मीनबहादुरको मन
३१ असार २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
मीनबहादुरको मन

एउटा चर्चित गीत छ-‘धन हुनेको मन ठुलो कि मन हुनेको धन?’ धन र मनबिच कुनै साइनो छैन। धन हुनेको पनि मन नहुन सक्छ। मन हुनेसँग धन नहुन पनि सक्छ। धन हुने र मन पनि हुने भनेको ‘सुनमा सुगन्ध’ हो। हो, यस्तै अवस्थामा छन्– भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ र उनकी पत्नी सावित्री गुरुङ। 

अचेल मिनबहादुरलाई मन पनि ठुलै भएको व्यापारीका रूपमा चिनिन थालेको छ। उनले आफ्नो व्यापार विस्तार गर्दै आएका छन्। व्यापार विस्तारसँगै उनको सेवा कार्य पनि बढिरहेको छ। उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई हस्तान्तरण गरेको इएचएस भवनको सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। साढे नौ करोड रूपैयाँ लागतको नवनिर्मित भवन शिक्षण अस्पताल व्यवस्थापनलाई हस्तान्तरण गरिएको हो। 

आफ्ना स्वर्गीय मातापिता वृषबहादुर र धनमाया गुरुङको सम्झनामा निर्मित उक्त भवनले उनको दानीपनको परिचय दिएको छ। उनले शिक्षण अस्पताललाई गरेको यो नै पहिलो सहयोग होइन। उनले यसअघि पनि पटक–पटक उल्लेख्य स्तरको योगदान गरेका छन्। उनले २०६८ सालमा १० करोड रूपैयाँको लागतमा आकस्मिक कक्षको भवन बनाइदिएको स्मृतिमा अझै छ। डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पताल निर्माणका लागि उनले गत वैशाखमा ४१ करोड रूपैयाँ सहयोगको घोषणा गरेका थिए। आफूले कमाएको सम्पत्तिबाट सर्वजन हितका निम्ति उनले गर्दै आएको यो काम आफैंमा प्रेरक छ। यसले सार्वजनिक स्वास्थ्य सेवा विस्तार र गुणस्तरका निम्ति अनुपम योगदान पुर्‍याउन सक्छ। 

हामीकहाँ प्राय: व्यापार व्यवसाय गर्ने मानिसलाई होच्याउने गरिएको छ। कुनै पनि समाजमा उद्यमशीलताको प्रशंसा गर्नु, धनी हुन प्रयत्न गर्नु र विस्तारै त्यसबाट आएको मुनाफा बृहत्तर नागरिकका हितमा प्रयोग गर्न तत्पर हुने अवस्था आउनु सकारात्मक पक्ष हो। धन कमाउनुलाई नकारात्मक कामका रूपमा चित्रण गर्नु हुँदैन। प्रसिद्ध चिनियाँ दार्शनिक कन्फ्युसियसले धनी आचारयुक्त हुनुपर्नेमा जोड दिएका छन्। बेइमानी र अन्यायपूर्ण तरिकाले आर्जन गरिएको धनलाई अपमानका रूपमा उनले लिने गरेका छन्। उनले गरिबीकै अवस्थामा पनि नैतिक मान्यतालाई पालना गर्दै अघि बढ्नुलाई वास्तविक अर्थको कुलिनता मानेका छन्। कन्फ्युसियसले धनी वा गरिब जोसुकैलाई आफ्नो सामाजिक स्थितिअनुसार दायित्व निर्वाह गर्न निर्देश गरेका छन्। 

आफूले आर्जन गरेको निश्चित रकम सार्वजनिक हितका निम्ति दान गर्नु अत्यन्तै उपयुक्त कार्य हो। सामाजिक कार्यका निम्ति मीनबहादुरले गरिरहेको पछिल्लो दानकार्यलाई उनको पुण्यकर्मका रूपमा लिन सकिन्छ। सबैले कमाइ गरिरहेका छन्। धेरै धनीले धेरै गरुन, ठिक्कको आम्दानी हुनेले पनि निश्चित प्रतिशत समाज सेवा कार्यमा लगाउन् त्यसले स्वाभाविकरूपमा हाम्रो समाजमा समाजवादी चरित्र निर्माणमा मद्दत गर्न सक्छ। त्यसमा पनि हाम्रो संस्कार र संस्कृतिमा कुनै न कुनै रूपमा सहयोग गर्ने प्रवृत्ति रहेको छ। पश्चिमाहरूले भन्ने गरेको ‘फिलान्थ्रोपी’ हाम्रो संस्कार र परम्परामै रहेको छ। खालि अहिले त्यसलाई जगाउनु मात्र परेको छ। 

भवन हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री ओलीले धेरैले धन कमाएका भए पनि दानपुण्यको काम कमैले गरेको बताएका छन्। गुरुङ दम्पतिले गरेको यो ठुलो दानको उनले प्रशंसा गरेका छन्। यो कार्यबाट अरूलाई पनि प्रेरणा जाग्नु उचित हुन्छ। त्यसै पनि अचेल करर्पोरेट सोसल रेस्पोन्सिविलिटी (सिआरएस) अन्तर्गत यस्ता सेवाका निम्ति सबैलाई ठाउँ छ। कैयन ठुला संस्थाहरूले पनि कुनै न कुनै रूपमा यस्तो खर्च गर्दै आएका छन्। सकेसम्म यस्तो खर्च धेरै मानिसको हित कार्यमा लगाउनु उचित हुन्छ। 

भारतमा रतन टाटा यस्ता सेवा कार्यका निम्ति चर्चित थिए। गत वर्ष अक्टोबर ९ मा उनको निधन भए पनि उनको दानपुण्यको चर्चा निरन्तर भइरहन्छ। यस्ता असल कार्यका सन्दर्भमा उनलाई सम्झने धेरै मानिस छन्। त्यसैगरी विश्व प्रसिद्ध धनी मानिसमा बिल गेट्स, वारेन बफेट आदिको नाम यसको अग्रपंक्तिमा आउँछ। तिनले गरेको ठुलो दानले तिनको सम्पत्ति घटेन बरु तिनका कम्पनीको सेयर मूल्य बढ्यो। आम मानिसले यस्ता उदारमना व्यक्तिको दानपुण्यलाई ध्यानमा राखेर सकेसम्म तिनैका वस्तु तथा सेवा उपभोग गरेर अझ विस्तारित हुन मदत गर्छन्। कतिपय घटनाक्रममा भाटभटेनीका सञ्चालक विवादमा पनि आएका छन्। यस्ता व्यक्तिमाथि कतिपय अवस्थामा पूर्वाग्रह राखिएको पनि हुन सक्छ। त्यसमा पनि हाम्रोजस्तो मुलुकमा आफ्नो व्यापार व्यवसाय जोगाउन वा विस्तार गर्न पनि कुनै न कुनै राजनीतिक व्यक्तिको छाता ओढ्नु पर्ने बाध्यता हुन्छ। वास्तवमा कुनै पनि व्यक्तिले ढुक्कसँग काम गर्न सक्ने वातावरण बनाइदिनु राज्यको कर्तव्य हुन आउँछ।

कुनै पनि मानिस पूराका पूरा आदर्श नहुन सक्छ तर भाटभटेनीजस्तो व्यापारिक संस्थाको शृंखला खडा गर्ने र त्यसबाट आएको केही मुनाफा सार्वजनिक सेवामा लगाउने उनको यो कार्यको प्रशंसा नगरी रहन सकिँदैन। उनलाई यसका निम्ति साधुवाद भन्नुपर्छ। गुरुङ दम्पतिको शुभकार्य र उदारमना व्यवहार हाम्रो समाजमा फैलँदै जाओस् भन्ने अपेक्षा गर्नु अस्वाभाविक होइन। भवन हस्तान्तरण समारोहमा गुरुङले व्यक्त गरेका यी शब्दको मूल्य ठुलो छ। उनी भन्छन्, ‘भाटभटेनीका तर्फबाट जहिले पनि अग्रपंक्तिमा रहेर देश, जनता र राष्ट्रको सेवामा स्वमनले, राष्ट्रबाट केही पाइन्छ कि भनेर आशा नगरी सफा मनले सहयोग गर्न हामी तयार छौं।’ 

धन र मन दुबै ठुलो भएका मीनबहादुर दम्पतिलाई हेरेपछि ‘धन हुनेको मन ठुलो कि मन हुनेको धन ठुलो’ भनेर सोधिरहनु पर्दैन। धन हुनेको मन पनि ठुलो हुन्छ। यस्तो ठुलो मन भयो भने काम पनि ठुलै हुन्छ। धन पनि झन् बढ्दै जान्छ।

अर्को समाचार
नवलपुरका मीनबहादुरको मेवाखेतीबाट लाखौँ आम्दानी, २२ जनालाई रोजगारी
०९ वैशाख २०८२
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
नवलपुरका मीनबहादुरको मेवाखेतीबाट लाखौँ आम्दानी, २२ जनालाई रोजगारी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले खरबुजाखेतीसँगै पछिल्लो समय मेवाखेतीबाट राम्रो आम्दानी गरिरहेका छन्। उनले मेवा लगाएको खेतमा मेवा पाकेर पहेँलो भएको छ। मेवा टिपेर बजार पठाउन उनी अहिले व्यस्त छन्।

तीन बिघामा मेवाखेती गरेका महतोले हालसम्म ६० टन मेवा बिक्री गरिसकेका छन्। मेवा बिक्रीबाट करिब १८ लाख रुपैयाँ आम्दानी भएको उनले बताए। मेवा बिक्रीमा खासै समस्या नभएको उनको भनाइ छ। उत्पादन भएको मेवा मुख्य रूपमा वीरगन्जमा बिक्री हुन्छ। वीरगन्जका व्यापारीले उनले उत्पादन गरेको मेवा मागअनुसार लैजाने गरेका छन्। केही मेवा काठमाडौँ पनि बिक्री भएको महतोले बताए।

गत वर्ष चैतमा नयाँ बिरुवा लगाएका महतोले असोजबाट मेवा बिक्री सुरु गरेका हुन्। असोजबाट फल पाक्न थालेपछि अहिलेसम्म लगातार बजारमा पठाइरहेका छन्। ‘मेवा बिक्रीका लागि बजारको खासै समस्या छैन, उत्पादन भएको मेवा बजारमा गएकै छ, अझ धरानबाट पनि मेवाको माग थियो, तर त्यता पठाइनँ, वीरगन्जमै खपत भएको छ,’ उनले भने।

मेवा प्रतिकेजी ३० देखि ४० रुपैयाँमा बिक्री हुने गरेको महतोले बताए। मेवाखेतीमा करिब १३ लाख रुपैयाँ खर्च भएको र यो याममा हालसम्म करिब ५ लाख रुपैयाँ नाफा कमाएको उनले बताए। फल लाग्ने र पाक्ने क्रम जारी रहेकाले असारसम्म बिक्री हुने उनको भनाइ छ। उक्त समयसम्म करिब २०–२१ लाख रुपैयाँको मेवा बिक्री हुने उनको अनुमान छ। यसले आम्दानी पनि बढाउने उनले बताए।

मेवाखेतीबाट उनले आम्दानी मात्र कमाएका छैनन्, स्थानीय २२ जनालाई कामको आधारमा ज्याला दिएर रोजगारी पनि दिएका छन्। मेवा रोपेदेखि गोडमेल, टिप्ने र प्याकेजिङ गर्ने कामदारले करिब ९ लाख रुपैयाँ ज्याला बुझेको उनको भनाइ छ। कम्पोस्ट मल र बीउमा मुख्य खर्च हुने उनले बताए। सुरुमा लगानी गर्दा छ महिनासम्म आम्दानी नहुने भएकाले केही समस्या भए पनि त्यसपछि क्रमशः आम्दानी हुन थाल्ने भएकाले मेवाखेती गाह्रो पेसा नभएको उनको भनाइ छ।

अहिले रोपेका बिरुवाबाट असारसम्म फल टिपेपछि उक्त जग्गामा तरकारीखेती लगाउने महतोको योजना छ। हालका बिरुवाले अर्को याममा पनि फल दिने भए पनि साना फल्ने भएकाले अर्को वर्ष नयाँ बोट रोप्नुपर्ने उनले बताए। उनले रेडलेडी प्रजातिको मेवाखेती गरेका छन्।

मेवाखेतीका लागि कावासोती नगरपालिकाले ३ लाख रुपैयाँसम्म अनुदान दिएको महतोले बताए। मेवाखेती गर्नुअघि उनले उक्त जग्गामा खरबुजाखेती गरेका थिए, जसबाट पनि राम्रो आम्दानी भएको उनले बताए। खरबुजाखेती अहिले पनि जारी राखेका महतो पछिल्लो समय मेवाखेतीमा बढी सक्रिय छन्। कावासोती–१७ का वडा सदस्यसमेत रहेका महतो यस क्षेत्रको कृषि पेसामा अरूका लागि उदाहरण बनेका छन्। 

सिङ्गापुर र साउदी अरबमा सात वर्ष बिताएका महतोले स्व देशमा मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। ‘मलाई काम गर्न अप्ठ्यारो लाग्दैन, विदेशमा पनि लामो समय बसे, अहिले यहाँ कृषिमा रमाएको, आम्दानी ठिकै छ, मेहनत गरे सम्भावना नेपालमा पनि छ, सहजै त हुँदैन, केही त गर्नैपर्छ,’ उनले भने। रासस

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस