विधि निर्माणको विधि
०५ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
विधि निर्माणको विधि

प्रतिनिधिसभालाई झुक्याएर निजामती कर्मचारीको अवकाशपछिको ‘कुलिङ अफ पिरियड’ निस्क्रिय पार्न सफल भएको एउटा घटना राष्ट्रियसभामा पुगेको छ। संघीय निजामती सेवा विधेयकमा यो प्रावधान नराख्न सत्तारुढ नेकपा (एमाले) दल लागेको देखिएको छ। उसले राष्ट्रियसभामा प्रतिनिधिसभामा भन्दा भिन्न धारणा राखेको यसबाट देखिएको छ। 

यसबाट कर्मचारीका तहबाट अवकाशपछिको दुई वर्ष लामो कुलिङ अफ पिरियड अनायासै हराउनुको कारण खोज्न सहज भएको छ। कर्मचारीले बिचमा आफूलाई उपयुक्त हुने गरी ‘बाहेक’ भन्ने शब्द थप गरी त्यो प्रावधान निस्क्रिय गराउन खोजेको अर्थ लगाइएको भए पनि यस पछाडि केही न केही शक्ति केन्द्रहरूकै भूमिका थियो कि? 

प्रतिनिधिसभामा यो प्रावधान राख्न एमाले तयार भएको हो। सबै दलको सर्वसम्मतिले राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित पनि भएकै हो तर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमति भएका विषय समावेश गरी मिलान गर्न पठाइएको थियो। 

पछि प्रतिनिधिसभामा त्यो विधेयक प्रस्तुत हुँदा बेवास्ता गरी त्यसलाई काम नलाग्ने बनाएर पठाइएको तथ्य विदितै छ। अहिले आएर एमालेले ‘कुलिङ अफ पिरियड’ हटाउनुपर्ने भनी संशोधन प्रस्ताव राखेको छ। यसबाट लामो छलफलपछि सुशासनलाई बल पुर्‍याउने गरी ल्याइएको यो प्रावधान फेरि पनि कानुनमा नरहने अवस्था आएको हो। 

निजामती कर्मचारीतन्त्र आफूले चाहेका विषय कानुनमा घुसाउन सिपालु रहेको तथ्य पनि यसले सार्वजनिक गरेको छ। विगतमा कर्मचारीको स्वार्थअनुकूलका कानुन बन्दा रहेछन् भन्ने पुष्टि यसले पनि गरेको छ। राष्ट्रियसभामा रहेक अन्य घटकहरूमा सत्तारुढ नेपाली कांग्रेस, प्रतिपक्षी नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) भने ‘कुलिङ अफ पिरियड’को पक्षमा रहेका छन्। यी सबै दल एक ठाउँमा रहे भने निश्चित रूपमा यो पारित हुन्छ। एमालेले कर्मचारीहरूको दबाबका कारण पनि ‘कुलिङ अफ पिरियड’ नराख्ने पक्षमा पक्षमा लाग्नु परेको हुनसक्छ। 

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भएपछि ‘कुलिङ अफ पिरियड’को विषयमा विधेयकको दफा ८२ को उपदफा ४ र उपदफा ५ बाँझिएपछि विधेयक विवादित बनेको थियो। वास्तवमा विधेयक पारित भइसकेपछि पनि धेरैको ध्यान यो विवादास्पद प्रावधानबारे पुगेको थिएन। यसले विधि निर्माणमा देखिएको यो हदको लापरबाही सामुन्ने आएको हो। 

यो प्रावधान विवादास्पद भएपछि समितिका सभापति रामहरि खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने आवाज उठेको हो तर उनले आफू सधैं यसको पक्षमा रहेको बताएका हुन्। विधेयकमा संसद्लाई नै गुमराहमा राखेर विवादास्पद प्रावधान समावेश गरिएकोबारे छानबिन गर्न कांग्रेस सांसद जीवन परियारको संयोजकत्वमा छानबिन समिति गठन समेत भएको छ। यसमा संलग्नता रहेको पक्षबारे छानबिनपछि खुल्ने नै छ। 

हाम्रा दलहरूमा विधि निर्माण प्रक्रियामा एकरूपता देखिएको छैन। वास्तवमा यस्ता विषयलाई दलीय मान्यताभन्दा पनि मुलुकको आवश्यकताका दृष्टिले हेर्नु उचित हुन्छ। त्यसो भयो भने मात्र मुलुकको आवश्यकताअनुसारको कानुन निर्माण हुन्छ। संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियड राख्नुको मक्सद सकेसम्म सुशासनका निम्ति हो। 

उच्च पदमा रहेका कर्मचारीले अहिलेको आफ्नो जिम्मेवारीभन्दा पनि भविष्यमा आफूले पाउने संवैधानिक र कूटनीतिक नियुक्तितिर बढ्ता ध्यान दिन थालेपछि यसको आवश्यकता बोध भएको हो। वास्तवमा कैयन यस्ता नियुक्ति विगतमा भएका छन्, जहाँ अवकाश पाएको केही दिनमै अर्को अवसर दिइएको छ। त्यति मात्र होइन अर्को नियुक्तिका लागि अहिलेको पदबाट नियुक्तिकर्ताको स्वार्थअनुकूल राजीनामा भएका घटना पनि छन्। 

