मुलुकमा पछिल्लो समय सबैभन्दा पेचिलो र विवादित विषय अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बनेको छ।
अमेरिकाले एमसिसीमार्फत अनुदानमा दिन लागेको ५० करोड अमेरिकी डलर लिन हुने र नहुनेमा राजनीतिक दल, बुद्धिजीवी, सर्वसाधारणलगायत सिंगो मुलुक विभाजित छ ।
एकथरीले अमेरिकी अनुदान विशुद्ध विकास परियोजनाका लागि मात्र हो भनिरहेका छन् भने अर्काथरीले अनुदान लिए मुलुकको सार्वभौमसत्तामाथि अमेरिकाले हस्तक्षेप गर्ने, अमेरिकी सेना आउने र नेपाललाई अफगानिस्तान बनाउनेसम्मका धारणा राखिरहेका छन्। यही विवादबीच सरकारले सम्भवतः बुधबार एमसिसी संसद्मा पेस गर्दैछ।
पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एमसिसी विवादले उग्र रूप लिँदै आए पनि मुलुकको बजेटरी प्रणालीमा वैदेशिक सहयोगको महत्व कतिसम्म छ भन्ने विषय भने गौणप्रायः बनेको छ। एमसिसी अनुदानको विरोध गर्नेहरूले मुलुकका लागि ५० करोड अमेरिकी डलर ‘केही होइन’ मात्र भनेका छन्। मुलुकमा बन्न लागेका केही ठुला परियोजनामा विवाद आउँदा राष्ट्रवादी छवि देखाउन अहिलेसम्म पनि ‘यो त केही होइन, आफ्नै स्रोतले पनि बनाउन सकिन्छ’ भन्ने गरिन्छ।
मुलुकको बजेट र स्रोतमा विदेशी अनुदानको महत्वलाई के छ भन्ने विषयवस्तुलाई पुरै नजरअन्दाज गरिँदै आएको छ।
एमसिसीको विरोध गर्नेहरूले हामी आफ्नै कतिसम्मको पुँजी प्रयोग गरेर विकासका आयोजना बनाउन सक्ने अवस्थामा छौं वा छैनौं भनेर यथार्थ चित्रण गरेका छैनन्। मुलुकमा उठ्ने राजस्व कति हो र अनिवार्य दायित्वभित्र पर्ने खर्च कति छ भन्ने वस्तुस्थितिलाई बेवास्ता गर्ने तर राष्ट्रवादी छवि देखाउन एमसिसीजस्तो अनुदानको चर्को विरोध गर्नेहरू धेरै देखिएका छन्। विडम्बना! पूर्वाधार विज्ञ भनेर आफूलाई चिनाउने सूर्यराज आचार्यजस्ता नागरिकले पनि स्वार्थवश एमसिसीको विरोध गर्दै आएका छन्।
मुलुकको पछिल्लो पाँच वर्षको बजेटलाई हेर्ने हो भने मात्र पनि यो अनुदानको महŒव कस्तो छ भन्ने देखिन्छ। वैदेशिक अनुदान र ऋण नलिएसम्म विकास परियोजनामा खर्च गर्ने हाम्रो ल्याकत छैन। लामो समयदेखि मुलुकमा उठने राजस्वले चालु खर्चलाई मात्र जेनतेन धानिरहेको अवस्था छ।
पछिल्ला वर्ष मुलुक संघीयतामा गएपछि चालु खर्च झनै बढिरहेको छ। राजनीतिक दलहरूबीच मतदाताको भोट तान्न सामाजिक सुरक्षा खर्च बढाउने होडबाजी छ। यी कारणले चालु खर्च धान्न नसक्ने अवस्थामा विकासमा बजेट विनियोजन गर्न नै अनुदान र ऋणको भर पर्नुपरेको छ।
चालु आर्थिक वर्षको तथ्यांकलाई हेर्दा सरकारकोे कुल खर्च १६ खर्ब ३२ अर्ब रूपैयाँ छ। यस वर्ष राजस्व ११ खर्ब ५१ अर्ब रूपैयाँ असुली हुने र चालु खर्च १० खर्ब ३५ अर्ब हुने भनिएको छ। सरकारले विकास खर्चका लागि ३ खर्ब ७४ अर्ब रूपैयाँ विनियोजन गरेको रकम लगभग सबै अनुदान र ऋणको भारमा परेको देखिन्छ। यो तथ्यांकले अनुदान र ऋण नलिए सरकारले चालुबाहेक अन्य खर्च गर्न नसक्ने प्रस्टै देखाउँछ। यो वर्ष मात्र होइन, बजेटको स्रोतको अवस्था अन्य वर्षहरूमा पनि यस्तै हो।
पूर्वअर्थ सचिव शिशिरकुमार ढुंगानाले एमसिसी सहयोग मुलुकका लागि धेरै कोणबाट महत्वपूर्ण रहेको बताए। ‘स्रोतका हिसाबले मुलुकका लागि यो महत्वपूर्ण त छँदैछ,’ मंगलबार नागरिकसँग ढुंगानाले भने, ‘अन्य वैदेशिक लगानी भिœयाउन पनि यसले विश्वासको आधार तय गर्छ।’ उनका अनुसार पछिल्ला वर्षहरूमा नेपालको बजेटमा अनुदानको वार्षिक लक्ष्य नै एमसिसीमार्फत आउने रकम बराबरजस्तै छ।
यो वर्षको बजेटमा करिब ५९ अर्ब रूपैयाँ अनुदान आउने लक्ष्य राखिएको छ। ‘एक वर्षको बजेटको लक्ष्य बराबर एउटै एमसिसीमार्फत आउनु सानो विषय होइन,’ पूर्वसचिव ढुंगानाले भने, ‘त्यसमा पनि लक्ष्य राखिएकोमा प्राप्त हुने अनुदानलाई हेर्दा यो झनै ठुलो रकम हो। पछिल्ला वर्षमा २० अर्ब रूपैयाँ पनि अनुदान आउन छाडेको छ।’
पूर्वसचिव ढुंगानाका अनुसार एमसिसीले अन्य वैदेशिक लगानी आउन यसले आकर्षित गर्नुका साथै निजी क्षेत्रको लगानी बढाउनमा पनि सहयोग पु¥याउँछ। विगतमा मुलुकको कुल खर्चमा अनुदानको अंश ठुलो थियो तर पछिल्ला वर्ष यो क्रमशः घट्दै गएको छ। विगतका वर्षहरूमा राजस्व र खर्चको वृद्धिदर जुन प्रतिशतमा भएको छ, त्यसको तुलनामा अनुदान बढ्न सकेको छैन।
आव २०७०÷७१ मा ३ खर्ब ६८ अर्ब रूपैयाँ राजस्व असुली हुँदा वैदेशिक अनुदान ४२ अर्ब २० करोड रूपैयाँ आएको थियो। यसको अंश कुल राजस्वको ११.४६ प्रतिशत थियो। तर २०७५/७६ मा ८ खर्ब ३९ अर्ब राजस्व उठेकोमा अनुदान २२ अर्ब ८९ करोड रूपैयाँ मात्र आएको छ।
यो राजस्वको २.७२ प्रतिशत मात्र हो। पछिल्ला वर्षहरूमा अनुदान घट्ने र त्यसको ठाउँमा ऋणको आकार बढ्ने गरेको छ। चालु आर्थिक वर्षको बजेटमा करिब ६३ अर्ब रूपैयाँ अनुदान ल्याउने भनिएकोमा ६ महिनामा ६ अर्ब २२ करोड रूपैयाँ मात्र आएको छ। यसले पनि अनुदान प्राप्ति घटिरहेको देखाएको छ।
अर्कातिर नेपालको अर्थतन्त्रमा क्रमशः सुधार आएकाले पछिल्ला वर्ष विदेशी मुलुक र दाताले अनुदान घटाउँदै लगेका छन्। विश्व बैंक, एसियाली विकास बैंकलगायतले अनुदान घटाउँदै गएका छन्। उनीहरू अनुदानभन्दा सहुलियतपूर्ण ऋण दिन चाहन्छन्। नेपालको स्तर माथि उठ्दै जाँदा आगामी दिनमा यो सहुलियतपूर्ण ऋण पनि कटौती हुनेछ। त्यसपछि नेपालले चर्को ब्याजदरमा व्यावसायिक ऋण लिनुपर्नेछ। यस्तोमा परियोजनाहरूको लागत महँगो हुनेछ भने चर्को ब्याजदरका कारण मुलुक वैदेशिक ऋणको भारले उठ्न सक्नेछैन।
अहिलेको मुलुकको बजेटमा राजस्व र खर्चको यस्तो खाडलका बीचमा सित्तैमा आउने ६० अर्ब रूपैयाँलाई राजनीतिक दलले आआफ्नो स्वार्थका कारण विवादमा पारेका छन्। मुलुकमा केही परियोजना हामी आफ्नै स्रोतले बनाइरहेका छौं। तर यसो भन्दैमा वैदेशिक अनुदान र ऋणबिना सबै आयोजना बनाउन सक्छौं भन्नु मूर्खता हो। एमसिसीको विरोध गर्नेले मुलुकको बजेटको यो यथार्थ बुझ्नु जरुरी छ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसिसी) का कारण सत्ता गठबन्धन दलबीच नै फाटो पैदा गरिदिएको छ। एमसिसी पक्षधर र इत्तर पक्षबीच धुव्रीकरण तीव्र हुँदै सत्ता समिकरण समेत फेरिन सक्नेसम्मको आंकलन गरिँदै छ।
संघीय सरकारको सत्ता समिकरण फेरिए त्यसको असर प्रदेशसम्मै पर्ने देखिन्छ। सत्तारुढ गठबन्धनभित्र एमसिसीमा विवाद बढेसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग छलफल तीव्र बनाएको छ।
सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी भने एमसिसीको विपक्षमा उभिएका छन्। जसका कारण कांग्रेसले एमसिसी पास गराउन एमालेलाई बलियो विकल्पको रूपमा हेरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नै संसद्मा एमसिसी दर्ता गरेको थियो। त्यसैले पनि एमाले एमसिसीको विपक्षमा उभिन सक्ने सम्भावना कम छ।
एमाले यसै सत्ता गठबन्धनलाई एमसिसी पास गराउन समर्थन नगर्ने बताउँदै आएको छ। एमसिसी पास गराउन कांग्रेसले वर्तमान सत्ता गठबन्धन तोडेर एमालेसँग हात मिलाउनुपर्ने अवस्था छ। विभिन्न सर्त रहँदा रहँदै पनि सत्तारुढ गठबन्धन भत्किएको अवस्थामा एमालेले एमसिसीको सन्दर्भमा कांग्रेसलाई साथ दिने देखिन्छ। यो सम्भव भए प्रदेशमा समेत सत्ता समिकरण फेरिने देखिन्छ।
प्रदेश १ को प्रदेशसभामा हाल ९२ सदस्य कायम छन्। सरकार गठनका लागि प्रदेशसभामा कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्छ। प्रदेशसभामा नेकपा एमालेको सभामुखसहित ४१ जना सांसद छन्। नेपाली कांग्रेस २१, माओवादी केन्द्र १५, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी (जसपा) ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन्।
यस प्रदेशमा नेकपा एमाले र कांग्रेसबीच सहकार्य भएको अवस्थामा सजिलै सरकार परिवर्तण हुन सक्छ। दुवै दल मिले प्रदेशसभामा ६२ सिट पुग्छ। प्रदेश १ मा हाल नेकपा एकीकृत समाजवादीले सरकारको नेतृत्व गरिरहेको छ भने सत्तारुढ गठबन्धनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपाल सामेल छन्।
संघीय सत्ता समिकरण फेरिए पराकम्प मधेस प्रदेशमा पनि पर्ने देखिन्छ। कांग्रेस र एमालेबीच सहकार्य भएको अवस्थामा मधेस प्रदेशमा पनि सरकार परिवर्तनको कसरत हुन सक्छ। मधेस प्रदेशसभामा १०४ सदस्य छन्। नेपाली कांग्रेसका १९ र नेकपा एमालेका ८ सांसद छन्।
प्रदेशसभामा बहुमतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेस र एमाले मिल्दा २७ सांसद मात्र पुग्छन्। प्रदेशसभामा लोसपाका १६ सांसद छन्। लोसपाले समर्थन गर्दा पनि सरकार परिवर्तन सम्भव छैन।
प्रदेशसभामा जसपा नेपालका ३९ सांसद छन्। प्रदेशसभामा लोसपा नेपालका १६ सांसद छन्। कांग्रेस, एमाले र लोसपा मिल्दा ४३ सांसद पुग्छन्। एमसिसीको सवालमा जसपाभित्र तीव्र धुव्रीकरण छ। एमसिसीका कारण जसपामा विभाजन आए विभिजित पक्षको समर्थन जुटाएर मधेस प्रदेशको सरकार फेर्ने कसरत सफल हुन सक्ने देखिन्छ। जसपा विभाजन भएको अवस्थामा एमसिसी पक्षधरहरू मिलेर सरकार फेर्न सक्ने सम्भावना छ। जसपा विभाजन भएको अवस्थामा मात्र मधेस प्रदेशमा सरकार फेरिन सक्छ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।