संग्रह
अर्घाखाँची अस्पताल लुम्बिनी प्रदेशकै पहिलो
अर्घाखाँची अस्पताल न्यूनतम सेवा मापदण्ड पूरा गर्ने सरकारी अस्पतालमा लुम्बिनी प्रदेशकै पहिलो बनेको छ।
कारोना कहरमा अर्घाखाँचीका स्वास्थ्य केन्द्र डाक्टरविहिन, कोभिड अस्पताल अलपत्र
छत्रदेव गाउँपालिकाको बल्कोट प्राथमिक स्वास्थ्य केन्द्र र शितगंगा नगरपालिकाको ठाडा प्राथमिक स्वास्थ्य केन्द्र डाक्टरविहीन हुँदा बिरामीहरु नजिकको स्वास्थ्य संस्थामार्फत् उपचार लिन बञ्चित भएका छन्।
अर्घाखाँची अस्पतालमा एचडियु सेवा
अर्घाखाँची अस्पतालमा १० शैयाको एचडियु सेवा सञ्चालनमा आएको छ। कोरोना संक्रमित बिरामीको उपचारका लागि सेन्ट्रल अक्सिजन सप्लाई सहित १० बेडको एचडियु सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिए।
कोरोना कहरमा सहयोगी बन्दै युवाहरु
बिरामी र उनीहरुका आफन्तले भोगेको यही समस्यालाई मध्यनजर गरेर स्थानीय युवाहरु खानाको व्यवस्थापनमा जुटे। टीकापुर अस्पताल हाताभित्रै भान्सा तयार पारे। अहिले त्यही भान्सामा तयार पारेको खाना बिरामी र उनीहरुका आफन्तले खाइरहेका छन्।
अर्घाखाँचीमा करेन्ट लागेर एकको मृत्यु
शितगंगा नगरपालिका वडा नम्बर–१२, पिरापानीका ४७ वर्षीय विष्णु गैरेको करेन्ट लागेर उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए।
अर्घाखाँची अस्पतालमा अक्सिजन उत्पादन सुरु
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो।
आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग
सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.राजेन्द्रप्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए।