सरकारको घुम्नै पर्ने सय पर्यटकीय गन्तव्य भित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’ विस्तारसँगै पुनः निर्माण थालिएको छ । पदमार्गको स्वीस सरकारको आर्थिक एव। प्राविधिक सहयोगमा , संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको लागत साझेदारीमा रु. एक करोड लागतमा पहिलो चरणको पदमार्ग विस्तारसँगै पुनः निर्माणको काम थालिएको हो।
पदमार्ग निर्माणका विषयमा जानकारी गराउने उद्धेश्यले पदमार्ग बनिरहेको हाँस पोखरीमा सार्वजनिक सुनुवाईसमेत गरिएको छ । सार्वजनिक सुनुवाईमार्फत योजनाको लागत, योजना सञ्चालन पद्धती, योजना सञ्चालन हुने क्षेत्र र पदमार्ग निर्माण अवधिलगायतको विषयमा सरोकारवाला पक्षलाई जानकारी दिइएको हो ।
यो पदमार्गलाई थप व्यवस्थित बनाउनको लागि पहिलो चरणमा पाँच दशमलव ४४ किलोमिटर पदमार्ग निर्माण तथा पुनः निर्माण थालिएको टेम्केमैयुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिनुभयो । पदमार्गसँगै पयर्टकलाई लक्षित गरेर यहाँ तीन वटा सार्वजनिक सौचालय, दुई वटा रात्री विश्राम स्थल, एक वटा खानेपानी धारा निर्माण गरिने उनको भनाइ छ।
“तीन वटा सरकार र स्वीस सरकारको लागत साझेदारीमा मुन्दुम पदमार्गको थप विस्तारसँगै पुनःनिर्माण थालिएको छ”प्रशासकीय अधिकृत दाहालले भने,“यहाँ पर्यटकलाई लक्षित गरेर पदमार्ग निर्माणसँगै थप संरचनाहरु बन्ने छन् । यो निर्माण अवधि आगमी असार महिनासम्म रहेको छ ।” पदमार्गको निर्माण तथा पुनः निर्माणको लागि स्वीस सरकारको ५१ प्रतिशत, गाउँपालिकाको २२ प्रतिशत, केन्द्र सरकारको ५ प्रतिशत र प्रदेश सरकारको २२ प्रतिशत लागत साझेदारी रहेको प्रशासकीय अधिकृत दाहालले जानकारी दिए।
मुन्दुम पदमार्ग गाउँपालिकाको गौरवको आयोजना रहेकोले यसको थप विकास तथा विस्तारमा जोड दिइएको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन्। गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकता राखेर यहाँका स्थानीयको समृद्धिको आधार तयार गर्ने लक्ष्यका साथ पदमार्ग विस्तार तथा विकासको काम गरिरहेको उपाध्यक्ष राईले बताइन्। पदमार्गले यहाँको धर्म, सस्कार, सस्कृति रहनसहन, रितिरिवाजको जर्गेनासँगै स्थानीय कृषि उत्पादनलाई पर्यटनसँग जोड्न टेवा पुग्ने उनको भनाइ छ ।
“मुन्दुम पदमार्ग हाम्रो गौरवको योजना हो” उनले भनिन्,“यहाँ जतिपनि काम भइरहेका छन् यसले यहाँको विकास र समृद्धिलाई जोडेको छ । हामीले कृषि र पर्यटनलाई प्राथिमिकतामा राखेर आर्थिक रुपमा सक्षम बनाउने लक्ष्यका साथ काम बढाइरहेको छौँ ।”मुन्दुम मदमार्गमा आउने पदयात्रीहरुको सहज र सुरक्षित यात्राको लागि गाउँपालिकाले योजनावद्ध रुपमा काम गरिरहेको उपाध्यक्ष राईले जानकारी दिइन।
पदमार्गलाई थप व्यवस्थित बनाउदै स्थानीयको रोजगारी र जीविकोपार्जनसँग जोड्ने काम भइरहेको उनको भनाइ छ । मुन्दुम भ्रमण वर्ष सन् २०२५ घोषणा गरेर यसको प्रचारप्रसारसँगै विकासको काम भईरहेको उपाध्यक्ष राईले बताइन्। “मुन्दुम पदमार्ग पूर्वको स्थापित गन्तव्यको रुपमा विकास भइरहेको छ”उनले भनिन्,“पदमार्ग विस्तार भएपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढिरहेको छ । पर्यटकको सहज, सरल, सुरक्षित र आरामदायी यात्राको लागि हामीले योजनाबद्ध रुपम काम गरिरहेका छौँ ।”
मुन्दुम पदमार्ग एक मात्र भर्जिन पदमार्ग रहेकाले यसलाई संरक्षण गर्न आवश्यक रहेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए। सडक विस्तारका कारण पदमार्गलाई असर पुग्ने भएकाले यस्ता क्रियाकलापलाई रोक्न आवश्यक रहेको अध्यक्ष बस्नेतको भनाइ छ । मुन्दुम पदमार्ग नेपाल सरकारको एक सय गन्तव्यमा सूचीकृत मार्ग रहेकोले जिल्ला तथा छिमेकी जिल्लाका स्थानीय तहसँग सहकार्य गरेर विकास तथा विस्तार भईरहेको उनको भनाइ छ ।
“मुन्दुम पदमार्ग एक भर्जिन पदमार्ग हो”अध्यक्ष राईले भने, “नेपालमा सायदै यस्ता स्थानहरु कमै मात्र छन् । सडक विस्तारका कारण यस्ता क्षेत्रहरुमा क्षति पुगेको अवस्था छ । पदमार्ग क्षेत्रको संरक्षणको लागि हामीले गम्भिर बन्न आवश्यक छ । एक करोड लागतमा भईरहेको पहिलो चरणको काम सम्पन्न भएपश्चात यहि आर्थिक वर्षमा सम्पन्न हुने गरी दोश्रो चरणमा रु।८५ लाख बराबरको निर्माणको काम हुने अध्यक्ष बस्नेतले जानकारी दिए।
पदमार्गमा आधारित पर्यटन विकास परियोजना अन्तर्गत दिगो र नविनतम पर्यटन विकासको अवधारणा अनुसार यहाँ काम भईरहेको परियोजनाकी सामाजिक सुरक्षा अधिकृत पार्वती राणाले बताए। पर्यटनमार्फत यहाँका समुदायको आर्थिक अवस्थामा सुधार ल्याउने खालका क्रियाकलाप सञ्चालन हुने उनको भनाइ छ । पदमार्गमा रहेका होटल व्यावसायिकहरुको क्षमता अभिवृद्धिसँगै पाहुनालाई दिने सेवा तथा व्यवहारको विषयमा तालिम तथा सचेतनाका कार्यक्रम सञ्चालन हुने अधिकृत राणाको भनाइ छ ।
यो पदमार्ग क्षेत्रमा टेम्केमैयुङ गाउँपालिकाका एक सय सात जनाले काम गरिरहेको निर्माण उपभोक्ता समितिको अध्यक्ष रहिम राईले जानकारी दिए। पदमार्ग निर्माणले पर्यटनको विकाससँगै स्थानीयस्तरमा रोजगारी सिर्जना भईरहेको उनको भनाइ छ । पदमार्ग क्षेत्रमा छ वटा समुह निर्माण गरेर विभिन्न स्थानमा काम भइरहेको उनले जानकारी दिए।
सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ।
सोट्टो नेपालले आइतबार पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताएका हुन्।
उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा सुरक्षा मापदण्ड बलियो बनाउन तथा अव्यवहारिक कर र नियम हटाउन सरकारसँग माग गर्नुभयो। अध्यक्ष शाहीले विदेशी वायुसेवा कम्पनीको एकाधिकार बढ्दै गएको भन्दै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई थप जहाज व्यवस्थापन गरी कम्पनी मोडलमा सञ्चालन गर्नुपर्नेमा जोड दिए।
सन् २००८ मा स्थापना भएको सोट्टो नेपालले पर्यटन क्षेत्रमा देखिएका विकृति र विसंगतिको अन्त्य गर्दै स्वस्थ तथा मर्यादित पर्यटन वातावरण निर्माणमा सक्रिय भूमिका खेल्दै आएको जनाएको छ।
कार्यक्रममा सोट्टो नेपालका पूर्वअध्यक्ष भुवनबहादुर पाण्डेले आफूहरूले स्थापनाकालदेखि नै अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन सम्भावना प्रवर्द्धन गर्दै आएको जानकारी दिए।
उनका अनुसार सिंगापुर, मलेसिया, रुस, फिनल्यान्ड, थाइल्यान्ड, भियतनाम, कम्बोडिया र भारतका विभिन्न राज्यमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गरिएको छ।
आन्तरिक पर्यटनतर्फ रारा, खप्तड, रेसुंगा, ऋषिकेश मन्दिर, सुपादेउराली र स्वर्गद्वारीजस्ता धार्मिक तथा पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरिएको सोट्टो नेपालले जनाएको छ। स्थानीय तहसँगको सहकार्यमा पदयात्रा, होमस्टे प्रवर्द्धन तथा स्थानीय पर्यटन विकासका कार्यक्रमसमेत सञ्चालन हुँदै आएका छन्।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।