अर्घाखाँची अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।
जिल्लामै संक्रमितको उपचार सहज गराउन छोंटो समयमै भवन निर्माण गरेर एचडियु सेवा सञ्चालनमा ल्याईएको अस्पतालले जनाएको छ। संक्रमण पुष्टी भएका १४ जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ।
यसैबीच अक्सिजनको अभावमा हुने मृत्युदर कम गर्न अर्घाखाँची–जापान सम्पर्क समाजले अर्घाखाँची जिल्ला अस्पताललाई ५ वटा इलेक्ट्रिक अक्सिजन मेसिन खरिदका लागि ४ लाख ५० हजार रकम उपलब्ध गराएको छ।
सम्पर्क समाजका अध्यक्ष बाबुराम पौडेलको पहलमा उक्त रकम नेपाल पत्रकार महासंघ अर्घाखाँची मार्फत अस्पताललाई हस्तान्तरण गरिएको छ।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको आम्दा अस्पताललाई प्यासन मोनिटर सहयोग गरेको छ। सञ्जालले सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा)लाई ७ लाख ४६ हजार मूल्य बराबरको मोनिटर एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो।
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए। सञ्जालका अध्यक्ष ईश्वर पोख्रेलले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी कर्मचारीहरुको सहयोगमा बिरामीको उपचारमा सहजता ल्याउन मोनिटर सहयोग गरिएको बताए। कार्यक्रम संयोजक तथा संजालका कला साहित्य, सांस्कृतिक संयोजक मुक्तिराम पोखरेलले कोभिड १९ को महामारीका बेला सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहँुच बढाउन मद्दत पुर्याउने उद्देश्यले सहयोगको कार्यक्रम ल्याइएको बताए।
यो मोनिटरले आइसीयु कक्षमा भर्ना भई उपचार गराइरहेका बिरामीको उपचारमा सहजता ल्याउने अस्पतालले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।