अधुरो मुहारचित्र
१५ चैत्र २०८१
११ मिनेट पाठ
संग्रह
Email
ईमेल
अधुरो मुहारचित्र

‘सानी !’ उनी मलाई पुलुक्क हेर्छिन्।

‘तिमीलाई कस्तो छ ?’ म सकी नसकी सोध्छु।

‘ठिकै छ साहेब,’ उनी सासैले मात्रै बोल्छिन्।

‘तिमीलाई केही हुन्न, म छु नि !’ म उनको सुकिसकेको हात समातेर भन्छु।

उनको हातको हड्डीले मलाई मुटुमै घोचिरहेको भान हुन्छ। उनको हात समात्नु त मेरो कल्पना मात्रै थियो बस्।

उनी आँखा चिम्लिन्छिन्। म उनको मुहार हेर्छु। निधारमा रातो टीका खुलिरहेको थियो। मुटु चिसो भयो। ‘साहेब, हाम्रो छुट्टिने समय आएको जस्तो छ। सपनाहरू बिग्रिएका छन् आजकाल,’ सानीले बिस्तारै भनिन्।

‘नहुने कुरा नगर है सानी,’ घाँटीमा अल्झियो शब्द। सानीका आँखाबाट खसेका आँसुले मेरा हातगोडा थरर काँपे।

‘खाली मन कमजोर बनाएकी छिन्, यसो सम्झाइदिनुपर्‍यो र सर। हजुरको कुरा पक्कै काट्दिनन् सानीले,’ सानीका श्रीमान् हातमा तातो चियाको कप बोकेर क्याबिनमा पसे। सानी अलिकति हाँसिन्, म सम्हालिएर बसँे।

‘मन कमजोर बनायो भने त रोगले च्याप्ने हो, तिमीलाई केही हुन्न सानी,’ म बिस्तारै भन्छु।

‘सर, चिया लिऊँ न,’ उनका श्रीमान्ले मेराअघि चियाको कप राखिदिँदै भने।

चियाबाट बाफ उडिरहेको थियोे, बाफसँगै मेरो मन पनि उडिरह्यो। ‘तिमीलाई केही खान मन छ ?’ सानीलाई श्रीमान्ले सोध्छन्। ‘नाइँ’ भन्दै टाउको हल्लाउँछिन्। म सानीलाई नियाल्छु, मुखभित्रको चिया घाँटीबाट निलिँदैन। तातो चियाले मुख पोलिरहन्छ।

म यताउता गर्छु। सानी निदाएकी छन् तर उनको परेलीमा आँसु रसाएको छ। ‘सधैंभरि हाँसिरहने सानीले हाँस्न भुलेको पनि धेरै भइसकेको छ सर। सँगै मेरो नि हाँसो हराएको छ,’ उनका श्रीमान् बिस्तारै बोल्छन्।

‘बिस्तारै ठिक हुन्छ उनलाई। कस्ता कस्ता रोग लागेर त मान्छे ठिक भएका छन्। अलि सानीलाई सम्झाउनुपर्छ। केही पिर नगर्नुस् हामी छौं नि सर !’ म सानीका श्रीमान्को हात समातेर सान्त्वना दिन्छु।

म अफिस फर्कनुपर्ने हुन्छ। सानीको मुहार हेर्छु, आँखा त्यसै रसाउँछ। सानीका श्रीमान्सँग बिदा मागेर आफ्नो अफिस फर्कन्छु।

सादा पानामा पेन्सिलले कोरिरहन्छु। एक्कासी ठुल्ठुला आँखा आकार आउँछ। मिलेका परेली अनि अव्यक्त प्रेम बोलिरहेका आँखा! अनायासै कोरिन्छ ठुलो निधार अनि निधारमा रातो टीका। सुन्दर मुहारमा छरपस्ट भएका ती मुलायम केशराशि। उनको त्यो ठुलो निधारमा गहिरो चुम्बन गर्न मन लाग्छ हटाएर केशराशि तर बिचैमा कोरिन्छ सिउँदो अनि सिउँदो भरिएर छरिएको सिन्दूर।

झसङ्ङ हुन्छु। एक्कासी त्यो उनको सिउँदोको हकदार भएको निर्दोष मान्छेप्रति आरिस लाग्छ। आफैंप्रति, समयप्रति बेसरी गुनासो लाग्छ। सानीको कोरिएको अधुरो तस्बिर पूरा गर्न हात थरर काँप्छन्। टेबलमा राखेको रेडियो सेट (नेपाल प्रहरीको आन्तरिक सञ्चार सेट)को सिग्नल बज्छ, आँखा त्यसै रसाउँछ।

म नर्भिक अस्पतालको क्याबिन नं. ७ मा छु। केही समयदेखि मेरी प्रिय लेखक सानी बिरामी छन्। ‘सानी, तिमीलाई कहाँ जान मन छ?’

उनको झरेर सिद्धिन लागेको केशराशि यसो मिलाइदिँदै सोध्छु। ‘मलाई साँझ वसन्तपुर पुगेर चिया खान मन छ,’ उनी बिस्तारै बोल्छिन्।  

‘तिमी चाँडै निको हुने अनि जाने है त?’ सानी टाउको हल्लाउँछिन्। ‘उठेर बस्छ्यौ?’

‘अँ’को भावमा फेरि टाउको हल्लाउँछिन्। म उनलाई सिरानी तानेर सजिलोसँग बसाइदिन्छु। सानीको कपाल अनुहारमा छरिएको देखेपछि मलाई चन्द्रमालाई ग्रहण लागे जस्तो लाग्छ। ‘कपाल मिलाइदिन्छु है,’ भन्दै म उनको कपाल मिलाइदिन्छु। मेरा हातका औंलामा सानीको कपाल उखेलिएर आउँछ, म हत्तपत्त लुकाउँछु।

‘साहेब, कपाल झरेर सिद्धिन लाग्यो है?’

‘छैन,’ म उनलाई सान्त्वना दिँदै भन्छु। उनी अँध्यारो अनुहार लगाउँछिन्। सधैंभरि रातो टीकाले खुलेको निधार आज खाली थियोे। उनको खाली निधारमा रातो टीका लगाइदिन मन लाग्छ। ‘तिमीलाई रातो टीकाले बेसरी सुहाउँछ मेरी प्रिय लेखक’ भन्न मन लाग्छ तर सक्दिनँ।

अस्पतालमा उनका पाठक, शुभचिन्तक भेट्न आउँदा सबैसँग उस्तै निश्चल र प्रेमिल सम्बन्ध। म सानीलाई नै हेरिरहन्छु। आँखा उनकै सिन्दुर लतपतिएको सिउँदोमा अडिरहन्छन्। बिस्तारै आँखा पुग्छन् भर्खरै औषधीको झोला राखेर उनको छेउमा निराश भई बसिरहेका उनका श्रीमान्मा।

यस्तैमा नर्स आएर औषधी ल्याउने नयाँ चिट समातेर भनिन्, ‘बिरामीको भिजिटर को हुनुहुन्छ ?’

‘हजुर म,’ सानीका श्रीमान् कुर्सीबाट उठ्दै भन्छन्।

‘यो औषधी ल्याउनुहोला,’ यति भनेर उनी अर्को कोठातर्फ लागिन्। सानीका श्रीमान् सानीलाई एकैछिन हेरिदिन आग्रह गर्दै फार्मेसीतिर लागे।  

म सानीको नजिकै उभिरहन्छु। ‘बस्नु न साहेब,’ उनी अलिकति हाँस्न खोज्दै भन्छिन्। म थपक्क उनीअगाडिको कुर्सीमा बस्छु।

‘साहेब, अब हाम्रो छुट्ने समय भएको होला,’ सानीले अक्सिजन मास्क हटाएर बिस्तारै भनिन्।

‘नहुने कुरा नगर है सानी ! रोग कसलाई लाग्दैन? बिस्तारै सबै ठिक हुन्छ,’ मैले उनलाई सान्त्वना दिँदै भने। उनले आँखा चिम्लिन्, आँसुका थोपा त्यसै खसे उनका आँखाबाट।

‘तिमी नै नभए म कसरी बाँचौला, कसरी हाँसौला !’ भन्न मन थियो तर सकिनँ। केही समय बसेपछि म आफ्नो अफिस फर्कन्छु। सादा पानामा कोरिएको उनको अधुरो चित्र हेर्छु, कताकता हृदयमा हिमपहिरो खसेजस्तै हुन्छ।

उनको र मेरो भेट एक संयोग थियोे, शब्द र सम्मानले गराएको। उनी सबैले मन पराएकी कथाकार, उनको कथाको पात्र म नै हुँ जस्तो लाग्ने। ‘बारुदको धुवाँमा’ कथा पढेपछि मैले सानीलाई चिनेको। कथाको पात्रमा ठ्याक्कै मैले आफूलाई नै पाएको थिएँ। छोटो कपाल, ठुलो निधार, सिनिक्क परेको नाक, पातलो ओठ, ओठमाथि अलि अलि राखेको जुँगा अनि चिउँडाको कोठी भएको त्यो कथाको पात्र र म। आफूलाई ऐनामा हेर्छु। कस्तो हुबहु वर्णन गरेकी? उनको कथाको पात्र र मेरो शारीरिक बनावट, पेसा सबै मिलेको थियोे। म कथा पढेर अचम्मित बनेको थिएँ।

‘नागरिक दैनिक’मा प्रायः जसो शनिबार उनको कथा प्रकाशित हुने गर्थ्याे। त्यहीं कथा पढेपछि उनका अन्य कृति खोजीखोजी पढेर उनको जबर्जस्त फ्यान बनेको थिएँ।

म उनको शब्द मायाजालमा परिसकेको थिएँ। प्रत्येक शनिबार उनकै कथाको प्रतीक्षामा बित्ने गर्थ्याे। उनका शब्द सँगसँगै म उनीबारे उत्सुक बनेको थिएँ। उनी अनिवार्य भेट्नैपर्ने व्यक्ति भित्र परिन्। म उनको खोजतलासमा लागें। अन्ततः फेसबुकमा उनको आइडी फेला पार्न  सफल भएँँ।

बिस्तारै उनको शब्द सँगसँगै म उनीप्रतिको मोहमा चुर्लुम्म डुबेँ। शब्दको महासागरमा गहिरिएर अब पौडनै नसक्ने भइसकेको थिएँ। बिस्तारै हामीमा आत्मीय बढ्दै गयो। पहिला कथाको पात्रलाई अहिले मलाई भन्थिन्, कति प्रिय लाग्थ्यो उनको सम्बोधन ‘साहेब’।

अस्पतालमा उनका पाठक, शुभचिन्तक भेट्न आउँछन्। सबैसँग उस्तै निश्चल र प्रेमिल सम्बन्ध। म सानीलाई नै हेरिरहन्छु। आँखा उनकै भरिएको सिउँदोमा मात्रै अडिरहन्छन्। म उनीसँग बिदा मागेर अफिस फर्कन्छु।

उनको तस्बिर हेरिरहन्छु। ‘साँच्चै भनेको, तिम्रो माया बेहद लाग्छ। हरपल सम्झन्छु। बतास बनेर जाऊँ अनि बेसरी छातीमा टाँसूँ, तिम्रो कपाल हल्का बाटेर चुल्ठोअगाडि लर्काइदिऊँ, निधारमा रातो टीका थपिदिऊँ। तर, तिम्रो तस्बिर हेर्छु, असम्भव रहेछ। तिम्रो सिउँदोमा हाम्रा सीमारेखा कोरिएका रहेछन्।

‘सानी, तिमीलाई छुनु छैन, पाउनु छैन। तिमी र मबिचको लक्ष्मणरेखा पनि थाहा छ। तिम्रो भौतिक उपस्थितिको मलाई लालच पटक्कै छैन,’ मन बोलिरहन्छ।

म उनको मुहारचित्र कोरिरहन्छु। फुर्सद त छैन तर पनि समय निकाल्छु उनका लागि, पूरा गर्न नसकेको उनको अधुरो मुहार चित्रका लागि।

सानीको मुटुको भल्भको अपरेसन सफल भएको छ। अब उनी धेरै ठिक भइसकेकी छन्। ‘अब फेरि लेख्न सक्छु नि साहेब,’ उनले हिजो हाँस्दै भनेपछि मलाई पनि ढुक्क भएको थियो। अब मैले उनलाई फेरि देख्न पाउँथेँ, बोल्न पाउँथेँ, सबैभन्दा ठुलो कुरा उनका कथा पढ्न पाउँथेँ। मलाई उनको शब्दसँग बेहद प्रेम छ।

‘अब एउटा कथासङ्ग्रह निकाल्नुपर्ला साहेब,’ सानीले एउटा रहर मेरा सामु राखेकी थिइन्। मलाई खुसी लाग्यो, उनले मलाई आफ्नो सम्झेकीमा। ‘मैले केही सहयोग गर्न सक्छु भने भन है,’ मैले उनलाई भनेँ।

‘हवस्’ उनले टाउको हल्लाइन् स्वीकृतिमा। म उनको साथमा बसेर एक कप ग्रिन टी पिएर फर्केको थिएँ। सानी र उनका श्रीमान् इलाम फर्कने तयारी गर्दै थिए। मन तितो बनाएर मैले बिदा गर्नैपर्थ्याे। सानीका श्रीमान्ले मप्रति आभार व्यक्त गरिसकेका थिए। म उनीहरूसँग बिदा मागेर अफिस फर्किएँ भोलि एयरपोर्टमा भेट्ने बाचासहित।

सानी इलाम फर्केपछि मलाई काठमाडौं शून्य लाग्यो। पटकपटक म नर्भिक अस्पतालअगाडि पुगेँ सानीको झल्को मेटाउन तर किन किन उनको झल्को पटक्कै मेटिएन। परपर हेरिरहँदा उनको निधारको रातो टीका भएको सुन्दर मुहारचित्र कोरिन्थ्यो अनि उनले झट्ट ‘साहेब’ भनेजस्तो लागिरहन्थ्यो।

म किन यसरी बहकिएको छु? आफैंलाई प्रश्न गर्छु। जवाफ पटक्कै पाउँदिनँ। साँझबिहान फुर्सद हुनसाथ सुन्धारा पुगेर टोलाउन मन लाग्छ। किनकिन रातभरि छटपटी भइरह्यो, निन्द्रा पर्दै परेन। यसो झ्यालबाट बाहिर हेर्छु झलमल्ल काठमाडौं, फेरि आँखा चिम्लन्छु त्यही रातो टीका लगाएकी सानीको मुहार मुसुक्क हाँसिरहेको देख्छु। कस्तो बेचैनी?

आँखा झिमिक्क नगरी रात बित्यो। म अल्छी मान्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयको क्वाटरबाट निस्कन्छु। रत्नपार्क, टुँडीखेल, सुन्धारा हुँदै सहिदगेट एक फन्को लगाउँछु। क्वाटरमा पुगेर बसेपछि सहयोगी भाइले चिया टेबलमा राखिदियो। म चिया पिउँदै फेसबुक खोल्छु।

‘बिर्तामोड–चारआली सडक खण्डमा मोटरसाइकल दुर्घटनामा परी साहित्यकार सानीको मृत्यु’

हात थरर काँपे। सानी नाम भएका यो दुनियामा कति छन् कति मान्छे ! मनलाई सान्त्वना दिएँ। मोबाइलमा नोटिफिकेसनको घण्टी बज्यो। हत्तपत्त हेरेँ, कसैले सानीलाई ट्याग गरेर सानीकै तस्बिर हालेर लेखेको रहेछ– हार्दिक श्रद्धाञ्जली सानी !

म बसेको धर्ती फाट्यो, आकाश खस्यो, मुटु फुट्यो। ‘सानी !’ स्तब्ध भएँ म। हत्तपत्त उनले लेखेका किताब हेर्छु। हातमा लिन्छु। हात थरर काँप्छन्। लल्याकलुलुक हुन्छु। हातबाट किताबहरू खस्छन्। म धुरुधुरु रुन्छु। घाँटीमा केही अड्केर सास फेर्न गाह्रो भएजस्तो लाग्छ। दुवै हातले छाती बेसरी अँठ्याउँछु। मुटुमा सानी दुखिरहन्छिन्। ‘सर, मलाई एक्लै बनाएर गई नि पापिनी !’

सानीका श्रीमान् आँखा पुछ्दै मेराअघि बोलिरहेका थिए। ‘सायदै भगवान्लाई यही मर्जी थियो होला सर !’ म सकिनसकी बोलिरहेको थिएँ। ‘भगवान्लाई पनि राम्रै मान्छे चाहिन्छ क्यारे !’

उनी सास लिँदै बोल्छन् अनि अर्कातिर फर्केर आँखा पुछ्छन्।

सानीको हाँसिरहेको तस्बिरमा माला चढाइएको थियो। दियो बलिरहेको थियोे तस्बिरअगाडि। धूपको सुगन्धले वातावरण झन् विरहलाग्दो बनाएको थियो। म एकोहोरो सानीको तस्बिरमा हेरिरहन्छु, आँखाबाट नचाहँदा नचाहँदै आँसु खस्छन्। टेबलभरि समवेदना लेखिएका सानीका तस्बिर लहरै राखिएका थिए। त्यो लहरमा मैले पनि एउटा तस्बिर राखेँ, धूप सल्काएँ, फूल चढाएँ। उनको तस्बिरलाई मेरो आँसु चढाएँ। उनी तस्बिरमा उसैगरी हाँसिरहेकी थिइन्।

‘मसँग केही रहेन सर। मेरो त दुनिया उजाडियो !’ सानीका श्रीमान् पीडा पोखिरहेका थिए। मसँग पनि अब कहिल्यै पूरा हुन नसक्ने सानीको अधुरो मुहारचित्र मात्रै थियोे। सिमसिम पानी परेजस्तै हुस्सु लागेको इलाम अनि सानीको गाढा सम्झना दुवैले मलाई बेसरी रुझाएको थिए, रुवाएका थिए। म मन तितो बनाएर सानीका आफन्तहरूसँग बिदा मागेर काठमाडौं फर्कने तयारीमा लाग्छु।

इलामे हुस्सुले मलाई घर्लप्पै अँगाल्छ सानीका यादहरूले झैं। मलाई झापा, चन्द्रगढी एयरपोर्टसम्म पुर्‍याउन सानीकै आफन्त एक जना भाइले मोटरसाइकल  ठिक पार्छन्।

‘सरलाई कन्यामको सिरेटो लाग्छ, एउटा टोपी भए हुन्थ्यो,’ कोही भनिरहेको थियो। म चुपचाप उभिरहन्छु। टोपी नभेटेपछि एउटा पछ्यौरी लिएर मेरा अगाडि उभिन्छन् सानीका श्रीमान्। म पुलुक्क उनको अनुहारमा नियाल्छु। ‘सानीलाई काठमाडौंमा बिरामी हुँदा कोही शुभचिन्तकले ल्याइदिनुभएको थियो।’

सानीका श्रीमान्ले पछ्यौरी मलाई गलामा राखिदिँदै बोले। हिरिक्क भयो मुटु। बोल्न सकिनँ। गला अवरुद्ध भयो।

‘अस्पतालमा तपाईंले लगाउनुभएको गुनको सधैं कुरा गर्थिन् सानी। तपाईंको कुरा गरिरहन्थिन् सर !’ सानीका श्रीमान्ले मेरो चिसो हात समातेर भनिरहेका थिए। मलाई उसको काँधमा टाउको राखेर क्वाँ क्वाँ रुन मन लाग्छ तर सक्दिनँ। एकअर्कालाई मौन भाषामा सम्झाइरहेका थिए आँखाले। म सानीका श्रीमान्लाई रुँदै गरेको अवस्थामा छोडेर मोटरसाइकल चढेँ।

सानीको खरानी रङको पछ्यौरीले टाउको छोपेँ। मोटरसाइकल इलामे हुस्सुसँग हात मिलाउँदै झापातर्फ लाग्यो। म मुटु रित्तो बनाएर फर्किरहेको थिएँ, आँखाबाट आँसु खसिरहेको थियो। इलामे सिरेटोले पनि सेलाउन नसक्ने गरी मुटुमा आगो बलिरहेको थियो। म सानीका अनगिन्ती सम्झना लिएर फर्कंदै थिएँ।

म खाली मन लिएर अफिसबाट भिज्दै सुन्धाराको आकाशे पुलमा उभिएर धरोहरा हेरिरहन्छु। पानी परिरहेको छ, म भिजिरहेको छु।

मानिसहरू छाता ओढेर पुलमा हिँडिरहेका छन्। कसै कसैलाई म त्यसरी मुसलधारे पानीमा भिज्दै उभिएको देखेपछि अनौठो लाग्दो रहेछ क्यारे, मलाई पुलुक्क हेर्छन् अनि नमिठो अनुहार बनाएर आफ्नो गन्तव्यतर्फ लाग्छन् हतार हतार।

म गन्तव्य हराएको मान्छे कहाँ पुग्नु छ र ? त्यहाँ उभिइरहँदा, धरोहरा देखिरहँदा मलाई सानीको यादले बेसरी अँठ्यायो। आँखाबाट बरर आँसु खसे तर म रोएको कसैले देखेनन्, कसैले छुट्याउन सकेनन् परिरहेको पानी र मेरो आँसुलाई। म पूरै भिजिसकेको थिएँ। यसो फर्केर हेर्छु, सानी कलेजी रंगको सारी लगाएर मुसुमुसु हारेर उभिरहेकी छिन् जस्तो लाग्छ।

उनी प्रगतिशीलहरूको साहित्यिक कार्यक्रममा सहभागी हुन इलामबाट काठमाडौं आएकी थिइन्। त्यही मौकामा मैले उनलाई भेटेको थिएँ। बल्लबल्ल उनको समय मलाई मिलेको थियोे त्यस दिन। उनी पनि मलाई भेट्न चाहन्थिन् त? सोधूँला भन्थेँ तर अब यो प्रश्नको जवाफ कहिल्यै मिल्ने छैन।

पहिलोपटक उनलाई देख्नेबित्तिकै आफ्नोपनको आभास भएको थियो। उनका ठुलाठुला आँखा, ठुलो निधारमा रातो टीका, लामो कपाल, मिलेका दन्तलहर, मिलेको शरीर, लामा खिरिला हातका औंला। मुटुभित्र बसेकी थिइन् उनी। आफूलाई मनपर्ने लेखकलाई आफ्नो अगाडि पाउँदा मन बेचैन भएको थियो।

मनमनै उनी मेरो नजिक थिइन् तर म उनको सिन्दूर लतपतिएको सिउँदोमा पुगेर भित्ताबाट खसेर फुटेको ऐनाझैँ झर्‍याम्म फुटेको थिएँ। अझ आत्मीयता, आदर, सम्मान झन् बढ्दै गयो। ‘हेप्पी एनिभर्सरी सानी’ धरहरा हेरेर मैले भनेँ। हिरिक्क भयो मुटु।

म रोइरहेको थिएँ। आँखैअगाडि उनी हाँसिरहेकी छिन् जस्तो लाग्यो। बिहानैदेखि मौसम खराब थियो। पानी परिरहेको थियोे। बिजुली चम्केर आकाश गर्जिरहेको थियो।

‘साहेब! यसरी किन भिज्या? ज्वरो आउँछ यो बेमौसमी झरीले!’ नजिकै आएर सानीले भनेजस्तो लाग्यो। सानीको भौतिक अवशेष अब यो दुनियामा छैन भन्ने सोचाइ झट्ट दिमागमा आयो। हातगोडा फतक्क गले।

पानी झन्-झन् बढ्दै गयो। म भिजिरहेँ।

लोकप्रिय
अर्को समाचार
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित
०८ साउन २०८२
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
जुम्लाका स्थानीय तहका करार कर्मचारी प्रभावित

जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।

प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।

कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको   पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।

यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।

यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।

यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।

पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।

गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।

अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।

प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।

उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस