संग्रह
अनपेक्षित अनुबन्ध
म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास ।
फरक बालापन
कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षासम्मको । दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो । मसँग स्कुल जाने–आउने कोही भएन ।
अधुरो प्रेम
२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।
सपनाको सहर पस्दा...
२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।
कथा : सपनाको उडान–२
नेपाल आएको एक हप्तापछि चाहनासँग भेट भयो । अकस्मात त नभनौं । भेट्ने मेरो पनि चाहना थियो । म एक हप्तासम्म उनीहरूका बारेमा पत्ता लगाउन थालें । फेसबुक खोलें । त्यहाँ खोजें । सबै उनीहरूको बारेमा पत्ता लगाएर भेट्नका लागि उनको अघि गएको थिएँ ।
कोरोनाकी माई
“पहिले पानी खाऊँ ।” उनले दैलाभित्र हेर्दै भने, “अरे हो कोरोनाकी माई ! यहाँ पाहुनाहरूलाई पानी ल्याइदेऊ त ।”
टोलीका सदस्यहरूले एक आपसमा मुखामुख गरे ।
जनावरका खुबी
गाईको पनि खुवी छ । दुध दिंदा उसलाई दुख्दैन । त्यो उनीहरुको खुबी हो । उनीहरु पहिला घाँस निलेर घाँटीमा राख्छन् । अनि निकाल्छन घाँस । अनि एउटा एउटा गरेर निकाल्दै चपाउँछन् । यस्तो खुबी हुन्छ गाईमा ।
कोरोना भूत
ज्यान रहे परीक्षा त पछि दिए पनि हुन्छ । महामारी फैलियो भने त सबै सखाप हुन्छन् नि । देशमा संक्रमण फैलिन नदिन संसारभरिका देशले लकडाउन गरिरहका छन् । यो त अवस्था हेरेर निर्णय गर्ने कुरा हो नि ।
सम्झनाका पलहरु....!
शिशिर ऋतुले बिदा मागि बसन्त ऋतु आगमन संगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा कतिखेर वसन्त ऋतु मध्य भइसकेको हुन्छ। अनि सुरुहुन्छ प्रचण्ड गर्मी लामा पट्यार लाग्दा दिनहरु। यहीं ऋतु संगै पलाउन थाल्छन् नव यौवनरुपी पालुवाहरु। छहारी खोज्दै चराचुरुङ्गी गुड बनाउन थाल्छन् चुच्चाले झारपात लागि।
हजुरआमा भन्नुहुन्थ्यो
रक्सीको सुगन्ध कान्छाको नाकैमा बसाएर उड्यो । मन बाँधिराख्न सकेन उसले । यही कमजोरी छ उसको — खायो । आमाले फरियाका टुप्पामा बाँधेर राखेकी सय रुपियाँको पनि सत्यानाश भयो । कान्छाले भन्यो, “दिदी, तिमीले कर गरेर पो । अब बर्सैभर विक्रमेकी आमा आउन्न ।”