संग्रह
नवराजसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न नेबिसंघको माग
नेपाल विद्यार्थी संघ खोटाङले जाजरकोटका नवराज बिकसहित ६ युवाको हत्यामा संलग्न दोषीलाई कानूनी कठघरामा ल्याएर कारबाही गर्न माग गरेको छ ।
काम नगर्ने ठेकेदारलाई कारबाही र ठेक्का रद्द गर्न जनप्रतिनिधिको माग
मध्य पहाडी लोकमार्ग अन्तर्गत हिले–लेगुवा सडक खण्ड स्तरोन्तिको जिम्मा पाएका निमार्ण व्यवसायीले काम नगरेपछि धनकुटाका जनप्रतिनिधिले ठेक्का रद्द गर्न माग गरेका छन् । प्रतिनिधि सभाका सदस्य एवं सांसद राजेन्द्रकुमार राई, जिल्ला समन्वय समितिका संयोजक टंक चौहान र पाख्रीबास नगरपालिकाका प्रमुख बृषबहादुर राईले पत्रकार सम्मेलन गरेर काम नगरी ठेकेदार भागेकाले ठेक्का रद्द गर्न माग गरेका छन्।
दाहाल–नेपाल नेकपाद्वारा ओलीपक्षका आधा दर्जनलाई कारबाही
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।
ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही
खोटाङको महुरे–राजापानी (सिमपानी) सडक कालोपत्रेको काममा ढिलासुस्ती गर्ने ठेकेदार कारबाहीमा परेका छन्। गाईघाट–दिक्तेल सडकको महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी (सिमपानी) खण्ड कालोपत्रेको काममा ढिलासुस्ती गर्ने भारत कन्सट्रक्सन/सिद्धि शाही जेभीबाट बैंक ग्यारेन्टी जफत गरेर कारबाही गरिएको हो।
निषेधाज्ञा उल्लंघन गर्ने १ हजार ५ सय सवारीसाधन कारबााहीमा
बिहीबारदेखि लागू भएको निषेधाज्ञामा जबरजस्ती र चलाउन नमिल्नेले सवारी साधन चलाएको भन्दै प्रंहरीले १ हजार ५ सय सवारीसाधनलाई कारबाही गरेको छ।
२५ सय व्यापारिक फर्ममाथि कारबाही
दैनिक उपभोग्य वस्तुमात्र नभएर, शिक्षा, स्वास्थ्य, अटोमोबाइल्स क्षेत्रमा पनि बेथिति नियन्त्रणमा पनि प्रयास गरेको विभागले जनाएको छ। विभागले कसूर अनुसार पाँच हजारदेखि दुई लाख रूपैयाँसम्म जरिवाना गरेको छ। विभागले उपत्यकामा केन्द्रित भएर अनुगमन गर्छ भने मातहतका निकायले मुलुकका अन्य ठूला सहरमा।
खोलामा ठेकेदारको मनोमानी कारबाही गर्ने निकाय मौन
स्थानीय तहले ठेक्का लगाएको नदी जन्य पदार्थको उत्खनन कार्यमा ठेकेदारहरूले मनोमानी गरेको देखिए पनि कारबाही गर्ने अधिकार पाएको जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय मौन बसेको गुसानो सर्वसाधारणले गर्दै आएका छन्।
रुपा सुनारमाथि कारबाही गर्न मध्यपुरका मेयरको माग
‘जातीय विभेदविरूद्ध हामी पनि साथमा छौं तर आफ्नो अधिकार अरुको सम्पतिमा खोज्नु सरासर गलत हो, मेयर श्रेष्ठले पत्रकारहरुलाई जवाफ दिँदै भने, ‘निर्दोष महिला तीन दिन जेलमा थुनिनु र उनलाई अपराधी भन्नू सरासर गलत हो। सरस्वती दिदीलाई न्याय दिलाउन आउनुस्, एक जुट बनौं।'
बढी भाडा लिने सवारीसाधन कारबाहीमा
निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ।
निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जना कारबाहीमा
वाग्मती प्रदेशको राजधानी हेटौँडामा जारी निषेधाज्ञाको उल्लंघन गरी पसल खोल्ने १० जनालाई आज कारबाही गरिएको छ।