सामाजिक सञ्जालको तागत
०४ असोज २०७९
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
सामाजिक सञ्जालको तागत

इन्टरनेटको पहुँच भएको स्थानमा रहेर सामाजिक सञ्जालमा नबाँधिएका मानिस पाउन कठिन छ। सोसिएल नेटवर्कमा खर्चिएको समयको उत्पादकत्व र प्रभावकारिताका सम्बन्धमा बेलाबखत चर्चा भइरहन्छ। सञ्जालले सामाजिक परिवेश धुमिल्यायो भन्ने जमात सानो छैन। फेसबुकमा साथी बनाएर हुने आपराधिक घटनाले उक्त कथनलाई समर्थन गर्छ नै। फेसबुकमा झुण्डिएर कामधाम विमुख भएका सन्तत्तिलाई देख्दा दिक्क नलाग्ने अभिभाबक को होला र? तर के समाजमा फेसबुकको नकारात्मक प्रभाव मात्र छ त?  

अन्य क्षेत्रझैं सामाजिक सञ्जालको सदुपयोग गर्न सके फाइदा हुने अनि दुरूपयोग भए क्षति बेहोर्नुपर्ने कुरामा सन्देह नभए पनि आखिरमा फेसबुकको न्यायोचित प्रयोग गर्न सके के कस्तो लाभ होला त भन्ने कुराको एकिन तथ्यांक थिएन। उक्त प्रश्नको उत्तर खोज्ने क्रममा अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयका प्राध्यापक म्याथ्यु ज्याक्सन र हार्वार्ड विश्वविद्यालयका प्राध्यापक राज छेटीलगायतका अन्वेषणकर्ताको समूहले गत महिना दुई रिसर्च आर्टिकल प्रकाशित गरे जर्नल नेचरमा। अर्थशास्त्रका प्राध्यापकद्वय ज्याक्सन र छेटीको समूहद्वारा नेचरको एउटै अंकमा प्रकाशित गरिएका दुई लेखमा फेसबुकका साथीसंगीको बनोटले ब्यक्तिको आर्थिक तथा सामाजिक परिवेशलाई कसरी उकास्न सघाउँछ भन्ने कुरा समेटिएको छ।  

अनुसन्धानकर्ताहरूले २२ देखि ४४ वर्ष समूहका ७ करोड २२ लाख फेसबुक प्रयोगकर्ताको सामाजिक, आर्थिकलगायतका विविध तथ्यांक समेटेर संगतले व्यक्तिको सामाजिक पुँजी अभिवृद्धिमा के कस्तो प्रभाव पार्छ त भन्ने अध्ययन गरे। सामाजिक तथा आर्थिक हिसाबले विपन्न व्यक्तिले सोसियल र इकोनोमिकरूपले संभ्रान्त नागरिकसँग मित्रतामात्र पनि कायम गर्न सक्ने हो भने व्यक्तिको आर्थिक अवस्था झण्डै २० प्रतिशतले सुध्रन्छ भन्ने उक्त लेखको निचोड हो। साथै गरिब र धनीका बीच मित्रता कायम गर्दा गरिबको आर्थिक अवस्था सुध्रन्छ तर सभ्रान्तको सम्पन्नतामा प्रतिकूल अवस्था पर्दैन भन्छ उक्त अन्वेषणले। फेसबुकमा रहेका साथीसंगीको विश्लेषण, सामाजिक संस्थासँगको आबद्धता, आर्थिक अवस्था, शैक्षिक धरातललगायत विविध विषयलाई क्लिष्ट विश्लेषण गरी प्रकाशित ती लेखहरू नीति निर्माणमा समेत लाभदायी हुने देखियो। त्यसमाथि सामाजिक तथा आर्थिक दरार फराकिलो हुँदै गएको नेपालजस्तो मुलुकले उक्त अन्वेषणबाट धेरै फाइदा लिन सक्छ नै।  

बालकको अभिभावकको आर्थिक अवस्था र सामाजिक परिस्थितिले उक्त नागरिकको भविष्यको आकलन गर्न सकिन्छ। चरम गरिबी र दयनीय सामाजिक परिवेशमा हुर्किएको बच्चाको भविष्य प्रायः अन्धकारमय हुन्छ। गरिबी र अविकसित समाजले व्यक्तिको प्रगतिलाई दोहोरो मारमा पार्ने भएकाले व्यक्तिले तरक्की गर्ने संभाबना हुँदैन। मुगुको सामाजिक परिवेश अनि चरम गरिबीले स्थानीय व्यक्तिलाई धेरै माथि जान दिँदैन। तर मुगुको धनी परिवारको बच्चाको भविष्यको संबन्धमा आकलन गर्न कठिन हुन्छ। त्यस्तो हुनुको कारण आर्थिक अवस्था सबल भए पनि सामाजिक परिवेश उसको पक्षमा नहुनु हो। त्यस्तै अर्कोतिर राजधानीको संभ्रान्त परिवारमा जन्मिएको बच्चाको भविष्य उज्ज्वल हुने संभाबना धेरै छ। तर काठमाडौँको गरिब परिवारमा जन्मिएको बच्चाको भविष्यको आकलन मुगुको धनीको सन्ततिको जस्तै पूर्वानुमान भन्दा बाहिर हुन्छ। पुँजीगत सम्पन्नता व्यक्तिको धनसँग मात्र संबन्धित हुने भएकाले व्यक्तिको आर्थिक अवस्थाको मापन गर्न कठिन हुँदैन। अर्कोतिर व्यक्तिको सामाजिक पुँजीलाई पारिवारिक पृष्ठभूमि, शैक्षिक अवस्था, सरसंगत, नातागोतालगायत दर्जनौँ तत्वले निर्देशित गर्ने भएकाले ‘सोसियल कन्डिसन’ को ठ्याक्कै आकलन गर्न कठिन हुन्छ।  

५० वर्ष पुगेपछि जागिर खाने हो भने ४० वर्षको उमेर हुँदै साथीसंगी बनाउ है भन्ने शीर्षकमा सन् २०१५ मा द न्युयोर्क टाइम्समा एउटा लेख छापियो। सामाजिक सञ्जाल प्रारम्भिक चरणमै भएको अवस्थामा प्रकाशित उक्त आलेख निकै चर्चित भयो। धेरैको संख्यामा कर्मठ उमेदवारहरूले जागिर खोजिरहेका अवस्थामा सामाजिक सञ्जालमार्फत आफूलाई फरक देखाउन नसक्ने हो भने व्यक्तिलाई पद पाउन कठिन हुन्छ भन्ने उक्त लेखको निचोड थियो।  

सामाजिक सञ्जालमा फेसबुक र लिंकडइन चर्चित संयन्त्र हुन। फेसबुक साथीभाइ इष्टमित्रबीचको संबन्धलाई ताजगी दिन स्थापित गरिएको नेटवर्क हो भने व्यावसायिक समुदायलाई लक्षित गरी बनाइएको सामाजिक सञ्जाल हो लिंकडइन। चिनजानको मानिसलाई फेसबुकमा जोडिन्छ भने मिल्दोजुल्दो दक्षता तथा योग्यता भएका व्यक्तिलाई लिंकडइनमा समेट्ने प्रचलन हो। त्यसैले पनि कम्पनी तथा व्यावसायिक समूहले उपयुक्त सहयोगी छान्न विज्ञापन गर्न लिंकडइनको सहारा लिन्छ। यस पंक्तिकारले पनि सहयोगी खोज्ने क्रममा केही हप्ताअघि लिंकडइन उपयोग गरी योग्य उम्मेदवार याचिका गर्‍यो। अनि, उक्त कदम उपयुक्त उम्मेदवार पाउन लाभदायीसमेत भयो।  

कुनै पनि कामका लागि व्यावसायिकरूपले दक्ष व्यक्ति चाहिन्छ नै। तर व्यावसायिक घरानाले उम्मेदवार छनोट गर्दा केबल प्रोफेसनल दक्षतालाई मात्र ध्यान दिँदैन बरु व्यक्तिले समूहमा काम गर्न सक्छ त? व्यक्तिको शैक्षिक योग्यता र सामाजिक परिव्ेश मिल्दोजुल्दो छ त? भन्ने कुरालाई महत्व दिन्छ। धेरैसग घुलमिल हुन सक्ने व्यक्ति समूहमा काम गर्न काबिल हुन्छ भन्ने मान्यता हो।  

कसरी धेरै पैसा कमाउने बन्न सकिन्छ भन्ने व्षियमा जानकारी दिने पुस्तक द मिलेनियर जोनका लेखक जेनिफर ओपनसको व्चिारमा एक व्यक्तिको क्षमता सफलताका लागि पर्याप्त नहुने भएकाले कुनै पनि कम्पनीले आफ्ना लागि टिम प्लेयर खोज्छ। उील्लखित चरित्र नभएको व्यक्तिलाई उसले आफ्नो समूहमा ल्याउन चाहन्न। संसारका सर्वाधिक सफल व्यवसायीले पहिलेदेखि नै आफूले आनीबानी थाहा पाएको कलेजका साथी, नातेदार, चिनजान भएका व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा छान्छ भन्ने द मिलेनियर जोनको निचोड हो। सबैसँग प्रत्यक्ष संबन्ध स्थापित गर्न कठिन हुने भएकाले प्रतिस्पर्धी उम्मेदवार बन्न प्रोफेसनल नेटवर्कमा आफूलाई तद्अनुरूपले प्रस्तुत गर्नुपर्ने हुन्छ। जागिर चाहिएको बेलामा मात्र सामाजिक सञ्जालमा सक्रिय हुने अनि आफूलाई चाहिएको बखत मात्र प्रोफेसनल नेटजवर्किङ विस्तारमा लाग्दा अवसरवादी देखिन सक्ने भएकाले वर्षौँअघिदेखि नै संयन्त्र निर्माणमा लाग्नुपर्ने देखियो।  

अब व्यावसायिक जालो विस्तारमा ध्यान दिनुपर्ने कुराको चर्चा गरौँ। अर्थशास्त्र अध्ययन गदैै गएको व्यक्तिको भविष्यको चाहना भनेको राम्रो अर्थशास्त्रीका रूपमा आफूलाई स्थापित गर्ने नै हो। तसर्थ, कलेज अध्ययन गर्दा नै लिंकडइनको प्रोफाइल बनाएर सर्वप्रथम आफूले चिनेको अर्थशास्त्रीलाई आफ्नो सञ्जालमा जोड्ने। अनि आफ्नो समूहमा भएका मित्रका अर्थशास्त्री साथीलाई आफ्नो जालोमा ल्याउने। अपरिचित व्यक्तिलाई अनुरोध गर्दा उसको बारेमा जानकारी हासिल गरेर कामको दृष्टान्तसहित सञ्जालका लागि आग्रह गर्नु लाभदायी हुन्छ। उदाहरणका लागि कुनै अनुसन्धानात्मक कार्य प्रकाशित गरेको विद्वत्लाई सञ्जालका लागि आग्रह गर्दा उसको अन्वेषणको चर्चासहितको अनुरोध फलदायी हुन्छ। अनुचित प्रशंसा कसैले पनि चाहँदैन अनि न्यायोचित बयानले मानिस प्रसन्न हुन्छ भन्ने यथार्थ बिर्सनुहुँदैन। सामाजिक सञ्जालमा प्रस्तुत गरिने प्राज्ञिक विवेचनाले व्यक्तिको क्षमता प्रदर्शन गर्ने भएकाले त्यता ध्यान दिन आवश्यक देखियो। विषयगत जागिरको प्रवेशमा दक्षको रेकमन्डेसन महत्वपूर्ण हुने भएकाले पछिसम्मलाई ध्यानमा राखी आफ्नो प्रोफेसनल जालो अभिवृद्धिमा लाग्न आवश्यक हुन्छ।  

प्राध्यापकद्वय म्याथ्यु ज्याक्सन र राज छेटीले फेसबुकको तथ्यांकलाई प्रशोधन गरी गरिब व्यक्तिले धनीसँग सामाजिक सञ्जालमार्फत आफ्नो मित्रता स्थापित गर्दा उसको आर्थिक अवस्था उकासिने बताए। त्यस्तै विपन्न समुदायका नागरिकको संबन्ध उचो समुदायसँग कायम गर्दा मात्र पनि फाइदाको प्रत्याभूति गराउन सकिन्छ। व्यावसायिकरूपमा आफूलाई स्थापित गर्ने सवालमा समेत उक्त तथ्यांक सत्य छ। स्नातक गरेकाले स्नातकोत्तर गरेकासँग मित्रता स्थापित गर्ने अनि मास्टर्स गरेकाले पिएचडी गरेकोसँग प्रोफेसनल नेटवर्क स्थापित गर्दा व्यावसायिक फाइदा हुन्छ। प्रोफेसनल नेटवर्कमा व्यावसायिकता सदैव उचो स्थानमा रहने भएकाले कस्तालाई आफ्नो मित्र बनाउने भन्ने कुरामा पनि ध्यान दिन आवश्यक छ। जस्तो– रसायनशास्त्र पढ्दै गरेको व्यक्तिको सञ्जालमा मनोरञ्जन क्षेत्रका हस्तीको वर्चस्व देखिएको खण्डमा उसको केमेस्ट्रीप्रतिको रुचि शंकास्पद देखिन्छ। त्यस्तै आफूले पोस्ट र सेयर गरेका विषयवस्तु आफ्नो दक्षतासँग मिल्दो भए÷नभएको पनि ध्यान दिनुपर्छ।

प्रकाशित अध्ययनले सामाजिक सञ्जालले व्यक्तिको आर्थिक, सामाजिक तथा व्यावसायिक उन्नति तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्छ। महाकवि देवकोटाको ‘उद्देश्य के लिनु? उडिछुनु चन्द्र एक’ भन्ने उक्तिको सान्दर्भिकता अझ बढ्दै गयो। गरिबले धनीसँग संबन्ध स्थापित गर्दा आर्थिक उन्नति हुने, आफूभन्दा काबिललाई सामाजिक सञ्जालमा समेट्दा क्षमता अभिवृद्धिको संभावना रहने अनि सामाजिक जालोको सहारामा जागिर पाउन तथा पदोन्नतिमा समेत सहायक सिद्ध हुने भएकाले प्रोफेसनल नेटवर्किङ स्थापना गर्न ध्यान दिउँ। सामाजिक सञ्जालको सदुपयोग गर्न सके बहुआयामिक फाइदा पुग्छ भन्ने कुरा आफू पनि बुझौँ अनि अरूलाई पनि सम्झाऔँ।  

अर्को समाचार
सामाजिक सञ्जालको भर नपर्नुस्, जनताको घर-घर जानुस् : सभापति थापा
१५ फागुन २०८२
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
सामाजिक सञ्जालको भर नपर्नुस्, जनताको घर-घर जानुस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन्।

आज बागलुङ बजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै सभापति थापाले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै संगठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरेका छन्।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरेका छन्।

‘कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ। त्यसको आधार र कारणबारे बताउनुस्। यो पाँच वर्ष जोखिमपूर्ण ढङ्गले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ’, उनले भनेका छन्, ‘सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ। मतदाताको बीचमा गएर यो कुरा भन्नुस्। खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस्।’

कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापति थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताएका छन्।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस