अभिनेता दीपकराज गिरीले राजनीतिमा कलाकारहरु खुलेर हिँडिरहेको घटनाक्रमलाई लिएर सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन्। मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजमा एक स्टाटस लेख्दै उनले कलाकार गहना भएकाले आफू कुनै समूहमा लाग्न नसक्ने उल्लेख गरेका हुन्।
उनले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला। त्यसैले म कुनै एक समूहको हुन सकिनँ। सबैलाई शुभकामना।’
उनले गरेको यो पोस्टमा थुप्रै टिकाटिप्पणी आएका छन्। ती थुप्रै टिकाटिप्पणी मध्ये एक टिप्पणी अभिनेता निश्चल बस्नेतको पनि रहेको छ। उनले उक्त स्टाटसमा कमेन्ट गर्दै मुलुकलाई खाल्डोबाट जोगाउन गहनाको पनि कर्तव्य हुने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेसाभन्दा पहिला देश, कि के हो दाइ?’ यतिबेला उनी केही स्वतन्त्र उम्मेदवारको पक्षमा खुलेर भोट मागिरहेका फोटोहरु पनि सामाजिक सञ्जालमा देख्न सकिन्छ।
निश्चलको कमेन्टमा दीपकको टिप्पणी छ, ‘वकिलले राम्रो गरेन वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो त्यो काम इमान्दार भएर गर्नुपर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकाले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?’
हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई ५०-५० प्रतिशत सेयर बाँड्ने घोषणा गरेका छन्।
शुक्रबारदेखि नयाँ बानेश्वरमा सञ्चालनमा आएको आफ्नो लगानीको हल ‘एनबी सेन्टर’ को उद्घाटनको क्रममा बोल्दै उनले यो हलबाट निर्माता र प्रदर्शकले ५०-५० प्रतिशत हिस्सा ९सेयर० पाउने बताएका हुन्।
उनले भने, ‘नेपाली चलचित्र उद्योग संघर्षरत छ, पहिला पनि थियो र अहिले पनि संघर्ष नै गरिरहेका छाैं। राज्यबाट त्यति धेरै सुविधा प्राप्त गरेका पनि छैनौँ, गर्ने अवस्था पनि राज्यको छैन। गत वर्ष ७ वटा जति नेपाली चलचित्र हिट भए, हिन्दी र अंग्रेजी चलचित्रको कलेक्शन बराबर नेपाली चलचित्रको कलेक्शन थियो। हलले पनि हामी नेपाली निर्मातालाई बचाउनुपर्छ र हामीले पनि हललाई बचाउनुपर्छ। हामी निर्माताले चलचत्रि भवनबाट प्राप्त गर्ने पैसा निर्माता र प्रदर्शकको बराबर होस्, ५०-५० प्रतिशत होस्, हाम्रो सिनेमा हलबाट प्रदर्शक र निर्माताले बराबर पैसा पाउनेछन्।’
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।