विधि निर्माणको विद्रुत पक्ष
२१ चैत्र २०७९
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
विधि निर्माणको विद्रुत पक्ष

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयक मस्यौदा २०७९ ले विधि निर्माण प्रक्रियासम्बन्धी केही गम्भीर प्रश्न अगाडि सारेको छ। एक, कानुन निर्माण मुलुकी आवश्यकता भन्दा स्वार्थ समूहका लागि हुन्छ। दुई, यस्ता कानुन बनाउनुअघि व्यापक छलफलको परम्परा छैन। कुनै खास प्रावधान राख्न खोजिएको छ भने त्यसको यथोचित पुष्ट्याइँ दिन सक्नुपर्छ। अँध्यारा कुनामा बसेर स्वार्थ समूहले दिएको संकेतकै भरमा कानुन संशोधन गर्दा मुलुकलाई दीर्घकालीन घाटा हुन्छ।

मुलुकमा २ सय ७५ सदस्यीय प्रतिनिधिसभा र ५९ सदस्यीय राष्ट्रियसभा छन्। यी दुई संस्था संसद् हुन्। आमनागरिकले निर्वाचित गरी पठाएका ३ सय ३४ जना मुलुकले अपेक्षा गरेको कानुनी शासनको आधार हुन्। संसद्को काम विधि निर्माण हो। देशलाई विधिको शासनप्रधान बनाउन कानुन निर्माणलाई प्राथमिकतामा राख्न सक्नुपर्छ।

देशका निम्ति अहिले पनि अत्यावश्यक कानुन बन्न सकेका छैनन्। देश संघीयतामा गइसकेपछि सबै भन्दा महTवपूर्ण विधि भनेको संघीय निजामती सेवा ऐन हो। यसको निर्माण अहिलेसम्म हुन सकेको छैन। आफूलाई चाहिएका कानुनको निर्माण भने अँध्यारो कुनामा बसेर गर्न सम्भव छ। त्यसैको एउटा ज्वलन्त उदाहरण हो– दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९।

यो कानुन खास उद्देश्यका निम्ति आउन लागेको प्रष्ट छ। देशमा सार्वजनिकबाहेक निजी क्षेत्रबाट पनि टेलिकम सेवा प्रदायक कम्पनी खुलेका छन्। जतिबेला यी कम्पनी खुलेका थिए, त्यो बेलाको कानुनले २५ वर्षपछि तिनको स्वामित्व सरकारमा आउने प्रावधान राखेको हो। त्यो बेला सरकारले गरेको व्यवस्थाअनुसार देशमा केही टेलिकम सेवाप्रदायक कम्पनी खुलेका पनि छन्। तिनलाई अहिले आएर त्यो व्यवस्था परिवर्तन गर्नुपरेको छ।

यसका निम्ति ती कम्पनीको तर्फबाट यहाँका राज्य सञ्चालकहरूलाई प्रभावित गरिएको छ। त्यसैका आधारमा अहिले कानुन परिवर्तन हुन लागेको हो। सरकारले दूरसञ्चारसम्बन्धी कानुन संशोधन र एकीकृत गर्न बनेको विधेयक मन्त्रिपरिषद्मा पेस गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई स्वीकृतिसमेत दिइसकेको छ।

यो विधेयकसम्बन्धी समाचार नागरिकले सार्वजनिक गरेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आइतबार विभिन्न सञ्चार माध्यममा विज्ञापन गरी ‘सार्वजनिक छलफलमै नआएको दूरसञ्चार मस्यौदा’ भन्दै आपत्ति गरेको छ। देशको कानुनमा हुन लागेको कुनै महŒवपूर्ण परिवर्तनसम्बन्धी विषय अखबारमा प्रकाशित हुनु आफैँमा सार्वजनिक छलफल हो। वास्तवमा नेपालमा कतिवटा कानुन यसरी छलफल भएर निर्माण भएका छन् ? सरोकारवालाले थाहै नपाई कैयन् कानुन निर्माण भएका छन्। जसको स्वार्थ छ उसले थाहा पाउने र प्रमुख दलको नेतृत्वमा रहेका व्यक्तिहरूले यस प्रक्रियालाई सहज बनाउने गरेका छन्।

लोकतन्त्रमा क्रियाशील दल र सरकारको पहिलो प्राथमिकता देश हुनुपर्छ न कि खास कम्पनी। कुनै कम्पनी वा व्यक्तिविशेषलाई लाभ पुर्‍ याउने गरी कानुन निर्माण गर्ने र त्यसैका आधारमा स्वतन्त्र प्रेसले लेखेका कुरालाई विज्ञापन दिएकै आधारमा खण्डन गराउन खोज्ने हो भने यस्ता विषय सार्वजनिक छलफलमा आउन सक्दैनन्। यसले सार्वजनिक छलफललाई मात्र रोक्दैन, कालान्तरमा यो देशको लोकतन्त्र धराशायी हुन्छ। ठूला कम्पनीको इसारामा तिनलाई फाइदा हुने गरी मुलुकका कानुन परिवर्तन हुँदै जान थालेपछि त्यसले अन्तिममा निम्त्याउने भनेको अराजकता मात्र हो। त्यसले सीमान्त नागरिकको सेवा गर्दैन।

एकातिर, दूरसञ्चार सेवा भनेको नेपाली नागरिकले तिर्ने पैसा हो। अर्कोतिर, यस्तो क्षेत्रमा विदेशीलाई मौका दिनु आवश्यक छैन, जहाँबाट नेपालको रकम निरन्तर विदेशिन्छ। नेपाल टेलिकम जस्तो राष्ट्रको संस्थाले अहिलेसम्म सेवा प्रदान गर्दै आएको छ। यसले कमाएको सम्पत्ति विदेश जाँदैन, बरु देशकै ढुकुटी भरिन्छ। विदेशी लगानीका नाममा आएको कुनै कम्पनीले तोकिएको समयमा कानुनले तोकेअनुसार सेयर बाँडफाँट गर्न किन गाह्रो ? एनसेलकै हकममा उसले आफ्नो सेयर खरिद–बिक्री गर्दा पुँजीगत लाभकर तिर्नसमेत गाह्रो भएको हो। बल्ल सरकारले त्यसलाई तिराए पनि अहिले नेपालविरुद्ध मुद्दामामिला गर्नतिर लागेको छ।

एनसेलले २०६१ भदौमा २५ वर्षे अनुमति पाएको हो। यो अवधि आगामी २०८५ भदौमा सकिँदैछ। देशमा विद्यमान दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति अवधि सकिनेबित्तिकै यो कम्पनी नेपाल सरकारको स्वामित्वमा आउनुपर्छ। ५० प्रतिशत भन्दा बढी सेयर नेपाली नागरिकलाई बिक्री गर्नुपर्ने कानुनी व्यवस्था छ। नेपाली नागरिकले सेयर नपाउने हो भने त्यो अवस्थामा कम्पनीको चलअचल सम्पत्तिसहित सरकारमा स्वामित्व जान्छ। यही व्यवस्थालाई परिवर्तन गर्दै नयाँ कानुन बनाइन लागेको हो।

देशलाई घाटा हुने गरी कानुन निर्माणमा संलग्न व्यक्तिहरू अहिलेको अवस्थामा सजिलै मुक्त हुन सक्लान्। तर देशमा यस्तो बेला पनि आउला, जसले अहिलेका यी अनियमितताका बारेमा विचार पुर्‍ याउँछन्। आजको दिनमा संसद्मा रहेका केही देशभक्त सांसदले मात्र विचार पुर्‍ याए भने पनि यस्तो प्रावधान रोकिन सक्छ। सरकारबाट आउने यस्ता विधेयकमा कुनबेला कस्ता प्रावधान घुसाएर नीतिगत भ्रष्टाचार गरिन्छ भन्ने पक्षमा जहिल्यै विचार गर्नुपर्ने देखिन्छ। विधि निर्माणको यो विद्रुप पक्षमा ध्यान दिनु अहिले आवश्यक भइसकेको छ।

अर्को समाचार
एनसेलका लागि यसरी गायब पारियो २५ वर्षे प्रावधान
१७ चैत्र २०७९
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
एनसेलका लागि यसरी गायब पारियो २५ वर्षे प्रावधान

दूरसञ्चार ऐन संशोधन गर्न बनेको विधेयकको मस्यौदा २०७९ मा एनसेल नेपाल सरकारको स्वामित्वमा आउने प्रावधान गायब पारिएको छ। ऐनको दफा २५ को उपदफा १ मा भएको सो प्रावधान उक्त मस्यौदामा गायब पारिएको हो। विद्यमान ऐनको दफा २५ मा अनुमतिपत्रको अवधि र नवीकरण उल्लेख छ। सोही दफाको उपदफा १ मा अनुमतिपत्रको अवधि बढीमा २५ वर्षको हुने भनिएको छ। तर अहिले मस्यौदामा उक्त शीर्षकलाई दफा २४ मा ‘एकीकृत अनुमतिपत्र’ नाम दिएर उल्लेख गरिएको छ। त्यसको उपदफा ३ मा भनिएको छ, ‘यो ऐन प्रारम्भ हुनुपूर्व जारी भएको आधारभूत टेलिफोन सेवाको अनुमति प्राप्त गरेको व्यक्तिले यस ऐनबमोजिम एकीकृत अनुमतिपत्र प्राप्त गरेको मानिनेछ।’

सञ्चार मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री रेखा शर्मालाई समेत थाहा नदिई सो ऐनको मस्यौदा तयार पारिएको थियो। एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेन्चर्स प्रालि र स्थानीय टेलिकम क्षेत्रका माफियाहरूको संलग्नतामा विधेयक मस्यौदामा उक्त बुँदा हटाइएको हो। सरकारकै उच्च नेतृत्वको निर्देशनमा विधेयकको मस्यौदा तयार भई मन्त्रिपरिषद्मा पठाउने तयार गरिएको हो।

नेपाल सरकारले ६ वर्षपछि कानुनी रूपमै आफ्नो स्वामित्वमा एनसेललाई ग्रहण गर्ने अवस्था हुँदाहुँदै राष्ट्रघाती विधेयक तयार भएपछि त्यसलाई मन्त्रिपरिषद्मा पठाउन सञ्चार मन्त्रालयलाई सैद्धान्तिक स्वीकृति दिइएको थियो। यस्तो विधेयक ल्याउनुहुँदैन भनेर सञ्चार सचिव बैकुण्ठ अर्यालले विरोध गरेपछि बुधबार नै उनलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरी जिम्मेवारीविहीन बनाइएको छ।

एनसेलमा सतीशलाल आचार्यको लगानी रहेको सुनिभेराको २० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ८० प्रतिशत सेयर मलेसियाको टेलिकम कम्पनी आजियाटासँग छ। सतीशलाल नेपालको टेलिकम क्षेत्रको एउटा चर्चित नाम हो। आचार्यले नेपालको आफ्नो अधिकांश व्यापार श्रीमती भावनाको श्रेष्ठका नामबाट सञ्चालन गर्दै आएका छन्।

एनसेलको साझेदार कम्पनी सुनिभेरा पनि उनै भावना श्रेष्ठका नाममा छ। उनै आचार्यले सरकारको उच्च नेतृत्वमार्फत सो ऐनको मस्यौदा तयार पार्न लगाएर संसद्मा पेस गर्ने र बहुमतका आधारमा पास गराउने चलखेल गरेको दूरसञ्चार प्राधिकरणका एक उच्च कर्मचारीले बताए।

‘पछिल्लोपटक सचिव अर्याल मस्यौदाका विरोधी थिए। उनी यही असारमा अवकाशमा जाँदै थिए। अवकाशमा जान लागेका कर्मचारीको सामान्यतः सरुवा गरिँदैन। सञ्चारमन्त्री रेखा शर्माले सञ्चार सचिवको सरुवा नगर्न आग्रह गरेकी थिइन् तर विधेयकको मस्यौदा समयमै मन्त्रिपरिषद्मा नपुग्ने देखिएपछि सरुवा गरियो,’ स्रोतले भन्यो। प्रधानमन्त्री कार्यालयले सञ्चारमा कृष्ण राउतलाई पठाएको छ। तर अहिले आएका राउत पनि निकै इमानदार र विवादमा नमुछिएका सचिव मानिन्छन्। तर उनले पनि सो मस्यौदा मन्त्रिपरिषद् जान र संसद्मा पुग्नबाट रोक्न नसक्ने बताइएको छ।

पूर्वसञ्चार सचिवसमेत रहेका सञ्चार विज्ञ हरि बस्यालले मस्यौदा प्रविधिमैत्री हुनुपर्ने तर कुनै कम्पनी वा व्यक्ति लक्षित भयो भने त्यो राज्यको पक्षमा नहुने बताएका छन्। ‘मन्त्रालयमा प्रस्ताव गरिएको ऐनबारे अर्थ मन्त्रालय, विधायन समिति र संसदीय समितिहरूमा छलफल हुन्छ र अन्तिममा छलफलका लागि संसद्मा आइपुग्छ। संसद्बाट पारितपछि मात्रै त्यसले ऐनको रूप लिन्छ तर मन्त्रालयबाटै कुनै संस्था र व्यक्ति लक्षित ऐनको मस्यौदा आउनुहुन्न,’ पूर्वसचिव बस्यालले भने।

२०६१ भदौ १६ मा अनुमतिपत्र लिएको एनसेलको २५ वर्षे लाइसेन्स अवधि आगामी २०८६ भदौमा समाप्त हुँदैछ।

विद्यमान दूरसञ्चार ऐन २०५३ अनुसार अनुमतिपत्रको अवधि समाप्त भएसँगै एनसेल नेपाल सरकारको स्वामित्वमा आउने भएपछि त्यसलाई ऐनमार्फत नै सहजीकरण गरी सरकारी स्वामित्वमा आउन नदिने प्रावधान राखी ऐन ल्याउन लागिएको हो।

‘२०५३ को ऐन संशोधन गर्नुपर्छ भन्ने नाममा राज्यलाई बेफाइदा पुग्ने कुनै पनि प्रकारको कानुन आउनु वा बनाउनु हुँदैन,’ पूर्वसचिव बस्यालले भने। विधेयकको मस्यौदा हाल मन्त्रालयमा आन्तरिक छलफलका क्रममा छ र त्यसका लागि मन्त्रालयले मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृति लिइसकेको छ।

मस्यौदाउपर कानुन र अर्थ मन्त्रालयको राय लिइने र विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाउने योजना रहेको बताइएको छ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस