरेको छ। यसका लागि सर्वोच्च अदालतको संवैधानिक इजलासका न्यायधीशहरूलाई पनि म धन्यवाद दिन चाहन्छु। जय नेपाल।’
यसैगरी, नेपाली काग्रेसका अर्का नेता रामचन्द्र पौडेल फैसलाले मुलुकलाई दुर्घटनाबाट बचाएको ठान्छन्। ‘मैले त भन्दै आएको हुँ सत्यभन्दा माथि शासक हुन सक्दैन। संसद् पुनःस्थापना गर्ने सर्वोच्चको फैसला स्वागतयोग्य छ। सर्वोच्चको फैसलाले सत्यको जित भएको छ। यसले मुलुकलाई ठूलो दुर्घटनाबाट बचाएको छ।’
यसैगरी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आफ्नो ट्विटर प्रतिक्रियामा लेखेका छन्। ‘न्यायमूर्तिहरूलाई लाखलाख सलाम ! संसद् विघटन असंवैधानिक ठहर गर्दै सिंगो देश आन्दोलनमा थियो। फैसलाले विघटनसँगै अधिनायक आकांक्षालाई समेत बदर गरेको छ। संविधान रक्षा गर्दै जनताको जित भएको छ।’
यस्तै नेपाली काग्रेसका अर्का नेता शेखर कोइरालाले आफ्नो ट्विटमा लेख्छन्, ‘आजको सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले संविधानको रक्षा गरेको छ। साथै देश राजनीतिक स्थिरतातर्फ लागेको छ। अदालत दबाबमा नपर्दा आम जनसमुदायमा न्यायालयप्रति गर्व भएको छ।’
पत्रकार तथा लेखक विजयकुमार पाण्डे विघटनलाई बदर गर्नुका साथै अदालतले निर्देशनात्मक आदेश दिएकाले अबको बाटो प्रष्ट भएको ठान्छन्।
‘सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर मात्र गरेन, १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउनु भनेर राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र प्रतिनिधिसभाका सभामुखका नाममा ‘निर्देशनात्मक आदेश’ समेत जारी गरेको छ। बदर निर्णयसँगै ‘निर्देशनात्मक आदेश’ आउनाले अगाडिको बाटो स्पष्ट भएको छ,’ पाण्डेले ट्विटमा लेखेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सर्वोच्च अदालतले पुनःस्थापना गरेर नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन्। ‘कस्तो सुखद् संयोग ! अस्पतालमा आफ्नो स्वास्थ्य परीक्षणको प्रतिवेदन पर्खदै गर्दा मन चाहिँ देशभित्र सर्वोच्चको फैसलातिर थियो,’ बाबुरामले ट्विटरमा लेखेका छन्, ‘हिन्दु मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !’ उनले आफ्नो ट्विटमा लेखेका छन्।
अर्का पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अदालतप्रति आभार व्यक्त गरेका छन्। ‘सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जित भएको छ। सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेकोमा सर्वोच्च अदालतप्रति आभार व्यक्त गर्दछु। सम्पूर्ण जनता, आन्दोलनमा उत्रेका दलहरू, नागरिक समाज, मिडिया, समाजका सबै तहका जनतालाई हार्दिक धन्यवाद दिन चाहन्छु,’ उनले ट्विटमा लेखेका छन्।
तर राप्रपाका अध्यक्ष कमल थापाको प्रतिक्रिया फरक छ। ‘प्रतिनिधिसभा विघटनसम्बन्धी सर्वोच्च अदालतको फैसलाबारे तर्कवितर्क गर्न सकिन्छ। तर, संविधानले संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकाले सर्वोच्चको फैसला सबैले स्वीकार गर्नुपर्छ। यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार, कुशासन र सर्वसत्तावाद अन्त्य गर्न ताजा जनादेश उपयुक्त हो,’ उनी आफ्नो ट्विटमा लेख्छन्।
कतिपय सामाजिक सञ्जालका प्रयोगकर्ताले केपी ओलीभन्दा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बढी प्रिय बनेको प्रतिक्रिया दिएका छन्।
‘केपी ओलीभन्दा चोलेन्द्रशमशेर राणालाई ‘आइ लभ यु’ भन्ने टिकटक बन्ने होला अब,’ आफ्नो टिवटमा वीपेन्द्र लेख्छन्।
१४ वर्षिया बालिकामाथि भएको यौन दुर्व्यवहारबारे सामाजिक सञ्जालमा भाइरल भएको एउटा भिडियोलाई पछ्याउँदै जाँदा प्रहरीले एकजना १६ वर्षिय बालकलाई पक्राउ गर्न सफल भएको छ। पक्राउ परेका ती बालकलाई बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ।
कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवणकुमार विकका अनुसार कास्कीमा बसोबास गर्दै आएकी ती बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर सामाजिक सञ्जाल टिकटकमा भिडियो भाइरल भएको थियो। धेरैजनाले त्यो भिडियो सेयर समेत गरेको प्रहरीले बताएको छ। त्यसपछि प्रहरीले त्यो भिडियोलाई पछ्याउँदै अनुसन्धान सुरु गरेको थियो। अनुसन्धानकै क्रममा पीडितसमक्ष प्रहरी पुगेपछि बल्ल दुर्व्यवहार गरेको भनेर आरोप लागेका बालकबारे थाहा भएको डिएसपी विकले बताए।
‘शनिबारदेखि एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। १४ वर्षकी बालिकामाथि यौन दुर्व्यवहार भएको भनेर टिकटकमा पनि धेरैले सेयर गरेपछि प्रहरीको ध्यानाकर्षण भएको हो,’ उनले भने, ‘अनुसन्धानमा खटिएको प्रहरी पीडित बालिकाको परिवारको सम्पर्कमा पुगेपछि बल्ल घटनाबारे धेरै कुरा थाहा पायौं।’
प्रहरीले घटना कहिले भएको भन्ने खुलाएको छैन। तर पीडित पक्षले बाल यौन दुरुपयोग शीर्षकमा आइतबार मात्र कास्की प्रहरीमा जाहेरी दिएको डिएसपी विकले जानकारी दिए। आफन्तको जाहेरी पछि यौन दूव्र्यवहार गरेको भनि विवादमा परेका बालकलाई नियन्त्रणमा लिएको डिएसपी विकले बताए। प्रहरीका अनुसार ती बालक पनि कास्कीमा बसोबास गर्छन। प्रहरीको नियन्त्रणमा रहेका ती बालक १६ वर्षका हुन्।
‘धेरै कुरा अनुसन्धान भईरहेको छ। सामाजिक सञ्जालमा भाइरल भएकै कारण हामीलाई पीडितसम्म पुग्न सहज भयो। घटना लुक्न पाएन,’ उनले भने, ‘सामाजिक सञ्जालमा भाइरल नभएको भए यो उजुरी तत्काल नपर्न पनि सक्थ्यो। जबकी प्रहरी आफैले पीडितबारे बनेको भिडियोलाई पछ्याउँदै परिवारसम्म पुगेको थियो। परिवारको सम्पर्कमा प्रहरी पुगेपछि उजुरी गर्न झनै सहज भएको छ।’ प्रहरीको नियन्त्रणमा रहेका ती बालकलाई बाल यौन दूरुपयोग सम्बन्धि मुद्दामा कास्की जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको डिएसपी विकले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।