देशकै नमूनाको रुपमा भक्तपुरमा जनताको पैसाबाट कोभिड विरामीका लागि अक्सिजन उत्पादन सुरु भएको छ। भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा मंगलबारबाट औपचारिक रुपमा अक्सिजनको उत्पादन सुरु थालिएको छ। यसअघि त्यहाँं परीक्षणको रुपमा अक्सिजन उत्पादन थालेको थियो। प्लान्टको मंगलवार नै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले उदघाटन गरे।
सुरुमा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको ख्वप अस्पताल कोभिड युनिटमा रहेका कोभिडका विरामीको लागि अक्सिजन अभाब हुनसक्ने र त्यसका लागि केन्द्रिय, संघीय सरकारसँंग सहयोग माग भएको थियो। तर सरकारबाट सहयोगको कुनै प्रतिक्रिया नआएपछि भक्तपुर नगरपालिकाले कोभिडका विरामीको अक्सिजनको व्यवस्था मिलाउन कोभिड प्लान्ट बनाउन भनी जनतासँंग सार्वजनिक रुपमा सहयोगको माग भएको थियो। सार्वजनिक रुपमा सहयोग माग भएकोमा जेठ ५ गतेबाट सहयोगको क्रम सुरु भएको थियो। यस क्रममा असार १ गते मंगलबारसम्म पाँंच करोड ९३ लाख ९८ हजार एक सय ७६ रुपैयाँं ७१ पैसा बराबरको आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको नगरपालिकाले जानकारी गराएको छ।
सुरुमा अक्सिजन प्लान्टका लागि एक करोड २० लाख रुपैयाँं आवश्यक भएको भन्दै नगरपालिकाले त्यसका लागि सहयोगको आहवान गरेको थियो। त्यस क्रममा सुरुमा पहिलो दिन जेठ ५ गते पहिलो पटक तीन वटा संस्था र एकजना व्यक्तिबाट गरी २५ लाख वढी रकम सहयोग प्राप्त भएको थियो। जनताकै स्वास्थ्यका लागि भन्दै त्यसपछि सहयोग गर्नेहरुको ओइरो नै लाग्यो। दैनिक सयौं संघसंस्था र व्यक्तिहरुले सहयोग गर्न थाले र झण्डै ६ करोड रुपैयाँ सहयोग प्राप्त भयो। सहयोग गर्नेहरुको क्रम अझै जारी छ। सोचेभन्दा वढी सहयोग प्राप्त भएपछि नगरपालिकाले सहयोग रकमलाई अन्य स्वास्थ्य सामाग्री खरिद गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान भई अक्सिजन उत्पादन हुन थालेको जनाए। प्लान्टको परीक्षण सफल सफलतापूर्वक सम्पन्न भएको र अवका दिनमा भक्तपुरका कोभिड विरामीलाई अक्सिजनको अभाब नहुने उनले बताए।
यसअघि नगरपालिकाले अक्सिजन प्लान्टका लागि चाहिने सामानहरु चीनको छेन्दुस्थित कम्पनीबाट सिधा खरिद गरेको थियो। नगरपालिकाले सिधै कम्पनीमा सम्पर्क गरी त्यहाँको व्यवस्थापनसँग प्रस्ताव पेश गरी मोलमोलाई गरी खरिद गरेको नगरपालिकाले जनाएको छं। यसमा कम्पनीदेखि ग्राहकसम्मकाबीचका कम्पनी वा सहजकर्ता, आयातकर्ता कसैको पनि सहभागिता नभएकाले बजार मूल्यभन्दा केही कम मूल्यमा पनि सामान पाएको नगरपालिको भनाई छ। 
बैतडी अस्पतालले अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन गर्न थालेको छ। संघीय सरकारको एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारको ८० लाख बजेटबाट प्लान्ट स्थापना भएपछि अस्पतालले आफँै अक्सिजन उत्पादन गर्न थालेको हो। यस अघि जिल्लामा प्लान्ट नहुँदा सिलिन्डर खरिद गरी अक्सिजन आपूर्ति गर्नुपर्ने बाध्यता रहेको थियो।
भारतसँग सीमा जोडिएको बैतडीमा कोरोना संक्रमणको चौथो लहरको जोखिम बढिरहेका बेला अक्सिजन प्लान्ट सञ्चालनले कोरोनाका बिरामीलाई सहज हुने भएको छ। कोरोना भाइरसको अघिल्लो लहरमा अक्सिजन अभावमा कोरोना संक्रमितले ज्यान गुमाउन परेको थियो।
कोरोना महामारीको दोस्रो लहरलाई मध्यजनर गर्दै विसं २०७८ असार मसान्तसम्म अक्सिजन प्लान्ट स्थापना गर्न बजेट छुट्याएको थियो। कोरोना महामारी र ठेकेदार कम्पनीको लापरबाहीले प्लान्ट स्थापनाको काममा ढिलाइ भएको हो। प्लान्ट स्थापना भएसँगै आवश्यकताअनुसार अक्सिजन उत्पादन गर्न सहज भएको जिल्ला अस्पताल बैतडीका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए। प्लान्टबाट दैनिक ९० सिलिण्डर अक्सिजन उत्पादन हुनेछ।
प्लान्ट जडान गरेर सञ्चालनमा आएसँगै कोरोनाका बिरामीलाई अक्सिजन अभाव नहुने भएको छ। कोरोनाको चौथो लहर फैलिरहेको अवस्थामा बैतडीमा पनि पूर्वतयारी स्वरुप प्लान्ट सञ्चालनमा आएको हो। कोरोनाको पहिलो, दोश्रो र तेस्रो लहर फैलिएका बेला बैतडीमा अक्सिजनकै अभावमा धेरै बिरामीहरुलाई रेफर गर्नुपरेको थियो। सोही कुरालाई मध्यनजर गरेर अक्सिजन प्लान्ट सञ्चालनपछि अब सहज भएको छ।
उक्त प्लान्ट निर्माणाधीन ५० शैयाको अस्पतालका लागि पनि सहयोग पुग्ने अस्पताल प्रमुख डा. दीपेश श्रेष्ठले बताए। कोरोनाका बिरामीका लागि मात्रै नभएर अन्य शल्यक्रिया, सघन उपचार कक्ष सञ्चालनका लागि पनि सजिलो हुने उनले बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।