भ्रष्टाचारको विकेन्द्रीकरण
०६ जेष्ठ २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
भ्रष्टाचारको विकेन्द्रीकरण

पहिलेका व्यवस्थामा मुलुकको साधनस्रोत पहुँचवालाको आदेशमा मात्र खटनपटन भएको र देहातहरू यसबाट वञ्चित भएका व्यापक आवाज उठेपछि मुलुक संघीयतामा जान बाध्य भएको हो। 

अर्थात् विकास र स्रोतहरूको बाँडफाँट न्यायोचिततवर होस् भन्ने सिद्धान्तका लागि यो व्यवस्था आवश्यक परेको तर्क यसका मागकर्ता र कार्यान्वयनकर्ताले गर्दै आएका छन्। सोझो अर्थमा भन्दा केन्द्रीकरणविरुद्धको सामना थियो संघीयताको मार्ग।

हो पनि, मुलुक संघीयतामा गएपछि स्रोत मात्र हैन, अवसरहरूसमेत स्थानीय तहसम्म पुगेकै हुन्। एउटा सरकारमा हुनुपर्ने व्यवस्थापकीय, कानुनी र कार्यपालिकीय अधिकारसमेत गाउँ–गाउँसम्म सरेकै हो। यस्तो अवस्थालाई धेरैले सिंहदरबार गाउँ पुगेको रूपमा समेत अथ्र्याउँदै आएका छन्। 

केही लाख बजेट जाने एउटा गाउँमा अहिले यो करोडमा रूपान्तरण हुनु, निश्चित नै भए पनि न्यायिक अधिकार उपलब्ध गराइनु तथा आफ्ना लागि आफैँ आवश्यक कानुन बनाउन पाउने अवस्थाले वास्तवमै स्रोत र अधिकारलाई गाउँ/टोलसम्म पुर्‍याएकै हो। 

तर संघीय शासनशैलीअन्तर्गत विभिन्न अधिकार प्राप्त गरिरहेका जनप्रतिनिधिहरू यतिबेला बाटो बिराउन थालेका पाइएको छ। बजेटको जथाभावी परिचालन, आफन्त जागिरे बनाउने मोह, नियमले नै नमिल्ने र कानुनले नै नदिएका कामहरूमा बढी रुचि, ठेक्कापट्टामा अनावश्यक चासो र आफूलाई सर्वेसर्वा देखाउने होडबाजीमा विशेषगरी पालिकाका प्रमुख/अध्यक्ष लागेका छन्। यस्ता कार्यमा कतिपय अवस्थामा कर्मचारीको तर्फबाट पालिकाको नेतृत्व गर्ने प्रमुख प्रशासकीय अधिकृतसमेतको मिलेमतो हुनुले पालिका नेतृत्व क्रमश: बदनाम हुने क्रम जारी छ।

भर्खरै सार्वजनिक महालेखाको प्रतिवेदनले पनि स्थानीय तहका जनप्रतिनिधिले मनपरि ढंगले सुविधा लिनेदेखि स्वकीय सचिव नियुक्ति र विेदश भ्रमण गरेका, सार्वजनिक खरिद ऐनको बर्खिलाप हुने गरी विभिन्न सामग्री खरिददेखि ठेक्का लगाउने गरेका, नियमविपरित पोशाक सुविधा लिएका, इन्धन खर्चमा अनियमितता गरेका जस्ता विषय उल्लेख गरेको छ। यसैगरी प्रतिवेदनले स्वीकृतिबिनै राष्ट्रिय ढुकुटी खर्च गरेर विदेश जाने, मोबाइल किन्ने, ल्यापटप बाँड्ने जस्ता कार्यसमेत गरेका जनाएको छ।

त्यति मात्र हैन, औषधिलगायतका सामग्री बिनाप्रतिस्पर्धा किन्ने, आफन्तलाई जागिर खुवाउनकै लागि मनमौजीतवरले करारमा नियुक्त गर्ने, परामर्श, वस्तु एवं सेवा सोझै खरिद गर्ने जस्ता कार्यमा पनि उनीहरू अग्रणी देखिएका छन्। आमनागरिकलाई घरदैलोमा सेवा प्रवाह गर्न सहजीकरण गर्ने अपेक्षा गरिएका जनप्रतिनिधिको यस्तो पाराले यतिबेला स्थानीयहरूसमेत वाक्कदिक्क भएका छन् भने एकपटक चुनाव जितेपछि उसले कुनै पनि कानुन मान्नु नपर्ने नजिर बसाल्न खोजिँदैछ। 

त्यसैले पनि स्थानीय सरकारप्रति आमजनधारणा क्रमश: शंकित हुँदै गइरहेको छ। यतिबेला मुलुकमा संघीयता विरोधी तत्वहरूको सलबलाहट निकै बाक्लिँदै गएको छ। आफूलाई राजावादी दाबी गर्नेहरू यो व्यवस्था फ्याँकेर पुन: राजतन्त्र ल्याउने दिवास्वप्न तिखारिरहेका छन्। 

सत्तामा बस्नेहरूका क्रियाकलापले समेत संघीयता नरुचाउनेहरूलाई नै फाइदा पुगिरहेको छ। विशेषगरी लामो समयदेखि पार्टी सत्ता र राज्य सत्तामा हालिमुहाली गरिरहेका एकाध व्यक्तिका कारण राजनीति दिन/प्रतिदिन दूषित बनिरहेको छ। यस्तो अवस्थामा पालिका नेतृत्वले भ्रष्टाचारलाई जसरी मलजल गरिरहेको छ, त्यसले पनि संघीयतालाई जरैबाट उखेल्नुपर्छ भनेर मरिमेट्नेहरूलाई नै फाइदा पुगिरहेको छ।

खासमा अहिले संघीयताको विरोध हुनुका केही मुख्य कारण छन्। जसमध्ये एउटा राजनीतिक व्यक्तिहरूको अहं, कानुन नमान्ने ढिपी तथा आफैँ सर्वेसर्वा ठान्ने रोग पनि हो। महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष उनीहरूका कमजोरी औल्याउने गर्छ र यस्तो नगर्न सुझावसमेत दिने गर्छ।

तर पनि यी कमजोरी र सुझाव आफ्ना लागि हो र यिनलाई सच्याएर अघि बढ्नुपर्छ भन्ने चेत पालिका नेतृत्वमा कहिल्यै पलाएन। यसबाट पनि पुष्टि हुन्छ कि जसरी उनीहरूका दलका शीर्ष नेता सच्चिन तयार छैनन्, त्यसैगरी पालिकामा प्रतिनिधित्व गर्ने स्थानीय नेताहरू पनि यही रोगबाट ग्रस्त छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पछिल्लो प्रतिवेदनअनुसार पनि मुलुकको भ्रष्टाचारसम्बन्धी सम्पूर्ण उजुरीमध्ये ५२ प्रतिशत स्थानीय तहसँग सम्बन्धित हुने गरेको छ। यसबाट पनि अहिले महालेखाले औल्याएको स्थानीय बेरीति पुष्टि हुन्छ। जसले समग्रमा संघीयतामाथि धमिरा लगाउने काम गरिरहेको छ। त्यसैले पहिलो कुरा त यस्तो अनियमितता गर्नेलाई कारबाहीको दायरामा ल्याउनै पर्छ। 

दोस्रो कुरा, अघिल्लो प्रतिवेदनले औल्याएका कमजोरी नसुधारेमा त्यसको जवाफदेही पालिकाको राजनीतिक र प्रशासनिक दुवै नेतृत्वलाई बनाउनुपर्छ र अनियमित भएको कामको रकम उनीहरूबाट असुल गर्ने व्यवस्था गरिनुपर्छ। यसो भएमा मात्र अर्को वर्षदेखि बल्ल महालेखा परीक्षकको प्रतिवेदनको आकार घट्न सक्छ र संघीयता सिध्याउन लागिपरेका धमिराको पनि बसाइँ सराइ सम्भव छ। 

अर्को समाचार
खडेरीमय मधेस
०६ साउन २०८२
४ मिनेट पाठ
संग्रह
Email
ईमेल
खडेरीमय मधेस

मध्यबर्खासम्म आइपुग्दा पनि पानी नपरेकाले पूर्वी तराई र मधेस प्रदेशको ठूलो क्षेत्रफलमा रोपाइँ हुन सकेको छैन। साउनको पहिलो सातासम्ममा मधेस प्रदेशमा ५० प्रतिशतभन्दा कम र कोसी प्रदेशमा पनि ६० प्रतिशत हाराहारी मात्र रोपाइँ भएको छ। सिँचाइका लागि मात्रै होइन पिउने पानीको समेत हाहाकार भएको समाचार सार्वजनिक भएका छन्। 

सिँचाइ सुविधा नभएको तथा आकासे पानीको भर पर्नुपर्ने क्षेत्रमा खेतमा लगाएको बिउ पनि छिप्पिन लागेको छ। समय घर्केको धानको बिउले उत्पादनमा समेत कमी आउने निश्चित छ। सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा सबैमा रोपाइँको अवस्था राम्रो भए पनि अन्न भण्डार समेत मानिने कोसी र मधेस प्रदेशमा रोपाइँ हुन नसक्दा यसका बहुआयामिक प्रभाव पर्ने निश्चित छ। यसले एकातिर समग्र खाद्यान्न संकट निम्त्याउन सक्ने देखिएको छ भने यो संकट गहिरिँदै गए यसले सर्वसाधारण मधेसबाट पलायन हुने लगायतका अनेकन सामाजिक तथा जनस्वास्थ्यसँग सम्बन्धित समस्या पनि सिर्जना हुन सक्छ। पानी नपर्दा हुने उखर्माउलो गर्मीको पीडा त छँदैछ। मधेस क्षेत्रमा भइरहेको बढ्दो सहरीकरण र भौतिक पूर्वाधार निर्माणका क्रममा भएको प्राकृतिक विनाश, जलवायु परिवर्तन एवं प्रदूषणका कारण पानीका स्रोत नष्ट भएको कतिपय अध्ययनले देखाएका छन्। 

विश्वव्यापी रूपमा भएको तापमान वृद्धिले मौसम र जलवायुका चक्रलाई बिथोलेको छ। विश्वभर अतिवृष्टि, अनावृष्टि, तातो लहर, खडेरी लगायत संकट बढ्दो क्रममा छन्। हालै सार्वजनिक विश्व जल अनुगमन प्रतिवेदन अर्थात् ‘वल्र्ड वाटर मोनिटर रिपोर्ट २०२४’ ले जलवायु परिवर्तनका कारण पृथ्वीको जलचक्रमा गम्भीर अवरोध देखापरेको, जमिन, महासागर र वायुमण्डलबीच पानीको प्रवाहमा असन्तुलन सिर्जना भएको देखाएको छ। प्रतिवेदनले सन् २०२५ मा विशेषगरी उत्तरी–दक्षिण अमेरिका, दक्षिणी अफ्रिका र एसियाका केही भागमा खडेरी बढ्ने सम्भावनालाई संकेत गरेको छ। 

कतिपयले जलवायु संकटलाई ‘अति धेरै पानी–अति थोरै पानी’ अर्थात् ‘टु मेनी वाटर, टु लिट्ल वाटर’ भनेर चित्रण गरिरहेका छन्। नेपालको मधेस प्रदेशमा अहिले देखिएको खडेरी ‘अति थोरै पानी’को अवस्था हो। विशेषगरी केही दशक अघिसम्म पाइला पाइलामा पानी हुन्थ्यो। अहिले पानीका मुहान सुकेका छन्, मधेसका नदी सुकेका छन्, भूमिगत पानीको स्रोत सुकेको छ। मधेसको उत्तरी भूभागमा रहने चुरे क्षेत्रबाट निस्कने नदी सुकेका छन्। गत वर्ष धनुषाको हंशपुर नगरपालिकाका बासिन्दालाई चार महिनासम्म ट्यांकरको पानी उपलब्ध गराएको विषय समाचार शीर्षक बनेको थियो। यो वर्ष पनि त्यही कथा दोहोरिएको छ। कतिपय स्थानमा सर्वसाधारण ट्यांकरको पानीमा निर्भर हुन बाध्य छन्। 

मधेसका कैयन स्थानमा पहिला–पहिला १०० फिट गहिराइबाट ट्युववेलमा पानी आउने गरेको थियो तर अहिले ४०० फिटको गहिराइमा पुग्नुपर्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन्। यसैगरी मधेसमा पानीको मुख्य स्रोत रहेका नदी र खोलानाला वरपर अवैध उत्खनन जारी छ। मधेसका लागि पानीको मुहान मानिने चुरे क्षेत्रको संरक्षणका प्रयास पनि सार्थक हुन सकेका छैनन्। यसले मधेसमा पानीको बहावलाई विथोलेको छ। यसरी यो संकटका केही हदसम्म लागि हाम्रा आफ्नै गतिविधि जिम्मेवार छन्। त्यसलाई रोक्न हामीले के कति प्रयास गरेका छौँ भन्ने विषयमा समीक्षा जरुरी छ। हरेक वर्ष खडेरीको पीडा खेप्न सर्वसाधारणको क्षमता हुँदैन र छैन पनि। यो सन्दर्भमा खडेरीले के सन्देश दिएको छ भने भविष्यमा मधेस प्रदेश पानीविहीन हुनबाट बचाउन हामीले गर्न सक्ने कुरा आफैँले गर्नुपर्छ। 

तत्कालको आपतकालीन अवस्थामा खानेपानीको लागि पानीको आपूर्ति व्यवस्था गर्न अतिआवश्यक छ भने सिँचाइ, निरन्तर खानेपानी आपूर्ति र समग्र जलसुरक्षाका लागि मध्यकालीन र दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्न आवश्यक छ। भूमिगत पानीको स्रोतलाई संरक्षण गर्न हरेक घरले पानी पुनर्भरणको व्यवस्था गर्नुपर्छ। त्यसका लागि आवश्यक प्रविधि र वित्तीय सहयोग सरकारले उपलब्ध गराउन सक्छ। खडेरीको अवस्थामा जलवायु स्मार्ट खेती अर्को उपाय हो। ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैयाको निर्माण गर्नु आवश्यक छ भने वर्षाको पानीलाई पोखरी बनाएर र खहरे खोलामा समेत स–साना बाँध बनाएर पुनर्भरण गर्न सकिन्छ। 

यसमा सरकार र समुदायको सक्रियता उत्तिकै आवश्यक छ। यसैगरी अहिले थोरै पानीले पनि हुने धान खेतीको विकास भइसकेकाले यस प्रकारको धानखेतीको अवलम्बन गर्न जरुरी छ। एकातिर वृक्षारोपण गरी पानीको संकटबारे सर्वसाधारणलाई बुझाउन जरुरी छ भने अर्कोतिर यो साझा चुनौती सम्बोधन गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच हातेमालो आवश्यक छ। समयमै प्रयास नगरिएका खण्डमा यो संकट झन् गहिरिँदै जानसक्ने भएकाले यो विषयमा सबै पक्षले तत्काल पहल गर्न आवश्यक देखिएको छ। यसमा हेलचेक्र्याइँ भइरहेमा भविष्यमा झन् ठुलो संकट भोग्नुपर्ने छ ।

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ९ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
विधि निर्माणको विधि
विधि निर्माणको विधि ०५ साउन २०८२ ४ मिनेट पाठ
मीनबहादुरको मन ३१ असार २०८२ ४ मिनेट पाठ
ऊर्जामा नीतिगत अस्थिरता १० असार २०८२ ३ मिनेट पाठ
‘घुसकाण्ड’ को पटाक्षेप
‘घुसकाण्ड’ को पटाक्षेप ३२ असार २०८२ ४ मिनेट पाठ
सडक समृद्धि २४ असार २०८२ ३ मिनेट पाठ
प्रदेश बजेटको प्रेरणा ०३ असार २०८२ ४ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस