पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।
उदयपुरमा पनि सुरुवातदेखि दुवै समूह कार्यकर्ता तानातानदेखि नयाँ मनोनित र कारबाहीसम्म गर्ने काममा लागेका छन्। अल्पमतमा रहेको ओली समूहले यसअघि नै नयाँलाई अध्यक्ष र सचिव तोक्दै जिल्ला कमिटी विस्तार गरिसकेको छ भने दुईतिहाइ बहुमत रहेको दाहाल–माधव समूहले शुक्रबार जिल्ला कमिटी बैठक राखेर नयाँ जिम्मेबारी तोक्नुका साथै केहीलाई कारबाही गर्ने निर्णय गरेको छ।
सोअनुसार पार्टीले जिल्लाका ८ वटै स्थानीय तह (पालिका) इन्चार्ज र सहइन्चार्ज तोकेको छ भने जनवर्गीय संगठनहरूको जिम्मेबारी पनि हेरफेर गरेको छ। विभाजनअघि रहेका १ सय ६१ सदस्यमध्ये १ सय ५ जनाको उपस्थितिमा बसेका जिल्ला कमिटी बैठकले ओलीपक्षमा खुलेकालाई कारबाही गर्ने निर्णय गरेको सचिव ईश्वरमणि राउतले बताए।
राउतका अनुसार बैठकले बेलका नगर इन्चार्जमा धनपति आचार्य र सहइन्चार्जमा राकेश किरातीलाई तोकेको छ भने चौदण्डीगढी नगर इन्चार्ज र सहइन्चर्जको जिम्मेबारी क्रमशः कुमार खड्का र चुना थापामगरले पाएका छन्। त्यसैगरी त्रियुगा नगर इन्चार्ज यदु ढकाल र सहइन्चार्जको जिम्मेबारी दिलबहादुर तामाङलाई दिएको बैठकले कटारी नगर इन्चार्जमा मणिसुन्दर श्रेष्ठ र सहइन्चार्ज किसुनलाल दनुवारलाई तोकेको छ।
गाउँपालिकातर्फ रौतामाई इन्चार्ज र सहइन्चार्जमा क्रमशः कैशाल बस्नेत र दिपेन्द्र दाहालले जिम्मेबारी पाएका छन् भने उदयपुरगढी इन्चार्ज देव गिरी र सहइन्चार्ज कर्णमाया मगरलाई तोकिएको छ। लिमचुङबुङ इन्चार्ज कृष्ण निरौला र सहइन्चार्ज डिकबहादुर राउतलाई तोकेको बैठकले ताप्ली गाउँ इन्चार्जको जिम्मेबारी उद्धवसिंह थापालाई दिएको छ। ताप्लीमा सहइन्चार्ज भने पछि तोक्ने निर्णय भएको सचिव राउतले बताए।
बैठकले बैठकले ओलीपक्षमा खुलेका ३ पालिका अध्यक्ष र एक सचिवलाई कारबाही गरेको छ। चौदण्डीगढी नगर कमिटी अध्यक्ष राजेन्द्र कटुवाल, उदयपुरगढी गाउँ अध्यक्ष गोपाल खत्री र लिमचुङबुङ अध्यक्ष भलराज राई तथा बेलका नगर कमिटी सचिव गणेश बस्नेतलाई जिम्मेबारीबाट हटाउदै उनीहरूको ठाउँमा नयाँलाई जिम्मेबारी तोकेको छ। चौदण्डीगढी अध्यक्षमा विसन विष्ट, उदयपुरगढीमा केशव कार्की र लिमचुङबुङमा विनोद राईलाई अध्यक्षको जिम्मेबारी तोकेको छ भने बेलका नगर सचिव पछि तोक्ने निर्णय भएको राउतले बताए। त्रियुगा नगर कमिटी अध्यक्षमा केशव घिमिरेलाई जिम्मेवारी दिने निर्णय भएको बैठकमा यसअघिका त्रियुगा अध्यक्ष प्रकाश बस्नेतलाई कारबाही गर्ने विषयमा भने बोलेको छैन।
बैठकले जिल्लाका दुईवटै संघीय निर्वाचन क्षेत्रमा संयोजक र सचिव तोक्ने निर्णय पनि गरेको छ। १ को संयोजक टेकबहादुर राउत र सचिव विमल किरातीलाई तोकेको बैठकले २ नं. मा संयोजक र सचिवमा क्रमशः एबिराज राई र हृदय तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको छ। त्यसैगरी पार्टीले जनवर्गीय संगठनतर्फ प्रेस संगठन इन्चार्ज तुलसीप्रसाद कोइराला र सहइन्चार्ज सुखीलाल चौधरी, विद्यार्थी परिचालनतर्फ हेम खड्का, प्रतिक्षा ढुंगाना, विमल कार्की र सरोज अधिकारीलाई तोकेको छ। युवा परिचालनको जिम्मेवारी किशोर ताम्राकार, मोहन घिमिरे, दीपक दंगाल र सुपेन्द्र राईलाई तोकेको बैठकले खेलकुदमा नारायण अधिकारी, मजदुरमा चुडामणि पोखरेल र पदम दाहाल तथा लोकतान्त्रिक थारु संघको जिम्मेबारी सुनिता चौधरी, जयराम पंजियार, पशुपति चौधरी, देवनारायण चौधरी, सोमन चौधरी, शिवकान्त चौधरी र भवानी चौधरीलाई सुम्पने निर्णय गरेको छ।
बैठकमा पार्टी केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरी, प्रदेश सदस्यहरू संविधानसभा सदस्यत्रय मोहन खत्री, मणि खम्बु र भेषकुमारी राउत, भिम अधिकारी, राजकुमार राई, अमर रायमाझी, काजीमान तामाङलगायतको उपस्थिति थियो। विभाजनपछि नेकपालाई सशक्त पार्दै सुद्धिकरण अभियानसहितको संगठन विस्तारमा पार्टी जुटेको जिल्ला कमिटी अध्यक्ष विनोद कटुवालले बताएका छन्।
चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा उच्च मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायत कैफियत भेटिएपछि ६ दर्जन व्यावसायिक फर्म कारबाहीमा परेका छन्।
यो एक साताको अवधिमा उपभोक्ता ठगी गर्ने ७२ व्यावसायिक फर्मलाई पाँच लाख ६५ हजार रूपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। चाडपर्वको मौका छोपी मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिएको विभागले जनाएको छ। ‘चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाएका छौं,’ सेढाईंले भने, ‘खाद्यान्न, लत्ताकपडा पसल धेरै कारबाहीमा परेका छन्।’ कारबाहीमा पर्नेमा बढी बिलबिजक सम्बन्धी घटना छन्। कसूरको प्रकृति अनुसार न्यूनतम पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता सेढाईंले बताए।
विभागबाहेक जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गरेर कारबाहीको दायरामा ल्याएका छन्। विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको छ। चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न टोली परिचालन गरिएको हो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायत बजारका सबै क्षेत्रलाई नियमन गरेर गैरव्यावसायिक क्रियाकलाप रोक्ने काम भइरहेको विभागले जनाएको छ।
विभागको नेतृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय लगायत निकायले संयुक्त अनुगमन गरिरहेका छन्। ६ टोली बनाएर अुनगमन सुरु गरेको वाणिज्य विभागका प्रवक्ता सेढाईंले बताए। ‘बजारमा ६ टोली परिचालन गरेका छौं,’ प्रवक्ता सेढाईंले भने, ‘अन्य निकायसँग पनि संयुक्त अनुगमन गर्ने योजना बनाएका छौं।’ पालिकाहरूसँग पनि समन्वयन गरिरहेको उनले जानकारी दिए।
चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमन गर्न लागिएको वाणिज्य विभागका महानिर्देशक पौडेलले बताए। ‘नियमित अनुगमन गर्दै आएका थियौं,’ महानिर्देशक पौडेलले भने, ‘चाडपर्वमा थप जनशक्ति मगाएर बजारमा विशेष निगरानी बढाएका छौं।’ विभागले सामान्य प्रशासन मन्त्रालयबाट एक दर्जन जनशक्ति ल्याएर परिचालन गरेको छ।
अनुमगन टोलीले दसैंमा बढी खरिद–बिक्री हुने खाद्यान्न, लत्ताकपडा, माछा–मासु, फलफूल, तरकारी लगायतको पनि अनुगमन गरेको जनाएको छ। चाडपर्वको मौका छोपी अभावको बहाना बनाएर मूल्यवृद्धि गर्ने भएकाले त्यस्ता विषयमा पनि निगरानी बढाएको विभागको दाबी छ। खुद्रा, होलसेल पसलमात्र नभएर ठूला डिपार्टमेन्टल स्टोर, भाटभटेनी, बिग मार्ट, सेल्सबेरी लगायतमा पनि अनुगमन गरेको छ।
यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिरहेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेमाथि निगरानी बढाएको विभागले जनाएको छ।
विभागको अुनगमनमा खाद्यान्न, तेल, दूध तथा दुग्धजन्य, चिया, मसला, पिउने पानी, बिस्कुट, भुजिया, दालमोट, दाल, काजु, किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो लगायत खाद्यवस्तु न्यून गुणस्तर भेटिएको जनाएको छ। विभागले मानव स्वास्थ्यमा असर गर्ने रोग कारक सूक्ष्म जिवाणु वा हानिकारक तत्व वा रासायनिक मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्य वस्तुलाई पनि बन्देज गरिएको जनाएको छ।
विभागले अनुगमन गर्दा लेबलमा खाद्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना, खाद्य पदार्थको समिश्रण, वस्तुको तौल, आयतन, बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति, निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने वस्तु भए त्यसको अवधि, कुनै खास अवस्थामा उपभोक्ताको स्वास्थ्यलाई हानि पु¥याउने खालका खाद्य पदार्थको लेबलमा जनचेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ हेरेको छ।
खाद्य पदार्थ दूषित वा न्यून गुणस्तर नरहेको सुनिश्चित गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्दा खाद्य स्वच्छता तथा व्यवस्थापन प्रणाली अवलम्बन गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्ने स्थान र परिसर सफा राख्नुपर्ने भनेको छ।
निरीक्षणको क्रममा कुनै खाद्य पदार्थ सडे–गलेको, कुहिएको, किरा परेको वा फोहोर मिसएको, दूषित खाद्य पदार्थ, उपभोग गरिसक्नुपर्ने अवधि समाप्त भई वा अन्य कारणबाट निर्धारित गुणस्तरभन्दा न्यून गुणस्तर रहेको पाइएमा स्थानीय प्रशासनको रोबहरमा नष्ट गरेको विभागको दाबी छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।