बढी भाडा लिने सवारीसाधन कारबाहीमा
२६ असार २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
बढी भाडा लिने सवारीसाधन कारबाहीमा
कारबाहीमा परेका सवारीसाधन प्रहरी परिसरमा ।

निषेधाज्ञाका बेला तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई प्रहरीले कारबाही गरेको छ। चर्को भाडा लिएको गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले चेकजाँच गर्दा तोकिएको भन्दा बढी भाडा लिएको पाइएपछि उनीहलाई नियन्त्रणमा लिएर कारबाही गरिएको हो।  

प्रहरीले तीन वटा हाइस, दुई वटा बस र एउटा जिपलाई निश्चित दररेटभन्दा बढी भाडा लिएको भन्दै कारबाही गरेको हो। ६ वटा सवारीहरुलाई नियन्त्रणमा लिई तोकिएको भन्दा बढी भाडा फिर्ता गर्न लगाइएको र जनही १ हजार ५ सयका दरले जरिवाना समेत तिराईएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अम्मरबहादुर थापाले जानकारी दिए। ‘तोकिएभन्दा बढी भाडा फिर्ता गराईने भएको छ', उनले भने,‘अब उप्रान्त तोकिएभन्दा बढी भाडा नलिने भनी यातायात व्यवसायीसँग सम्झौता पनि भएको छ।’ कतै अनियमितता भए खबर गर्न उनको आग्रह थियो।

प्रहरी कार्यालय परिसरमा स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायीका पदाधिकारी लगायतको उपस्थितिमा चालक तथा सहचालकहरुलाई प्रशिक्षण एवं ट्राफिक नियमका बारेमा सुसूचित समेत गराइएको छ।  

यसैबीच जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले करिब ८ यि लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ। विशेष सूचनाको आधारमा सन्धिखर्क नगरपालिकाका विभिन्न ठाउँबाट रक्सी बनाउनको लागि तयारी अवस्थामा राखिएको कच्चा पदार्थ र तयार भएको ७९५ लिटर घरेलु मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।

लोकप्रिय
अर्को समाचार
६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही
२६ असोज २०७८
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
६ दर्जन व्यावसायिक फर्ममाथि कारबाही
बजार अनुगमन गर्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोली। तस्बिर : नागरिक

चाडपर्व नजिकिँदै जाँदा बजारमा उपभोक्ता ठगीका घटना बढेका छन्। दसैंको पूर्वसन्ध्यामा खाद्यान्न, लत्ताकपडा, फलफूल लगायत वस्तुको बिक्रीमा उपभोक्ता ठगिएका हुन्। 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको अनुगमनमा उच्च मूल्य लिने, गुणस्तरहीन वस्तु बिक्री गर्ने लगायत कैफियत भेटिएपछि ६ दर्जन व्यावसायिक फर्म कारबाहीमा परेका छन्।  

यो एक साताको अवधिमा उपभोक्ता ठगी गर्ने ७२ व्यावसायिक फर्मलाई पाँच लाख ६५ हजार रूपैयाँ जरिवाना गरेको विभागका प्रवक्ता शिवराज सेढाईंले बताए। चाडपर्वको मौका छोपी मूल्यवृद्धि, कालोबजारी, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिएको विभागले जनाएको छ। ‘चाडपर्वको बेला बजार अनुगमनलाई सघन बनाएका छौं,’ सेढाईंले भने, ‘खाद्यान्न, लत्ताकपडा पसल धेरै कारबाहीमा परेका छन्।’ कारबाहीमा पर्नेमा बढी बिलबिजक सम्बन्धी घटना छन्। कसूरको प्रकृति अनुसार न्यूनतम पाँच हजारदेखि ५० हजार रूपैयाँसम्म जरिवाना गरिएको प्रवक्ता सेढाईंले बताए।  

विभागबाहेक जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पनि अनुगमन गरेर कारबाहीको दायरामा ल्याएका छन्। विभागको नेतृत्वमा ६ वटा टोली बनाएर परिचालन गरिएको छ। चाडपर्वमा उपभोक्ता ठगिन सक्ने भएकाले त्यसलाई न्यूनीकरण गर्न टोली परिचालन गरिएको हो। दैनिक उपभोग्य वस्तु, खाद्यान्न, यातायात लगायत बजारका सबै क्षेत्रलाई नियमन गरेर गैरव्यावसायिक क्रियाकलाप रोक्ने काम भइरहेको विभागले जनाएको छ।

विभागको नेतृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय लगायत निकायले संयुक्त अनुगमन गरिरहेका छन्। ६ टोली बनाएर अुनगमन सुरु गरेको वाणिज्य विभागका प्रवक्ता सेढाईंले बताए। ‘बजारमा ६ टोली परिचालन गरेका छौं,’ प्रवक्ता सेढाईंले भने, ‘अन्य निकायसँग पनि संयुक्त अनुगमन गर्ने योजना बनाएका छौं।’ पालिकाहरूसँग पनि समन्वयन गरिरहेको उनले जानकारी दिए।

चाडपर्वको समयमा वस्तु तथा सेवाको अनुचित सञ्चय गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने खाद्य पदार्थमा मिसावट गर्ने, वस्तु तथा सेवाको गुणस्तर, परिमाण वा मूल्यमा अनुचित व्यापारिक क्रियाकलाप गरी लाभ लिने प्रवृत्तिलाई निरुत्साहित गर्न अनुगमन गर्न लागिएको वाणिज्य विभागका महानिर्देशक पौडेलले बताए। ‘नियमित अनुगमन गर्दै आएका थियौं,’ महानिर्देशक पौडेलले भने, ‘चाडपर्वमा थप जनशक्ति मगाएर बजारमा विशेष निगरानी बढाएका छौं।’ विभागले सामान्य प्रशासन मन्त्रालयबाट एक दर्जन जनशक्ति ल्याएर परिचालन गरेको छ।  

अनुमगन टोलीले दसैंमा बढी खरिद–बिक्री हुने खाद्यान्न, लत्ताकपडा, माछा–मासु, फलफूल, तरकारी लगायतको पनि अनुगमन गरेको जनाएको छ। चाडपर्वको मौका छोपी अभावको बहाना बनाएर मूल्यवृद्धि गर्ने भएकाले त्यस्ता विषयमा पनि निगरानी बढाएको विभागको दाबी छ। खुद्रा, होलसेल पसलमात्र नभएर ठूला डिपार्टमेन्टल स्टोर, भाटभटेनी, बिग मार्ट, सेल्सबेरी लगायतमा पनि अनुगमन गरेको छ।

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजारमा मानव स्वास्थ्यमा असर पुग्ने गुणस्तरहीन खाद्य वस्तु उत्पादन तथा बिक्री वितरण हुन सक्ने भन्दै अनुगमन गरिरहेको छ। दूषित खाद्य पदार्थको उत्पादन, प्रशोधन, निकासी, पैठारी, सञ्चय, ढुवानी वा बिक्री वितरण गर्नेमाथि निगरानी बढाएको विभागले जनाएको छ।  

विभागको अुनगमनमा खाद्यान्न, तेल, दूध तथा दुग्धजन्य, चिया, मसला, पिउने पानी, बिस्कुट, भुजिया, दालमोट, दाल, काजु, किसमिस, चामल, बियर, मसला, खुर्सानीको धुलो लगायत खाद्यवस्तु न्यून गुणस्तर भेटिएको जनाएको छ। विभागले मानव स्वास्थ्यमा असर गर्ने रोग कारक सूक्ष्म जिवाणु वा हानिकारक तत्व वा रासायनिक मात्रा तोकिएको अधिकतम सीमाभन्दा बढी भएको खाद्य वस्तुलाई पनि बन्देज गरिएको जनाएको छ।

विभागले अनुगमन गर्दा लेबलमा खाद्य पदार्थको नाम, उत्पादकको नाम र ठेगाना, खाद्य पदार्थको समिश्रण, वस्तुको तौल, आयतन, बिक्री मूल्य, ब्याच नम्बर, उत्पादन मिति, निश्चित अवधिभित्र उपभोग गरिसक्नुपर्ने वस्तु भए त्यसको अवधि, कुनै खास अवस्थामा उपभोक्ताको स्वास्थ्यलाई हानि पु¥याउने खालका खाद्य पदार्थको लेबलमा जनचेतनामूलक सन्देश, चित्र वा चिह्न प्रयोग गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ हेरेको छ।

खाद्य पदार्थ दूषित वा न्यून गुणस्तर नरहेको सुनिश्चित गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्दा खाद्य स्वच्छता तथा व्यवस्थापन प्रणाली अवलम्बन गर्नुपर्ने, खाद्य पदार्थको उत्पादन तथा प्रशोधन गर्ने स्थान र परिसर सफा राख्नुपर्ने भनेको छ।

निरीक्षणको क्रममा कुनै खाद्य पदार्थ सडे–गलेको, कुहिएको, किरा परेको वा फोहोर मिसएको, दूषित खाद्य पदार्थ, उपभोग गरिसक्नुपर्ने अवधि समाप्त भई वा अन्य कारणबाट निर्धारित गुणस्तरभन्दा न्यून गुणस्तर रहेको पाइएमा स्थानीय प्रशासनको रोबहरमा नष्ट गरेको विभागको दाबी छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस