अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो
०७ चैत्र २०७७
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो

अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा लुम्बिनी प्रदेशकै पहिलो बनेको छ। प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची अस्पताल ७५ प्रतिशत अंकसहित लुम्बिनी प्रदेशमै प्रथम स्थानमा परेको हो। जिल्ला अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्यांकन तथा समिक्षा कार्यक्रममा मूल्यांकनको नतिजा सार्वजनिक गर्दै यो जानकारी गराईएको हो।

५० शैय्याको मान्यता पाईसकेको अस्पतालले न्युनतम मापदण्ड पूरा गर्नेमा नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा पर्न सफल भएको पनी अर्घाखाँची अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले बताए। ‘ एमएसएस मूल्याङ्कनमा लुम्बिनी प्रदेशकै पहिलो भएका छौं,उनले भने,‘त्यतिमात्र होईन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेका छौं।’ सबैको सहयोगले यो सम्भव भएको भन्दै उनले जिल्लावासी सबैलाई धन्यवाद दिएका छन्।

अस्पताल स्थापना भएको ३१ वर्षपछि पचास शैय्याको मान्यता पाउनुका साथै अस्पतालमा आईसियु सेवा, २४ घण्टे ल्याब र एक्सरे सेवा, फिजियोथेरापी, दन्त सेवा, क्षयरोग पत्ता लगाउने जिन एक्सपर्ट सेवा थप भएका छन्। अब जिल्लावासीलाई उपचारका लागी बाहिरी जिल्ला जानुपर्ने बाध्यता हटेको अस्पताल विकास समितिका अध्यक्ष एवं सन्धिखर्कका मेयर कमलप्रसाद भुसालले बताए। ‘अस्पतालमा सबै कुराको अभाव थियो, धेरै जसो बिरामीलाई बाहिरी जिल्ला पठाउनु पर्ने बाध्यता थियो, मेयर भुसालले भने,‘अब जंगलमै ज्यान जाने अवस्था आउँदैन, पहिले उपचार गर्न बाहिर पठाउँदा बाटोमै ज्यान गएका थुप्रै घटना छन्।’

अस्पतालमा सुविधा थप भएपछि अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी र प्युठानका बिरामी पनी लाभान्वित हुनेछन्। कार्यक्रममा अस्पतालको चौतर्फी विकासमा उत्कृष्ट भूमिका निर्वाह गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सकसहित स्टाफनर्स लगायत विभिन्न युनिटमा कार्यरत १५ जना कर्मचारीहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ।

अर्को समाचार
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो
०७ फागुन २०८१
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशमै दोस्रो

उत्कृष्ट कार्य सम्पादन गरेपछि अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ। न्यूनतम सेवा मापदण्ड कार्यन्वयन कार्यक्रम (एमएसएस) अन्तर्गत अर्घाखाँची अस्पतालको अनुगमन मूल्यांकन तथा समीक्षा गर्न प्रदेशबाट आएको विज्ञहरूको टोलीले अस्पतालले प्रदेशमै दोस्रो स्थान प्राप्त गरेको घोषणा गरेको छ।

प्रदेशका १३ अस्पताल अनुगमन मूल्यांकन गर्दा अर्घाखाँची अस्पतालले ९४ अंक प्राप्त गरेको छ भने मूल्यांकनमा बर्दिया अस्पताल ९७ अंक प्राप्त गरी पहिलो स्थानमा छ। कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य निर्देशनालयको आयोजनामा भएको कार्यक्रममा प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठलगायतले उत्कृष्ट कार्य सम्पादन गरी अस्पतालको गरिमालाई उचाइमा पु¥याएको भन्दै अस्पताल परिवारलाई धन्यवाद दिएका थिए।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारी तथा सम्पूर्ण स्वास्थ्यकर्मीलाई सेवा प्रवाहमा चुस्ततासँगै मुस्कानसहितको सेवा प्रदान गर्न आग्रह गरिएको छ। अस्पताल प्रमुख डा. जगन्नाथ तिवारीले अस्पतालले ५० शड्ढयाको मान्यता पाए पनि १५ शड्ढयाकै शैलीमा चलिरहेको गुनासो गरे। भौतिक संरचना निर्माण र दक्ष स्वास्थ्यकर्मीको व्यवस्थापनमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस