संग्रह
राउटे बस्तीमा तीन जनाको मृत्यु
एक हप्ताको फरकमा २८ वर्षीय मानसिंह र ३१ वर्षीय दलबहादुर शाहीको मृत्यु भएको सल्यान जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गोविन्द थापाले जानकारी दिए। सुर्खेतको गुर्भाकोटस्थित कालीमाटी गाउँपालिकाबाट सल्यानको काल्चेखोलामा उनीहरू सरेका थिए।
कांग्रेसको १४ औं महाधिवेशन : कर्णालीमा संस्थापन समूह बलियो
कर्णालीका १० मध्ये यसअघि नौ वटा जिल्लाको नेतृत्व गरेको रामचन्द्र पौडेल समूह १४ औं महाधिवेशनमा भने कमजोर देखिएको छ।
कर्णालीको हवाइ सेवा नियमित बनाउन माग
संसद भण्डारी लगायत सुर्खेतमा बस्ने कर्णालीको डेलिगेशन टोली बनाएर कर्णालीको हवाइ क्षेत्रमा भोग्नु परेको समस्या समाधानका लागि जुट्न कर्णाली प्रदेश सरकारलाई आग्रह गरिएको हो।
कर्णालीमा सरकारी जहाजको नियमित उडान
भदौ २७ गतेदेखि जुम्लामा उडान नभरेको सरकारी जहाजले कात्तिक १५ गतेपछि नियमित चार उडान गरेको छ।
फितलो तयारीले बर्सेनि खाद्यान्न अभाव
सरकारको फितलो तयारी र बेवास्ताका कारण कर्णालीमा हरेक वर्ष खाद्यान्न अभाव हुने गरेको छ। कर्णालीलगायतका दुर्गम स्थानमा खाद्यान्न ढुवानी गर्न सरकारले बजेट विनियोजन गरे पनि कमिसनको चक्करमा ढुवानी हुन नसक्दा सर्वसाधारणले समयमा चामल पाउन सकेका छैनन्।
कर्णाली प्रतिष्ठान गरिबीको दुष्चक्र तोड्ने गतिलो उदाहरणः राष्ट्रपति
आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा एमबिबिएसलगायत शैक्षिक कार्यक्रम शुभारम्भ तथा एकेडेमिक भवनको शिलान्यास कार्यक्रममा उनले प्रदेशका सबै जिल्लामा स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र अनुसन्धानमा महत्वपूर्ण योगदान दिने बाटोमा प्रतिष्ठान अग्रसर देखिएको बताइन्।
‘अनियमित विद्युत आपूर्तिको समस्या ४५ दिनभित्र समाधान गर्नू’
वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सूचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको, अनलाइनमार्फत परीक्षा दिन नपाएको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध मुद्दा दायर गरेकी थिइन्।
कर्णालीमा उम्मेदवार छान्नै सकस
गठबन्धनबाट जित्ने निश्चित भएका स्थानीय पालिकाहरुमा आकांक्षी बढी देखिएका हुन्। आकांक्षी बढी हुँदा उम्मेदवार छान्न पालिकामा रहेका पार्टी कमिटिहरुलाई हम्मेहम्मे परेको हो। जसका कारण कर्णालीका अधिकाँस ठाउँमा पालिकाले जिल्लामा उम्मेदवारको नाम सिफारिस गरेको छ।
कर्णालीमा कृषि उत्पादन करिव दुई प्रतिशतले बढ्यो
अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७७/०७८ मा कर्णाली प्रदेशभर १.८१ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंक सुर्खेत कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
उडान नहुँदा कर्णालीका यात्रु नेपालगञ्जमा अलपत्र
हुम्लाको सिमिकोटका लागि एकमात्र यातायातको साधन हवाइयात्रा रहेकाले निजी कम्पनीले काठमाडौँमै उडान केन्द्रित गरेपछि यात्रु नेपालगञ्जमै थन्किएका छन्। हाल नेपालगञ्जबाट कर्णालीका हिमाली जिल्लामा उडान भर्न समिट एयरको एक मात्र जहाज छ।