सशस्त्र प्रहरी बललाई रासनभत्ता अपुग भएको भन्दै बढाउन माग गरिएको छ। गृहमन्त्री रमेश लेखक सहभागी कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रमुख आइजिपी राजु अर्यालले संगठनले अहिले पाइरहेको बजेट अपुग भएको जानकारी गराउँदै बढाउन माग गरेका हुन्।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार समितिको शुक्रबार बसेको बैठकमा उनले संगठनले अहिले पाइरहेको बजेट रासन, सवारीसाधन, पोसाक, आवास सबै क्षेत्रमा अपुग भएकाले बढाउनुपर्ने बताए। सशस्त्र प्रहरीलाई एक वर्षका लागि तीन अर्ब सात करोड रूपैयाँ चाहिने भए पनि अहिले सरकारले ६१ करोड १८ लाख रूपैयाँ मात्रै दिएको उनको भनाइ थियो। ‘रासनका लागि एक जनालाई दैनिक दुई सय ६ रूपैयाँ छ, त्यसले बिहानदेखि बेलुकीसम्म पालिनुपर्ने अवस्था छ। सबै पोसाकका लागि वर्षमा तीन अर्ब सात करोड रुपैयाँ चाहिन्छ तर सरकारले वार्षिक ६१ करोड १८ लाख मात्रै दिने गरेको छ,’ अर्यालले भने।
सशस्त्र प्रहरीका कर्मचारीको रासनभत्ता सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहने दररेट निर्धारण समितिले मूल्यांकन गरेर तोक्ने व्यवस्था छ। सोहीअनुसार कुनैकुनै जिल्लाको तलमाथि हुने गरेको छ।
आइजिपी अर्यालले यसअघि राज्यव्यव्स्था समितिको बैठकमा पनि रासनभत्ता रकम कम भएको विषय उठाएका थिए। सशस्त्र प्रहरीका लागि जिल्लागत रूपमा एउटा दररेट भए पनि नेपाल सरकारबाट स्वीकृत दररेट अर्कै छ। जिल्लागत रूपमा तोकिएको रकम धेरै भए पनि सशस्त्र प्रहरीले त्यो रकम नपाएर सरकारबाटै स्वीकृत भएको चाहिँ पाइरहेको छ।
काठमाडौंका लागि स्वीकृत रासन दररेट २६८ रूपैयाँ छ। तर काठमाडौमा खटिएका सशस्त्र प्रहरीले जम्मा २०६ रूपैयाँ पाइरहेका छन्। २०६ रूपैयाँचाहिँ नेपाल सरकारले सशस्त्र प्रहरीका लागि स्वीकृत गरेको रकम हो। त्यस्तै अन्य जिल्लाहरूमा पनि सशस्त्र प्रहरीले जिल्लाले तोकेको रासनभत्ता रकमभन्दा कम प्राप्त गरिरहेका छन्।
दुई वर्षअघि राज्यव्यवस्था समितिको बैठकमा सरकारले सशस्त्र प्रहरीलाई उपलब्ध गराउँदै आएको रासनबापतको भत्ता एकदमै न्यून भएको र त्यसबाट एक कप कफी पनि नआउने कुरा उठेको थियो। अहिलेसम्म पनि रासनभत्ता बढाउनुपर्ने मागप्रति सरकारले सुनुवाइ गर्न सकेको छैन। बैठकमा शुक्रबार आइजिपी अर्यालले पुनः सोही विषय दोहोर्याएका थिए। उनले पाँच सय ठाउँमा सशस्त्रको सीमा सुरक्षा पोस्ट राख्ने तयारी भइरहेको पनि बताए।
अहिले १७ जिल्लामा अस्थायी कार्यालय रहेको, २६० ठाउँमा मात्रै बिओपी भएको र केही ठाउँमा गस्तीका लागि सवारीसाधन अपुग भएको गुनासो पनि उनले गरे। विपद्मा सशस्त्र प्रहरी परिचालन हुँदा ज्यान जाने कर्मचारीका परिवारलाई २५ लाख बिमा रकम दिने सोच सरकारी तबरबाटै कार्यान्वयनमा आउनुपर्ने अर्यालले बताए।
जुम्लाका ६ स्थानीय तहले करार कर्मचारी हाजिर नहुन विषयमा सूचना जारी गरेका छन्। यस्तो सूचनाले धेरै करार कर्मचारी प्रभावित हुने देखिन्छन्। जुम्लाको सिंजा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, तिला गाउँपालिका, तातोपानी गाउँपालिका, पातारासी गाउँपालिका र गुठिचौर गाउँपालिका संघ र प्रदेशबाट स्रोत सुनिश्चितता नभएका कर्मचारीहरूलाई साउनबाट हाजिर नगर्न, नगराउन सूचना जारी गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षरमा जारी सूचनामा कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम कुनै व्यक्तिलाई ज्यालादारी वा करार नियुक्ति गर्न नपाइने र स्थानीय सेवा - गठन तथा सञ्चालन नियमावली २०८१ को नियम ११ (१) अनुसार पद नभई करार कर्मचारी नियुक्त गर्न नहुने, प्रदेश र संघबाट बजेट सुनिश्चितता भएका करार कर्मचारीबाहेकका कर्मचारीले २०८२ साउन १ गतेबाट हाजिर नगर्न नगराउन सूचना जारी गरेको छ।
कर्णाली प्रदेशको कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन २०८१ को दफा १४ (१) बमोजिम स्थानीय तहले ती कर्मचारीले स्थानीय तहमा हाजिर हुन पाएका छैनन्। जुम्लाको पातारासी गाउँपालिकामा १ सय २ जना, कनकासुन्दरी गाउँपालिकामा ८४ जना, तिला गाउँपालिकामा ६२ जना स्वास्थ्यकर्मी, कार्यालय सहयोगी सहितका कर्मचारी प्रभावित हुने भएका छन्। शिक्षकको भने तथ्यांक आउन बाकीँ नै छ।
यसैगरी तातोपानी गाउँपालिकामा २५ जना, सिंजा गाउँपालिकामा २४ जना, गुठिचौर गाउँपालिकामा २१ जना, हिमा गाउँपालिकामा झण्डै ७० कर्मचारी प्रभावित हुने छन्। यस ऐनको कार्यान्वयनपछि स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारी प्रभावित हुने भएका छन्।
यता जुम्लाको तिला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जानकारी हितानकाे अनुसार यो निर्णयले तिलाका ४ आधारभूत स्वास्थ्य संस्था प्रभावित हुने भएका छन्। यहाँका अनमी र कार्यालय सहयाेगी गरी ९ जना नभएर खोप सेवा समेत प्रभावित हुनेछ।
यस्तै कनकासुन्दरीमा ३६ जना स्वास्थ्य क्षेत्रका, २९ जना शिक्षा र अन्य ८४ जना कर्मचारी प्रभावित भएका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले बताए। यस्तै पातारासी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नविन शाहीकाे अनुसार ५४ जना शिक्षक सहित १ सय २ जना कर्मचारी प्रभावित भएका छन्।
पातारासी गाउँपालिकामा जसरी पनि जागिर सुनिश्चित गर्नुपर्ने माग गर्दै करार शिक्षकले तालाबन्दी समेत गरेका छन्। पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले तालाबन्दीकाे विषयमा छलफल भइरहेको बताउँछन्।
गाउँपालिका तालाबन्दी भएपछि गाउँपालिकामा प्रहरी पुगेको छ। गाउँपालिका तालावन्दी भएपछि काम प्रभावित भइरहेको छ। यता जुम्लाको चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर बुढ्थापाले नगरपालिकाका ७ जना मात्र रहेको बताए।
अरू करार सबै कर्मचारी ओएनएमभित्र परेका छन्। नगरपालिकाले आन्तरिक स्रोतबाट तलब खुवाउने गरी ओएनएम पास भइसकेको छ। खासै प्रभावित हुने कर्मचारी छैनन्। उनले भने, ओएनएम भित्र नसमेटिएका ७ जना मात्र छन्। जसमध्ये फाएर फाइटर ३ र सुइपर ४ जना छन्।
प्रदेश सरकारको ऐनका विषयमा भने गाउँपालिकाहरुले भने असन्तुष्टि जनाएका छन्। हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मणबहादुर शाहीले कर्णाली प्रदेश सभाबाट पारित “कर्णाली प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०८१” ले संविधानको मर्ममाथि गम्भीर प्रश्न उठाएको छ।
उनकाे अनुसार उक्त ऐनको दफा १४ (१) अनुसार “कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने” तथा सो व्यवस्था विपरीत नियुक्त गरे नियुक्ति गर्ने पदाधिकारीवाट सरकारी बाँकी सरह असुल उपर गरिने भन्ने व्यवस्था गरिएको छ। यो व्यवस्था कार्यरत करार कर्मचारीहरूलाई चेतावनीसहित सेवा बाहिर धकेल्ने कानुनी हतियार बनाइएको बताए।
रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।