संग्रह
प्रधानमन्त्रीलाई सांसदहरूको प्रश्नैप्रश्न
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को महामारी नियन्त्रणमा आफ्नो सरकारसँग सय प्रतिशत सहमत हुन नसके पनि सन्तुष्ट भने रहेको दाबी गरेका छन् । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको बुधबार जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारले चालेको कदम सही भएको उल्लेख गरे ।
नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा सहमतिको प्रयास सुरु गरेका छन्। दुबै विषयमा पार्टीभित्र एकमत हुन नसकेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग साझा धारणा बनाउनका लागि छलफल गरेका हुन् ।
‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको वैठकमा विहिबार सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका विरामीले बेसार खानु हुँदैन भनेपछि चिकित्सकहरू आश्चर्य चकित भएका छन्। प्रधानमन्त्रीको भाषण लगत्तै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक संजाल फेसवुक र ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्री ज्यु, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर ।’
प्रधानमन्त्रीले दिएकाे अभिव्यक्ति प्रति कांग्रेसकाे आपत्ति
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तोकिएकै मितिमा महाधिवेशन गर्नेगरी तल्लो तहको कार्यतालिका परिमार्जन गरेको छ । मंगलबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले कोरोना महामारीका कारण प्रभावित भएको महाधिवेशन कार्यतालिका परिमार्जन गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार फागुन १५ भित्र सक्ने भनिएको अन्तरिम संरचनाको समायोजन असार मसान्तमा सक्ने निर्णय भएको छ ।
मुटु जँचाउन प्रधानमन्त्री ओली गंगालाल ह्दयरोग केन्द्रमा
प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । स्वास्थ्य परिक्षणपछि प्रधानमन्त्री ओली आजै निवास फर्कने छन् । कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोलीले उनको स्वास्थ्य परिक्षण गरेको स्रोतले जनाएको छ ।
शीतल निवासबाट फर्किए पछि प्रधानमन्त्रीले गरे मन्त्रीहरूसंग छलफल
राष्ट्रपति र प्रधानमन्त्री बीचको भेटवार्ता सम्पन्न भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति कार्यालय शीतल निवास पुगेका थिए । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब एक घन्टा छलफल भएको थियो ।
‘भगवान राम पनि भारतीय होइनन् अयोध्या पनि भारतीयको होइन’
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताए । नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतल अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भएपनि भारतले विवादीत अयोध्या खडा गरेको उनको भनाई छ ।
प्रधानमन्त्री ७ गते ताप्लेजुङको घुन्सा आउने, सुरक्षा टोली खटाइँदै
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर ७ गते आइतबार ताप्लेजुङको घुन्सामा आउने भएका छन्। यसअघि मंसिर ५ गते आउने गरी तय भइ अन्तिम समयमा स्थगित भएको कार्यक्रम मंसिर ७ गतेका लागि सरेको सूचना ताप्लेजुङ प्रशासनलाई आएको छ।
बालुवाटारमा आज ११ बजे सर्वदलीय बैठक बस्दै
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न भन्दै सर्वदलीय बैठक बोलाएका छन्।
म भ्रष्टाचार गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्नः प्रधानमन्त्री
'मैले प्रधानमन्त्री भएदेखि नै “म भ्रष्टाचार गर्दिन, भ्रष्टचार गर्न पनि दिन्न“ भन्ने संकल्पलाई दृढताकासाथ लागू गरेको छु । तर हामी सबैलाई थाहा भएकै कुरा हो कि भ्रष्टाचार एक बहुआयामिक विषय हो । भ्रष्टाचार एक जना प्रधानमन्त्री, मन्त्री वा कुनै एउटा निकायको प्रयासले मात्रै नियन्त्रण गर्न सम्भव हुदैन । भ्रष्टाचारलाई सामाजिक रुपमा नै निन्दा र भ्रत्र्सना गर्नु जरुरी हुन्छ ।'