अनपेक्षित अनुबन्ध
३० वैशाख २०७७
१९ मिनेट पाठ
संग्रह
Email
ईमेल
अनपेक्षित अनुबन्ध

म राम । एक वर्षको लगातार कोसिस पछि मेरो भिसा लाग्छ । अनि पुरै तयारी गरेर म नेपालबाट अमेरिकातर्फ लाग्छु । त्यहाँ पुगेपछि थाहा भयो, भनेको र सोचेको जस्तो त हुँदैन रै’छ विदेशको बसोबास । तर पनि मनभरि सपना बोकेको थिएँ । मनमा अहङ्कार पनि थियो । धेरै पैसा कमाउँछु भन्ने । पढ्न गए पनि उद्देश्य त पैसा कमाउने नै थियो । स्नातक सकेर स्नाताकोत्तर पढ्न भनेर विद्यार्थी भिसा पाएको थिए र धेरै काम गर्न पाइन्थेन ।  

घरको आर्थिक स्तरले धान्न नसके पनि विदेश जाने भूत सवार थियो ममा । घरपरिवारलाई फकाएर पैसा खोज्न लगाएको थिएँ । आमाबुबाको मन त हो छोराको खुसीका लागि मम्मीको नाममा भएको जग्गा बेच्नुभयो । मेरो खुसीका लागि । छोराको सपना पुरा गर्न सम्पत्ति बेच्नुभयो । अमेरिकाको वासिङ्टन विश्वविद्यालयमा भर्ना पाएको थिए ।

नेपालमा सोचेको जस्तो काम त पाएन । कहिले सुपरमार्केटमा सामान बोक्ने–मिलाउनेसँगै सामान ठाउँठाउँमा पु¥याउने काम गर्ने गर्थें भने कहिले रेस्टुरेन्टमा वेटरको । नेपालमा परिवारलाई त छोरा अमेरिका छ भन्ने हुन्थ्यो तर अमेरिकाको समस्या परिवारलाई के थाहा ?

हामी साथीहरूमा आफ्नो नाम र शानका लागि वेटरको काम गरेपनि म्यानेजरको काम गर्ने जस्तो गफ दिन्छौं । त्यस्तै गफ सुनेर सबैलाई बाहिर जाने रहर लाग्छ । हाम्रो बानी भनेका आफ्नो हालतलाई वास्तविकता लुकाएर बाहिरी देखावटी गर्ने गर्छौं ।  

विदेशमा पैसाको बोट छ र गएर टिप्नेजस्तो ठानेर बिदेसिन खोज्छौं । किनकि, समस्या त बुझेका हुन्नौं नि १ अमेरिका, क्यानडा र अस्ट्रेलिया गएपछि पैसा टक्क कमाइन्छ भन्ने मनस्थिति हुन्छ । पैसा र ग्रिनकार्ड हुनेलाई विवाहका लागि सजिलै केटी दिन्छन् । किनकि, अहिले सबैको अवस्था यस्तै छ । केटा–केटीको बानीभन्दा पनि पैसा र भिसा भए पुग्छ । यस्तै कारणहरूले मानसिक नै विदेश जाने हुन्छ ।  

मेरो पनि अवस्था त्यस्तै थियो । मेरो मनमा एउटै कुरा खेलिरहेको थियो । मसँग पैसा र भिसा नभएको कारणले मेरो गर्लफ्रेन्डले छाडेर अर्कैसँग विवाह गरेर गई । उसको धोका नै मेरो नाकामी हो भनेर झलझली सम्झन्थें । रिस दबाएर आफूलाई सक्षम बनाउन लागेको थिएँ ।  

आठ वर्षअघि । मैले पहिलोपटक उनलाई देखें । दाइको विवाह थियो । जन्ती बनेर गएको थिएँ । पहिलो नजरमै मन घायल भयो । उनको नाम रमा रहेछ । उनी दुलहीतर्फकी थिइन् ।  

पहिलो वर्ष के गर्दागर्दै बित्यो । दोस्रो वर्ष पनि पढाइ अनि काममा नै बिताएँ । दुई वर्षको पढाइ सकेर काम गरिरहेका थिएँ । दुई वर्षमा करिब बीस लाख घर पठाएको थिएँ । बेचेको जग्गा किन्न बीस लाख त पठाएको थिए तर अरू पाँच लाख थपेर परिवारले किन्नुभएको थिए । अझै मैले लागत उठाउन सकेको थिइनँ । 

प्रगति त शून्य नै थियो । कतै–कतै गल्ती त गरिएन जस्तो लाग्थ्यो । परीक्षा सकिएपछि पुरै समय काम गर्न पाइन्थ्यो । भिसा थियो । अन्तर्वार्ता दिएँ र नोकरी नि पाएँ । अतिरिक्त समय काम गर्दा आठ सय डलर पाइन्थ्यो हप्ताको । काम भने अफिस क्लर्कको । स्नातकोत्तर पनि पास सिध्याएँ ।  

सायद पैसा कमाउने जुनुन नै थियो होला टप टेनमा नै परेको रै’छु । त्यसपछि त त्यही कलेजको प्रोफेसरको सिफारिसमा आइटी कम्पनीमा असिस्टेन्ट म्यानेजरको पोस्ट पाएँ । तलब थियो पच्चीस सय अर्धमासिक । पन्ध्र–पन्ध्र दिनमा तलब दिन्थ्यो । अनि बल्ल मन केही शान्त भयो । अब म पनि कोही भन्दा कम छैन भन्ने हुन थाल्यो ।

गाडी चलाएर घर जाँदै थिएँ । मनमा भने रमाको याद नै आइरहेका थियो । सायद पहिलो माया भएर हो कि १ साथसाथै हामीबीच पतिपत्नीको जस्तो सम्बन्ध पनि त थियो । मेरो हरेक कुराको ख्याल गर्थिन् । कसरी भुल्ने त्यो पल । जहाँ सँगै हात समातेर बाटामा रमाउँदै हिँड्थ्यौं ।

शरद अधिकारी
आठ वर्षअघि । मैले पहिलोपटक उनलाई देखें । दाइको विवाह थियो । जन्ती बनेर गएको थिएँ । पहिलो नजरमै मन घायल भयो । उनको नाम रमा रहेछ । उनी दुलहीतर्फकी थिइन् ।  

उनलाई देख्दा मनमा हल्का प्रेमिल भाव जागेको थियो । खालि उनीतिरै नजर जान्थ्यो । बोल्न चाहन्थें । तर के भनेर बोल्ने रु सोच्दासोच्दै विवाह सकिएछ । लुकीछुपी उनको फोटोचाहिँ खिचेको थिएँ । त्यही हेरिरहें । भेट हुन्छ जस्तो लागेको थिएन । तर सन्जोग भनूँ कि भगवान्को इच्छा, कुपण्डोलदेखि रत्नपार्कका माइक्रो चढ्दा उनी भेटिइन् । सँगैको खाली सिटमा गएर बसें । तर पनि बोल्न सकिनँ ।  

एक हप्तापछि फेरि भेट भयो । आईईएलटीएस गर्ने सोचमा ब्रिटिस एम्बेसीनिरको कन्सल्टेन्सीमा गएको थिएँ, त्यही हाम्रो तेस्रो भेट भयो । भेट त के भन्नु र, तेस्रोपटक उनलाई देखेको भन्दा ठीक होला । त्यतिबेला बोल्ने साहस बटुलेर उनीसामु गएँ ।  

‘हाई ।’

‘हेल्लो,’ उनी मसँग बोल्न तयार भइन् ।  

‘चिन्नुभयो ?’ मैले बातचितलाई अघि बढाउन चाहें ।

‘नाइँ, चिनिनँ नि । फेसबुकले गर्दा सबैलाई कताकता देखेको जस्तो त लाग्छ तर ठम्याउन गाह्रो भयो ।’  

‘म राम, तेस्रो भेट हो यो हाम्रो ।’  

‘तर मलाई त त्यस्तो लाग्दैन ।’

‘तपाईंलाई राजेश दाइ र विमला भाउजूको विवाहमा देखेको थिएँ । त्यसपछि अस्ति गाडीमा । आज यहाँ ।’  

‘ए विमला दिदीको विवाह ! मेरो फुपूको छोरी हो,’ उनी अलि खुल्न थालिन् ।

‘हामी त नातामा जोडियौं नि !’ मैले बातचितलाई तन्काउने कोसिस गरें ।  

‘हजुर !’  

मैले सँगै कफी पिउने प्रस्ताव राखें ।

‘हतारमा छु अरू कुनै दिन हुन्न ।’  

‘यही साइडमा छ नि क्याफे । भोलिको के भर !’  

उनले हाँस्दै मेरो प्रस्ताव स्वीकार गरिन् । कफीको चुस्कीसँगै धेरै कुराकानी भए । उनको बाहिर जाने सोच रहेछ । आईईएलटीएस पढ्ने भनेर आएकी रहिछन् । सोमबारबाट नयाँ कक्षा सुरु हुँदै रहेछ । त्यति थाहा भएपछि बुझ्न भनेर गएको मान्छे भर्नै भएर आएँ ।  

सोमबारको भेट चौथो भयो । मलाई देखेर रमाले आश्चर्य मान्दै भनिन्, ‘तिमी पनि !’  

हाँस्दै जवाफ दिएँ, ‘हजुर ।’  

‘अस्ति त केही कुरा गरेनौ त ’  

‘तिमीले सोधेनौ नि !’  

हामीबीच राम्रो मित्रता गाँसियो । घन्टौं फोनमा कुरा गथ्र्यौं । सधैं भेट्थ्यौं । घुम्न जान्थ्याैं । काठमाडौंका सबै ठाउँ सँगसँगै घुम्यौं । वैशाखमा दाइको विवाहमा देखेको थिएँ उनलाई । फागुनसम्म हामी एकदम नजिक भइसकेका थियाैं ।  

भ्यालेन्टाइन डेको दिन मैले प्रस्ताव गरें  

‘के तिमी मेरो भ्यालेन्टाइन हुन्छ्यौ ?’

‘हुन्छ’

‘के तिमी मेरी श्रीमती बन्छ्यौ ?’

‘हुन्छ’

पढाई पनि राम्रै चलिरहेको थियो । उनले परीक्षा दिने निधो गरेकी थिइन म भने अलि पछि दिने मानसिकतामा थिएँ । किनकि हामी डिपेन्डेन्टमा जाने प्लान बनाएका थियाैं। असार महिनाको डेट लिएको थिइनँ । मिहिनेत पनि गरिरहेको थिइनँ । उनको पढाइमा सहयोग पनि दिइराखेको थिएँ ।  

उनका स–सना इच्छाहरू सकेसम्म पूरा गरिरहेको थिएँ साथै उनी पनि मेरो चाहना र इच्छाको कदर गर्थिन । उनी मेरो ख्याल राख्थिन, म उनको । हामीमा झगडा पनि हुँदैनथ्यो । एकअर्कामा हक जमाउथ्यौं । हाम्रो सम्बन्ध देखेर साथीभाइले भन्ने गर्थे– ‘रब ने बना दि जोडी’ भगवान्ले नै बनाएको जोडी हो रे हाम्रो ।  

अचानक गाडीको अगाडि एउटा बालक आयो । झसङ्ग भएँ । गाडी रोकें । चार÷पाँचजना केटाहरू उसका पछि लागेका थिए । गाडीबाट ओर्लिएँ । उसको नजिक पुगेर बोलाएँ, ‘तिमी ठीक छौ ?’

‘हजुर ।’  

‘के भएको थियो ?’

‘मलाई बचाउनुस्, मलाई सहयोग गर्नुस् ।’  

अमेरिकनहरू मेरो नजिक आएर बालक मागे । मैले थर्काएँ । उसको सिक्री र मोबाइल खोसिसकेका रै’छन् । मैले पुलिस बोलाउछु भनेपछि फर्किए ।  

‘तिम्रो नाम के हो, कहाँ बस्छौ ?’

‘मेरो नाम किशोर हो । म डल्लास९टेक्सस०मा बस्छु । परिवार सबै उतै हुनुहुन्छ । मलाई अपहरण गरेर ल्याएका हुन् ।’  

मैले उनलाई सान्त्वना दिएँ, ‘नडराऊ, हिँड मसँंग म भोलि तिमीलाई छाडिदिन्छु ।’

उसले स्वीकृति जनायो ।

त्यो बालकलाई लिएर घर गएँ । सँगै बसेर खाना खायाैं । अनि बेडरुममा सुत्न गएँ । बिहान उठे्दा त्यो बालक थिएन । आसपासका अपार्टमेन्ट छिमेकीहरूलाई सोधें । कसैले थाहा भएको बताएनन् । म अत्तालिएँ । सानो बच्चा कहाँ जान सक्छ भनेर खोज्न थालें । उसका आँखामा डर र भरोसा देखेको थिएँ । म उसलाई उसको परिवार हुनी पुर्याउन चाहन्थें ।  

घरका कामदारहरूलाई बच्चाबारे सोधें ।

‘को बच्चा रु तपाईंसँग कोही पनि आएको थिएन । तपा्इं एक्लै आउनुभएको थियो,’ एक मजदुरले भन्यो ।

‘साँच्ची हो ?’  

‘हो सर ।’  

म एकछिन चुपचाप रहें । सोचमा परें, ‘वास्तवमा को थियो त्यो, जसलाई मैले हिजो राति देखेको थिएँ । कहाँ गयो त्यो बालक ।’

अफिस गएँ । तर काममा मनै गएन । हरेक पल उसकै बारे सोच्न थालें । भुल्न कोसिस गरे पनि झलझली याद आउँथ्यो । त्यो बालकलाई भुल्नै सकिनँ । अनि खोज्न जनो निधो गरे । मसँगै पढेको साथी अमेरिकन प्रहरीमा काम गथ्र्यो । मैले उसको सहयोग मागे । आर्टिस्टको मद्दतले किशोरको स्केच तयार भयो । स्केच लिएर किशोरको खोजी सुरु ग¥यौं । डल्लास घर बताएको हुनाले अलि सजिलो भयो खोज्न । विवरण पत्ता लाग्यो । तर म अचम्मित भएँ । किशोर नाम गरेको त्यो बालक मृत देखियो डाटामा ।  

अनि मेरो मनमा जिज्ञासा उब्जियो । आखिर के भयो किशोरलाई रु कसले गर्यो ? उसका आफन्तलाई भेट्न मन लाग्यो । म उसको ठेगानामा पुगे । म पत्याउनै सकेको थिइनँ । तर त्यहा पुग्दा होसै उड्यो । किशोरको मृत घोषणा भइसकेको थियो । आमाबुबासँग गरिएको कुराकानीबाट सबै कुरा थाहा पाएँ । म केही बोल्न सकिनँ ।  

किशोरको आमा अरू कोही नभएर मेरो प्रेमिका रमा रहिछन् । मलाई देखेर उनी पनि छक्क परिन् । आसपासको मान्छेको प्रभावबिना नै अँगालेर रुन थालिन् । के गर्ने भनी केही सोच्नै सकिएन ।  

रमाका श्रीमान् किस्मतले मंलाई चिन्दा रहेछन् । उनले मेरो सामु आएर भने, ‘हजुर राम हो नि ?’

मैले ‘हो’ भनें र ‘हजुर को ?’ भनेर प्रश्न गरें ।

‘म रमाको श्रीमान् । किशोरलाई कसरी चिन्नुहुन्छ ?’

‘चिन्दिनँ । अस्ति साँझ भेटेको थिएँ । घर लगें । बिहान उठ्दा अचानक गायब भएपछि खोज्दै आएको हुँ ।’  

‘आज किशोरको मृत्यु भएको तेह्र दिन भयो,’ किस्मतले भने ।

‘होइन, तीन दिनअघि त मैले उसलाई लुटेराहरूबाट बचाएको थिएँ ।’  

मेरो कुरा सुनेर उनी चुप भए । रमाले आफैंले उसको शव कन्फर्म गरेको बताइन् । मैले उसको स्केच देखाएँ ।  

रमाले भनिन्, ‘कहाँ देख्यौ तिमीले ?’

‘एकिमा भेली (वासिङ्टन डिसी) मा अस्ति राति १० बजे । अफिसबाट घर फर्किने क्रममा ।’

शरद अधिकारी
‘प्रहरीले डिआब्लो लेकको साइडमा मृत अवस्थामा भेट्टाएको । पानीमा डुबेर शरिर सुन्निएको र गलेको अवस्थामा थियो । कपडाका आधारमा चिनेर अन्तिम संस्कार गरेको,’ रमाले भनिन् ।

उनको हालत र आर्थिक अवस्था देखेर मेरो मनको रिस मर्यो । न त उनले भनेको जस्तो धनी थियो केटो । न त उनको सपना नै पूरा भएको थियो ।  

उनलाई हेरेर त्यो पलको याद आयो । जब उनको अनुहारमा हाँसोको चमक र छुट्टै रौनक हुन्थ्यो ।

‘रब ने बना दि जोडी’ यही भन्दै जिस्काउँथे हामीलाई । हामी पनि मनमनै एकदम खुसी हुन्थ्यौं । उनी मलाई बुझ्थिन्, म उनलाई । पति–पत्नीको सम्बन्ध सुमधर हुन भरोसा र विश्वास चाहिन्छ । हामी आँखा चिम्लेर एकअर्कामा भरोसा गथ्र्यौं । मलाई के चाहिन्छ मैले भन्नै पर्थेन, उनी आफैं बुझेर ल्याइदिन्थिन् ।

म अचम्मित पर्थें । कसरी थाहा पाउछौ मेरो मनको कुरा भनेर सोध्थें । ‘हर्ट टु हर्ट कनेक्सन’ भन्थिन् । मेरो मनमा पनि उनका लागि असाध्यै माया छ । उनको चाहना र इच्छाको सधैं कदर गर्थे । उनी के चाहन्छिन्, त्यो गर्थें । किनकि, म उनको खुसीमा नै मैले आफ्नो खुसी देखेको थिएँ ।  

उनको आईएलटिएसको परीक्षा पनि दिइन् । एक हप्तापछि नतिजा आयो । स्कोर ६ आएको रै’छ । उनी निरास थिइन् । कन्सलेटेन्सीले डिपेन्डेन्टमा भिसा लाग्ने चान्स कम भएको जानकारी गरायो । उनी चिन्ता लिन थालिन् । मैले सम्झाएँ । उनी चिन्तामै थिइन् । दोधारमा पनि थिइन् । बाहिर गएर भविष्य उज्ज्वल बनाउने सपना जुन अधुरो हुनेजस्तो थियो ।  

यसैबीच अमेरिकामा बसोबास गर्दै आएको नेपाली केटाबाट विवाहको प्रस्ताव आयो । उनले जवाफ दिइनन् । केही नबोलेपछि सबै परिवारले ‘हुन्छ’ भन्ने ठानेर केटालाई बोलाए । केटा आएर ‘इन्गेन्जमेन्ट’ गरेर फर्कियो ।  

उनको व्यवहार परिवर्तन हुँदै गएको थियो । म विश्वास गर्थें । उनलाई केही शंका गरिनँ । तर एक दिन सबै कुरा थाहा पाएँ । म बोल्न चाहन्नथें तर मन मान्दैनथ्यो । बोल्दिनँ भने पनि उनको कल आए बोलिहाल्थें । टाढा जाने निधो गरें । मोबाइल अफ गरेर बसेको थिएँ । उनी मेरो कोठामा आइन् । मलाई सम्झाउन थालिन्, ‘हतारहतारमा भयो । केही भन्न सकिनँ । म तिमीलाई नै माया गर्छु । अझै समय छ, हामी सँग । ऊ आउनुअघि सबै कुरा भन्छु घरमा ।’  

रमालाई असाध्यै माया गर्थें । त्यसैले उनको हँमा हँ मिलाएँ ।  

सम्बन्ध फेरि पुरानै अवस्थामा आइसकेको थियो । सधैं भेट्ने, डुल्ने, घुम्नुका साथसाथै शारीरिक चाहना पनि पूरा गरिहन्थ्याैं । समय बितेको थाहा नै भएन । उनको विवाहको दिन आउन थाल्यो । केटा आउने कुरा पनि पक्का भयो । म टाढा हुन थालें । उनलाई मबिना बाँच्न नसक्ने महसुस हुन लागेछ । कल गरेर रुन थालिन् । मलाई लिन आऊ नत्र मर्छु भनेर धम्क्याउन थालिन् । मैले नआउने कुरा प्रस्ट्याएँ । भनें, ‘मलाई पाउन चाहन्छ्यौ भने घरपरिवार र केटालाई भनेर विवाह रोक नत्र आफ्नो सपनाका लागि विवाह गर ।’  

उनले केटासँग कुरा गर्छु भनेर राति स्कुटर निकालेर केटा बसेको होटल पुगिन् । त्यहाँ गएर कुरा गरेर मलाई फोन गर्ने भनेर फोन राखिन् । मेरो मन उकुसमुकुस भइरहेका थियो । उनको फोन आउँछ भनेर पटक–पटक मोबाइल हेर्थें । बिहान हुन लाइसक्यो फोन आएन । आफैंले उनलाई फोन गरे । तर उनको मोबाइल स्विच अफ थियो । म छटपटाएँ ।  

तर, उनी फर्केर आइनन् । न त फोन नै गरिन् । दुई दिनसम्म कुनै खबर नआएपछि म अत्तालिएँ । उनको घर गएँ । छिमेकमा थाहा भयो कि विवाह गरेर अमेरिका गइसकिन् । त्यो खबरले मेरो मुटु छियाछिया भयो ।  

किस्मतले सुनाए, ‘मसँग कुरा गर्न होटल आएको थिइन् । रामलाई मन पराउँछु । ऊबिना बाँच्न नसक्ने भएकाले विवाह गर्न सक्दिनँ भनिन् । म उनलाई पाउन चाहन्थें । त्यही भएर रामलाई मार्दिन्छु भनेर धम्की दिएँ । म विवाह गर्न आएको हुँ र विवाह गरेरै जान्छु भनें ।’  

रमाको श्रीमानले सोधे, ‘के सोच्न लाग्नुभयो ?’

मैले हतारहतार अतालिदै ‘केही होइन’ भनें ।

रमाले धोका दिएकै कारण म अमेरिका आएको थिएँ । आज पाँच वर्षपछि भेट भएको हो । सोध्न त मन थियो, ‘किन छाड्यौ मलाई रु’ तर त्यहाँको हालत त्यस्तो थिएन । कसम खाएको थियौं, सँगै मर्ने बाँच्ने । मनमा हजारौं प्रश्न जन्मिए पनि शान्त थिए । फर्किन थालें । किस्मतले बस्न आग्रह गरे । उनकै घरमा बसियो । किस्मतले महत्वपूर्ण कुरा गर्ने इच्छा सुनाए ।  

मैले भनें, ‘हजुर भन्नुस्, के कुरा गर्न चाहनुहुन्छ ?’  

‘मलाई माफ गर्दिनुस् । मबाट गल्ती भयो,’ किस्मतले भने ।  

‘किन रु के भयो रु केको माफी रु’ मैले सोधे ।

‘रमा हजुरलाई एकदम माया गर्छिन् । उनले हजुरलाई धोका दिएकी होइनन् ।’  

‘माया गर्ने भए मलाई छोड्थिन् ?’  

‘तपाईंलाई थाहा छैन त्यो दिन के भएको थियो ।’ किस्मतले भावुक स्वरमा भने ।  

‘त्यस्तो के भएको थियो र ?’  

रमा आइपुगिन् । भनिन्, ‘के छ राम अचेल तिम्रो खबर रु कहिले आयौ रु सन्चै छौ होला नि ? घरमा पनि सबैजना सन्चै हुनुहुन्छ होला ? अनि विवाह गर्यौ ?’  

प्रश्नहरूको वर्षात् गरिन् । सबैको मिलाएर जवाफ दिएँ ।  

रमाले सुत्न ढिलो भयो भनेर किस्मतलाई लिएर गइन् । म सोचमा परें, ‘आखिर के कुरा रहेछ ?’  

म बिहानै किस्मतसँग कुरा गर्न गएँ । आखिर के भएको थियो र रमासँग ।  

किस्मतले सुनाए, ‘मसँग कुरा गर्न होटल आएको थिइन् । रामलाई मन पराउँछु । ऊबिना बाँच्न नसक्ने भएकाले विवाह गर्न सक्दिनँ भनिन् । म उनलाई पाउन चाहन्थें । त्यही भएर रामलाई मार्दिन्छु भनेर धम्की दिएँ । म विवाह गर्न आएको हुँ र विवाह गरेरै जान्छु भनें ।’  

रमाले भनिरहीकी थिइन्, ‘हाम्रो झगडा भयो । यसै बीचमा त्यही होटलमा बस्ने तीनजना केटाहरू आइपुगे । मैले रक्सी खाएको थिएँ । मैले उनीहरूलाई आफ्नो कोठामा लगिदिन भनें । मेरो कोठामा गयौ । तर कोठामा पुगेपछि त्यी केटाहरू जनावर भएर निक्ले । नचिनेको मान्छेसँग सहयोग माग्नु मेरो ठूलो गल्ती भयो । उनीहरूले मलाई पिटेर रमामाथि नीच व्यवहार गरे । मैले बचाउन सकिनँ । बिहान रक्सीको नसाले छाडेपछि बलात्कारीसँग हातपात भयो । त्यहीबीचमा एकजना झ्यालबाट खस्यो ।’  

किस्मतले अगाडि भने, ‘रमा एकदम डराएकी थिइन् । मलाई पनि डर लागिरहेको थियो । घटनाबारे अरूले थाहा पाए इज्जत जाने, करिअर डुब्ने डरले रमालाई लिएर अमेरिका आएँ तर अझै पनि उनको घाउमा मलम लगाउन सकेको छैन । अझै पनि हजुरलाई भुलेकी छैन ।’

यो सुन्नासाथ मेरो पारा चढ्यो । अर्कोतिर रमाको दुःख मेरो भन्दा एकदम बढी भएको महसुस गरें । अँगालोमा बाँधेर सरी भन्न मन लागेको थियो । मैले रमाको शरीरसँग त माया गरेको होइन, उनको मन र साथ नै ठूलो थियो मेरा लागि । रमाको मायाका लागि कति रात रोएँ कति रात तड्पें, अरूलाई के थाहा रु’  

रमालाई भेटेर भनें, ‘सरी रमा । आइ एम भेरी सरी । आइ लभ यु ।’  

अँगालोमा बाँधिएर रमाले रुन्चे स्वरमा भनिन्, ‘दे किल्ड माई सन ।’ बलात्कारी तीनमध्ये एकजना हातापातमा मृत्यु भएको थियो भने बाँकी दुई जना जिउँदै थिए । उनीहरू पनि अमेरिका नै आएको रै’छन् । रमाले देखेर थर्काएकी रैछिन् । यही कारणले किशोरको हत्या भएको हुन सक्ने रमाले भनिन् ।  

रमा मनमा यति धेरै पिडा बोकेर बाँचिरहेको रैछिन् । उनको अनुहारमा हाँसो फर्काउन जे गर्न पनि तयार थिएँ । उनी जान्न चाहन्थिन् किशोरको हत्यारा को हो ? भनेर ।

उनको खुसीका लागि अनुसन्धान गर्न थालें । तर कुनै प्रमाण फेला परिरहेका थिएन । मलमा घुमिरहेका बेला रमासँग अप्रिय व्यवहार गर्ने एकजना भेट भयो । रमाले देख्नेबित्तिकै कराइन् । त्यो भाग्न थाल्यो । म पछिपछि दौड्न थालें । दौड्ने क्रममा ट्रकसँग ठोक्किएर उसको मृत्यु भयो । प्रहरी आएसँगै म त्यहाबाट फर्किएँ । दुईजना मारिइसकेका थिए । बाँकी एकजना भेटिए किशोरको हत्यारा पत्ता लाग्ने आस थियो ।  

सबै मल, क्याफे, मार्ट र कार्यक्रममा खोज्न थालेका थियाैं । भगवान्ले हाम्रो प्राथना सुन्नुभएछ । ऊ फेला पर्यो । उसको अपार्टमेन्टमा गयौं । धेरै पिटेपछि उसले सच्चाइ उकेल्यो ।

पैसा र पावरको फाइदा उठाएर बलात्कारीका बुवाआमाले आफ्ना सन्तानलाई बिगारेका हुन्छन् । बाबुआमाले राम्रो संस्कार दिनुपर्ने ठाउँमा झन् उनीहरूको कुकर्ममा साथ दिएर उनीहरूलाई नराम्रो काम गर्न हौसला दिएका हुन्छन् । त्यसैको सजाय भोग्छन् आमाबुबाले सन्तान गुमाएर ।  

उसका बुबा एसपी रहेछन् नेपाल प्रहरीमा अनि ट्रक दुर्घटनामा मृत्यु हुनेका बुुबा मन्त्री । बलात्कारका घटनाबारे आ–आफ्ना बुबालाई भनेपछि उनीहरूलाई भिसा लगाएर अमेरिका पठाएछन् । तर रमाले उनीहरूलाई अमेरिकामा देखेपछि सहन नसकेर धम्काएकी रै’छिन् । ‘तिमीहरू पापीलाई सजाय दिन्छु ।’  

रमाले दुईतीन महिनासम्म आफ्नो पिडा भुल्न सकेको थिइनन् । अचानक उनको अवस्था गम्भीर भएपछि उनलाई अस्पताल लगियो । अस्पतालमा थाहा लाग्यो कि रमा तीन महिनाकी गर्भवती रै’छिन् । गर्भपतन गर्दा ज्यानको खतरा हुन्छ भनेपछि रमाले बच्चा जन्माउने निधो गरिन् । किस्मत र रमाबीच शारीरक सम्बन्ध भएको थिएन् । किस्मतले सोच्यो बलात्कारीको बच्चा किन जन्माउने तर रमाले मानिनन् र बच्चा जन्माइन् ।  

किशोर किस्मतको छोरा रहेनछ । त्यही कुरा लिएर बलात्कारीलाई धम्क्याएपछि उनीहरू डराएछन् । घरमा बुबालाई भनेपछि किशोरलाई मार्न माफियालाई पैसा दिइने भएछ । तर तिनीहरूसँग पैसा रहेनछ । पेस्की दिएर अपहरण गर्न लगाएछन् । तर बाँकी पैसा दिएपछि मार्ने भनेर जिउँदै राखेको रै’छन् । मर्ने बलात्कारीको नाममा पैसा आएछ । जसले गर्दा पैसा तिर्न ढिलो भएछ । आज पैसा तिर्ने भनेर बाहिर निक्लेको रहेछ ।  

त्यो सुन्नासाथ म पैसा बोकेर त्यहाँ पुग्छु । किशोरलाई देख्छु । म खुसी हुन्छु । मरेका ठानेको मान्छेलाई जिउदै देख्दा आँखा रसाउँछ । किशोरलाई नमार्न आग्रह गर्छु तर सुन्दैनन् । अनि माफियासँग डिल गर्छु । पैसा पुरै पाउँछस् तर बच्चाको ठाउँमा बलात्कारीलाई मार्नुपर्छ । तर उनीहरू मान्दैनन् । अनि त्यहा फाइट पर्छ । म एक्लै सबैसँग लड्छु । रिसले पुरै शरीर हलचल हुन्छ र सबैलाई पिट्छु । त्यति नै बेला किशोरलाई गोली हान्छन् ।

झन् मेरो मनमा डर उब्जिन्छ । डर र रिसलाई कसैले रोक्न सक्दैन भनेजस्तै माफियाकै पेस्तोल खोसेर सबैलाई गोली हान्छु । त्यहीक्रममा बलात्कारी पनि तिनिहरूसँगै मारिन्छ । पैसा र पावरको फाइदा उठाएर बलात्कारीका बुवाआमाले आफ्ना सन्तानलाई बिगारेका हुन्छन् । बाबुआमाले राम्रो संस्कार दिनुपर्ने ठाउँमा झन् उनीहरूको कुकर्ममा साथ दिएर उनीहरूलाई नराम्रो काम गर्न हौसला दिएका हुन्छन् । त्यसैको सजाय भोग्छन् आमाबुबाले सन्तान गुमाएर ।  

तुरुन्तै किशोरलाई बोकेर अस्पताल लिएर गएँ । रमा र किस्मतलाई खबर गरेर अस्पताल बोलाएँ । रमा एकातिर बच्चा बाँचेको देखेर खुसी हुन्छिन् भने अर्कोतिर मृत्युसँग लडिरहेकोमा दुःखी । गोली लागेर रगत धेरै बगेपछि उसलाई तुरुन्त ताजा रगतको आवश्यकता पर्छ । किशोरको रगत डीएनए र अन्य आवश्यक जाँच गर्छन् ।

‘ए पोजिटिभ ब्लड’को आवश्यक हुन्छ । समूह मिल्ने भएकाले मैले तत्कालै रगत दिने कुरा राख्छु । लडाइँझगडा गर्दा ठाउँठाउँमा चोट लागेको हुनाले पहिला रगत जाँच गर्नुपर्ने कुरा हुन्छ । कतै इन्फेक्सन भए दिन नमिल्ने भनेर रगत जाँचका लागि लगिन्छ । सबै जाँचपछि रगत दिन बोलाइन्छ । मैले रगत दिएपछि बच्चाको अवस्था सामान्य हुन्छ । डाक्टरले कुरा गर्न आफ्नो कार्यकक्षमा बोलाउँछन् । रमा, किस्मत र म जान्छौं ।  

डाक्टर भन्छन्, ‘केस गम्भीर छ । उसलाई खुसी पार्नुपर्छ, हरेक इच्छा पुरा गर्नुस् ।’  

मलाई इंगित गर्दै थप्छन्, ‘सबैभन्दा ठूलो हात तपाईंको हुन्छ । बुबा भएकाले तपाई साथमै रहनुहोला ।’

रमा हत्त न पत्त बुवा राम होइन किस्मत हो भन्छिन् । तर डाक्टरको भनाइ अर्कै हुन्छ, ‘किस्मत होइन, राम नै बिरामीको पिता हो । राम र किशोरको डिएनए सय प्रतिशत मिल्छ ।’  

‘भर्खरै मैले नै जाँच गरेको हुँ,’ म भित्रभित्र एकदम खुसी हुन्छु । किस्मत, रमा र म एकअर्काको अनुहार हेर्छौं । हामी केही बोल्न सक्दैनौं ।  

रमा र मबीचमा शारिरीक सम्बन्ध निरन्तर थियो । उनको विवाहको कुराले हामीमा झगडा भएको थियो । म रिसाएको थिएँ । उनले फकाइन् र त्यो दिन नचाहँदा नचाहँदै शारीरिक सम्बन्ध भएको थियो । अकस्मात् त्यसो हुँदा कुनै सावधानी अपनाएको थिएनौं । हामी निरन्तर भेट्थ्यौं । धेरैजसो भेटघाटमा सम्बन्ध बन्थ्यो । कहिलेकाहीँ त भेटघाट पनि सम्बन्धका लागि जस्तो नि लाग्थ्यो । विवाहको दुई दिनअघिसम्म पति–पत्निको जस्तै सम्बन्ध भएको थियो । सायद त्यै अकस्मात्को सम्बन्धमा प्रमाण उनको पेटमा बसिसकेको रै’छ ।

सबैले बलात्कारको निसान भनेर फाल्न दबाब दिए पनि बच्चाको दोष नभएको भन्दै सबैका विरुद्ध बच्चाको जन्म दिने निर्णय गरेको रै’छिन् रमाले । तर अहिले उनीमाथि नै दोष आयो । रामको बच्चा भएर नफालेको भन्ने आरोप लाग्यो । उनलाई उल्टै अनेक आरोप लागेपछि मैले बोल्नैपर्ने भयो ।  

रमाको श्रीमान्ले डिर्भोस दिन चाहेको बताए । मैले रमासँग कुरा गरे । उनको चाहना बुझें । मैले उनीसँग विवाहको प्रस्ताव राखे । त्यति नै बेला रमाको श्रीमान् किस्मत आइपुगे । उनले भने, ‘तिम्रो आँखामा मैले सधैं रामका लागि माया देखेको थिएँ । ‘रमा १ तिमी उनीसँगै खुसी हुन्छौ । दुनियाँ र समाजको चिन्ता नगर । आफु खुसी हुनुपर्छ, कसैको केही लाग्दैन । तिमी र रामको जोडी भगवान्ले बनाएको हो । मबाट भएको गल्तीको प्रायश्चित गर्न चाहन्छु ।’ 

उनले मलाइ हेरिन् । मैले आफ्नो हात फैलाएँ फिल्मी पाराले । उनी दौडँदै आइन् र अँगालोमा परिन् ।

किस्मतसँग डिर्भोस भएपछि हामी विवाह ग¥यौ । अनि केही महिना त्यहाँ बसेर केही पैसा कमायौ । त्यतिबेलासम्म किशोरको अवस्था पनि सुध्रिसकेको थियो । उसले मलाई नै ‘बाबा १’ भन्न लागेको थियो । हामी एकदम खुसी भएका थियौ । अनि हामीको बचत एक करोडजति भएको थियो । नेपाल फर्कियौं । विवाह गरेको सुन्दा घरपरिवार दुखी हुनुहुन्थ्यो । छोरा पनि छ भन्दा एकदम नराम्रो मान्नुभएको थियो । उहाँहरूमा ‘को अमेरिकन लिएर आयो, अब हामीलाई छोड्छ’ भन्ने चिन्ता रहेछ । जब हामी पुग्यौं, मम्मी एकदम खुसी हुनुभयो । किशोर मेरो फोटोकपीजस्तै थियो ।  

रमालाई देखेपछि झन् खुसी हुनुभयो । सबैको खुसीका लागि फेरि विवाह गर्ने प्रस्ताव आयो । धुमधामसँग विवाह गर्यौं । मलाई मेरो माया र रमाको अनुहारमा खुसी देखेर म आफूलाई भाग्यमानी ठान्छु । हाम्रो सानो परिवारमा खुसीखुसी जीवन बिताउँछौ ।  

हाम्रो बिछोडपछि असल मान्छे र धनी बनेर हैसियत देखाउन चाहन्थें । त्यसैले मिहिनेत गरेको थिएँ । उनलाई देखाउन गरेको मिहिनेत वास्तवमा हाम्रो खुसीको पल बन्यो । सम्पत्तिका साथसाथै खुसी परिवार भयो । कमाएको एक करोडले एउटा कपि उद्योग खोल्यौं ।

त्यहीबाट मासिक दुई लाख नाफा भइरहेको छ । रमा आफू पनि काम गर्छिन् । एक्लो महसुस गर्ने र डिप्रेसनमा पुगेका हामी दुवै अहिले एकदम खुसी छौं । हाम्रो मायाको निसानी किशोर र जन्म दिने आमाबाबुको साथमा । जहाँ मेरो मम्मी, बाबा, छोरा र हामी दुई ।

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस