लेखक सुविन भट्टराईको सातौँ पुस्तक आज विमोचन गरिएको छ । प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच भट्टराई लिखित ‘चमेलीको फूल बैजनी रुमाल’ को विमोचन भएको हो ।
किताबको नामलाई पहिल्याउँदा चमेलीको फूललाई प्रेम, पवित्रता, सरलता र आत्मिक शान्तिको प्रतीक मानिन्छ । बैजनी रुमाललाई अधुरो प्रेम, गहिरो यादका प्रतीकका रूपमा साहित्यमा प्रयोग गरिन्छ।
यसैगरि यो किताब प्रेम, बिछोड र मनोविज्ञान र अध्यात्मसम्मको विषयमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ। ‘चमेलीको फूल बैजनी रुमाल’ बारे भट्टराईका अनुसार ‘यो कथा सङ्ग्रह हो यसमा सात वटा कथा छन्।’
सप्तरङ्गी संयोग भएका किताबमा शब्दका लामा यात्रा छन्। उनले आफ्नो किताबका शब्द मार्फत पाठकलाई अलगै दुनियाँमा लैजाने क्षमता राख्दछन्। सुविनले तीन वर्षअघि मधेसको कथा ‘इजोरीया’ लेखेका थिए । यसपछि यो पुस्तक आएको हो । किताब इजोरीयाको भन्दा फरक विषय वस्तु यसमा समेटिएको छ।
पुस्तककै बारेमा कार्तिक १ गते शनिबार चितवनमा भव्य कार्यक्रम हुने लेखक भट्टराईले जानकारी दिए ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।