डिजिटल कुलत
२४ साउन २०८३
१ मिनेट पाठ
संग्रह
Email
ईमेल
डिजिटल कुलत

“छोरा! अलिकति यता आऊ त, यो औषधिको नाम पढिदेऊ,” ७० वर्षका बुवा रामबहादुरले आँखा धमिलो बनाउँदै छोरा विशाललाई बोलाए।

विशाल भने ओछ्यानमा ढल्केर मोबाइलको कि-प्याडमा औँला चलाइरहेको थियो।

टिकटकको म्युजिकसँगै उसको टाउको हल्लाई प्रष्टै देखिन्थ्यो। बुवाको आवाज सुनेर उसले झर्कँदै भन्यो, “धत बुवा! जुम गरेर हेर्नु न, म यहाँ ‘भाइरल भिडियो’ बनाउँदै छु क्या। फेरि मेरो रिच घट्छ!”

घरको एउटा कुनामा हजुरआमा खोकिरहेकी थिइन् तर विशाललाई त्यसको कुनै वास्ता थिएन। उसलाई त सामाजिक सञ्जालको लाइक, कमेन्ट र फलोअर्सको मात्र चिन्ता थियो।

राति अबेरसम्म अनलाइन गेममा झुम्मिने र बिहान ढिलो उठ्ने उसको दिनचर्या बनिसकेको थियो।

साथीहरूसँग भेट्दा पनि संवाद हुन्नथ्यो, सबै जना आआफ्नै मोबाइलका स्क्रिनमा व्यस्त हुन्थे।

एकदिन रामबहादुर अचानक छाती दुखेर भुइँमा ढले। हजुरआमा …गुहार बचाऊ भनेर चिच्याइन्।  

विशाल दौडेर आयो तर बुवालाई अस्पताल लैजानुको सट्टा उसले गोजीबाट मोबाइल निकाल्यो र भिडियो खिच्न थाल्यो, “हेर्नुस् साथीहरू, मेरो बुवालाई हृदयघात भयो। सबैले प्रार्थना गरिदिनुहोला! प्लिज लाइक र सेयर!”

छोराको यो कृत्य देखेर अर्धचेत अवस्थाका रामबहादुरको आँखाबाट आँसु खस्यो। हजुरआमाले रुँदै भनिन्, “ विशाल! तेरो बाउलाई छिटो अस्पताल लैजान जरुरी छ। तेरो फेसबुकको स्टोरी होइन। सामाजिक सञ्जालले तिमीहरूलाई मान्छे त बनाएन छ, कम्तीमा दयालु पशुसम्म बनाइदिएको भए हुन्थ्यो!”

हजुरआमाको तीतो कटाक्षले विशालका हातबाट मोबाइल खस्यो तर त्यतिबेलासम्म विशालका बुवा कृतिशेष भइसकेका थिए। हजुरआमा बुढेसकालको सहारा गुमेकोमा छाती पिटीपिटी रुँदै थिइन् तर विशाल न बोल्न सक्यो न उसले भुइँमा खसेको मोवाइल टिप्न नै सक्यो।

अर्को समाचार
डिजिटल कुलतबाट आफू र बालबालिका बचाउन हेर्नै पर्ने चलचित्र ‘झिल्को’
२६ वैशाख २०८२
६ मिनेट पाठ
संग्रह
Email
ईमेल
डिजिटल कुलतबाट आफू र बालबालिका बचाउन हेर्नै पर्ने चलचित्र ‘झिल्को’

जसरी सानो ‘झिल्को’ ले ठूलो आगलागी निम्त्याउन सक्छ, त्यसरी नै डिजिटल कुलतको सानो लतले व्यक्ति, समाज र परिवारमा गम्भीर असर पार्न सक्छ। ‘झिल्को’ चलचित्र यही यथार्थमा आधारित छ। यसले डिजिटल कुलतको सूक्ष्म रूप र त्यसले पार्ने प्रभाव मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।

आज मोबाइल हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ। एक समय सम्पर्कको माध्यम मात्र रहेको मोबाइल अहिले हाम्रो जीवनशैलीलाई नै निर्देशित गर्ने शक्तिशाली औजार बनेको छ। दुःखको कुरा, यसको कुलतमा बालबालिका पनि फस्दै गइरहेका छन्। ‘झिल्को’ ले यही ज्वलन्त समस्या उजागर गरेको छ।

निर्देशक यादव भट्टराईले बालबालिकामा बढ्दो डिजिटल कुलतको गम्भीर समस्या चलचित्र ‘झिल्को’ मार्फत उजागर गरेका छन्। आजभोलि खाना खानुभन्दा अगाडि मोबाइल चलाउने, अनलाइन गेम खेल्ने र युट्युबमा ‘भिडियो’हरू हेर्ने बानी बालबालिकाका लागि सामान्य जस्तै भइसकेको छ।

चलचित्रमा यिनै विषयवस्तु र त्यसले पार्ने असर कलात्मक रूपमा प्रस्तुत गरिएको छ। यस चलचित्रमा आयुषी ढकाल, विशाल पोखरेल, वर्षा सिवाकोटी र सुनिल पोखरेल जस्ता कलाकारले सशक्त अभिनय गरेका छन्, जसले कथालाई जीवन्त बनाएको छ।

अभिभावकहरूले पनि बालबालिकाको मोबाइल प्रयोग सामान्य ठानेर बेवास्ता गर्दा भविष्यमा यसले कस्तो गम्भीर रूप लिन सक्छ भन्ने ‘झिल्को’ चलचित्रले चित्रण गरेको छ।

चलचित्रमा एक पत्रकारको सुखी र खुसी परिवारको कथा छ, जहाँ उनको श्रीमती र छोरी छिन् तर यही सुखी परिवारमा डिजिटल कुलतको सानो ‘झिल्को’ कसरी सल्किन्छ र त्यसले कस्तो असर पुर्‍याउँछ भन्ने कुरा चलचित्रमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ। यसले समयमै सचेत नभए परिवारमा आउन सक्ने सम्भावित खतरा उजागर गर्छ।

प्रविधिमैत्री यो समयमा डिजिटल कुलतबाट आफू जोगिनु र आफ्ना बालबालिकालाई जोगाउनु एउटा ठूलो चुनौती बनेको छ। सुरूमा सामान्य लाग्ने यो लतले भविष्यमा परिवार मात्र नभई सामाजिक सम्बन्धमा समेत नकारात्मक असर पार्न सक्छ भन्ने कुरा ‘झिल्को’ चलचित्रले स्पष्ट रूपमा देखाएको छ।

टेलिशृङ्खलाबाट चलचित्रमा प्रवेश गरेका अभिनेता पोखरेलले यस चलचित्रमा काम गर्दा आफूले डिजिटल कुलत जस्तो महत्त्वपूर्ण विषयमा नयाँ ज्ञान पाएकाे बताए।

“अहिले मैले आफूलाई डिजिटल कुलतबाट केही भए पनि बाहिर ल्याउन सकेको जस्तो लागेको छ। यो चलचित्रमा अभियन गर्नुअघि र अहिलेको सोचमा निकै परिवर्तन आएको छ। यसबाट हामीभन्दा नयाँ पुस्ता र विशेषगरी बालबालिकालाई बचाउनु जरूरी छ। म आफैँले पनि पछिल्लो समय दिनचर्यामा परिवर्तन ल्याएको छु”, उनले भने।

अभिनयको सुरू समयमा अभिनेता पोखरेलले ‘जीवनचक्र’ जस्तो स्वास्थ्य विषयमा आधारित टेलिशृङ्खलामा काम गरेका थिए तर, डिजिटल कुलतको विषयमा उनले समेत बुझेको रहनेछ। टेलिशृङ्खलासँगै केही चलचित्रमा काम गरेका अभिनेता पोखरेललाई निर्देशक यादव भट्टराईसँग भेट्ने प्रस्ताव आयो। अभिनेता पोखरेल भने सानो पर्दा अर्थात् टेलिशृङ्खलामा काम नगर्ने सोचका साथ भेट्ने उद्देश्यले मात्र पुगे।

“मलाई टेलिशृङ्खला वा आफू देखिन मात्र काम गर्नु थिएन। किनकि मैले धेरै काम गरिसकेको थिएँ तर निर्देशक भट्टराईले डिजिटल कुलतको विषयमा चर्चा गरेपछि म नै उक्त विषयमा सोच्न बाध्य भएँ। किनकि यस्तो विषयलाई अनुसन्धान गरेर चलचित्रमा ल्याइएको छैन”, अभिनेता पोखरेलले भने।

नेपालमा पछिल्लो समय सामाजिक सञ्जाल प्रयोगकर्ता बढेका छन्। मोबाइल चलाउनु दिनचर्याको हिस्सा बनिसकेको छ। अहिले सामाजिक सञ्जालमा ‘झिल्को’ बनेर फैलिने खबरले न्यायालयभन्दा अगाडि फैसला सुनाइसक्छ। एउटा सानो श्रव्यदृश्य वा कसैले केही लेखेकै भरमा डिजिटल माध्यमले मानिसलाई गर्ने असर पनि चलचित्रले समेटेको छ।

यी सबको विषयमा जानकारी पाएपछि अभिनेता पोखरेलले आफैँ सामाजिक सञ्जालमा उपस्थिति कम गरे। आफ्नो घरमा बच्चालाई डिजिटल उपकरणसँग निकै कम पहुँच दिन थाले। यसले विस्तारै आएको परिवर्तन उनले महसुस गरेका छन्।

“अहिले मेरो घरमा राति सुत्ने बेलामा लगभग ११ बजे ‘वाइफाइ राउटर’ बन्द हुन्छ। त्यो बिहान मात्र खुल्छ। मैले सुरूमा बच्चालाई मनाउन कठिनाइको सामना गर्नुपरे पनि विस्तारै उनीहरूको दिनचर्या र शैलीमा परिवर्तन आउन थालेको छ। यो चलचित्रको उद्देश्य ‘भर्चुअल संसार’ बाट बाहिर निकालेर वास्तविक संसारमा रमाउन सिकाउनु हो। यसका लागि बालबालिका मात्र दोषी छैनन् किनकि उनीहरूलाई मोबाइलको पहुँच दिलाउने हामी अभिभावक नै हौँ”, अभिनेता पोखरेलले भने।

कोभिड–१९ का कारण भएको बन्दबन्दीमा बालबालिकाले प्रविधिको सहायताले कक्षा लिए। ‘अनलाइन क्लास’ का कारण धेरै बालबालिकासम्म मोबाइल पुग्यो तर त्यसबाट फिर्ता ल्याउन वा मोबाइलको लत छुटाउन अभिभावकले ध्यान दिएनन्। जसकारण त्यो विस्तारै लतमा परिणत भएको बुझाइ अभिनेता पोखरेलले सुनाए।

“हामीले पनि घरमा हुँदा वा बालबालिकासँग हुँदा ‘भर्चुअल वर्ल्ड’ त्यागेर उनीहरूसँग रमाउन सक्नुपर्छ। हामी मोबाइल चलाउने अनि बालबालिकालाई हुँदैन भन्ने भो भने त्यसले समाधान दिँदैन, त्यसैले हामी अभिभावक पनि सच्चिनु जरूरी छ। सुरूआत हामीबाट हुनुपर्छ अनि त्यसको नतिजा राम्रो आउँछ”, उनले भने।

मिडिया फर कल्चर प्रालिको निर्माणमा तयार भएको चलचित्र ‘झिल्को’ वैशाख १९ गतेबाट देशभर प्रदर्शन हुँदै छ। उक्त चलचित्रमा निर्देशक भट्टराईसँगै अरूणदेव जोशी र देव व्रतले कथा लेखेका छन्।

डिजिटल कुलतले बालबालिकाको जीवन, पारिवारिक सम्बन्ध र सामाजिक स्वास्थ्यमा पार्ने असरमाथि केन्द्रित चलचित्रले आजको समयका यथार्थ र संवेदनशील विषयवस्तु उजागर गरेको दर्शकको भनाइ छ।

चलचित्र हेराउन केही अभिभावक बालबालिका लिएर चलचित्र भवन पुगिरहेका छन्। अर्थात् चलचित्र निर्माणको उद्देश्य केही हदसम्म पूरा हुँदैछ।

“चलचित्र हेरिसकेकाले यसलाई सपरिवार हेर्नुपर्ने धारणा राख्दै केही आफ्नो परिवार नै लिएर चलचित्र भवनमा आएको पाएका छौं। हाम्रो उद्देश्य नै यही हो। डिजिटल कुलतबारे अभिभावकले बुझे मात्र बालबालिका जोगाउन सकिन्छ। यसको विषयवस्तु विशेषगरी अभिभावकीय बेवास्ता, स्मार्टफोनको दुरूपयोग र डिजिटल प्रविधिका कारण निम्तिने पारिवारिक विखण्डनसँग जोडिएको छ। त्यसकारण यो अभिभावक र बालबालिका दुवैका लागि उपयोगी बनेको छ”, उनले भने।

नेपाली समाजका गम्भीर समस्या केन्द्रमा राखेर निर्देशक यादव भट्टराईले यसअघि ‘झोला’ र ‘भोर’ चलचित्र तयार गरेकाे बताए। नेपाली समाजमा एक समय विद्यमान अमानवीय सतिप्रथा केन्द्रमा राखेर तयार भएको ‘झोला’ र मधेस क्षेत्रको सामाजिक यथार्थमा आधारित कथामा तयार गरिएको ‘भोर’ले निर्देशक भट्टराईलाई फरक निर्देशकका रूपमा चित्रण गरिसकेको छ।

“डिजिटल कुलतले हाम्रो जीवनशैलीलाई विकृत बनाइरहेको छ। मानिसहरू परिश्रमभन्दा सजिलो मार्ग खोज्दै ‘भर्चुअल’ दुनियाँमा हराइरहेका छन्। हामी चलचित्रकर्मीको दायित्व मनोरञ्जनसँगै समाजमा असर गरिरहेको गलत प्रवृत्तिमा प्रश्न गर्नु पनि हो। मैले आफ्नो दायित्व बुझेर डिजिटल कुलतको विषय चलचित्रमा उठाएको हुँ”, निर्देशक भट्टराईले भने।

यसलाई विद्यार्थीले मात्र होइन, हरेक अभिभावक, शिक्षक, विद्यालयका प्रमुखले समेत हेर्नुपर्ने दर्शकले विश्लेषण गरेका छन्। चलचित्र हेरिसकेकाले दिएको प्रतिक्रियाले कलाकारिता यात्रामा ‘झिल्को’ ले आफूलाई सन्तुष्टि दिएको अभिनेता पोखरेलले बताए।

“मैले अभिनय गर्न खोजेको चलचित्र यही हो। किनकि मैले जसरी टेलिशृङ्खला मार्फत जनचेतना फैलाएको थिएँ, यो चलचित्र आउँदा केही वर्षसम्म देखाउन र चर्चा गर्न सकिने बनेको छ।

मैले कलाकारिता यात्रामा के गरेभन्दा ‘झिल्को’ जस्तो चलचित्र मार्फत डिजिटल कुलतको विषय उठाएको थिएँ भन्न सक्छु। यो चलचित्र विस्तारै हामीले विद्यालय र स्थानीय तहसम्म लाने छौं”, अभिनेता पोखरेलले भने।

‘झिल्को’ चलचित्रले विशेषगरी डिजिटल कुलतका कारण र त्यसले निम्त्याउने असर उजागर गरेको छ। यही कारणले पनि अभिभावकले आफ्ना बालबालिकालाई यो चलचित्र देखाउन चलचित्र भवनसम्म पुग्नु आवश्यक छ। के थाहा, चलचित्रमा देखाइए जस्तै डिजिटल कुलतको सानो ‘झिल्को’ कतै तपाईको परिवारमा त पनि सल्किरहेको छैन? यो चलचित्रले समयमै सचेत हुन र आवश्यक कदम चाल्न प्रेरित गर्छ।

-भेषराज कार्की,रासस

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ८ घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस