कलाकार काजी राना अभिनित गीति फिल्म ‘कागजको फूल’को टेलर सार्वजनिक भएको छ । यसको रिलिज आगामी शनिबार हुनेछ ।
युवा पुस्तालाई लक्षित गरी तयार गरिएको सांगीतिक सामग्रीमा पुरानो पुस्ताको कथा र माया पिरतिको परिदृश्य बुनिएको छ ।
पूर्व पाँचथरको फालेलुङ गाउँपालिकाको प्राङबुङमा पाँच दिन लगाएर सुटिङ गरिएको यो गीति फिल्ममा काठमाडौंबाट गएका दुई कलाकार काजी राना र विमला लिम्बूबाहेक स्थानीय कलाकारको अभिनय छ ।
ग्रामिण बस्ती र गाउँको झल्को दिन सबै गाउँलेलाई कलाकारका रुपमा प्रस्तुत गर्दा २० जनाले १३ मिनेटको भिडियोमा अभिनय गरेका छन् । गीतमा शब्द, संगीत र स्वर रेज लिम्बूको छ ।
युवा पुस्तालाई लक्षित गरी तयार पारिएको गीतमा परिदृश्य पुरानो नेपालको छ । लोक जनराबाट सुरु हुने गीत समापन सम्म पुग्दा पप जनरामा पुग्छ । तर दर्शकले हेर्दा गीतको जनरा परिवर्तन भएको थाहा नपाइ कथाले मागेको भागको रुपमा लिने विश्वास अभिनेता रानाको छ ।
रानाले भने, ‘हामीले युवा पुस्ताको रोजाइलाई संगीतमा प्रस्तुत गरेका छौँ । परिदृश्य डिजिटल नेपालभन्दा अघिको छ । जहाँ बिजुली बत्ती नहुँदा, मानिस बाहेक कुनै सञ्चारमाध्यम नहुँदाको समाजलाई देखाउँन खोजिएको छ।’
अधुरो बालप्रेमको कथा सांगीतिक रुपमा बुनिएको छ । रानाले समग्र भिडियो कथालाई सारांशमा भने, ‘यो भिडियो अधुरो बाल प्रेम भन्दा पनि हुन्छ । सानैमा गाउँ छाडेर गएको बालक २० वर्षपछि आउँदा बाल प्रेम पुन: अंकुरण हुन्छ । तर फेरि उसले छाडेर जान्छ । यो नै कथाको सार हो ।’
प्रेमिल वियोगान्तको कथाले एक पटक दर्शकको मन जित्ने अपेक्षा रानाको छ ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।