अर्घाखाँची अस्पतालमा निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मा अक्सिजन उत्पादन सुरु भएको छ। सन्धिखर्क नगरपालिका–१ मा रहेको अस्पताल परिसरमै निर्माण भएको ‘अक्सिजन प्लान्ट’ मंगलवार साँझबाट संचालनमा आएको हो। यससँगै कोराना संक्रमितको उपचारमा केही सहज भएको छ। अक्सिजन प्लान्ट सञ्चालनमा आएको र प्लान्टले २४ घंटामा ७० ओटा ठुला सिलिण्डर भर्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कपिल गौतमले जनकारी दिए।
प्लान्ट निर्माणका लागि संघीय सरकारले अर्घाखाँची अस्पताललाई एक करोड ५० लाख रकम विनियोजन गरेको थियो। प्रविधि ईन्टरनेशनलले प्रतिस्पर्धा मार्फत ९४ लाखमा प्लान्ट निर्माणको जिम्मा लिएको थियो। गत बैसाख–जेठमा कोरोनाको दोश्रो लहर चलिरहँदा अक्सिजनको चरम अभाव हुँदा उपचारमा निकै समस्या आएको थियो। तेस्रो लहरमा भने जिल्लामा अब अक्सिनको अभाव नहुने अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले बताए।
हाल अक्सिजन प्लान्ट जेनेरेटरमार्फत सञ्चालन भइरहेको छ। विद्युत् नियमित नहुँदा अस्पतालले जेनेरेटरको सहायताले अक्सिजन उत्पादन गरिरहेको हो। विद्युत् हुँदा त्यसैबाट उत्पादन गरे पनि विद्युत् नहुँदा भने जेनेरेटरको सहायताले अक्सिजन उत्पादन भइरहेको छ। अक्सिजन उत्पादनका लागि नियमित विद्युत् आपूर्तिको पहल भइरहेको अस्पतालले जनाएको छ।‘अक्सिजन प्लान्ट’ औपचारिक शुभारम्भ कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनाल, प्रहरी निरिक्षक गणेश खनाल, शसस्त्र प्रहरी निरिक्षक मणिपल्ली मगर, पत्रकार महासंघका प्रदेश सदस्य प्रेमनारायण आचार्य लगायतको उपस्थिति रहेको थियो।
बैतडी अस्पतालले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेको छ। संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट स्थापना भएपछि अस्पतालले आफँै अक्सिजन उत्पादन गर्न थालेको हो। यस अघि जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता रहेको थियो।
भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।
कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै विसं २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीले प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो। प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। प्लान्टबाट दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ।
प्लान्ट जडान गरेर सञ्चालनमा आएसँगै कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ। कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी स्वरुप प्लान्ट सञ्चालनमा आएको हो। कोरोनाको पहिलो, दोश्रो र तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो। सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट सञ्चालनपछि अब सहज भएको छ।
उक्त प्लान्ट निर्माणाधीन ५० शैयाको अस्पतालका लागि पनि सहयोग पुग्ने अस्पताल प्रमुख डा. दीपेश श्रेष्ठले बताए। कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुने उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।