वर्षा, विनाश र पूर्वतयारी
१९ जेष्ठ २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
वर्षा, विनाश र पूर्वतयारी

नेपालमा मनसुनी समय सुरु भइसकेको छ। योसँगै सधैँझैँ सर्वसाधारणका दु:खका दिन पनि निम्ति सकेका छन्। 

विभिन्न ठाउँका पुल, कल्भर्ट आदि भत्केका छन्। सडकपेटी बिग्रिएका छन्। टेको लगाएका थाँक्रा ढल्मलाएकाले सडक खस्न आतुर बनेका देखिन्छन्। बगेका माटोमै अल्झिएका रुख र बोटबिरुवा बटुवाका बाटो छेक्न तम्तयार छन्। 

भिरपाखो र नदीछेउका बस्ती त्रासमा छन्। पानी र माटोले बनाएको हिलो र तत्कालै घामले परिणत गरेको धुलोले सवारी साधनको रङ नै फेरिदिएका छन्। त्यसैले पनि वर्षा सुरु हुनु नेपालीका लागि त्रासको सुरुवात हो भन्न हिच्किचाउनु पर्दैन।

बालीहरू पुरिएका छन्। कतिपय बाली बगाएका छन्। कतिपय कटानमा परेका छन्। यसरी कटान र डुबानको नियति भोग्नुपर्ने बाध्यताबाट यसपटक पनि नेपालीहरू पन्छन नपाउने देखिइसकेको छ। जलवायुविज्ञहरूले यसपटकको वर्षायामले विगत ३० वर्षयता नपरेको ठूलो पानी भित्र्याउने जानकारी दिएका छन्। 

वर्षायाम सुखद नहुने उनीहरूको संकेतसँगै सर्वसाधारण तनावमा छन्। सुरुवातमै देखिएको पानीको ताण्डवले पनि जलवायुविज्ञहरूको जानकारीलाई अनुमोदन गरिसकेको प्रष्ट हुन्छ।

हामी विपद् रोक्न सक्दैनौँ। नेपाल जस्तो देशको बासिन्दाको हैसियतमा हामी त्यसका लागि तयार मात्र हैन, सक्षम पनि छैनौँ। त्यसैले हामीले यस्ता विपद्बाट सकभर कम हानि हुने अवस्थाका लागि तयारी गर्ने हो। यसका लागि पनि नेपाली सक्षम छैनौँ। 

त्यसैले सानोतिनो तयारीका लागि पनि सरकारकै मुख ताक्नुपर्ने बाध्यता कसैबाट छिपेको छैन। यसरी हेर्दा आफ्ना नागरिकलाई वर्षासिर्जित विपद्बाट राहत दिलाउने मुख्य जिम्मेवारी सरकारकै हो र हुनु पनि पर्छ। यसमा दुई मत हुनै सक्दैन।

विशेषगरी यतिबेला पहाडी भेगका सडक बग्न थालिसकेका छन्। बाढी र पहिरोले कमसल घरहरू डुबानमा पर्न थालिसकेका छन्। कैयौँ सडक मार्ग अवरुद्ध भइसकेका छन्। बर्सेनि नेपालीले भोग्नुपरेका समस्या विश्लेषण गर्दा यसपटक पनि धेरै जनधनको क्षतिको आकलन भइरहेको छ। 

यस्तो अवस्थामा सक्ने काम आफैँले पनि गर्न आवश्यक छ भने आफ्नो बुताले नभ्याउने तयारीका लागि सरकारी निकायलाई झक्झक्याउन ढिलाइ गर्नुहुन्न। विशेषगरी क्लब, आमा समूह, सहकारी, टोल/समाज सुधार समिति जस्ता संगठित निकायले आफ्नो गाउँठाउँका समस्याबारे छलफल गरी समाधानको मार्ग पहिल्याउन ढिला गर्नुहुन्न।

कानुनले स्थानीय सरकारलाई जिम्मेवार बनाएको छ आफ्नो गाउँठाउँमा हुने विपद्का घटना रोकथाम गर्ने र त्यसबाट हुने हानिको आकार सकभर सानो पार्ने विषयमा। हुन पनि आफ्नो पालिकाभरि कुन ठाउँमा कस्तो समस्या छ, कहाँ भलबाढी बढी आउँछ, कहाँ पहिरो जान सक्छ, कुन खोलाले बढी र कसरी हानि पुर्‍याउन सक्छ, कुन कुन बस्ती वा घर असुरक्षित छन् जस्ता विषयमा सबैभन्दा जानकार हुने भनेका स्थानीय नै हुन्। 

स्थानीयबाटै चुनिने भएकाले स्थानीय जनप्रतिनिधिलाई त्यस्ता विषय थाहा नहुने कुरै भएन। एकातिर उनीहरू यस्ता विषयमा जानकार हुन्छन् भने अर्कोतिर स्रोतको खटनपटनमा पनि उनीहरू नै हाबी हुन्छन्। त्यति मात्र हैन, नपुग स्रोतको जोहो गर्न पनि उनीहरूलाई सहज हुन्छ। त्यसैले स्थानीय सरकार जति सक्रिय भयो वर्षासिर्जित विनाशबाट स्थानीयको हानि/नोक्सानीको आकार त्यति नै कम गर्न सम्भव हुन्छ।

नेपालीमा एउटा उखान छ– आगो लागेपछि कुवा खन्न तम्सने। अहिलेसम्म हामीले विपद्का कारण धेरै क्षति बेहोर्नुपरेको यही उखान चरितार्थ गर्दा हो। कुनै पनि काम बेलैमा गर्ने हो भने त्यो प्रभावकारी हुन्छ। भनाइको मतलव पानी परेपछि त्यसको असर हेरेर नियन्त्रण/रोकथाम गरौँला भनेर बस्ने हो भने त्यतिबेलासम्म हामी निकै ढिला भइसकेका हुनेछौँ। त्यसैले मनसुन प्रवेश मात्र गरेकाले अहिले पनि हामीसँग हानि न्यून गर्न आवश्यक तयारी गर्ने समय छ। सक्ने र आफूले हुने तयारी र नियन्त्रणका प्रयास आफैँ गरौँ। 

आफ्नो क्षमता र हैसियतले नभ्याउने तयारी र नियन्त्रणका लागि स्थानीय हुँदै आवश्यक परे माथिल्ला सरकारहरू पनि गुहारौँ। मुख्य कुरा बाढी, पहिरो आदिले क्षति पुर्‍याउन सक्ने घर/बस्ती पहिचान गरी तिनीहरूको सुरक्षित बासस्थानका लागि अहिले नै लागिपरौँ। घटना भइसकेपछि हुने क्षतिको तथ्यांक संकलनलाई उपलब्धि ठान्ने रोगबाट आजै मुक्त होउँ। 

अर्को समाचार
खडेरीमय मधेस
०६ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
खडेरीमय मधेस

मध्यबर्खासम्म आइपुग्दा पनि पानी नपरेकाले पूर्वी तराई र मधेस प्रदेशको ठूलो क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। साउनको पहिलो सातासम्ममा मधेस प्रदेशमा ५० प्रतिशतभन्दा कम र कोसी प्रदेशमा पनि ६० प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ। सिँचाइका लागि मात्रै होइन पिउने पानीको समेत हाहाकार भएको समाचार सार्वजनिक भएका छन्। 

सिँचाइ सुविधा नभएको तथा आकासे पानीको भर पर्नुपर्ने क्षेत्रमा खेतमा लगाएको बिउ पनि छिप्पिन लागेको छ। समय घर्केको धानको बिउले उत्पादनमा समेत कमी आउने निश्चित छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सबैमा रोपाइँको अवस्था राम्रो भए पनि अन्न भण्डार समेत मानिने कोसी र मधेस प्रदेशमा रोपाइँ हुन नसक्दा यसका बहुआयामिक प्रभाव पर्ने निश्चित छ। यसले एकातिर समग्र खाद्यान्न संकट निम्त्याउन सक्ने देखिएको छ भने यो संकट गहिरिँदै गए यसले सर्वसाधारण मधेसबाट पलायन हुने लगायतका अनेकन सामाजिक तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्या पनि सिर्जना हुन सक्छ। पानी नपर्दा हुने उखर्माउलो गर्मीको पीडा त छँदैछ। मधेस क्षेत्रमा भइरहेको बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएको प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भएको कतिपय अध्ययनले देखाएका छन्। 

विश्वव्यापी रूपमा भएको तापमान वृद्धिले मौसम र जलवायुका चक्रलाई बिथोलेको छ। विश्वभर अतिवृष्टि, अनावृष्टि, तातो लहर, खडेरी लगायत संकट बढ्दो क्रममा छन्। हालै सार्वजनिक विश्व जल अनुगमन प्रतिवेदन अर्थात् ‘वल्र्ड वाटर मोनिटर रिपोर्ट २०२४’ ले जलवायु परिवर्तनका कारण पृथ्वीको जलचक्रमा गम्भीर अवरोध देखापरेको, जमिन, महासागर र वायुमण्डलबीच पानीको प्रवाहमा असन्तुलन सिर्जना भएको देखाएको छ। प्रतिवेदनले सन् २०२५ मा विशेषगरी उत्तरी–दक्षिण अमेरिका, दक्षिणी अफ्रिका र एसियाका केही भागमा खडेरी बढ्ने सम्भावनालाई संकेत गरेको छ। 

कतिपयले जलवायु संकटलाई ‘अति धेरै पानी–अति थोरै पानी’ अर्थात् ‘टु मेनी वाटर, टु लिट्ल वाटर’ भनेर चित्रण गरिरहेका छन्। नेपालको मधेस प्रदेशमा अहिले देखिएको खडेरी ‘अति थोरै पानी’को अवस्था हो। विशेषगरी केही दशक अघिसम्म पाइला पाइलामा पानी हुन्थ्यो। अहिले पानीका मुहान सुकेका छन्, मधेसका नदी सुकेका छन्, भूमिगत पानीको स्रोत सुकेको छ। मधेसको उत्तरी भूभागमा रहने चुरे क्षेत्रबाट निस्कने नदी सुकेका छन्। गत वर्ष धनुषाको हंशपुर नगरपालिकाका बासिन्दालाई चार महिनासम्म ट्यांकरको पानी उपलब्ध गराएको विषय समाचार शीर्षक बनेको थियो। यो वर्ष पनि त्यही कथा दोहोरिएको छ। कतिपय स्थानमा सर्वसाधारण ट्यांकरको पानीमा निर्भर हुन बाध्य छन्। 

मधेसका कैयन स्थानमा पहिला–पहिला १०० फिट गहिराइबाट ट्युववेलमा पानी आउने गरेको थियो तर अहिले ४०० फिटको गहिराइमा पुग्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन्। यसैगरी मधेसमा पानीको मुख्य स्रोत रहेका नदी र खोलानाला वरपर अवैध उत्खनन जारी छ। मधेसका लागि पानीको मुहान मानिने चुरे क्षेत्रको संरक्षणका प्रयास पनि सार्थक हुन सकेका छैनन्। यसले मधेसमा पानीको बहावलाई विथोलेको छ। यसरी यो संकटका केही हदसम्म लागि हाम्रा आफ्नै गतिविधि जिम्मेवार छन्। त्यसलाई रोक्न हामीले के कति प्रयास गरेका छौँ भन्ने विषयमा समीक्षा जरुरी छ। हरेक वर्ष खडेरीको पीडा खेप्न सर्वसाधारणको क्षमता हुँदैन र छैन पनि। यो सन्दर्भमा खडेरीले के सन्देश दिएको छ भने भविष्यमा मधेस प्रदेश पानीविहीन हुनबाट बचाउन हामीले गर्न सक्ने कुरा आफैँले गर्नुपर्छ। 

तत्कालको आपतकालीन अवस्थामा खानेपानीको लागि पानीको आपूर्ति व्यवस्था गर्न अतिआवश्यक छ भने सिँचाइ, निरन्तर खानेपानी आपूर्ति र समग्र जलसुरक्षाका लागि मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न आवश्यक छ। भूमिगत पानीको स्रोतलाई संरक्षण गर्न हरेक घरले पानी पुनर्भरणको व्यवस्था गर्नुपर्छ। त्यसका लागि आवश्यक प्रविधि र वित्तीय सहयोग सरकारले उपलब्ध गराउन सक्छ। खडेरीको अवस्थामा जलवायु स्मार्ट खेती अर्को उपाय हो। ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्नु आवश्यक छ भने वर्षाको पानीलाई पोखरी बनाएर र खहरे खोलामा समेत स–साना बाँध बनाएर पुनर्भरण गर्न सकिन्छ। 

यसमा सरकार र समुदायको सक्रियता उत्तिकै आवश्यक छ। यसैगरी अहिले थोरै पानीले पनि हुने धान खेतीको विकास भइसकेकाले यस प्रकारको धानखेतीको अवलम्बन गर्न जरुरी छ। एकातिर वृक्षारोपण गरी पानीको संकटबारे सर्वसाधारणलाई बुझाउन जरुरी छ भने अर्कोतिर यो साझा चुनौती सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच हातेमालो आवश्यक छ। समयमै प्रयास नगरिएका खण्डमा यो संकट झन् गहिरिँदै जानसक्ने भएकाले यो विषयमा सबै पक्षले तत्काल पहल गर्न आवश्यक देखिएको छ। यसमा हेलचेक्र्याइँ भइरहेमा भविष्यमा झन् ठुलो संकट भोग्नुपर्ने छ ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
विधि निर्माणको विधि
विधि निर्माणको विधि ०५ साउन २०८२ ४ मिनेट पाठ
मीनबहादुरको मन ३१ असार २०८२ ४ मिनेट पाठ
ऊर्जामा नीतिगत अस्थिरता १० असार २०८२ ३ मिनेट पाठ
‘घुसकाण्ड’ को पटाक्षेप
‘घुसकाण्ड’ को पटाक्षेप ३२ असार २०८२ ४ मिनेट पाठ
सडक समृद्धि २४ असार २०८२ ३ मिनेट पाठ
प्रदेश बजेटको प्रेरणा ०३ असार २०८२ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस