नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं
०४ असार २०७७
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा सहमतिको प्रयास सुरु गरेका छन्। दुबै विषयमा पार्टीभित्र एकमत हुन नसकेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग साझा धारणा बनाउनका लागि छलफल गरेका हुन् ।  

नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति एवं नेत्री सशी श्रेष्ठसहितको उपस्थितिमा कांग्रेससँग सहमतिका लागि प्रयास थालेका छन् । प्रधानमन्त्री ओलीको निमन्त्रणमा बिहीबार अपहन्न उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, दिलेन्द्रप्रसाद बडु, राधेश्याम अधिकारीसहितका नेताहरू प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।  

दुई घण्टा लामो छलफलमा प्रधानमन्त्री ओलीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कांग्रेसको धारणा बुझ्नका लागि बोलाएको जनाएका थिए । एमसीसीका विषयमा छलफल गर्न अर्को दिन फेरि बोलाउने भन्दै ओलीले त्यसका लागि तयारी गर्न आग्रह गर्दै नागरिकताका विषयमा धारणा मागेका थिए ।  

प्रधानमन्त्रीले पार्टीगत धारणा मागसँगेसँगै उपसभापति निधिले संविधानसँग बाझिने गरी कानुन बनाउन नमिल्ने भन्दै संविधानमा जे व्यवस्था छ त्यही अनुसार अघि बढ्नुपर्ने धारणा राखेका छन् । निधिपछि आफ्नो धारणा राखेका कांग्रेस नेताहरूले नेपाली केटाले विदेशी केटी विवाह गरेर ल्याउने प्रचलन लामो समय देखि चल्दै आएको धारणा राख्दै त्यसले राष्ट्रिय एकता र अन्यदेशसँगको सम्बन्धमा खलल भन्दा प्रवद्धनमा बल पुगेको धारणा राखेका छन् ।  

वैवाहिक अंगिकृत र सामान्य अंगिकृतमा फरक रहेको धारणा राख्दै कांग्रेस नेताहरूले विवाह गरेर आएकी कुनै महिलाले नेपालको नागरिकता लिन चाहेमा चलनचल्ती अनुसारै नागरिकता दिनुपर्ने बताएका छन् । नेपाली कुनै केटासँग विवाह गरेर आएकी महिलाले चाह मात्र वैवाहिक अंगिकृत नागरिकता पाउने संबैधानीक व्यवस्था रहेको सुनाउँदै नेताहरूले भनेका थिए, ‘राज्यले चाहेर होइन विवाह गरेर आकी महिलाले आफ्नो देशको नागरिकता त्यागको प्रक्रिया सुरु गरेर उसले नेपालको नागरिकता चाहेमा मात्र पाउने हो ।’

तर सामान्य अंगिकृतमा चाहि राज्यको अधिकार भएको कांग्रेस नेताहरूले तर्क पेस गरेका छन् । उनीहरूले वैवाहिक अंगिकृत महिलाको राजनीतिक अधिकारको विषयमा स्पष्ट बोली सकेको जनाउँदै संविधानसँग बाझिनेगरी कानुन बनाउन नहुने धारणा राखेका छन् । वैवाहिक अंगिकृतले राष्ट्रपति, प्रधानमन्त्रीसहितका विभिन्न पदमा पुग्नका लागि संविधानले नै बन्देज लगाइसकेको धारणा राखेका छन् । संविधानको व्यवस्था अनुसारै अघि बढ्न प्रधानमन्त्रीलाई सुझाव दिएको जानकारी दिंदै कांग्रेस उपसभापति निधिले भने, ‘संविधानसँग बाझिने गरी कानुन बनाउनु हुँदैनन ।’

प्रधानमन्त्री ओलीले कांग्रेस नेताहरूको धारणा सुनिसकेपछि आफ्नो पार्टीभित्र पनि छलफल गरेर खबर गर्ने बताएका छन् ।  

नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सात बर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने नेपालको अंगिकृत नागरिकता दिने तर नागरिकता नपाएसम्मको लागि आर्थिक, सामाजिक तथा साँस्कृति अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र प्रदान गनेगरी कानुन बनाउने तयारी गरेको छ । उक्त व्यवस्था गर्ने प्रस्तावमा गृहले समय मागेको भने राज्यव्यवस्था समितिले गृहमन्त्रालयलाई पाँच दिनको समय दिएको छ ।  

कांग्रेस नेताहरूले पार्टी नेता एबं सांसद ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधिसभाको बिहीबारको बैठकमा धारणा राखेको भन्दै प्रधानमन्त्रीले बोलाउने अर्को छलफलमा त्यस विषयमा थप विचार राख्ने बताएका थिए । कार्कीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै एमसीसी ल्याउन धेरै सरकारले योगदान गरेको र यो एकै रातमा बन्द कोठाबाट नभएको धारणा राखेका थिए । 

सम्झौतामा राष्ट्रिय हितमा आँच आउने एउटा शब्द पनि नभएको जिकिर गर्दै उनले भनेका छन्, ‘यतिको सरकारका प्रधानमन्त्रीहरू, सहभागी मन्त्रीहरू सबै राष्ट्रघाती हुन् ? राष्ट्रघाती हुन्भने यो यो कारणले राष्ट्रघाती हुन् भन्नुपर्यो । होइन भने राष्ट्रको हितमा रहेको यो सम्झौतालाई राष्ट्रघाती सम्झौता भनेर समाजमा अन्योल सिर्जना गरी अन्तर्राष्ट्रियस्तरमा हाम्रो विश्वसनीयता र व्यक्तित्वमाथि प्रश्न उठाउनु ठिक होइन ।’

लोकप्रिय
अर्को समाचार
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
३० फागुन २०७९
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ।

बुधबार बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समिति बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

बैठकमा उपराष्ट्रपति निर्वाचन, सरकारमा सहभागिता पार्टीका आन्तरिक विषय, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे छलफल हुने बताइएको छ।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस