घातक डिजिटल कुलत
१४ वैशाख २०८१
८ मिनेट पाठ
संग्रह
Email
ईमेल
घातक डिजिटल कुलत

मानिस कर्मशील प्राणी हो। काम सँगसँगै उसलाई आराम पनि उत्तिकै आवश्यक पर्छ। निद्रा नै आराम गर्ने उपयुक्त प्राकृतिक माध्यम हो तर मान्छेले आज आफ्नो प्राकृतिक जीवनशैलीमाथि खेलवाड गरिरहेको छ। सुत्ने समयमाथिको ढिलाइ आज समाजमा देखिँदै गएको एउटा चुनौतीपूर्ण र अपेक्षाकृत नयाँ अवधारणा हो।

निद्रासम्बन्धी यो अवधारणा र व्यवहारलाई आज कतिपय परिवारले कुनै मतलब गरेको पाइँदैन र यो कुरालाई सामान्यीकरण गर्नेहरूको संख्या दिन/प्रतिदिन बढ्दो क्रममा छ। तपाईँहरूमध्ये कसैले पनि सामाजिक सञ्जालमा भेटिने रिल, भिडियोलगायतका डिजिटल सामग्रीहरू राति अबेरसम्म स्क्रोल गर्दै निद्रा बिथोलेर बस्ने गर्नुभएको छ ? यसो गर्नुभएको छ भने सम्झनूस्, तपाईँ पनि निद्रामाथिको ढिलाइ (रिभेन्ज बेडटाइम प्रोक्रास्टिनेसन) क्लबको सदस्य बनिसक्नुभएको छ। यस किसिमको व्यवहारलाई एउटा बानी वा प्रवृत्ति मात्र भन्न सकिँदैन। यो त आजको समाजको भयानक र महामारी रोग हो। निद्राको स्वतन्त्रता र आत्महेरचाहमाथिको सिधै आक्रमण पनि हो। अहिलेसम्म निद्राको ढाँचा र व्यवहारको विषयमा गम्भीर र व्यापक अध्ययन भएको छैन तर भएका अध्ययनहरूलाई आधार मानेर हेर्दा किशोर र वयष्क उमेरका मानिसमा यो रोग वनमा लागेको डढेलो जस्तै व्यापक बन्दै गइरहेको छ।

हामीले देखिरहेका छौँ, संसार हरेक कुरामा अगाडि बढेको छ तर यसरी अगाडि बढ्दै गर्दा आइपर्ने खतरा र जोखिमहरूले हामीलाई पछाडि पनि त धकेलिरहेका छन्। अनेक किसिमका चिन्ता, तनाव र विचलनबाट मुक्ति पाउन मानिसले डिजिटल मनोरञ्जनको सहारा लिएको छ। वास्तवमा यो बाटो हाम्रो विचलित मनलाई सान्त्वना दिने समाधानको अस्थायी उपाय मात्र हो। यसले समस्याको दीर्घकालीनरूपमा पूर्ण समाधान दिन सक्दैन।

आजको डिजिटल युगका कारण हरेकका व्यक्तिगत समय तालिका निरन्तर विचलित र प्रभावित हुँदै गएका छन्। उज्यालोको समयमा अन्य कार्य व्यस्तताले गर्दा त्यसैको क्षतिपूर्तिस्वरूप डिजिटल मनोरञ्जनका नाममा सुत्ने समयतालिकामाथि बदला लिन पुगेको छ। यसलाई डिजिटल दुनियाँले मानिसको सुत्ने समयमाथि गरेको विद्रोहका रूपमा बुझ्न सकिन्छ। त्यसैले डिजिटल मनोरञ्जनले मानव जीवनको कल्याणमाथि ठूलो खतरा निम्त्याएको छ। हाम्रो स्वायत्तता र विश्रामको भावनामाथि आगो लगाएको छ।

आज हामीले नचाहेरै निद्राको बलिदान गरिरहेका छौँ। यसबाहेक राति अबेरसम्म सामाजिक सञ्जालले प्रदान गर्ने क्षणिक मनोरञ्जन र सन्तुष्टि धेरैका लागि विशुद्ध मनोरञ्जन लाग्न सक्छ तर सामाजिक सञ्जालप्रतिको आशक्ति र निद्राप्रतिको अवज्ञाले मानिसको शारीरिक र मानसिक स्वास्थ्यमा अनि जीवनको गुणस्तरमा गहिरो नकारात्मक परिणामहरू ल्याउन सक्छ। त्यसैले भन्न सकिन्छ, डिजिटल मनोरञ्जन मुखमा अमृत लेपन गरिएको विषले भरिएको घडा जस्तै हो।

विशेषगरी आजका किशोर/किशोरीको निद्रा डिजिटल संसारले खोसिदिएको छ। प्रविधिसँगको रात्रिकालीन गतिविधि र सामीप्यताले उनीहरूको सामान्य दिनचर्यालाई नराम्रोसँग बिथोलिदिएको छ। उनीहरूका निम्ति घर/परिवार, आफन्त, साथीभाइभन्दा नजिकको मित्र स्मार्टफोन बन्न पुगेको छ। किशोर/किशोरीका बीच आदान–प्रदान गरिने सूचना, सन्देश र मनोरञ्जनमूलक क्रियाकलापले कुनै युद्धमा जस्तै रातभरि नै गोलावर्षा र बमबारी गरिरहेको हुन्छ। सामाजिक सञ्जालमा उपलब्ध अनलाइन खेल र श्रव्यदृश्य सामग्रीहरूको आकर्षणले उनीहरूलाई डिजिटल मनोरञ्जनले तत्कालको सन्तुष्टिको अगुवाइ गर्छ तर यसले सामाजिक सम्बन्ध र उनीहरूको प्राकृतिक निद्रा चक्रमा गम्भीर बाधा पुर्‍याउँछ। भनिन्छ, एक दिनको अनिद्राले नौ दिन असर गर्छ, झन् त्यसमा दैनिक अनिद्राले उनीहरूमा थकान, चिडचिडापन र संज्ञानात्मक क्षमतामा नराम्रो असर निम्त्याएको हुन्छ। साथै यसले किशोर÷किशोरीहरूको स्वस्थ आनीबानी र आत्महेरचाह गर्ने कुरामा पनि बाधा पु¥याइरहेको हुन्छ।

आजका कतिपय किशोर/किशोरीहरूका अनलाइन गृहकार्य हुने गर्छन् जो मध्यरातभित्रै पठाइसक्नुपर्ने हुन्छ। यसैका कारण उनीहरू केही हतासपन र विचलित पनि भइरहेका हुन्छन्। यही हतासपन र विचलनलाई पन्छाउन उनीहरू आफ्नो फोनलाई स्क्रोल गर्न थाल्दछन्। सुरुमा एकछिन मात्र हो भनेर फोन चलाउन थाले पनि उनीहरूले रात कटेको पत्तै पाउँदैनन्। यो कुरा आजका किशोर÷किशोरीहरूको छुटाउनै नसकिने लत र प्रवृत्ति जस्तै बन्न पुगेको छ। यसरी जब उनीहरू रमाइला भिडियोहरू हेर्न, साथीहरूसँग च्याट गर्न, फोटोहरू ब्राउज गर्न थाल्छन्, तब उनीहरू गर्दै गरेको गृहकार्य पनि स्थगित गरी डिजिटल संसारमा लिप्त हुन पुग्छन्। अनि गृहकार्य बुझाउन मध्यरातको ५/१० मिनेट बाँकी रहँदा अझ उनीहरू अत्यधिकरूपमा तनावग्रस्त र विचलित हुन थाल्छन्।

किशोर/किशोरी मात्र होइन, उमेर खाइसकेकाहरू पनि डिजिटल संसारमा हराएर ढिलोसम्म अनिदो बस्ने प्रचलन सामान्य जस्तै भएको छ। खासगरी मेरो व्यक्तिगत समय (मि टाइम) का नाममा नेटफ्लिक्स शृङ्खलाको सहायतामा उनीहरूले आफ्ना सयौँ साथीका घटना, कथा र गतिविधिहरू हेर्दै र सुन्दै गर्दा आफ्नो निद्रा बिथोलिरहेका छन्।

वास्तवमा मानिसको प्राकृतिक जीवनशैली र निद्रासँग बदला लिन खोजिरहेको यो प्रवृत्तिले मानिसको शारीरिक स्वास्थ्यलाई मात्र होइन, मानसिक स्वास्थ्यलाई पनि क्षतविक्षत र तहसनहस बनाएको छ। यसैका कारण अनावश्यक तनाव सिर्जना हुने र विभिन्न किसिमका मानसिक विकृतिहरू निम्तने गर्छन्। यही ढिला सुताइ र सिलसिलाबिहीन व्यवहारका कारण किशोर/किशोरीहरूले सुरुमै शिक्षक सामाजिक सम्बन्ध र आत्मपहिचानका क्षेत्रबाट दबाब महसुस गर्छन्। अनिदोपनले यी तनावलाई झनझन बढाइरहेका हुन्छन्। जसका कारण व्यक्तिमा भावनात्मक अस्थिरता सिर्जना हुन्छ र समग्र जीवनको गुणस्तरलाई घटाउने काम गर्छ। यसले आफन्त र प्रियजनहरूबीच बेवास्ता बढाउने, आक्रोश र असन्तुष्टिको भाव वृद्धि गर्ने काम मात्र गर्छ। खाना खाने समयमा परिवारको कुनै सदस्य त्यस्तो नहोस् जसले पूरै खाना खाने अवधिभर फोन नछोएको होस्। के यस्तो कुरा मोबाइल लतको अर्को बलियो उदाहरण हुन सक्दैन र ?

हामी डाक्टरकहाँ पुगेर आफ्नो स्वास्थ्यसम्बन्धी जानकारी लिइरहँदा उनीहरूले अनिदोपनका कारण असङ्ख्य स्वास्थ्य समस्या निम्तने गरेको सुन्छौँ। मोटोपन, मुटु रोग, मधुमेह र कमजोर प्रतिरक्षा प्रणाली जस्ता जटिल रोग र समस्याहरू अनिद्राकै कारण हुने गर्छन्। न्युरो वैज्ञानिकहरूका अनुसार मस्तिष्क निद्रालाई व्यवस्थित गर्न, मस्तिष्कका नसा र कोषलाई सन्तुलित अवस्थामा राख्न निद्राले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। खासमा मस्तिष्क न्युरोन्स र न्युरोट्रान्समिटरहरूको सञ्जाल आफैँमा जटिल हुने गर्छ, जसमा हाइपोथ्यालेमस, थालामस र ब्रेन स्टेम जस्ता प्रमुख क्षेत्रहरूले निद्राका ढाँचाहरूलाई व्यवस्थित र समन्वय गर्न महŒवपूर्ण भूमिका निर्वाह गरेका हुन्छन्। अपर्याप्त निद्राले यी सबै कुराको सन्तुलनमा बाधा पुर्‍याउँछ र किशोर/किशोरीहरूको मानसिक स्वास्थ्य थप जोखिमपूर्ण र चुनौतीपूर्ण बन्न पुग्दछ। वास्तवमा सुत्ने समयको ढिलाइका कारण मानसिकता, मानसिक ऊर्जा र जीवनको समग्र गुणस्तरमा असर पुर्‍याउँछ। समयचक्रसँगै मानिसलाई हरेक क्षेत्रमा झन पछि झन् कमजोर बनाउँदै लैजाने गर्छ।

अनिद्राको सामना

वर्तमान परिवेशमा निद्रामा ढिलाइको समस्या सीमित घर/परिवारको मात्र समस्या नभई समाजको साझा समस्या बन्न पुगेको छ। त्यसैले यसलाई व्यापक दृष्टिकोणबाट सम्बोधन गरिनु जरुरी छ। यसका लागि सर्वप्रथमतः व्यक्तिले आफ्ना जीवनका प्राथमिकता र उद्देश्य के/के हुन् भनेर बुझ्नुपर्छ । मैले काम नगरी हुँदैन वा मेरो प्राथमिकता अध्ययन नै हो भनेर आफ्नो कामप्रति जिम्मेवार बन्न सके यस्तो समस्यासँग हामीले सम्झौता गर्नुपर्दैन । केही घर÷परिवारले फोन वा ग्याजेटको प्रयोगलाई सीमित गरेर एकै ठाउँ जम्मा पारेर राखी आफ्ना प्राथमिकतामा केन्द्रित भई सफलता प्राप्त गरेका उदाहरण हामीले देख्दै र सुन्दै आइरहेका छौँ । यो पनि एउटा कार्य व्यवस्थापन र मोबाइल वा ग्याजेट प्रयोगको उचित माध्यम हो।

यसैगरी स्वस्थ जीवनका लागि निद्रा किन आवश्यक छ भनी यसको महत्त्वबारे ज्ञान र शिक्षा दिन सकेमा पनि निद्राको स्वतन्त्रता र समय व्यवस्थापनको कुरालाई सहजै समाधान गर्न सकिन्छ । निद्राको आवश्यकता र महŒवका विषयमा घरमा बुबा, आमा र विद्यालयमा शिक्षक, शिक्षिकाहरूले खुला बहस गराउनुपर्छ। जस्तो कि घरमा बुबा आमाले आफ्ना बालबच्चालाई समयमा सुत्ने बानी विकास गर्नुपर्छ भनी सम्झाउने, उनीहरूलाई आराम र निद्राका लागि उपयुक्त स्थान बनाइदिने गर्नाले रातमा सुताइमा ढिलाइ गर्ने प्रवृत्तिलाई केही हदसम्म कम गर्न सकिन्छ। निद्रालाई कसैले अपहरण गर्नुहुँदैन। यो मानव जीवनका लागि अति संवेदनशील कुरा हो भनी विद्यालय पाठ्यक्रममा समावेश गर्ने तथा तनाव व्यवस्थापन एवम् तिनको सामना गर्न उपयुक्त माध्यम र स्रोतहरू उपलब्ध गराउन सक्नु पनि यसको समाधानको उपयुक्त विकल्प हुन सक्छ।

फोन प्रयोगको प्रभावकारी तरिका

सुत्नुअगाडि आफूलाई स्क्रिनमुक्त बनाइ शान्त राख्नुपर्छ साथै निदाउनुपूर्व पुस्तकहरू पढ्ने, सङ्गीत सुन्ने तथा अन्य आरामका विधि प्रयोग र अभ्यास गर्नुपर्छ। स्पष्ट र निश्चित समय तालिका निर्माण गरी आफूलाई लयबद्ध बनाउने प्रयास गर्नुपर्छ। मैले आवश्यकताअनुसार मोबाइल र ग्याजेट चलाउने हो, मोबाइल वा ग्याजेटले मलाई चलाउने होइन भन्ने कुरामा आफू प्रष्ट हुनुपर्छ। त्यसैले मोबाइल वा ग्याजेटलाई बिस्थापित गर्दै लैजान बरु निश्चित र छोटो समयका लागि टेलिभिजन हेर्न सकिन्छ। यसले तपाईँलाई धैर्य र शान्त बनाउन तथा स्क्रिनमुक्त बनाउन थप सहयोग पुर्‍याउन सक्दछ।

अहिले प्रायः सबै फोनमा डु नट डिस्टर्ब (मलाई अवरोध नगर) भन्ने विकल्पसहित आउने गर्छन्। यस्तो विकल्प आफूले चाहेको समयमा प्रयोग र सञ्चालन गर्न सकिन्छ। हामीले यस्ता विशेषताको फाइदा लिन सक्नुपर्छ। रातको समयमा अनिदो बसीबसी फोन चलाउदिन भन्ने सङ्कल्पप्रति आफूलाई दृढ राख्नुपर्छ। त्यस्तो बेला कहिलेकाहीँ फोन चलाउन मन लाग्न सक्छ तर आफ्नो सङ्कल्प पूरा गर्न आफू कठोर बन्नुपर्छ। यस्ता बेला आफूलाई अनावश्यक मोबाइल नचलाउनाले नै स्वस्थ छु र मिठो निद्रा सुत्न पाएको छु भन्ने कुरा सम्झिराख्नु पर्छ।

आफ्नो सुत्ने समयलाई परपर सार्ने र पछि सुतौँला भनेर साँच्ने गर्नाले जीवनको समग्र गुणस्तरमा हानि पुर्‍याउँछ। निद्राको अपरिहार्यता स्वास्थ्यसँग जोडिएको हुन्छ। निद्रा स्वास्थ्यको अभिन्न आधार हो भन्ने बुझाइलाई अझै सशक्त र प्रभावकारी बनाउन अति आवश्यक छ। क्षणिक आनन्द र रमाइलोभन्दा जीवनलाई दीर्घकालीनरूपमा हरकिसिमले स्वस्थ राख्नु सबैको आफैँप्रतिको दायित्व हो। यसैमा हामी सबैको कल्याण हुन्छ।

अर्को समाचार
बालबालिकाको गोपनीयता हक
२५ साउन २०८३
७ मिनेट पाठ
संग्रह
Email
ईमेल
बालबालिकाको गोपनीयता हक

प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय। राज्यको परिकल्पना नै व्यक्तिको जीवन, स्वतन्त्रता र सम्पत्तिमाथिको अधिकार कायम गर्ने अवधारणाबाट भएको मानिन्छ। नागरिकको सुरक्षाकै लागि नागरिकद्वारा निर्माण गरिएको संयन्त्र विशेषलाई नै विशेष आधिकारयुक्त राज्य मानिँदै आएको छ। प्रजातान्त्रिक मुलुकमा राज्य सञ्चालनको प्रतिनिधि सरकारले जनतालाई अधिकार दिने नभई जनताका अधिकारलाई संरक्षण गर्ने भूमिका बहन गरेको हुन्छ। यही परिपाटी प्रजातान्त्रिक मुलुकका हरेक एकाइमा लागु हुने भएकाले परिवारमा नयाँ सदस्यको आगमन नै उसको अधिकार सिर्जनाको कारक तत्त्व बन्छ।

बालबालिकाको पालनपोषण, शिक्षादीक्षालगायत कुरामा अभिभावककै लगानी हुने भए पनि यी नवजातका मौलिक हकका रूपमा स्थापित भएका हुन्छन्। सामान्य सोचाइमा गोपनीयतासित सम्बन्धित कुराहरू बालिग नागरिकका मात्र विषय हुन् भन्ने सोचिन्छ तर वैयक्तिक गोपनीयताका विषय पारिवारिक सम्बन्धभन्दा पनि विशिष्ट रहने गर्छन्।

बालबालिकालाई दीर्घकालीन रूपमा प्रभाव पर्ने विषय तत्काल अभिभावकका लागि लाभदायक भए पनि सार्वजनिक गर्न मिल्दैन। मुलुकको संविधान र कानुनले बालबालिकाका यसप्रकारका नैसर्गिक एवं गोपनीयतासम्बन्धी हकलाई सुनिश्चित गर्न आवश्यक कानुनी प्रबन्धसमेत गरेको हुन्छ।  

पछिल्लो समय सामाजिक सञ्जालको विकाससँगै अभिभावक आफ्ना बालबालिका नितान्त वैयक्तिक एवं वयस्क बन्दा प्रतिकूल प्रभाव पार्न सक्ने कुरालाई मनोरञ्जनका साधनकै रूपमा सञ्जालमा सार्वजनिक गर्ने गरेको देखिन्छ। केही बालबालिका आफ्ना अभिभावकले आफ्ना शिशु अथवा बाल्यअवस्थामै सार्वजनिक गरेका तस्बिर एवं भिडियोका कारण किशोरावस्थामा विभिन्न किसिमका मानसिक समस्याका सिकार बनेका घटना सार्वजनिक गर्न थालेका छन्। सामाजिक सञ्जालको प्रयोग र वैयक्तिक गोपनीयताको विषयमा विद्यार्थी र शिक्षकलाई मात्र नभएर आमअभिभावकलाई शिक्षा दिनु अति आवश्यक हुँदै गएको छ।

नेपालको संविधान २०७२ को धारा २८ मा मौलिक हकअन्तर्गत गोपनीयताको हकसम्बन्धी व्यवस्था रहेको छ। कुनै पनि व्यक्तिको जिउ, आवास, सम्पत्ति, लिखत, तथ्यांक र पत्राचारसम्बन्धी विषयको गोपनीयता कानुनबमोजिम बाहेक अनतिक्रम्य हुने व्यवस्था गरेको छ।

संविधानअन्तर्गत बनेका अन्य कानुनहरूमा पनि व्यक्तिका गोपनीयतासम्बन्धी कुरालाई सम्बन्धित व्यक्तिकै अधिकारका रूपमा व्याख्या गरिएको छ। बालबालिकाका सन्दर्भमा उनीहरूका प्रथम र सबैभन्दा नजिकका संरक्षक अभिभावक नै हुन्। बालबालिकासँग सम्बन्धित कुनै पनि तस्बिर वा भिडियो सार्वजनिक गर्ने सन्दर्भमा होस् वा उनीहरूलाई दीर्घकालीन रूपमा प्रभाव पर्ने कुनै पनि विषयमा निर्णय गर्ने सन्दर्भमा अभिभावकको मञ्जुरी आवश्यक पर्ने कुरा कानुनमा उल्लेख छ। यसको आशय पनि अपरिपक्व अवस्थाका बालबालिकाका अधिकारको संरक्षण उसका अभिभावक र राज्यले गर्नुपर्छ भन्ने मान्यतासँग सम्बन्धित छ।

बालबालिकासम्बन्धी ऐन २०७५ मा पनि बालबालिकालाई के कस्ता काममा लगाउने र उनीहरूसित सम्बन्धित निर्णय प्रक्रिया कस्तो हुने भन्नेबारे व्यवस्था छ। यसमा अभिभावक नै बालबालिकाको पहिलो संरक्षणकर्ताका रूपमा रहने र असमर्थ अभिभावकका सन्दर्भमा राज्यले नै सो भूमिका बहन गर्नुपर्ने व्यवस्था गरिएको छ।

पश्चिमी समाजमा निर्वाध र निःसर्त अभिभावकलाई बालबालिकाको संरक्षक र सर्वोपरि हित सुरक्षित गर्ने व्यक्तिका रूपमा नलिए पनि हाम्रो समाजमा कुपुत्रो जायेत क्वचिदपि कुमाता नभवती अर्थात् सन्तान खराब भए पनि उसका अभिभावक खराब हुँदैनन् भन्ने मान्यतालाई आत्मसात गरी प्रथम र अन्तिम संरक्षणकर्ता अभिभावकलाई निःसर्त रूपमा मानिएको छ।

अभिभावकले आफ्नो इज्जत र औकातअनुसार बालबालिकाको स्वास्थ्य, शिक्षा र आवश्यकता पूरा गर्ने सन्दर्भमा भूमिका बहन गर्नुपर्छ। कथाकथंचित सो व्यवस्था हुन नसकेमा स्थानीय तहले अधिकार क्षेत्र ग्रहण गरी बालबालिकाको सर्वांगीण हितका लागि उपयुक्त कदम चाल्नुपर्ने कानुनी व्यवस्था छ।

समाजमा भित्रँदै गएको पाश्चात्य संस्कार, संस्कृति र आधुनिक जीवन पद्धतिका कारण पारिवारिक संरचनामा आएको विचलनले पछिल्लो समय बालबालिका बिचल्लीमा पर्ने घटना पनि बढ्दै गएका छन्। खास गरी अभिभावकको पारिवारिक सम्बन्धमा आएको विचलनका कारण सम्बन्धविच्छेद र नयाँ सम्बन्ध स्थापनाका घटनाले बालबालिका उपेक्षामा पर्ने, दुव्र्यवहारको सिकार हुने एवं अन्य मनोसामाजिक समस्याबाट पीडित हुने घटना पनि बढ्दै गएका छन्। परिस्थितिजन्य कारणबाट सिर्जना भएका असामान्य अवस्थाले बालबालिका समस्यामा पर्ने कुरा एकातिर छ भने अर्कातिर अभिभावकको असावधानीका कारण पनि धेरै बालबालिका मनोसामाजिक समस्याबाट ग्रसित हुने गरेका छन्।

गत हप्ता केही सञ्चारका माध्यममा १२ वर्षकी बालिका शिक्षण संस्थामा प्रताडित भएको भनी समाचार सार्वजनिक भयो। उक्त समाचारको आशय बालिकालाई न्याय दिलाउने भनिए पनि बालिकाको तस्बिर, उनमा बढ्दै गएको मानसिक समस्या र सोसँग सम्बन्धित सम्पूर्ण चिकित्सकीय रिपोर्टहरूसमेत सार्वजनिक गरिए। घटनालाई सनसनीपूर्ण बनाउने नाममा बालिकाको वैयक्तिक गोपनीयताको हकका बारेमा न अभिभावक सचेत हुन सके न त संसार माध्यम नै।

बालिकाका बारेमा छरपस्ट पारिएका नितान्त वैयक्तिक विषय उनको मानसिक स्वास्थ्य समस्याबारे प्रमाणका रूपमा चिकित्सकीय रिपोर्टसमेत पहिचानसहित प्रकाशन गरियो। यसले आगामी दिनमा बालिकाको स्वस्थ विकासका लागि अवरोध नै पु¥याउने प्रस्ट छ।  

समाचारमा बालिकाको मौलिक हकअन्तर्गत गोप्य रहनुपर्ने वैयक्तिक विवरणको प्रकाशनले उनलाई सामाजिक रूपमा लाञ्छनाको सिकार बनाउने सम्भावना बढायो। अभिभावक आफ्नै सन्तानबारे प्रस्तुत गरेका विवरणले पु¥याउने सामाजिक क्षति आँकलन गर्न नसकेकै देखिन्छ। अर्कातिर सम्बन्धित विषयकै बारेमा विद्यालयले जारी गरेको विज्ञप्तिमा बालिकाको नाम, वतन र पहिचानका कुनै पनि विषयवस्तु उल्लेख भएका थिएनन्। संस्थामाथि लगाइएका आरोपका खण्डनमा विद्यालयको संवेदनशीलता र बालमैत्री व्यवहार उक्त विज्ञप्तिबाटै स्पष्ट छर्लंगिन्छ। बालिका अहिले अभिभावकले भनेअनुसार असामान्य अवस्थामा रहेकी र नाबालक नै भएकाले अभिभावकविरुद्ध कानुनी वा अन्य उपचारमा जान सक्ने अवस्था देखिँदैन तर उनी वयस्क हुनासाथ अभिभावक विरुद्ध नै कानुनी उपचारको खोजी गरिन् भने अनौठो मान्नुपर्दैन।

केही विद्यालयले पौडी वा खेलकुदका अन्य यस्तै क्रियाकलापका फोटो र भिडियो सार्वजनिक गरी आफ्ना विद्यालयमा हुने गरेका अतिरिक्त क्रियाकलापबारे प्रचारप्रसार पनि गर्ने गरेका छन्। यसप्रकारका चित्र र भिडियो सार्वजनिक गर्ने क्रममा बालबालिकाको गोपनीयता तथा प्रसारित सामग्रीको दुरुपयोग हुन सक्ने विषयमा विचार गरिएको देखिँदैन। यसले बालबालिकामा सिर्जना गरेको भय र मानसिक तनावलाई आधार मानेर सचेत अभिभावकले बालबालिकाका वैयक्तिक विवरण सार्वजनिक गर्ने विषयमा विद्यालयहरू पनि सावधान हुनुपर्ने भनी आवाज उठाउन थालेका छन्।

अभिभावक र स्वयं बालबालिकाकै हितमा सक्रिय शैक्षिक संस्थाले समेत असावधानीवश बालबालिकालाई राम्रो देखाउन गर्ने गरेको प्रचारप्रसारको सामग्रीले उल्टै बालबालिका पीडित भएका कुरामा सतर्क हुनु आवश्यक छ। यस्तै घटनाका कारण मनोवैज्ञानिक परामर्शमा आउने किशोर किशोरीको संख्यासमेत बढ्न थालेको छ। बालबालिका सम्बन्धी ऐन २०७५ बालबालिका सम्बन्धी नियमावली २०७७ तथा स्थानीय तहहरूले बालबालिकाको संरक्षण र उनीहरूमाथि हुनसक्ने दुव्र्यवहार न्यूनीकरणका लागि कानुनहरू तर्जुमा गरेका छन्। यी कानुनमा विद्यालय र घरपरिवारलाई निःसर्त रूपमा बालबालिकाका अभिभावक ग्रहण गरिएको छ।

सामाजिक सञ्जाल तथा अन्य सूचनाका माध्यमका कारण बालबालिकाको परिधि विश्वव्यापीकरण भएको छ। यस सन्दर्भमा स्थानीय वा राष्ट्रिय संस्कार र संस्कृतिले मात्र बालबालिकाको आचरण र व्यवहार निर्धारण हुन सक्ने अवस्था देखिँदैन। विश्वव्यापीकरणको प्रभावसँगै पश्चिमा समाजमा विकसित घटनाक्रमले बालबालिकालाई प्रत्यक्ष प्रभाव पार्न थालेका छन्।

विश्वव्यापीकरणसँगै बालबालिकाको सुरक्षाको दृष्टिले घरपरिवार, आफन्त र विद्यालयलाई पनि निःसर्त रूपमा संरक्षणकर्ता मान्न सकिने अवस्था बिगँ्रदै गएको छ। अभिभावकको असावधानी र भाइरल हुने मोहले वैयक्तिक गोपनीयताको हकको ठाडो उल्लंघन भएको पनि देखिन्छ।

सामान्य घटनामा पारिवारिक विषय भनेर कसैले औंला नउठाए पनि यस प्रकारको विकृतिले अन्ततः आगामी पुस्तालाई स्वस्थ रूपमा हुर्कन असहयोग गर्ने भएकाले बालबालिकाको डिजिटल गोपनीयतासम्बन्धी कानुन निर्माण हुनु आवश्यक छ। तीनै तहका सरकारले यस विषयमा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्छ। हरेक विद्यालयले विद्यार्थी स्वयंलाई साइबर संसारमा प्रकाशित सामग्रीले भविष्यमा पार्न सक्ने प्रभावबारे सचेत बनाउनु आवश्यक छ।  

भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock १० घण्टा अघि | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस