काठमाडौं निवासी युवाती तथा महिलाहरूको कला तथा कौशललाई बाहिर ल्याउने उद्देश्यले आयोजित ‘क्यापिटल क्विन नेपाल २०२६’ को उपाधि अनिशा खड्काले जितेकी छिन्।
शनिबार काठमाडौंमा आयोजित उक्त सौन्दर्य प्रतियोगिताको दशौँ संस्करणमा अनिता थापा अर्याल ‘फर्स्ट रनरअप’ र अस्मिता तिमल्सिना 'सेकेन्ड रनरअप' हुन सफल भएका हुन्। हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित यस प्रतियोगितामा विवाहित तथा अविवाहित विभिन्न पेसामा सम्लग्न नारीहरूलाई करिब २१ दिनसम्म विशेष प्रशिक्षण दिइएको थियो।
प्रतियोगिहरूलाई वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षण तथा कोरियोग्राफीमा व्यक्तित्व विकास, बोलीचाली अभ्यास, क्याटवाक, फोटोसुट र भिडियो सुटका साथै आकर्षक ओपनिङ थिम नृत्यसमेतको प्रशिक्षण दिएको थियो। विविध चरणहरू पार गर्दै निर्णायकहरूको प्रश्नोत्तर चरणबाट विजेता तथा उपविजेताहरूको चयन गरिएका हुन्।
यसमा विभिन्न उपविजेताहरूको पनि घोषणा गरिएको थियो। जसअन्तर्गत मिमिता थापाले ‘मोस्ट स्मार्ट’, अस्मिता तिमल्सिनाले ‘मोस्ट एक्टिभ’, अनिशा खड्काले ‘मोस्ट डाइनामिक’ र अनिता थापा अर्यालले ‘मोस्ट कन्फिडेन्ट’ को शीर्षक हात पारे।
त्यसैगरी, नविनाकुमारी ओलीले ‘बेस्ट फोटोजेनिक’ र ‘मोस्ट पपुलर’, प्रेमीशा गजमेरले ‘बेस्ट ट्यालेन्ट’, पवित्र गोलेले ‘बेस्ट पर्सनालिटी’ एवं अन्जना श्रेष्ठले ‘मोस्ट चार्मिङ’ उपाधि जितेका छन्। त्यस्तै सबिता तोलानी ‘मोस्ट डेडिकेटेड’ तथा प्रविना कुमाल ‘मोस्ट डेलिजेन्ट’ र ‘बेस्ट मल्टिमिडिया’ घोषित भए।
कार्यक्रमको निर्णायक मण्डलमा मिसेस ग्लोबल नेपाल २०२६ सब्या महर्जन, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा, क्यापिटल क्विन नेपाल २०२३ लक्ष्मी भुसाल, मिस्टर ह्यान्डसम नेपाल तथा मोडल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।