सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...
०५ जेष्ठ २०७७
१० मिनेट पाठ
संग्रह
Email
ईमेल
सपनाको सहर पस्दा‍‍‍‍‍‍‍‍...

२०७२ साल चैत २७ गते । मेरो एसइई सक्किएको दिन । म निकै खुसी थिए । एकातिर परीक्षा सक्किएको र साथसाथै काठमाडौं जाने सपना पूरा हुने दिन आउन लाग्यो भनेर । सानैदेखि बाबामम्मीको काखमा आफू नहुँदा गाउँ छोड्नुको पीडा केही थिएन मलाई । कहिले परीक्षा सक्किएला र काठमाडौं सहर पसौंला भन्ने मात्र थियो मेरो मनमा । परीक्षा सक्किएकै भोलिपल्ट घर गएँ र हजुरबुबालाई मनाउन थालें । हजुरबुबाले हुन्छ नभन्दासम्म भनिरहें ।  

म सानैदेखिको जिद्धी थिए । मलाई जुन चिज पनि चाइयो भनेपछि त्यो हुनैपथ्र्यो । सम्झाउन त सम्झाउनुभो, अपरिचित सहरमा आफैंले एक्लै बाँच्न गाह्रो हुन्छ तँलाई भनेर । तर म मा आफैं कमाउँछु, आफैं पढ्छु भन्ने जुन अठोट थियो, त्यही अठोटले नै जित्यो मलाई । आफ्नो जन्मभूमि भनेर के गर्नु मलाई घरमा बस्नै मन थिएन ।  

वैशाख ३ गते शनिबारको दिन । मेरो घर भने अलिक विकट ठाउँमा छ । कतै जानुपर्यो भने गाडी पाउनै मुस्किल । हिँड्नलाई तयार भएर बाटोमा बस्यौं । लामो समयसम्म गाडी नपाएपछि हजुरबुबा पनि भन्न थाल्नुभयो ‘ह्या नानु छोड्देऊ आजलाई तिम्रो साइत छैन, भोलि हेरौंला ।’ तर मेरो मन मानेन । गाडीकै प्रतीक्षामा गरिरह्यौं । दिउँसो ३ बजेतिर चिनेकै मान्छेको मालबाहक गाडी आयो । बुटवलसम्म यसमै भए पनि जाऊँ न त भन्ने भएपछि म हजुरबुबासँगै गाडीमा बसें ।  

बाटो कच्ची थियो । सालझण्डी पुग्न नै हामीलाई ३ घण्टा लाग्यो । सालझण्डीबाट काठमाडौंको गाडी बिहानै छुट्छ भन्ने भएपछि हामी त्यही बास बस्यौं । तर मलाई भने पटक्कै निद्रा लागेन । घरी यता कोल्टो फेर्छु त घरी उता । त्यसै गर्दागर्दै रातिको १२ बज्यो । मनमा अनकौं कुराहरू खेल्न थाल्यो ।  

बिहानपख निद्रा परेछ । हजुरबुबाले उठाउनुभयो । तयार भएर काठमाडौंका लागि हिँड्यौं । एकातिर काठमाडौं सहर हेर्नलाई मन आत्तिरहेको थियो अर्काेतिर अन्जान सहरमा मलाई अप्ठ्यारो त पर्ने होइन भन्ने डर पनि थियो । दिउँसोको यात्रा, मन स्थिर नभए पनि रमाइलै लाग्यो । यताउता हेर्दैमा ठिक्कै भयो । रातिको ८ बज्न लागेको थियो । थानकोटको जाममा परियो । कति टाढा रहेछ मैले देखेको सपनाको सहर भन्ने पनि लाग्यो मलाई । ९ बजेपछि कलंकी झराल्यो । दाइ लिन कलंकी चोकमा आउनु भएको थियो । कलंकीबाट १० मिनेट हिँड्नुपर्ने रहेछ दाइको डेरामा पुग्न । त्यो रात दाइकै डेरामा बस्यौं ।  

गाउँकै अन्टीले मलाई काम खोजेर राखिदिनुभएको थियो, ‘घरमा’ । म उहाँसँगै सम्पर्क गरेर काठमाडौं हिँडेकी थिएँ । भोलि बिहानै उठेर त्यहीं गएँ ।  

बिहान झुल्किँदै गरेको मधुर किरणसँगै म अन्टीकोमा पुगें नारनथान । काठमाडौंको रमणीय दृश्य हेर्ने मलाई मौकै जुरेन । त्यहीं बाटोभरिका गाडी, मान्छेको हुल र ठूला ठूला घरमै सीमित भयो मेरो सपनाको सहर । बिहानको खाना आन्टीकोमा खाएपछि मेरो यात्रा काम गर्ने घरतिर मोडियो । दिउँसो १ बजेतिर त्यहाँ पुगेका थियौं हामी । डाक्टरको घर राम्रै त होला भन्ने पनि थियो । आन्टीले राम्रोसँग काम गर्नु, पढ्नु है नानु भन्दै जानुभयो ।  

काठमाडौं गएपछि कम्प्युटर सिक्छु भन्ने सपनाले त्यहाँ ठाउँ पाएन । मलाई भान्साको कामको जिम्मा दिइयो । तीन जनाको सानो परिवार थियो तर खाना भने थरी–थरीको बनाउनुपर्ने । मलाई त्यही घरको कामले कतै घुम्ने, कतै डुल्ने फुर्सद नै दिएन ।  

बिहानदेखि राति १२ बजेसम्म काममै व्यस्त । खाजा बनाउने, खाना बनाउने, उसलाई पढाउने र खुवाउने गर्दागर्दै १२ बजेको पत्तै हुन्थेन । पढेको सबै खर्च व्यहोर्ने भएर मात्र काम गरेको थिए ।  

काठमाडौं छिरेको २ महिना बित्यो । तर मैले काठमाडौं कस्तो छ भनेर अनुभव नै गर्न पाइन । असार लागेलगत्तै मेरो एसइई परीक्षाको नतिजा आयो । म पास भएँ । अब आयो कलेजको कुरा । हुन न त उनी पनि महिला नै थिइन । तर महिला भएर महिलामा हुनुपर्ने मानवता भेटिन मैले ।  

काठमाडौंको कलेज । जताततै महँगी नै महँगी । तर मेरो जिम्मेवारी लिइसकेपछि उनीहरू त्यसबाट उम्किन पाएनन् । मलाई कहाँ, के पढ्ने रुची छ भन्ने समेत सोधिएन त्यहाँ । म सामाखुसीमा बस्थें । त्यही नजिकैकौ कलेजमा मलाई भर्ना गरिदिए । मैले सर्टिफिकेट बोकेर गएकी थिएँ । मानविकीतर्फ पत्रकारिता पढ्न सुझाव दिनुभयो कलेजकी म्यामले । अहिले राम्रो छ यो विषय । तर मैले कुन राम्रो कुन नराम्रो छुट्याउन सकिन, मात्र हस् भने अनि फर्किंए ।  

घरमा दिइएको जिम्मेवारीसँगै मेरो पढाइ पनि त्यसमै थपियो । कसरी पढ्ने, कति बेला पढ्ने भन्ने चिन्ता हुन लाग्यो र हिम्मत भने पटक्कै हारिनँ । कलेज जान थालेपछि बिहानको खाना बनाउँथिनँ । बिहान साढे १० बजे कलेजबाट फर्किन्थें अनि उही धन्दा । घरमा एक जना बुढी आमा (डाक्टरकी सासूमा) पनि थिइन् । उनको पनि हेरचाह गर्नुपर्ने काम सक्किँदा २ बज्थ्यो । पढाइलाई खासै समय दिन सकिनँ । परीक्षाको समयमा राति १२ बजेपछि पढ्ने गर्थें ।

सायद मेरै उमेरका अन्य साथीले त्यत्ति संघर्ष गरेर पढेको थिए । कलेज सुरु भएको २ महिना अर्थात् दसैं अगाडि परीक्षा लियो । परीक्षाको समयमा पनि म घरकै काममा व्यस्त थिए । एकछिन पढेर नै मैले परीक्षा दिएँ । कलेजले मलाई पुरस्कार पनि दियो । त्यसले झन् मलाई संघर्ष गर्ने र पढ्ने आत्मबल बढायो ।  

दसैं आयो, तिहार आयो । तर म मलाई घर जान पाइनँ । नूनबिनाको तरकारीजस्तो भयो दसैं । सँगै पढेका साथीहरूले फोन गरेर गुनासो गर्न थाले, दसैंमा पनि घर नआउने भनेर । तर उनीहरूलाई के थाहा मेरो बाध्यता । हरसमय कचकच गरिरहन्थिन् । कहिले घरको कामको कुरामा त कहिले मेरो कलेजको खर्चको विषयमा मलाई मन पोल्नेगरी भनिरहन्थे तर पनि म सहन बाध्य थिएँ । श्रीमान् इन्जिनियर रहेछन् । कामको सिलसिलामा विदेश पुगेका । उनी पनि आए दसैं मनाउन भन्दै घर । पैसाले सम्पन्न भएकासँग मायामा भने निकै विपन्न लाग्यो मलाई ।  

दसैंमा पनि घर जान नदिँदा निकै मन दुखेको थियो । त्यहीमाथि उनको कचकच झन्पछि झन् बढ्दै थियो । तनावमा कसले पो जिन्दगी जिउन सक्छ र म सधैंका लागि त्यो घरबाट बिदा लिन बाध्य भएँ त्यो पनि उनीहरूको अनुमति बिना नै ।  

उनीहरूले म माथि गरेको अत्याचार सहेर पनि नियाँल्दै थिएँ म । अन्यत्र काम नपाउँदै त हिँड्न पनि मिलेन फेरि । दशैंको समय कपडा पसल राखेकी दिदीसँग कामको विषयमा कुरा गरेकी थिएँ । उनले पनि मलाई पसलमा राख्न खोजकी थिइन् । उनीसँगै सम्पर्क गरेर मेरो यात्रालाई त्यतै मोडे मैले ।

मेरा त्यसपछिका दिनहरू कपडा पसलमा काम गरेर बित्न थाल्यो त्यहीं सामाखुसीमै । बिहान कलेज अनि दिउँसो पसल र बेलुका पसलकै दिदी घरमा बस्न थाले । म पसलमा खाली भएको समयमा पढ्ने गर्थें । त्यसपछि भने मेरो पढाइले निरन्तरता पायो । कामको बोझ पनि अलिकति कम भयो । त्यहाँ भने सबैले माया गर्थें मलाई । त्यहीं बसेर नै ११ को परीक्षा दिएँ । केही समयपछि आफैं कोठा लिएर बस्न थाले । तर मैले जस्तोसुकै परिस्थितिमा पनि पढाइ छोडिन । कलेजका गुरुहरूले म प्रति देखाएको माया मेरा लागि एकातिरबाट हौसला नै बनेको थियो ।  

बिस्तारै आफूलाई एक्लै बाँच्न र बस्न सक्ने बनाउँदै लगे । म मा आफैं बाँच्न सक्छु भन्ने आत्मविश्वास कहिल्यै गिरेन । सबै कुरा मिल्दै गएपछि आफै घुमे आफ्नै तरिकाले मेरो सपनाको काठमाडौं सहर । मेरो जिद्धीपनालाई नरोकी मलाई यहाँसम्म ल्याउने हजुरबुबाप्रति म आभारी छु । उहाँले मलाई काठमाडौं आउन रोकेको भए म कहाँ आफै बाँच्न सक्ने हुन्थे होला, कहाँ जिन्दगीमा नयाँ पाठहरू सिक्ने र भोग्ने अवसर पाउँथें होला र...।  

अझै पनि होलान् मैले पढेको कलेजमा मैले जस्तै दिनरात काम गरेर पढ्नेहरू । घरबाट पैसा पठाएर दिनभरि बसेर पढ्ने साथीहरूको जिन्दगी देखेर मलाई लाग्थ्यो, कास...मैले पनि यस्तो जीवनको अनुभव गर्न पाएँ । म सम्झिरहन्छु तर अहिले त ती दिनहरू सम्झिँदा अनौठो लाग्छ, आफूले नभोगेको, कसैबाट सुनेको कथाजस्तै लाग्छ । 

लोकप्रिय
अर्को समाचार
शिखर यात्रामा डा.पुष्करराज भट्ट
२२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
शिखर यात्रामा डा.पुष्करराज भट्ट

लघुकथा सर्जक डा.पुष्करराज भट्ट आफ्नो पाँचौ लघुकथासंग्रह शिखर यात्रा लिएर बजारमा आएका छन्। उनी लामो समयदेखि नेपाली साहित्य सिर्जना, समालोचना, अनुवाद एवं सम्पादनको क्षेत्रमा सक्रिय छन्। भाषा आयोग, नेपालको सदस्य डा.भट्टका हिन्दी, डोट्याली र थारु भाषामा पनि लघुकथा प्रकाशित हुँदै आएका छन्। 

भुँडीपुराण प्रकाशन, बागबजार, काठमाडौंले बजारमा ल्याएको यस लघुकथासङ्ग्रहमा ५१ लघुकथा समावेश छन्। यी लघुकथाको लेखन काल विसंं २०६५ देखि २०८० सम्म रहेको छ। उनका लघुकथामा सामाजिक विकृति-विससङ्गतिप्रति आलोचना पाइन्छ। उनका लघुकथामा बदलिंदो सामाजिक अवस्थाको चित्रण पाइन्छ। यी मानिसका अहङ्कार, उच्छृङ्खलता र स्वार्थीपनाप्रति आलोचना पाइन्छ।

त्यस्तै उनका लघुकथामा गणतन्त्रकालीन राजनीतिक परिदृश्य पाइन्छ। राजनीतिमा इमान्दारिता, स्वतन्त्रता र प्रतिबद्धता गुमेको, देश र जनताको पक्षमा काम नभएको, राजनीतिमा देश र जनता माथि हुनुपर्नेमा व्यक्तिगत स्वार्थले सर्वोच्च स्थान पाएको अवस्था वर्णन गरिएको छ।

यी रचनामा देशको शिक्षा, स्वास्थ्य, साहित्य कला क्षेत्रमा देखिएका विसंगत यथार्थको प्रस्तुति, विकृतिको आलोचना एवं व्यङ्ग्य पाइन्छ।

उनका लघुकथाको शैली सरल हुनुका साथै संवादको प्रयोग पाइन्छ। उनका लघृकथामा जनपक्षीय स्वर पाइन्छ। उनका लघुकथाका पात्र निम्न एवं निम्नमध्यम वर्गका छन्। आम मानिसको जीवनको सङ्घर्ष र सफलता यी लघुकथाको मूल पक्ष बनेर आएको छ।

वरिष्ठ समालोचक एवं लघुकथा सर्जक प्राडा कपिल लामिछानेले भूमिकामा नेपाली लघुकथाका क्षेत्रमा डा. पुष्करराज भट्टको योगदानको चर्चा गरेका छन्। उनले भट्टलाई समालोचक प्राडा दयाराम श्रेष्ठले लघुकथाका तपसीका रुपमा विशेषण दिएको सन्दर्भलाई उल्लेख गरेका छन्।

शिखर यात्रा लघुकथा कृतिका अधिकांश लघुकथाको भावमूल्यको विश्लेषणका साथै समग्रमा कृतिको मूल्याङ्कन गर्दै एउटा जिम्मेवारीका साथ सिर्जना गरिएको लघुकथाको सङ्ग्रह भएको बताएका छन्।

लघुकथाको समूचित आयाम, बाह्य र आन्तरिक दृष्टिबिन्दुको प्रयोग, सरल, वर्णनात्मक र नाटकीय शैलीका कारण यी लघुकथा पठनीय एवं सम्प्रेष्य छन्।

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
यो पनि पढौँ
कवितामा जीवनचक्र
कवितामा जीवनचक्र २२ वैशाख २०८१ ५ मिनेट पाठ
एक मुठी घामसँगै उदाए सरित् २० वैशाख २०८१ १ मिनेट पाठ
रमितेखोलो
रमितेखोलो २१ वैशाख २०८१ ११ मिनेट पाठ
परशु-कल्पना स्रष्टा सम्मानको घोषणा २० वैशाख २०८१ १ मिनेट पाठ
यादहरूमा मान्छे पटकपटक मर्ने रहेछ! १५ वैशाख २०८१ २ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस