लोकतन्त्रका संस्थाको लय
३० चैत्र २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोकतन्त्रका संस्थाको लय

लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष भनेको संस्था निर्माण हो। संस्थाहरू बन्दै गए र बलिया भए भने तिनले लोकतन्त्रलाई सशक्त बनाउँछन्। लोकतान्त्रिक शासन भनेको कुनै व्यक्ति विशेषले चाहेअनुसार चल्ने व्यवस्था होइन। यसमा विधि र पद्धति हुन्छ।

त्यस्तो विधि र पद्धतिबाट चल्ने संस्था हुन्छन्। त्यसो भयो भने संस्थागत स्मृतिका आधारमा राम्रो काम हुँदै जान्छ। कसैले कम बिगार्न लागे पनि सन्तुलन र नियन्त्रणको व्यवस्था हुन्छ। संस्थाभित्रै सन्तुलन र नियन्त्रण हुन्छ। संस्था–संस्थाबीच यस्तो प्रक्रिया लागु हुन्छ। सन्तुलन र नियन्त्रणको व्यवस्था बलियो बनाउँदै संस्थाहरूलाई आफैँ काम गर्न सक्षम बनाउँदै जानुपर्छ।

त्यसमा पनि संघीयता भएको मुलुकमा तीन तहका सरकार आफैँ आआफ्नो क्षेत्रमा क्रियाशील हुन सक्छन्। ती सरकारभित्रका संस्थाहरू पनि त्यत्तिकै सजग र सक्रिय हुन्छन्। संस्थागत विकासबाट हुने काम दिगो हुन्छ। हामीकहाँ भने संस्थागत विकासको परिपाटी कमजोर हुँदै गएको छ। राज्यको सबैभन्दा माथिल्लो निकाय कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार काम गर्नुपर्नेमा त्यही व्यवस्था पनि हामीकहाँ कमजोर छ।

कार्यकारिणीले जथाभावी गर्न नपाओस् र जवाफदेहीपूर्ण काम होस् भनेर यस्तो व्यवस्था गरिएको हो। हामीकहाँ जनआन्दोलन २०६२/०६३ यता झन्झन् यो व्यवस्था कमजोर हुँदै गएको छ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको पालामा आएपछि सरकार सर्वेसर्वा र अरू संस्था केही होइनन् भन्ने स्थिति आयो। त्यसैकारण दुईपटक प्रतिनिधिसभा विघटन हुन पुग्यो। धन्न, सर्वाेच्च अदालतले दुवैपटक विघटनविरुद्ध आदेश दिएका कारण प्रतिनिधिसभा पुनस्र्थापित भयो।

प्रतिनिधिसभा पुनस्र्थापित भए पनि संसद्ले राम्ररी काम गर्न पाएन। लोकतन्त्रभित्रका सबै निकाय जिम्मेवार हुनु उत्तिकै आवश्यक हुन्छ। त्यसभित्र सरकार, प्रमुख विपक्षी र राजनीतिक दलहरूको भूमिका पनि उत्तिकै जिम्मेवारपूर्ण हुन्छ। सामान्य नागरिकले समेत विधि र प्रक्रियामा आफूलाई ढालेन भने उदार लोकतान्त्रिक व्यवस्थाले काम गर्न सक्दैन। तर हामीकहाँ जबर्जस्ती गर्ने चलन सुरु भएको छ। सरकारमा भएपछि सबै अधिकार केन्द्रित गर्नुपर्ने बानी छ।

जसलाई पनि आफूमा अधिकार केन्द्रित गर्न पाएपछि सबै उद्देश्य पूरा भएको अनुभूति हुन्छ। लोकतन्त्रमा भने अधिकारको केन्द्रीकरण होइन, त्यसलाई प्रत्यायोजन गरेर काम गर्न सहज तुल्याउने हो। माथिल्ला निकायले त्यसको प्रभावकारी अनुगमन गरे पुग्छ। आखिर लोकतान्त्रिक सरकार भनेको आफैँमा सीमित जिम्मेवारी भएको निकाय हो। यसमा सरकारभित्रका अंगमात्र होइन, गैरसरकारी निकायहरूलाई पनि उत्तिकै सक्रिय तुल्याइन्छ।

निजी क्षेत्रले सक्रिय भूमिका खेल्छ। त्यस्तो अवस्थामा सरकारले धेरै काम गर्नु पर्दैन। नीति बनाइदिने र अनुगमन गर्नेमात्र हो। अधिकार आफूमा केन्द्रित गरेर बसेका सरकारले मात्र आफैँ उद्योगधन्दा पनि चलाउनुपर्ने, शासन/प्रशासनमा पनि कसिलो हात पार्नै पर्ने र नागरिकले अलि केही बोलिहाले भने पनि थुन्नैपर्ने अवस्थामा मुलुकलाई पुर्‍याउँछन्। 

राज्यका तीन अंगमात्र होइन, संवैधानिक र कानुनी आयोगहरूलाई समेत प्रभावकारी बनाउन सकेको देखिँदैन। त्यसमा हुने नियुक्तिलाई प्रतिस्पर्धात्मक बनाउन सक्दामात्र अपेक्षित परिणाम आउने हो। त्यसैगरी सरकारभित्रकै प्रहरी, सेना, गुप्तचरजस्ता निकायको संस्थागत विकास पनि उत्तिकै आवश्यक छ। तर लोकतन्त्रकालमा यी संस्थाको भूमिका कमजोर हुँदै गएको देखिन्छ।

तिनलाई बढीभन्दा बढी व्यावसायिक बनाउनतिर कुनै पनि सरकारले ध्यान दिएका छैनन्। आफू सरकारमा हुँदा सुरक्षा निकायलाई बढी संस्थागत बनाउने हो भने भोलि सामान्य नागरिक बनेर जीवन बिताउँदा पनि सहज हुन्छ। २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएलगत्तैको नेपाल प्रहरीको स्थिति आजको दिनमा हेर्ने हो भने अत्यन्त कमजोर देखिन्छ। यो स्थिति सबैजसो सुरक्षा निकायमा छ। मुलुकको गुप्तचर निकाय राम्ररी काम गर्न सक्ने अवस्थामा छैन। यसले अन्ततः मुलुकलाई नोक्सानी पुर्‍याउने हो।

सुरक्षा निकायलाई कसरी बढ्ता कामकाजी बनाउने भन्नेमा ध्यान पुर्‍याउनेभन्दा मन्त्रालयमा चाकडीका निम्ति ल्याउने भन्नेमा ध्यान देखिन्छ। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी नियमावलीमा गर्न लागेको परिवर्तनले अन्ततः यी संस्थालाई थप कमजोर बनाउन लागेको टिप्पणी सुरक्षाविज्ञबाट हुन थालेको छ। गृह मन्त्रालयले प्रहरी (एघारौँ संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन तयारीलाई सकारात्मकरूपमा लिएको छैन। 

प्रहरी संगठनको नेतृत्व गर्ने महानिरीक्षकका अधिकार कटौती गरेर भन्दा बढी अधिकार दिएर सशक्त बनाउन सकिन्छ। सबै अधिकार मन्त्रालयमा थुपार्न आवश्यक छैन। सुरक्षा निकायलाई स्वायत्त संस्थाका रूपमा विकास गर्दै जाँदामात्र त्यसले अपेक्षित सेवा प्रदान गर्न सक्छ। यसका निम्ति विकसित मुलुकहरूका सुरक्षा संगठनको अध्ययन गर्नु आवश्यक छ।

यो स्थिति सबैखाले संस्थामा देखिएको छ। अतः लोकतन्त्रलाई प्रभावकारी र जनसेवी बनाउने हो भने संस्थाहरूलाई प्रतिस्पर्धी बनाउनुपर्छ। यसले नागरिकलाई पनि बढ्ता सुविधा हुन्छ। अहिले कुनै सरकारी कार्यालयमा गएर काम गराउनुपर्‍यो भने नागरिकले पाउने दुःखको कुनै हिसाब हुँदैन। यी संस्थालाई सेवामुखी र रचनात्मक बनाउनु उचित हुन्छ।

आफ्नो संगठनभित्रका सानातिना काम पनि गर्न नसक्ने र माथिल्लो निकाय वा सम्पर्क मन्त्रालयमै पुग्नुपर्ने हो भने तिनले प्रभावकारी ढंगले काम गर्न सक्दैनन्। सरकारले सबै कामलाई सहजीकरण गर्नतिर ध्यान दिनुपर्छ। अधिकार केन्द्रित गरेरमात्र हुँदैन। हाम्रो मुलुकमा सबैतिर भद्रगोल हुनुको कारण सबै निकायलाई जिम्मेवार बनाउने गरी काम नहुनु नै हो।

लोकप्रिय
अर्को समाचार
लोकतन्त्रका संस्थाको लय
१९ फागुन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
लोकतन्त्रका संस्थाको लय

यतिबेला मुलुक मतदानको तयारीमा छ। हाम्रो मुलुकले पटक–पटक निर्वाचन सम्पन्न गरेको छ। जहिल्यै निर्वाचन घोषणा हुँदा शंकाको वातावरण भए पनि नागरिकले मतदान गरेका छन्। जहिल्यै होला वा नहोला भन्ने प्रश्न हुँदाहुँदै पनि निर्वाचन सम्पन्न हुँदै आएका छन्। यसैले निर्वाचन सम्पन्न गर्ने संयन्त्र मुलुकमा बलियो हुँदै गएको देखिन्छ। विशेष गरी निर्वाचन आयोगको संस्थागत विकास भएको छ। यतिका वर्षमा हामीले निर्वाचनलाई तोकिएकै समयमा पूरा गर्न सक्ने अवस्था छ। त्यसमा पनि यसपटकको निर्वाचन विगतभन्दा भिन्न छ। राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी विद्रोह र त्यसको आडमा भएको आगजनी, लुटपाट र तोडफोडपछि राज्यविहीनताको अवस्थामा पनि निर्वाचनको मिति तोकेर जिम्मेवारी दिएका हुन्। तदनुकूल नै यही २१ गते बिहीबार मुलुकमा निर्वाचन हुँदै छ।

लोकतन्त्र बलियो हुन संस्थाहरूको निर्माण हुनुपर्छ । लोकतन्त्र भनेको केही थान नेता मात्र होइनन्। अझ हामीकहाँ एकजना कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति सबैले चुनेपछि त्यसैबाट मुलुकमा सबै विकास हुन्छ भन्ने भान पार्न पनि खोजिएको छ तर अहिलेको प्रणालीबाटै पनि प्रधानमन्त्रीका उम्मेदवार देखाएर सिंगै मुलुकको भोट जम्मा गर्न सकिने रहेछ भन्ने प्रयोग पनि भइरहेको छ। विगतमा पनि पटक–पटक व्यक्तिलाई देखाएर मत नमागिएको होइन। तर, यसपटकको हाम्रो प्रयोग पनि भविष्यको अध्ययनका निम्ति रोचक हुने देखिन्छ। हाम्रो लोकतन्त्रले व्यक्तिभन्दा पनि संस्थालाई जिम्मेवार बनाउने गरी आफूलाई अगाडि बढाउनुपर्ने हुन्छ।

लोकतन्त्रका संस्थामध्ये एउटा महत्त्वपूर्ण भनेको सुरक्षा क्षेत्र हो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग हाम्रा प्रमुख सुरक्षा निकाय हुन्। यिनको संस्थागत विकासका प्रश्न बेलाबेलामा उठ्ने गर्छन्। विगतमा कुनै संस्था, दल वा पार्टीतिर तिनको झुकाव हुन्छ भन्ने मान्यता बिस्तारै कमजोर हुँदै गएको छ। अहिले सरकारमा हुने दलले मात्र यस्ता संस्थालाई चलाउन सक्छन् भन्ने छैन। यिनले आफ्नो विश्वसनीयता बढाउने गरी काम गर्दै आएका छन्। त्यो विश्वसनीयताले नै भविष्यमा राज्यका अन्य महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने हुन् । विगतका कैयन् राजनीतिक परिवर्तनमा यस्ता संस्थाहरूको काममा केही समस्या देखिएका हुन् तर तिनले आफूलाई बेलाबेलामा मूल्यांकन गर्दै सुधारतर्फ लगेकै हुनुपर्छ।

कुनै व्यक्ति, संस्था वा स्वार्थ समूहका निम्ति यी संस्थाको प्रयोग हुन्छ वा हुँदैन भन्ने रुचिपूर्वक अध्ययन गर्ने व्यक्तिको मुलुकमा कमी छैन । यसतर्फ पनि तिनको ध्यान पुग्छ नै। त्यति मात्र होइन, यस्ता संस्थाले आफूलाई निष्पक्ष राख्न सकेनन् भने भविष्यमा अन्य टकराव आउन सक्छन् । बेलाबेलामा यस्ता संस्थाको भूमिकामाथि प्रश्न उठ्ने घटना पनि हुन्छन्। तिनले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरे भने आमनागरिकको तर्फबाट स्याबासी प्राप्त हुन्छ। त्यति मात्र होइन, कठिन समयमा तिनीप्रति नागरिकको विश्वास हुन्छ। आजको समय भनेको तिनले कस्तो भूमिका गरेका छन् भनेर हेर्ने पनि हो। मानव अधिकार, लोकतन्त्र र खुला तथा पारदर्शी समाजको पक्षमा काम गरे/नगरेको अवश्यै अवलोकन हुन्छ।

न्यायालयले आफ्नो हिसाबमा नेपालमा उत्कृष्ट काम गरेको छ। यति हुँदाहुँदै पनि यसप्रति बेलाबेलामा प्रश्न उठ्छ। न्यायालयलाई कमजोर बनाउनुमा विगत दिनहरूमा कतिपय अवस्थामा नियुक्तिको दलीयकरण पनि हो। नियुक्तिमा दलबाटै पुगेको सरकारले पहल गरे पनि न्यायालयमा पुगेपछि यस्ता व्यक्तिको भूमिका बदलिन्छ। तिनले आमनागरिकको हित र मुलुकको विश्वासका रूपमा नै काम गर्नुपर्ने हुन्छ। केही घटनामा बाहेक न्यायालयको भूमिकाप्रति आममानिस आश्वस्त छन्। हाम्रा न्यायका संस्था पनि बलिया हुँदै गएको देखिन्छ। त्यही निकाय मातहतको एउटा निकाय महान्यायाधिवक्ताको कार्यालय हो। यदाकदा यसबाट खेलेका भूमिकाले भने प्रश्न नउठाएको होइन। यस्तो प्रश्न उठे पनि त्यही संस्थाभित्रैबाट त्यसलाई सच्याउने ठाउँ छ। राजनीतिक नियुक्तिबाट आउने महान्यायाधिवक्ताले प्रधानमन्त्री वा सरकारको तर्फबाट बेलाबेलामा मुद्दामाथि अन्यथा निर्णय गरेको देखिएको छ। जेनजी आन्दोलनपछिको तोडफोड, आगजनी र विध्वंसमा समातिएकालाई छाड्न जुन किसिमका हर्कत गरिएका छन्, तिनले संस्थाको छवि धुमिल पारेको छ। तैपनि महान्यायाधिवक्ता सविता भण्डारी एकजना व्यक्ति मात्र होइन, विगतमा पनि यस्ता व्यवहार भएका छन्। यस्ता पक्षमा पनि संस्थाहरूले आफूलाई सुधार गर्नु र तदनुकूल राज्यका संस्थाका रूपमा विकास गर्नुपर्छ।

संसद् हाम्रा निम्ति मत्त्वपूर्ण संस्था हो। त्यसमा पनि यसलाई हामीले स्थायी प्रकृतिको बनाएका छौं। राष्ट्रियसभा कहिल्यै खाली नहुने बनाउनुको अर्थ यसले आवश्यकताअनुसार भूमिका खेलिरहोस् भन्ने हो। प्रतिनिधिसभाको हकमा विगतमा २०४८ सालपछि यसको सशक्त भूमिका देखिएको हो। पछिल्ला समयमा यसले स्वतन्त्र र सशक्त भूमिका खेलेको देखिएन। केही नेताको छाया बन्दा यसले आफ्नो भूमिका कमजोर पारेको छ। अब निर्वाचनपछि आउने संसद् यस्तो बनोस् कि प्रत्येक नागरिकलाई त्यहाँको छलफल र कामकारबाहीप्रति रुचि लागोस्।

यी प्रमुख संस्था मात्र होइनन्, राज्यका सबै निकायको भूमिकाले मात्र हाम्रो लोकतान्त्रिक प्रणाली सशक्त र प्रभावकारी बन्ने हो। एउटा व्यक्ति आएर हाम्रो भाग्य र भविष्य बदलिन्छ भन्ने सोच्नुभन्दा संस्था निर्माणमा जोड दिनुपर्छ। त्यसैले कुनै खराब पात्रले निर्वाचन जितेर राज्यसत्ता हातमा लिन खोजे पनि सम्भव नहुने हिसाबले संस्थाहरूले नागरिकलाई आश्वस्त पार्न सक्नुपर्छ। साथै नागरिक संस्थाहरू पनि यसका लागि सधैं तत्पर हुनुपर्छ। यसरी सजग भएपछि नै देशमा लोकतन्त्र चल्छ।  

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
लोकतन्त्रका संस्थाको साख
लोकतन्त्रका संस्थाको साख ०३ मंसिर २०७८ ५ मिनेट पाठ
कार्यकारी राष्ट्रपति किन?
कार्यकारी राष्ट्रपति किन? २१ कार्तिक २०७९ ५ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस