कथा : सपनाको उडान–२
१० जेष्ठ २०७७
५ मिनेट पाठ
संग्रह
Email
ईमेल
कथा : सपनाको उडान–२

पोल्यान्डबाट क्यानडा गएको थिएँ । त्यसपछि बल्ल मेरो सपना पूरा हुने आशा बढ्यो । समय बितिरहेको थियो । मनको घाउ पनि पुरिन लागिसकेको थियो । तर आफ्नो उद्देश्य ठूलो भएकाले सबै छोडेर लक्ष्यमा अघि बढें ।  

क्यानडामा नै आठ वर्ष बिताएँ, सम्पर्कविहीन नै भएर । परिवारसँग मात्र मेरो सम्पर्क थियो । न त फेसबुक न त कुनै सामाजिक सञ्जाल नै प्रयोग गरें । दिनरात मिहिनेत गरेको थिएँ । आफ्नो समाजसेवा गर्ने सपना पूरा गर्न र उनको अघि आफ्नो सामथ्र्य देखाउनका निम्ति । मेरो पैसा कमाउने सपना पूरा भयो । अब कमाएको पैसा नेपालमा गएर व्यापार गर्ने र समाज सेवामा लाग्ने इच्छा पूरा गर्नु थियो । अनि नेपाल फर्किएँ । मेरो उद्देश्य त मैले केही पूरा गर्दै थिएँ केही बाँकी थियो ।  

नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।  

दस वर्षपछि पहिलो भेट थियो हाम्रो । किनकि मलाई बुझ्ने र सधैं सपोर्ट गर्ने नै चाहना थिइन् । उनकै माध्यमबाट अरू साथीहरूलाई भेट्ने निधो गरेको थिएँ ।  

उनको नजिक गएर बोले ।

‘ओहो चाहना के छ खबर, आरमै छौ,’ मैले सोधें ।  

शरद अधिकारी
चाहनाको अनुहार खुसीले चम्कियो, ‘ओ माइ गड साकार !’ केही भन्न नपाउँदै उनको अनुहारमा चमक हराइहाल्यो । चाहनाले रिसाउँदै भनिन् ‘किन चाहियो तिमीलाई हालखबर, दस वर्षसम्म त सोधेनौ मरें कि बाँचेकै छु ।’  

‘सरी मेरो हालत नै त्यस्तै थियो । म सम्पर्कमा आउन सकिनँ । तर पनि तिमीहरूलाई हरेक पल सम्झिएको थिएँ । सधैं मेरो मनबाट टाढा थिएनौ तिमीहरू । आज फेरि मलाई तिमीहरूको साथ चाहिएको छ, हाम्रा ती कलेज बेलाको अधुरो सपना पूरा गर्नु छ ।’ मैले केही आशावादी हुँदै भने ।  

‘तिमीलाई साथ दिन म सधैं तयार नै छु हिँड जाउँ,’ उनले भनिन् ।  

चाहना र हरि अनि संगम र सम्झनाले चाहिँ बिहे गरेका रै’छन् । सबै भेट्यौं । मबाहेक सबै साथीहरू उस्तै रहेछन् । म पनि भेट नभएर हो, बदलिएको छैन । अझै पनि त्यही पुरानो साकार हो कलेजकै । सबैलाई सहयोग चाहिएको छ भनेर भन्दै थिएँ । रमिला उठिन् र अनि ब्यागबाट झिकेर दश लाखको चेक दिइन् मेरो तर्फबाट भन्दै । म अचम्भित भएँ ।  

यो पनि पढ्नुहोस्

सपनाको उडान

अझै पैसाको धाक गएको रै’नछ । मेरो पूरा कुरा नसुनेर नै पैसा दिँदा घमण्डपन झल्कियो । म केही बोलिनँ । आफ्नो कुरालाई निरन्तरता दिइराखें । मैले उनीहरूलाई हाम्रो जस्तै चाहना भएको संस्था छ त्यसमा काम गर्न चाहेको र त्यसैको सहयोगमा काम गर्ने सोचेको बताए । उनीहरूले मेरो कुरामा पनि सहमति जनाए । सहयोग गर्छौं भनेर छुट्टियौं हामी ।  

सबै प्रदेशको राजधानीमा सुविद्या सम्पन्न आश्रम र सुविद्या सम्पन्न विद्यालय र अस्पताल निर्माणको काम ९० प्रतिशत पूरा भएको हुन्छ । गरिबका लागि निःशुल्क उपचार गर्ने अस्पताल, अनाथ तथा वृद्धका लागि बस्ने खाने सुविधा सम्पन्न आश्रम र गरिबका बच्चाले निःशुल्क पढ्न पाउने विद्यालय बी कम्पनीले निर्माण गरेको समाचार आउँछ । हामी सबै बसेर कफी पिइरहेका हुन्छौं । समाचार सुन्छौं । मैले यही कम्पनीमा आबद्ध हुन खोजेको बताएँ । उनीहरूले पनि यस्तो कम्पनीमा काम गर्ने जनाए ।  

कम्पनीको सिइओले हामीहरूको अन्तवार्ता लिनुभयो । धेरै मानिस जागिरका लागि आएका थिए । हामी ६ जना नै छानियौं । सबै एकदम खुसी भयौं । तलब पनि राम्रो थियो । कम्पनीको खाद्य, कपडा, गल्ला, चिनी उद्योगलगायतका सबैको कारोबार गर्थ्र्याे, उसैको मुनाफाको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको कम्पनीको सिइओले बताउनुभयो 

‘यदि हामीसँग पनि यति धेरै पैसा हुन्थ्यो भने हामी पनि यस्तै गर्थ्यौं,’ चाहनाले भनिन् । समाचार पछि अनाथ र वृद्धाश्रम, विद्यालय तथा अस्पतालका लागि कर्मचारी चाहिएको सूचना पनि आयो रेडियोमा ।  

चाहनाले म यसमा काम गर्न चाहन्छु भनिन् । मैले पनि काम गर्ने जनाएँ । सबैले गरिरहेको जागिर छाडेर त्यसमा काम गर्ने निर्णय ग¥यौं । तर पहिला उता पक्का गरेर जागिर छोड्ने कुरा भयो । भोलि नै सबै साथीहरू बी कम्पनीमा अन्तर्वार्ताका लागि जाने निर्णय गर्यौं ।  

कम्पनीको सिइओले हामीहरूको अन्तवार्ता लिनुभयो । धेरै मानिस जागिरका लागि आएका थिए । हामी ६ जना नै छानियौं । सबै एकदम खुसी भयौं । तलब पनि राम्रो थियो । कम्पनीको खाद्य, कपडा, गल्ला, चिनी उद्योगलगायतका सबैको कारोबार गर्थ्र्याे, उसैको मुनाफाको केही प्रतिशत सामाजिक सेवामा लगाउने गरेको कम्पनीको सिइओले बताउनुभयो । त्यो सबै छुट्टयाउने जिम्मा हाम्रो थियो । अन्य सहयोग पनि जम्मा गर्ने र आश्रम र विद्यालयमा सेवा सुविधा निरन्तर दिनुपर्ने बताउनुभयो ।  

तीन दिनपछि सबै अस्पताल, विद्यालय र आश्रम सञ्चालनमा हाकिमहरूको मिटिङ बस्यो ।  

‘धेरै मिहिनेतपछि आज यो स्तरमा पुग्नुभएको छ,’ सिइओ सरले भन्नुभयो,  ‘जिन्दगीमा पैसाका लागि आफ्नो माया गुमाउनुपरेको रिस र इखले आज यहाँ पुग्नुभएको छ ।’

‘पैसा कमाएर समाज सेवा गर्नुभएको छ, प्रबन्ध निर्देशकज्युलाई स्वागत छ,’ उहाँले भन्नुभयो, ‘अब बाँकी कुराबारे कम्पनीका प्रबन्ध निर्देशक साकारजीले बताउनुहुन्छ ।’ सबै साथीहरु मतर्फ मुखाभित भए । मैले पनि पहिला यो कुरालाई रहस्यमै रहन दिएको थिएँ । किनकि त्यो कम्पनीको प्रबन्ध निर्देशक म नै हुँ भन्ने कुरा साथीहरुले थाहा पाएको भए मेरो प्रस्ताव उनीहरुले अस्वीकार गर्ने सम्भावना थियो ।  

म उठेर गएँ । साथीहरू अचम्म परेर मलाई हेरिरहे । ‘सानैदेखिको उद्देश्य थियो धेरै मिहिनेतपछि आज ३४ वर्षको उमेरमा आफ्ना सपना पूरा गर्न पाउँदा एकदमै खुसी छु ।’  

‘नेपालमा आउनासाथ आफ्ना मिल्ने पाँच साथीहरूको सहयोगका लागि उनीहरूलाई यहाँ ल्याएको हुँ, सधैं सहयोगको अपेक्षा गरेको छु,’ भन्दै आजबाट उनीहरूलाई कम्पनीको बोर्ड मेम्बरसमेत भएको घोषणा गरें ।  

दस वर्षमा दस अर्बको मालिक भएर आफ्नो इच्छा पूरा गर्दाको आनन्द बेग्लै पाएको थिएँ । तर त्योभन्दा बढी खुसी मेरा पुराना मित्र र मेरो हरेक पाइलामा साथ दिने मेरो श्रीमती निर्देशक रमालाई पनि धन्यवाद दिँदै सधैं साथ चाहिने बताएँ । मेरी श्रीमती र मेरो सफलता देखेर रमिला पनि आफूले गल्ती गरेको महसुस गरिन् ।  

‘मैले पुराना कुरा सबै भुलिसकें आफ्नो जिम्मेवारी राम्रोसँग निभाउँछ्यौ भन्ने आशा छ’ भनेर निक्लिएँ । आफ्नो अपमानलाई बिर्सिएर आफ्नो सपना पूरा भएकोमा एकदम खुसी छु । र रमिला भन्दा पनि धेरै माया गर्ने र साथ दिन रमा जस्ती श्रीमती पाउँदा आनन्द पनि बेग्लै छ । सबै साथीहरू मिलेर समाज सेवामा निरन्तर लागि रहेका छौं । अहिले हाम्रो सात जनाको समूह भएको छ । मेरी श्रीमती रमा पनि हामीसँग मिसिएकी छन् । 

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस