संग्रह
डक्टरी पढ्न कर्णालीमा
भक्तपुरका डा. रहिस कोजु जनरल प्राक्टिस इमरजेन्सी मेडिसन पढ्न कर्णाली पुगेका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो वर्षदेखि पढाउन सुरु गरेको स्नातकोत्तर तहको डक्टरी पढ्न जुम्ला पुगेका हुन्। उनी स्कलरसिपमा कर्णालीमा आएर पढ्न थालेका हुन्। चिकित्सा शिक्षा आयोगले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको डक्टरी पढाइको लागि पाँच वटा कोटा दिएपछि चैत १ गतेदेखि पठनपाठन सुरु भएको भइरहेको छ।
कर्णालीका तीन स्थानीय तहका विद्यालय खुला
वायु प्रदूषण बढेका कारण नेपाल सरकारले शुक्रबारसम्म देशभरका विद्यालय बन्दको आह्वान गरे पनि कर्णालीका तीन स्थानीय पालिकाले भने पठनपाठन जारी राखेका छन्। सल्यानको दार्मा गाउँपालिका, रुकुम पश्चिमको चौरजहारी नगरपालिका र सुर्खेतको चौकुने गाउँपालिकाले शैक्षिक संस्था खुला नै राखेर पठनपाठन गर्ने निर्णय गरेका छन्। वायु प्रदूषण बढेकाले देशभरका विद्यालय बन्द गर्नुपर्ने बाध्यात्मक अवस्था नआएको भन्दै यी पालिकाले विद्यालय सञ्चालन गरेका हुन्।
कर्णालीमा कोरोनाको जोखिम बढ्दै
कर्णालीमा अघिल्लो सातासम्म कोरोना संक्रमितको संख्या दुई जना मात्रै थियो। सुर्खेतबाहेक नौवटै जिल्लामा कोरोना संक्रमित शून्य थियो। नयाँ वर्ष र चैते दशैंको पूर्व सन्ध्यामा कमाउनका लागि कालापहाड (भारत)बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम पनि बढ्न थालेको छ।
कर्णालीमा कोरोना जोखिम बढ्दै
नयाँ वर्ष र चैतेदसैंको पूर्वसन्ध्यामा कमाउन कालापहाड (भारत) बाट कर्णालीवासी फर्कन सुरु भएसँगै कोरोनाको जोखिम बढ्न थालेको छ। सोमबारसम्म कर्णालीमा संक्रमितको संख्या १६ पुगेको छ। दुईजना कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
मंगलबार कर्णालीमा सार्वजनिक बिदा
कर्णाली प्रदेश सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ। वैशाख ७ गते परेको चैत शुक्ल अष्टमी (चैते दशैं) को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिन लागेको हो।
कर्णालीले समावेशीकरण नीति बनाउँदै
कर्णाली प्रदेश सरकारले ‘लैङ्गिक समानता र सामाजिक समावेशीकरण नीति’ बनाउन शुरुवात गरेको छ। प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिष्द कार्यालय प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमद्वारा आयोजित कार्यक्रमबाट सो नीति बनाउन थालिएको हो।
कर्णाली बैशाख महिनामा हिउँले ढाकियो (फोटोफिचर)
यो वर्ष कर्णालीमा बैशाख महिनामा हिउँ परेको छ। पालुवा पलाएर जताततै हरिया भइसकेको बेला हिउँले ढाकेर सेताम्य भएको हो।
अस्पतालमा अक्सिजन पाउनै मुस्किल
चिंगाड गाउँपालिकाका प्रेम विक कर्णाली कोरोना अस्पतालमा भर्ना भएको एक साता भयो । प्रेमलाई दैनिक चार सिलिण्डर अक्सिजन आवश्यक पर्छ ।
कर्णालीको वर्षे अधिवेशन जेठ २४ गते
कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कर्णाली प्रदेशको आठौं (वर्षे) अधिवेशन आह्वान गरेका छन्।
विपदमा प्रदेश सरकारको खेलाँची
प्रदेशको जोखिम अवस्था बुझ्दा पनि प्रदेश सरकारले हालसम्म जोखिम क्षेत्रको नक्सांकन र मूल्याकन गर्न सकेको छैन। जसले गर्दा विपद जोखिम कम गर्ने दीर्घकालीन योजना निर्माण हुन सकेका छैनन्। जोखिम क्षेत्रको नक्सांकनसँगै मूल्यांकन मात्र होइन, अत्यावश्यक पर्ने विपद प्रतिकार्य योजनासमेत प्रदेश सरकारले निर्माण गर्न सकेको छैन।