नयाँ नियुक्तिका निम्ति अहिले भइरहेको पदबाट भूमिका निर्वाह गर्नु भनेको ‘स्वार्थको द्वन्द्व’ पनि हो। त्यस किसिमको अवस्था आउन नदिन कानुनी व्यवस्था गर्न सक्नुपर्छ। राष्ट्रियसभाका अगाडि अहिले प्रतिनिधिसभाबाट विवादास्पद प्रवाधान राखेर गएको विधेयकमा सुधार हुनु आवश्यक छ। यसै पनि राष्ट्रियसभालाई राष्ट्रिय जीवनबाट गएका प्रवुद्ध नागरिकको सभाका रूपमा लिइन्छ। यो सभाले बिग्रिन लागेको विधेयकलाई सच्याएर पठाई मुलुकमा सुशासनको मार्ग कोर्नु आवश्यक छ। 

भर्खर अवाकाश भएका कर्मचारीले नयाँ नियुक्ति नपाई मुलुकमा काम रोकिने होइन। विगतका कैयन अनुभवी व्यक्तिको हामी कहाँ कमी छैन। तिनको सेवा लिन तयार हुनुपर्छ। राष्ट्रियसभाबाट सच्चिएर आएको विधेयकलाई प्रतिनिधिसभाले फेरि सच्याएर पारित गर्नुपर्छ। यसो भयो भने मात्र असार १५ मा प्रतिनिधिसभालाई विधेयक पारित गर्ने क्रममा लागेको दाग मेटिन्छ।

अर्को समाचार
धुन्चे-गोसाइँकुण्ड केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउँछः मन्त्री आले
०१ वैशाख २०७८
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
धुन्चे-गोसाइँकुण्ड केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउँछः मन्त्री आले
२६ औं वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा सञ्चालित कार्यक्रममा सम्बोधन गर्दै मन्त्री आले । तस्बिर : हिमनाथ/नागरिक

रसुवाको धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकार निर्माणका लागि १० दिनभित्र कार्यविधि आउने भएको छ। गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रक्रिया अघि बढेको र कार्यविधि निर्माणको काम अन्तिम चरणमा पुगेको वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताए।  

२६ औं वन्यजन्तु सप्ताहको अवसरमा सदरमुकाम धुन्चेमा सञ्चालन भएको गाउँपालिका अध्यक्ष भलिबल तथा फुटबल कप–२०७८ मा बोल्दै मन्त्री आलेले कार्यविधि निर्माणको लागि यसअघि नै निर्देशन दिएको र यही बैशाख १० गते कार्यविधि तयार भइसक्ने बताएका हुन्।

कार्यविधि बनेपछि केबलकार निर्माणको बाँकी प्रक्रिया अघि बढ्ने छ। वार्षिक हजारौं तीर्थयात्री जाने गोसाइँकुण्डमा अझै धेरै विदेशी पर्यटक भित्र्याउनका लागि केबलकार निर्माण प्रक्रिया अघि बढाइएको उनले बताए।  

केबलकार निर्माण गर्दा वातावरणमा कम क्षति हुने र अनुगमन गर्न समेत सहज हुने भएकाले इआइए अध्ययन गर्नका लागि अनुमति दिन उपयुक्त रहेको राय विभागमा पठाएसँगै प्रक्रिया अघि बढेको थियो।  

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि मोटरबाटो निर्माण गर्दा वन्यजन्तुको वासस्थानमा असर पर्नुका साथै वातावरणमा अधिकतम असर गर्ने भएपनि केबलकार निर्माण गर्दा कम असर देखिने लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

केबलकार निर्माण गर्दा वन तथा वातावरणमा केही नकारात्मक प्रभाव पर्ने भएपनि आयोजना निर्माण भएमा निकुञ्ज क्षेत्रमा अनुगमन गर्न र वन्यजन्तुको चोरी सिकार एंवम् वन पैदावरको चोरी निकासी नियन्त्रण गर्न सहज हुने कार्यालयले जनाएको छ।

धुन्चेदेखि गोसाइँकुण्डसम्म केबलकारको दूरी ११ किलोमिटर रहनेछ। दुई वटा स्टेशन रहनुका साथै २८ वटा टावर राख्ने प्रस्ताव गरिएको छ। ५० वटा प्यासेन्जर क्याविन राख्न प्रस्ताव गरिएको गोसाइँकुण्ड गाउँपालिकाले जनाएको छ।  

गोसाइँकुण्डमा केबलकार निर्माणका लागि प्रस्ताव गरिएको अन्य क्षेत्रमध्ये धुन्चे गोसाइँकुण्ड केबलकार छोटोे रहेको र सस्तोमा निर्माण हुने गाउँपालिकाले जनाएको छ। केबलकार निर्माण गर्न एक अर्ब ८५ करोड लाग्ने अनुमान गरिएको छ।

आयोजना निर्माण भएमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई धार्मिकस्थल गोसाईकुण्डको भ्रमण गर्न सहज हुने छ। केबलकारको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि प्रदेश तथा स्थानीय सरकारले बजेट विनियोजन गरिसकेका छन्। आयोजनाको सुरुको स्थान गोसाइँकुण्ड–६ र अन्तिम स्थान गोसाइँकुण्ड–५ मा पर्दछ।  

धार्मिकस्थल ‘गोसाइँकुण्ड’ गोसाइँकुण्ड गाउँपालिका–५ मा पर्दछ। विगत लामो समयदेखि केवलकार निर्माण गर्ने भनिए तापनि प्रक्रिया अघि बढेको थिएन। चालु आर्थिक वर्ष २०७५/०७६ का लागि केबलकारको अध्ययन गर्न प्रदेश नम्बर ३, गोसाइँकुण्ड र नौकुण्ड गाउँपालिकाले ५५ लाख बजेट विनियोजन गरेका थिए।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस