अर्घाखाँचीमा रहेका प्राथमिक स्वास्थ्य केन्द्रहरुमा डाक्टर नहुँदा समस्या परेको छ। कोरोना महामारी बढिरहँदा दरबन्दीमा रहेका डाक्टरहरु अध्ययन बिदामा गएपछि जिल्लामा रहेका दुबै प्राथमिक स्वास्थ्य केन्द डाक्टरविहिन बनेका हुन्।
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्। छत्रदेव गाउँपालिकामा रहेको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा १० जनाको दरबन्दी रहेको छ । त्यहाँ एकजना स्टाफ नर्सको पदपुति छन्।
दरबन्दीमा रहेका डाक्टर अध्ययन बिदामा गएको र मन्त्रालयले बैकल्पिक डाक्टर उपलब्ध नगराउँदा अफ्ठ्यारो भएको छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपानेले बताए। ‘कोरोना महामारीमा समेत डाक्टर नहुँदा गाह्रो भएको छ’, उनले भने, ‘गम्भीर बिरामी राख्ने अवस्था छैन।’ बिरामी सन्धिखर्क तथा बुटवल जान बाध्य रहेको उनको भनाइ छ।
डाक्टर अध्ययन बिदामा गएपछि प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन भएको शितगंगा नगरपालिकाका नगरप्रमुख सुर्यप्रसाद अधिकारीले बताए। १० जनाको दरबन्दी रहेको ठाडा प्राथमिक स्वास्थ्य केन्द्रमा ७ जनाको मात्र पदपुर्ति भएको छ। एक स्टाफ नर्स, एक हेल्थ असिस्टेन्ट र एक अहेबको दरबन्दी रिक्त छ।
डाक्टर नहुँदा स्वास्थ्य केन्द्र भएर पनि नभएजस्तो भएको शितगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद पौडेलले बताए। ‘सामान्य बिरामीमात्र हेर्ने काम भएको छ, उनले भने, ‘यो महामारीमा चिकित्सक नहुँदा पालिकालाई गाह्रो भएको छ।’
अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका अन्य स्टाफको भरमा प्राथमिक स्वास्थ्य केन्द्र चलेका छन्। सबै अधिकार डाक्टरमा निहित हुने भएकाले जोखिमका बिरामी राख्न अफ्ठ्यारो रहेको उनीहरुको भनाइ छ ।
डाक्टर नहुँदा कोभिड अस्पताल पनि अलपत्र
डाक्टर अभावमा जिल्लाका कोभिड अस्पतालहरु सञ्चालनमा आउन सकेका छैनन् । जिल्लाका छवटै स्थानीय तहमा रहेका कोभिड अस्पताल प्रभावकारी ढंगले चल्न सकेका छैनन्। हाल जिल्लाको पाणिनी गाउँपालिकाबाहेक कुनै पालिकामा एमबिबिएस डाक्टर छैनन्। डाक्टर भएको ठाउँमा पनि कोभिड अस्थायी अस्पताल सञ्चालनमा आउन सकेका छैनन्।
पाँच शैयाको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न सङ्घीय सरकारले गत वर्ष नै परिपत्र गरेपनि डाक्टर अभावले सञ्चालन गर्न नसकिएको मालारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश पन्थीले बताए। ‘मेडिकल अधिकृतका लागि विज्ञापन गरिरहेंका छौं दरखास्त नै पर्न मुस्किल हुन्छ’, उनले भने, ‘सेवासुविधा थप गरेर भएपनि राख्ने सोचमा छौं।’ दुर्गम गाउँमा कोही डाक्टर आएर बस्न नमान्ने उनको भनाइ छ ।
अहिले जटिल प्रकृतिका बिरामी र संक्रमित सम्पर्कमा आउँदा अर्घाखाँची अस्पताल वा बुटवल पठाउनुपर्ने बाध्यता छ। कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न बजेट पठाएको भएपनि डाक्टरको अभावमा यहाँ स्थानीय तहले अस्पताल सञ्चालन गर्न सकेका छैनन्। केही स्थानीय तहहरुले स्टाफ नर्स मात्रै भर्ना गरेका छन् भने कतिपयमा त्यही पनि छैनन्। डाक्टरका लागि आवेदन आह्वान गर्दासमेत डाक्टर नपाएपछि स्टाफ नर्समात्रै भर्ना गरेर अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको भूमिकास्थान नगरपालिकाका सूचना अधिकारी हरिशचन्द्र भुसालले जानकारी दिए।
चिकित्सक नभएपछि मध्यम खालका बिरामी समेत राख्न डर मान्नुपर्ने अवस्था रहेकाले पूर्ण रूपमा तयारी हुँदाहुँदै पनि अहिले कोभिड अस्थायी अस्पताल सञ्चालन हुन सकेका छैनन्।
रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको आम्दा अस्पताललाई प्यासन मोनिटर सहयोग गरेको छ। सञ्जालले सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा)लाई ७ लाख ४६ हजार मूल्य बराबरको मोनिटर एक कार्यक्रमका बिच हस्तान्तरण गरेको हो।
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए। सञ्जालका अध्यक्ष ईश्वर पोख्रेलले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी कर्मचारीहरुको सहयोगमा बिरामीको उपचारमा सहजता ल्याउन मोनिटर सहयोग गरिएको बताए। कार्यक्रम संयोजक तथा संजालका कला साहित्य, सांस्कृतिक संयोजक मुक्तिराम पोखरेलले कोभिड १९ को महामारीका बेला सहज र गुणस्तरीय स्वास्थ्य सेवामा सर्वसाधारणको पहँुच बढाउन मद्दत पुर्याउने उद्देश्यले सहयोगको कार्यक्रम ल्याइएको बताए।
यो मोनिटरले आइसीयु कक्षमा भर्ना भई उपचार गराइरहेका बिरामीको उपचारमा सहजता ल्याउने अस्पतालले जनाएको छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।