अधुरो प्रेम
०२ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
अधुरो प्रेम

२०७४ साल जेठ ९ गते । मैले फेसबुक खोेलेको पहिलो दिन । फेसबुकमा नाम राखिएको थियो काजल । पहिलो दिन भएर होला मनमा उत्साह थपिएको थियो । चलाउन जानेको त थिएन तर पनि सिक्दै थिएँ । साथीभाइको कुरा सुन्दा चलाउदै भनेको थिएँ तर आज उत्साहको साथमा चलाउन लागेको थिएँ ।  

तर त्यो दिन खै जिन्दगीले कुन मोड लियो । म जानी नजानी फेसबुक चलाउन थाले । भर्खरै सुरू गरेकाले गर्दा दिनको ४÷५ घण्टा फेसबुकमा नै विताउन थाले । चलाउने र सिक्ने क्रममा धेरैलाई ‘फे्रन्ड रिक्वेष्ट’ पठाए धेरैले ‘रिक्वेष्ट एसेप्ट’ गरे मैले सबैलाई चिन्थेन् ।  

फेसबुक खोलेकोे चार÷पाँच दिनमै मेरा धेरै साथी भइसकेका थिए । सुरुसुरु भएर होला फेसबुकमा म्यासेज आएजतिका सबैको रिप्लाई दिन्थे । तिनैको विचमा एकजनासँग चाँहि अलि बढी कुरा हुन थाल्यो मेरो । उसको नाम थियो लिगल । घर चाँही अर्घाखाँची भएपनि बुटवल बसेर पढ्नुका साथसाथै काम गर्ने ।

मेरो घरपनि अर्घाखाँची नै प¥यो । एउटै गाउँठाउँको भएर होला धेरै लामो कुराकानी ग¥थ्र्यौ हामी । उसंग बोल्न मन लागिराख्थ्यो । फोटो साटासाट भयो फेसबुकमै । पहिला त कहाँ देखेको चिनेको जस्तै लाग्थ्यो । पछि सबै सोधेपछि थाहा भयो उसको घर म पढेको स्कुल नजिकै रहेछ । तर कस्तो विडम्वना चिनजान चाँही फेसबुकबाट भयो ।  

उसको र मेरो कुरा जेठ १३ बाट सुरू भएको थियो । तर घनिष्टता चाँही एकदम पुरानो जस्तो लाग्थ्यो । हाम्रो दैनिक कुरा हुन्थ्यो । फेसबुकमा मात्र कुराले हाम्रो चित्त बुझेन र हामी फोन नम्बर साटासाट पनि ग¥यौं ।  

उसले फोन गर्यो मैले उठाँए । उ सँग फोनमा बोलेको पहिलो दिन म निकै खुसी थिए । उसको मिठो बोलीले मलाई झन् उ तिरै आर्कषित गर्दै थियो ।  

कुरा गर्न थालेको पाँच÷सात दिनमै उ मेरो मनको नजिकै पुगिसकेको महशुस हुन्थ्यो । सायद मैले उसलाई आफ्नै ठानिसकेकी थिए । मलाई लाग्थ्यो उ नै मेरो जिन्दगी भरको साथी हो, मेरो जिवन साथी । मलाई साँचो माया गर्ने मान्छे ठाने । उसको आवाज एकदिन सुन्न पाएन भने नरमाइलो लाग्थ्यो । के नभए–नभए जस्तो लाग्थ्यो । बिस्तारै–बिस्तारै उसको मायामा डुब्न थाले । कतिसम्म डुब्न पुगेछु मलाई पत्तै भएन् ।  

हाम्रो कुराहुन थालेको पनि तिन महिना बित्यो । सधै मायाको कुरा हुन्थ्यो । कहिले हामी विचमा झगडा भएन । तर, एकदिन अचानक झगडा प¥यो । कारण थियो फेसबुक । दुईदिन सम्म त हामी बोल्दै बोलेनउ । तर मेरो मनमा उसकै याद थियो । आफुलाई नबोलेर बस्नै नसक्ने महशुस हुन थाल्यो । मैले बुझे । म उ विना बाँच्न सक्दिन र खुसीका साथ रमाउन पनि सक्दिन् । मलाई त्यो दुई दिन दुई वर्षजस्तै लागेको थियो ।  

मैले उसलाई नै सबथोक मानेकी थिए । उ सँगै सारा जिन्दगी विताउने सपना देखेकी थिए । उ मेरो पहिलो र आत्मिय प्रेम थियो । अरु कसैलाई नगरेको अगाध प्रेम गरैकी थिएँ । समय वित्दै गयो । हामीमा भेट्ने उत्साह पनि बढ्दै गयो । २०७४ सालकै दशैंभन्दा अगाडि नै भेट्ने कुरा थियो हाम्रो ।  

उसको काम प¥यो । मलाई भेट्न आउन पाएन् । दशैंमा घर पनि जान पाएनन् । उ निकै निराश भएजस्तो लाग्यो मलाई । म पनि निराश नै थिए किनकी उसको दुःखमा म कहाँ रमाउन सक्थे र । मलाई पनि दशैंमा घर जान मन लागेन काठमाडौंमा नै बसे । उसको दशैं बुटवलमा मेरो भने काठमाडौंमा ।

दशैं सकिएपछि हाम्रो ६ महिनादेखिको भेट्ने सपना पुरा हुदै थियो । जिन्दगीभर साथ दिने सोचेको र रोजेको मान्छेसँग भेट हुन पाउँदा मेरो खुसीको सीमा थिएन् । उ पनि म सँग निकै खुसी थियो । मलाई भेट्नकै लागि भनेर दुई दिनको विदा लिएर आएको थियो । छोटो समय भएपनि म उसलाई देख्न पाउदा र सगैं रमाउन पाउदा म निकै खुसी थिए । उसलाई भेटेपछि मैले देखेका सपना पनि पुराहुने विश्वास बढेको थियो ।  

म कक्षा ११ मा पढ्थे । विहानको कलेज । काम पनि केही गर्थेन् । दिनभर घरमै हुन्थे । खाली उसकै यादमा अनि उसकै फोनको प्रतिक्षामा बिसिरहन्थे । उसले पनि आफूलाई अनुकुल भएको बेला फोन गथ्र्यो । उसको फोन नआउँदा म आत्तिने गर्थे अनि आफै फोन गर्थे । तर कहिलेकाँही उसको फोन कल ओइटिङमा देखाउँदा मेरो मुटु नै चिसो हुन्थ्यो ।  

उसलाई मैले हदभन्दा पनि बढी माया गरेकी थिएँ । उसले पनि खुव मायाको आभास दिलाएको थियो मलाई । एकदम रमाइलोका साथ वितेको थियो हाम्रो दिनहरू । भेटेको तीन महिना वितेछ । कुराकानी हुन लागेको नौ महिना । नौ महिनापछि अफिसबाट घर जाने बिदा पाएछ । १५ दिनको विदा थियो । मलाई नभेटि घर नजाने कुरा ग¥यो । मैलाई पनि फेरि भेट्न मन लागेको थियो । नाँइ भनिन् । काठमाडौं आउने भयो । दोस्रो पटक भेटेको थिए उसलाई । म खुसीले प्रफुल्ल थिएँ । मेरा सबै चाहना पुरा भएको थियो । म उसको साथ पाउँदाको खुसीको बयान नै गर्न सक्दिन् ।  

दिनहरु खुसीका साथ बितिरहेका थिए । जिन्दगी पनि निकै खास लाग्दै थियो मलाई । तर उसको फोन व्यस्त भएको सम्झिदा नरमाइलो लाग्थ्यो मलाई । ममा केही शंका उब्जियो । हामीहरूको विचको सम्बन्ध पतिपत्नि जस्तो थियो । केही लुकाउनु पर्थेन् । त्यही सम्झेर मैले उसको फेसबुक पासवर्ड मागे । उसले मलाई आइडी र पासवर्ड दियो । पासवर्डमा पनि मेरै नाम रहेछ ‘काजल’ । मेरो नाम राखेको थाँहापाउदा एकदमै खुसी भए । मैले उसको फेसबुक खोले । त्यो दिन मलाई मैले फेसबुक खोलेको पहिलो दिनजस्तै जाँगर चलेको थियो ।  

मैले उसको फेसबुकमा भएका उसका सबै च्याटहरु एकएक गर्दै हरे । हेर्दैमा मेरो पुरै दिन वित्यो । उसका च्याटहरु जति हेर्दै गएँ उति नै मेरो मन जल्दै थियो । उसको म जस्ता भेट्ने बोल्ने र मायामा आभास दिलाउने मान्छे त कति रहेछन् कति । म सँग जस्तै धेरैजना सँग सँगै जिउने मर्ने कसम खाएको रहेछ उसले । म उसको लागि केही पनि रहेनछु मात्र स्वार्थ बाहेक । मेरा आँखा आँसुले भरियो । हात काप्न थाले तर मन भारी भयो तरपनि उसको च्याटहरु हेर्न छाडिन् ।

त्यो दिन मेरो लागि कालो दिन थियो । मैले उ सँग देखेका सपनाहरु क्षणभरमै विलिन भए । सबै सिसा जस्ते फुटेर चक्नाचुर भयो मेरो मन ।  

मलाई मेरा पलभरका खुसी नै समाप्त भएजस्तै लाग्यो । तर म उसलाई चाहेर पनि भुल्न सक्दिनथे । उ मेरो पहिलो प्रेम थियो, मनले अपनाएको मान्छे । मलाई न साथीहरूको वास्ता भयो नत पढाईको नै । ती च्याटहरु सम्झने वित्तिकै मेरा आँखा भरिन्थ्ये आँसुले । मेरो मनको साहारा नै आँसु बन्न पुग्यो । आफ्नो मुटुलाई दह्रो बनाएर सम्हाल्न खोज्दै थिए । मैले उ सँग विवाह र भविष्यमा गर्न चाहेका कुराहरू भनेको थिएँ । उसले कुनै वास्ता गरेन् कारण त बल्ला थाहा पाएँ । उसले साचो माया नै गरेको रैनरै’छ । उसको त सम्बन्ध स्वार्थ र आफ्नो इच्छा पुरा गर्ने मात्र रै’छ ।  

मैले उसलाई बिर्सन सकिरहेकी थिएँ । तर हरपल उसको याद आउथ्यो । उसका नराम्रा कुरालाई मात्र सम्झन थाले । उ सँगको सम्पर्क घटाए । उसको माया अनि म सँग गरेका बाचा सबै नाटक सम्झेर भुल्न थाले ।

उसको त्यो स्वार्थी प्रेम र बाचाले मैले पाठ सिकेको थिएँ । उसले त मात्र समय विताउन खोजेको रहेछ म सँग । तर त्यति डिलो नि भएको थिएन् समयमै उसको चरित्र थाहा पाएको थिए । पछि मैले मेरा मनमा लागेजतिका कुरा भने उसलाई । हाम्रो सम्बन्ध अहिलेसम्मको लागि रहेछ अब हामी आफ्नो–आफ्नो खुसी गर्नुपर्छ भनेर छुट्टिने प्रस्ताव राखे । उसको पनि चाहना त्यही रहेछ । 

एकैबचनमा सहमति जनायो । त्यो दिनबाट उ सँग न त फोन भयो न त म्यासेज नै । मैरा सपना पनि सम्बन्धसँगै सकियो । अहिले उ कहाँ छ त मलाई थाहा छैन तर अझै पनि उ म जस्तै थुप्रै पे्रमीहरुसँग सँगै बाँच्ने मर्ने कसम खाँदै होला, बाचा गर्दै होला, मायाको अनुभूति दिलाउँदै होला जस्तै लाग्छ । यो सबै काल्पनिक पात्र हाे । 

लोकप्रिय
अर्को समाचार
अपुरो-अधुरो
१३ माघ २०७८
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
अपुरो-अधुरो

त्रिविक्रम पाण्डे

केही वाचा अधुरो रह्यो,

केही कसम अधुरो रह्यो।

मुहारबाट प्रस्फुटित प्रश्नबिना,

हरेक उत्तर आखिर अधुरो रह्यो।

केही गीत÷गजल अधुरो रह्यो,

केही भाव-विचार अधुरो रह्यो।

मनले चाहेझैं तिमीमाथि नलेखी,

मेरो कविता यहाँ अधुरो रह्यो।

केही पल अधुरो रह्यो,

जस्तो कि चन्द्रमा अधुरो रह्यो।

निद्रा नआउँदा यी आँखामा,

मेरो सारा सपना अधुरो रह्यो।

केही सुवास अधुरो रह्यो,

कुनै बगैंचा अधुरो रह्यो।

रसिलो सुगन्धबिना वातावरण,

हर ऋतु÷याम अधुरो रह्यो।

केही छटपटी अधुरो रह्यो,

केही पीडा अधुरो रह्यो।

प्रियतमा तिम्रो प्रीतबिना,

मेरो प्रेम सधैं अधुरो रह्यो।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
अधुरो मुहारचित्र १५ चैत्र २०८१ ११ मिनेट पाठ
‘ट्रान्सम्यान’ को अधुरो प्रेम कहानी १२ जेष्ठ २०८१ ७ मिनेट पाठ
गीति फिल्म-कागजको फूल
गीति फिल्म-कागजको फूल ०१ मंसिर २०८२ १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस