फरक बालापन
०१ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
फरक बालापन

म ‘गरिमा’ । सानै उमेरदेखि दुःख र अभावमा हुर्केकी । सुख सयलमा बालापन बिताउने सायद मेरो भाग्यमा थिएन । न त आमाको न्यानो कोखमा लडीबुडी गर्दै पूरा बालापन बिताउन पाएँ, न त बाबाको ।  

कुरा १० वर्षअघिको हो । म कक्षा ४ मा पढ्दै थिएँ । मलाई आमाको काखबाट छुट्टिनुप¥यो । कारण थियो मेरो पढाइ । हाम्रो घर निकै एकान्त ठाउँमा थियो । स्कुल जानै दुई घण्टाको उकालो चढ्नुपर्ने । स्कुल थियो ५ कक्षासम्मको । दिदी र दाइले ५ कक्षासम्मको पढाइ सक्नुभयो । मसँग स्कुल जाने–आउने कोही भएन । जंगलको बाटो एक्लै जाने–आउने गर्न नसक्ने । मलाई स्कुलको हेडसरले निकै माया गर्नुहुन्थ्यो । उहाँको घरमा बसेर मैलै ४ कक्षाको पढाइ सक्काएँ । तर सधैंभरि अरूको घरमा बसेर पढ्न पनि त सम्भव थिएन । दिदी र दाइले पढेको स्कुल झन् टाढा थियो, म जान सकिनँ ।

हाम्रो दुई वटा घर थियो । एकातिर हजुरबुबा बाबाआमासहितको हाम्रो परिवार बस्ने त अर्कोतिर हजुरआमा मात्र । मलाई त्यहीँ हजुरआमासँग राखेर पढाउने निश्चय भयो परिवारको । म पनि खुसी थिए हजुरआमासँग छुट्टै बस्न पाउने भएँ भनेर । त्यहाँ स्कुल जान एक घण्टा मात्र हिँड्नुपर्छ भन्दा म झन् बढी खुसी भएकी थिएँ ।  

म ५ कक्षामा भर्ना हुन नयाँ स्कुल गएँ । न त शिक्षकहरू चिनेकी थिएँ, न त कोही मिल्ने साथी थिए । स्कुल गएको पहिलो दिन मनमा निकै डर थियो । शिक्षकहरूले नयाँ विद्यार्थी भनेर खुब वास्ता गर्थे मलाई । पहिलो दिन त मेरो घरतिरको एकजना दिदीलाई घर पु¥याइदिनु भनेर जिम्मा लगाइदिएका थिए । तर बिस्तारै घरनजिकका साथीहरूसँग परिचय गरेर उनीहरूसँगै स्कुल जाने–आउने गर्न थालें ।

मलाई लागेको थियो म हजुरआमासँग बस्दा पनि आमाको जस्तै माया पाउँछु भन्ने । त्यसैले त खुब फुर्केकी थिएँ म । आमासँग हँुदा जस्तै खेलेर र पढेर दिन बिताउँछु भन्ने लागेको थियो मलाई । तर मेरी हजुरआमाको मप्रतिको व्यवहार र आमाको व्यवहार बिल्कुल फरक थियो । उहाँले त मलाई काम गर्न राखेको केटीलाई जस्तै व्यवहार गर्न थाल्नुभयो ।

म भर्खर ११ वर्षमा प्रवेश गरेकी थिएँ । घरमा हुँदा मलाई भाइ हेर्नेबाहेक केही गर्नुपर्दैनथ्यो । मलाई काम गर्न पनि केही नआउने । जब म आमाको काखबाट छुट्टिएँ त्यही बेलाबाटै मेरा दुःखका दिन सुरु भइसकेका रहेछन् ।

मलाई हजुरआमादेखि एकदम डर लाग्न थाल्यो । मेरो पढाइ, मेरो बालापन सबै हराए । मेरो ध्यान पढाइतिर भन्दा पनि कामतिर जान थाल्यो । कहिले घाँस काट्ने त कहिले भान्सा सम्हाल्ने । बिहान उठेर पनि घरको सबै काम भ्याउनुपर्ने । अनि मात्र स्कुल । स्कुलबाट फर्केपछि पनि फेरि त्यही मेलो । एउटा काम बिगार्दा महाभारत सुन्नुपर्ने ।  

शनिबारको दिन सबै साथीहरू जम्मा भएर चउरमा खेल्न जान्थे तर मलाई घरको काम सम्हाल्न र सक्काउनमै ठिक्क हुन्थ्यो । हजुरआमाको अनुमतिबिना कतै निस्किन नपाइने । मत पिँजडामा राखिएको सुगा जस्तै भएँ । घरको कामदेखि लिएर बजारबाट सामान ल्याउने कामसम्म सबै मेरै हुन्थ्यो । अझ खेतीपाती स्याहार्ने समयमा त २/४ दिन स्कुल बिदा नै लिएर बस्नुपर्ने ।

म स्कुल बिदा भएको बेला मात्र आमालाई भेट्न जान पाउँथे । आमाले पनि सबै काम सम्हाल्नु पर्दा मलाई भेट्न आउन पाउनुहुन्थेन । फोन पनि थिएन कुरा गर्न । म अत्तासिन्थें, भेट्न मन लाग्दा पनि भेट्न जान नपाउँदा । जब आमा भएको ठाउँमा पुग्थें, मलाई हजुरआमा भएको ठाउँमा फर्केर पनि जान मन लाग्दैन थियो । आमा, दिदी, दाइसँग २/४ दिन बसेर फर्किहाल्नुपथ्र्यो ।

हजुरआमा मेरो बाबाको कान्छी आमा । सायद त्यसैले पनि होला मलाई सौतेनी आमाको व्यवहार देखाएको । म यही सम्झिन्थें र मन बुझाउँथें । तर उहाँको अगाडि मैले कहिल्यै आँसु देखाइनँ । देखाउन मन पनि लागेन मलाई । रुन्थें त एकान्तमा गएर । अरू साथीहरूका आमाबाबाले गरेको माया र व्यवहार देखेर मलाई आमाको याद निकै आउने गथ्र्यो । यही महसुस हुन्थ्यो कि म पनि आमासँगै बस्न पाएको भए यस्तै गरी माया पाउँथें, यसरी नै पढ्ने थिएँ  ।

मलाई हजुरबुबाले भने अधिक माया गर्नुहुन्थ्यो । हजुरआमाको व्यवहार सबै थाहा थियो उहाँलाई । तर पनि मेरो पढाइ र भविष्य सम्झेर होला मलाई आफूसँगै राख्ने आँट गर्नुभएन । हजुरबुबालाई मेरो र पढाइको निकै चिन्ता थियो । उहाँ मलाई तीन÷तीन महिनाको फरकमा भेट्न जानुहुन्थ्यो ।  

म कक्षा सातमा पढ्दै थिएँ । परीक्षा आउन एक महिना मात्र बाँकी थियो । एकदिन सर्पले डस्न खोज्दा म भाग्न खोजें, त्यही बेला म ढुंगामा लड्न पुगेछु । मलाई सर्पले त डसेन तर घुँडामा गहिरो चोट लाग्यो । नजिकै मेडिकल थियो तर पनि मेरी हजुरआमाले मलाई तत्काल मेडिकल लग्नु भएन । तीन दिनपछि जाँदा मेरो घाउमा टाँका लगाउन मिलेन । मेरो घाउ निको हुन निकै समय लाग्यो, त्यही कारण एक महिनासम्म स्कुल जान सकिनँ । मेरो ७ कक्षाको परीक्षा बिग्रियो ।

हजुरबुबा मलाई भेट्न आएको बेला मेरो स्कुल जानुभयो । म गणितमा पहिलेबाटै अलिक कमजोर थिएँ । फेरि परीक्षा पनि त्यही बेला नै बिगे्रको । सरले मेरो पढाइका बारेमा सबै भनिदिनुभएछ । हजुरबुबाले मलाई घरमा आएपछि निकै गाली गर्नुभयो । तर उहाँलाई थाहा थियो कामले गर्दा म पढ्नै पाउँदिन भन्ने । तर पनि हजुरबुबाले गरेको गाली मलाई हजुरआमाको जस्तो तीतो लागेन ।

मैले हजुरआमालाई जति नै आफ्नो ठाने पनि उहाँले मलाई कहिल्यै आफ्नो ठान्नुभएन । मैले उहाँको गाली नखाएको र नरोएको सायद दिन नै हुन्थेन होला । कहिले त रातिसम्म पनि गाली नै सुनेर बस्नुपर्ने । त्यो मेरो बाध्यता थियो । हजुरआमाको यस्तै व्यवहारले गर्दा हजुरबुबा पनि छुट्टिएर बस्नुभएको थियो । अंकल अन्टी छोराछोरी लिएर काठमाडौंतिर ।

हजुरआमाको नजरमा म जति नै नराम्रो भए पनि, उहाँले माया नगरे पनि छिमेकीले एकदम माया गर्थे मलाई । जस्तोसुकै दुःखमा पनि छिमेकीको माया र साथ पाएकी थिएँ । हजुरआमाको व्यवहारले म त्यहाँबाट निस्केर हिँड्न पनि सक्थें तर मेरो पढाइ र भविष्यलाई सम्झेर कहिल्यै त्यसो गरिनँ । जे–जे भए पनि सहेरै बसें ।

हजुरआमासँग बिताएका मेरा खुसीका दिन भन्ने बिरलै होलान् । मैले उहाँलाई जति नै खुसी बनाउन खोजे पनि कहिल्यै सकिनँ । हजुरआमाको गाली र पिटाइका कारण म आठ कक्षामा पढ्दा संसार नै छोड्छु भनेर निस्केकी थिएँ तर खै के कुराले छेक्यो मलाई । मैले आत्महत्या गर्न सकिनँ ।  

तीन वर्षसम्म सँगै बसेपछि मैले हजुरआमाको हरेक व्यवहारलाई औंल्याउन सक्ने भएकी थिएँ । घरको सबै काम र व्यवहार सम्हाल्न सक्ने भएकी थिएँ । हजुरआमाको गाली खाने त मेरो आदत बनिसकेको थियो । तर आठ कक्षाको पढाइपछि भने मलाई त्यहाँ बस्नै मन लागेन । हजुरबुबालाई भनें । तर हजुरबुबाले मेरो कुरै मान्नुभएन । उल्टै मलाई सम्झाउनुभयो । दुई वर्ष जसरी पनि त्यहीँ बसेर पढ्नुपर्छ भनेपछि मैले हुन्छ नै भनें ।

जब नौ कक्षाको पढाइ सुरु भयो मैले त्यहाँ बिताउनुपर्ने दुई वर्षका दिनहरू गन्दै बस्न थालें । त्यो दुई वर्ष भर्खरै बिते पनि हुने जस्तो लाग्थ्यो मलाई । म हजुरआमाको व्यवहारले आजित भइसकेकी थिएँ ।

सानैदेखि बन्धनमा बाँधिएर हो कि मलाई घुम्ने, डुल्ने र रमाउने बानी नै परेन । साथीहरू घुम्न जाँदा पनि म घरमै घरको काम गर्थें । जति उमेर बढ्दै गयो मलाई कामको भारीले उति नै च्याप्दै थियो । दसैंको बेला सबै घर म एक्लैले लिपपोत गरेर भ्याउनुपर्ने । अनि हजुरआमाले भनेअनुसार अरूको मेला पनि पुग्नुपर्ने ।

आठ कक्षादेखि आठ बजे स्कुल पुग्नुपर्ने थियो, ट्युसनका लागि । घरबाट सात बजे हिँड्नुपर्ने । बिहान उठेर खाना सबै तयार गर्नुपथ्यो मलाई । अनि अलिकति घाँस पनि काटिदिनुपर्ने । दुई वर्षसम्म बिहान उठेर खाना बनाउने अनि घाँस काटेर मात्र स्कुल जानुपर्ने मेरो दैनिकी बनेको थियो । बेलुका आएर खाना बनाउन र सबै काम सक्काउँदा करिब १० बज्ने भयो। पढ्ने समयको कुनै टुंगो थिएन मेरो । हजुरआमालाई मेरो पढाइभन्दा घरको काम र दाउरा घाँस नै प्यारो थियो ।  

हजुरआमा निकै चुरोट खाने । उहाँलाई दैनिक बीस रूपैयाँको चुरोट खान पैसा हुन्थ्यो तर मलाई कपी कलम किन्न कहिल्यै पैसा भएन । यसमा मलाई निकै नरमाइलो लाग्थ्यो । कहिलेकाहीँ आवश्यक परेर मागे पनि गाली गर्नुहुन्थ्यो । मेरो ट्युसन फिदेखि लिएर सबै खर्च हजुरबुबाले नै व्यहोर्नुहुन्थ्यो । साथीहरूले जस्तो क्यान्टिनमा खाजा खाने हैसियत थिएन ममा, मैले घरबाटै खाजा बनाएर लैजान्थें ।

हजुरआमाको व्यवहारले मलाई व्यावहारिक बनाउँदै लगेको थियो । एउटी नातिनीलाई होइन बुहारीलाई गरिने व्यवहार गरिएको थियो ममा । म बसेर नै सबै, सम्पत्ति सकिए जस्तै गर्नुहुन्थ्यो उहाँ । तँ गएपछि एक्लै बस्न पाउँछु, एक्लै रमाउँछु भन्दा चाहिँ साह्रै नरमाइलो लाग्थ्यो मलाई । तर पनि मैले उहाँसँग पाँच वर्ष बिताएरै छाडें । उहाँले गरेको व्यवहार जति नै क्रूर भए पनि मेरो मनोबल कहिल्यै गिरेन । जब एसइई नजिकिँदै थियो यो ठाउँमा बस्ने दिन सकिए भन्ने खुसी पनि नजिकिए जस्तै लाग्थ्यो मलाई ।

बुढ्यौलीपनाले छुँदा पनि हजुरआमा कहिल्यै परिवर्तन हुनुभएन । उहाँले यो मेरो सहारा हो भनेर कहिल्यै सोच्नुभएन । मेरा साथीहरूको तुलनामा मेरो बाल्यकाल बिल्कुल फरक थियो । साथीहरूको बालापन हाँसोमा बित्यो त मेरो आँसुमा । 

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस