संग्रह
कर्णालीमा थप नौ जनामा कोरोना संक्रमण
कर्णालीमा मंगलबार थप नौजना कोरोना संक्रमित थपिएका छन् । योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या एक हजार ८६ पुगेको छ ।
साउने सङ्क्रान्तिमा कर्णालीमा सार्वजनिक बिदा
प्रदेश सरकाले साउने सङ्क्रान्तिको अवसरमा भोलि अर्थात् साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश मन्त्रिपरिषद्को निर्णयका आधारमा भोलि प्रदेशका १० वटै जिल्लामा साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा हुने जनाएको छ ।
हिउँले सेताम्मे कर्णाली
कर्णालीका जुम्ला, मुगु, डोल्पा, हुम्लामा बाक्लो हिउँ परेको छ। कालिकोटको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ। जुम्लामा आइतबार दिउँसोदेखि बादल लागेको र रातिदेखि हिमपात भएको स्थानीयले बताएका छन्।
कर्णालीमा आउँदो महिना साहसिक खेल हुने
खेलकुदमार्फत पर्यटन क्षेत्रको प्रचार प्रसार गरी रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ कर्णाली प्रदेशमा साहसिक पर्यटकीय खेल सञ्चालन गरिने भएको छ। आउँदो महिना माघको अन्तिम सातातिर उक्त खेल सञ्चालनका लागि सामाजिक विकास मन्त्रालयले तयारीसमेत थालेको छ।
कर्णालीका अर्गानिक बस्तुको सरकारले बजारीकरण गर्ने
सरकारले कर्णालीका अर्गानिक उत्पादन देशैभर पुर्याउने तयारी गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कर्णालीका अर्गानिक उत्पादनको बजारिकरण गर्ने तयारी थालेको हो।
कर्णालीमा ओली समूहको 'साइबर फोर्स' गठन
केही समय अगाडि पूर्वगृहमन्त्री भीम रावलको अभिव्यक्ति थियो, ‘मलाई ओलीका ‘साइबर सेना’ ले बदनाम गराउन खोजे।’ त्यस लगत्तै नेकपा केपी शर्मा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले साइबर सेना बनाउने उद्घोष मात्रै गरेनन् जिल्ला दौडाहमा साइबर सेना बनाउने घोषणा गर्दै आएका छन्।
कर्णालीको हिमाली क्षेत्र सेताम्मे
कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको हो । हिमाली क्षेत्रबाहेक अन्यत्र भने वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।
सुविधाभोगी जनप्रतिनिधिबाट जनता निरास
कर्णाली भित्रिने मुख्य नाका सुब्बाकुनामा प्रहरीले महिना दिनअगाडि घाँस राखिएको अवस्थामा सरकारी गाडी नियन्त्रणमा लिएको थियो । त्यो गाडी कर्णाली प्रदेशसभाअन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहको रहेको बताइएको छ ।
कोरोना त्रास घटेपछि कर्णालीमा बढ्दै पर्यटकको चहलपहल
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण सुनसान भएका कर्णालीका पर्यटकीय क्षेत्रमा पुनः चहलपहल बढ्न थालेको छ। कोरोना खोपसँगै कोरोना भाइरस संक्रमणको त्रास घट्दै गएपछि यहाँका पर्यटकीय क्षेत्रमा चहलपहल बढ्न थालेको हो।
‘कम्युनिष्टले सत्ता चलाउन सकेनन्, अब हामी नेतृत्व लिन्छौं’
राजनीति सत्ताकै लागि हो । देश र जनताका लागि भलाई र सेवा गर्ने कामका लागि सत्तामा जाने हो । मौका र जिम्मेवारी आउँदा अगाडी नबढ्ने भन्ने कुरा रहेन। कम्युनिष्टको नेतृत्वमा सत्ता सञ्चालनमा समस्या देखियो अब हामी नेतृत्व गर्छौं भनिरहेका छौं ।