कर्णालीमा ओली समूहको 'साइबर फोर्स' गठन
०१ माघ २०७७
३ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा ओली समूहको 'साइबर फोर्स' गठन

केही समय अगाडि पूर्वगृहमन्त्री भीम रावलको अभिव्यक्ति थियो, ‘मलाई ओलीका ‘साइबर सेना’ ले बदनाम गराउन खोजे।’ त्यस लगत्तै नेकपा केपी शर्मा ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले साइबर सेना बनाउने उद्घोष मात्रै गरेनन् जिल्ला दौडाहमा साइबर सेना बनाउने घोषणा गर्दै आएका छन्। त्यसपछि प्रधानमन्त्री ओलीका समर्थकहरूका लागि प्रयोग हुने चल्तीका शब्द अरिंगाल र हनुमान सामान्य बने। नेकपा अध्यक्षसमेत रहेका ओलीको प्रतिरक्षामा उत्रिनेलाई साइबर सेनाको संज्ञा दिन थालियो। त्यसकै निरन्तरता दिन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष ओली समूहले कर्णालीमा पहिलोपटक साइबर फोर्स गठन गरेको छ। सरकारले गरेका राम्रा काम जनतासम्म सहज र छिटो पुर्‍याउने उद्देश्यले कर्णालीमा उक्त साइबर फोर्स गठन भएको हो।

केन्द्रमा साइबर सेना गठन नहुँदै युवा संघको विभागका रुपमा पहिलोपटक कर्णालीमा विद्यार्थी नेता राजेन्द्र अधिकारीको नेतृत्वमा साइबर फोर्स गठन गरिएको छ। अधिकारीलाई साइबर फोर्सको कर्णाली प्रदेश प्रमुख भनिएको छ। उक्त फोर्समा उनीसहित २८ जना सदस्य रहेका छन्। कर्णालीको जाजरकोटमा पनि उक्त फोर्स गठन भएको र अन्य जिल्लामा विस्तारको प्रक्रिया अगाडि बढाइएको साइबर फोर्स कर्णालीका प्रमुख अधिकारीले बताए। ‘हामीले केन्द्र, प्रदेश र जिल्लाका पार्टीसँग सहकार्य गरेर साइबर फोर्स गठन गरेका छौं,’ उनले भने, ‘सरकारले गरेका राम्रा काम जनतासम्म छिटो र सहज ढंगले पुर्‍याउने काम गर्नेछौं।’ 

अहिलेको पुस्ता सोच, विचार र क्रियाकलाप सामाजिक सञ्जालमा प्रयोग गर्दै आएको हुँदा इन्टरनेटका माध्यमबाट सामाजिक सञ्जाल प्रयोग गर्न साइबर फोर्स गठन गरिएको उनको भनाइ छ। ‘सामाजिक सञ्जाल असल विचार र व्यवहारको सम्प्रेषण गर्ने थलो भएता पनि यसको गलत प्रयोग गर्दै जनताबीच भ्रम छर्ने र समयलाई नकारात्मक दिशातर्फ मोड्न एउटा शक्ति प्रयत्नरत देखिन्छ,’ उनी भन्छन्, ‘यस्तोखाले भ्रम चिर्न व्यक्तिगत लाल्छना र गालीगलौज नभइ सत्यतथ्य विषय जनतासम्म पुर्‍याउँछौं।’ साइबर फोसमार्फत कर्णालीका जनतालाई सजग र सचेत बनाउने उनको भनाइ छ।

सबैखाले कूरीति, कूसंस्कार, प्रतिगमन, गैरराजनीतिक क्रियाकलापविरुद्ध सामाजिक सञ्जालमार्फत जनतासम्म सचेतना अभियान सञ्चालन गर्ने साइबर फोर्स कर्णालीले जनाएको छ। व्यक्तिवादी चिन्तनबाट माथि उठेर राष्ट्रिय हितमा भएका गतिविधिको जनतामा प्रष्टरुपमा सचेतना जागृत गर्ने कार्य साइबर फोर्सले गर्ने बताइएको छ। सरकारले गरेका जनमुखी, विकासका कामहरुको जनतामा सही जानकारी छिटो छरितोरुपमा सामाजिक सञ्जालमार्फत पुर्‍याउने कार्य गर्ने साइबर फोर्सको प्रमुख उद्देश्य हो। प्रगतिशिल कम्युनिस्ट विचार सिद्धान्त व्यवहारसम्बन्धी ज्ञानमूलक जानकारी प्रदान गर्ने तथा प्रचारप्रसार गर्नेसमेत उक्त फोर्सको उद्देश्य गरेको छ।

‘सामाजिक सञ्जालमा नेतृत्वप्रति अपमान, मानमर्दन तथा अपशब्द प्रयोग गर्ने क्रियाकलापविरुद्ध सचेतनात्मक आवाज उठाउने,’ उक्त फोर्सको उद्देश्य छ, ‘नियोजतरुपमा नेतृत्वको चरित्रहरुमा गर्नेखालका क्रियाकलापविरुद्ध सशक्तरुपमा प्रतिवाद गर्ने।’ साहीअनुसार फेसबुक पेज पनि बनाइएको छ। साइबर फोर्स भनिए पनि फेसबुक पेजमा ‘साइबर सेना’ नाम दिइएको छ। त्यसमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखिएको छ।

लोकप्रिय
अर्को समाचार
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु
०२ वैशाख २०८१
२ मिनेट पाठ
संग्रह
Email
ईमेल
कर्णालीमा आगलागीबाट मानवीय क्षति बढ्दै, एक सातामै छ जनाको मृत्यु

कर्णालीमा दुई साताभित्र आगलागीका कारण मानवीय क्षति बढेको छ। डोल्पा र हुम्लामा सामुदायिक वनमा लागेको आगोले मानवीय क्षति भएको हो।

डोल्पाको ठुलीभेरी नगरपालिका- ४ को मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका तीनजना सैनिकको गत चैत २६ गते मृत्यु भएको थियो।

त्यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका- ४ मा पर्ने सुँ सामुदायिक वन समूहमा लागेको आगलागीमा परी तीन बालकको मृत्यु भएको थियाे।

गत बिहीबार आगलागी घटनामा परेका तीनैजना बालकको उपचारको क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए।

गाउँनजिकै रहेको वनमा गुच्ची च्याउ टिप्न गएका तीनैजना बालक आगलागीमा परेर गम्भीर घाइते भएका थिए। उनीहरूलाई बचाउन सक्दो प्रयास गरे पनि नसकिएको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले जानकारी दिए। एकै गाउँका तीन बालक आगलागीमा मृत्यु भएपछि सिङ्गो गाउँ शोकमा डुबेको छ। मृत्यु भएकामध्ये दुई बालक एकै घरका हुन्। त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालकको उपचारका लागि हेलिकप्टरको व्यवस्था गरी काठमाडौँ पुर्‍याएको थियो।

हुम्लाको दक्षिणी क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका- ८ रादेउमा एकजनाको जलेर मृत्यु भएको छ। गाउँभन्दा दुई घण्टाको दूरीमा रहेको कुरिल्ला लेखमास्थित आफ्नै भेडीगोठमा आगलागी हुँदा ५५ वर्षीय हर्के ऐडीको बिहीबार राति मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले आगलागीमा ऐडीको मृत्यु भएको जानकारी दिए। राति ऐडीले तापिरहेको आगोको झिल्का हावाले उडाउँदा भेडीगोठमा आगो लागेको थियो। सोही आगोमा परी ऐडीको मृत्यु भएको चन्दले बताए।

जलेर मृत्यु भएको जानकारी पाउनासाथ सर्किदेउ प्रहरी चौकीबाट आठ घण्टाको पैदल हिँडेर प्रहरी टोली राति घटनास्थल पुगेका थिए। भेडीगोठमा ६० वटा भेडा जलेर मरेका थिए।

एक सय २० वटा भेडामध्ये ६० भेडा जलेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। मुगुको छायाँनाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वनमा आगलागी भएको छ।

रुकुम पश्चिमका सामुदायिक वनहरुमा पनि आगलागी भएको छ। आगो निभाउने वैकल्पिक उपाय नहुँदा समस्या भएको छ। हुरीको मौसम भएकोले वनमा लागेको आगो निभाउन कठिनाइ हुने गरेको छ।रासस

लोकप्रिय
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....
राजनीति
Clock ११ भदौ २०८३ | उमेश पाठक १ मिनेट पाठ
भोटेकोशी बाढी : उद्धार र खोजी जारी, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन पिएमओको आग्रह....

रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि सरकारले बिहीबार बिहानैदेखि तटीय तथा प्रभावित क्षेत्रमा खोजी, उद्धार र राहत कार्यलाई तीव्र बनाएको छ।

Whatsapp
News for test 20
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 20

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
News for test 1
कला/साहित्य
Clock ०१ भदौ २०८३ | अरूण बम १ मिनेट पाठ
News for test 1

अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ। इरानी मुख्य भूमिबाट १५ समुद्री माइल (लगभग २८ किलोमिटर) टाढा अवस्थित, खार्ग टापु इरानको आर्थिक मेरुदण्ड हो। यसले सामान्यतया इरानको कच्चा तेल निर्यातको लगभग ९० प्रतिशत प्रशोधन गर्दछ।

Whatsapp
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित छ : महासचिव पोखरेल
नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्पष्ट प्राविधिक र व्यावसायिक कार्ययोजनाबिना लहडका भरमा उद्योग खोल्ने हो भने पुरानै असफलताको पुनरावृत्ति हुनु निश्चित भएको बताएका छन्।
Whatsapp
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
समाज
Clock २५ साउन २०८३ | भीम चापागाईं ३ मिनेट पाठ
इलामवासीको पीडा : कहिले बन्छ सडक र पुल?
इलामका दुई खोलामा बेलिब्रिज जडान नहुँदा सदरमुकाम इलामसहित पाँचथर र ताप्लेजुङको तराईका जिल्लासँग यातायात सम्पर्क विच्छेदजस्तै छ।
Whatsapp
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
राजनीति
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै
हिजोको बैठकमा सभापति थापाले समसामयिक राजनीति र प्रस्ताव केन्द्रीत विषयवस्तुका बारेमा बैठकमा जानकारी गराएका थिए।
Whatsapp
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
समाज
Clock २५ साउन २०८३ | मदन ठाकुर १ मिनेट पाठ
रौतहटमा विद्युत् सर्ट भएर दुईतले घरमा आगलागी, १९ लाख बढीको क्षति
रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर १० दुधिअवामा विद्युत सर्ट भएर आगलागी हुँदा करिब १९ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ।
Whatsapp
बालबालिकाको गोपनीयता हक
विचार
Clock २५ साउन २०८३ | प्रेमनारायण भुसाल ७ मिनेट पाठ
बालबालिकाको गोपनीयता हक
प्रजातान्त्रिक मुलुकमा जवाफदेहिता र पारदर्शितालाई जति महत्त्वपूर्ण सूचक मानिन्छ। त्यति नै महत्त्वपूर्ण रूपमा रहेको हुन्छ गोपनीयताको विषय।
Whatsapp
विपद्का घटना बढे, एकै दिन  ४१ घटना
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
विपद्का घटना बढे, एकै दिन ४१ घटना
साउन २३ गते बिहान १०ः०० देखि २४ गते बिहान १०ः०० बजेसम्म देशका विभिन्न जिल्लामा ४१ वटा विपद्का घटना भएका छन् ।
Whatsapp
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अन्तर्राष्ट्रिय
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
अल-माखा बन्दरगाहमा हुथीको आक्रमण : सात जनाको मृत्यु, तेलको मूल्य वृद्धि
अर्कोतिर अमेरिकी सेनाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको कारण खार्ग टापुमा इरानको कच्चा तेल निर्यात पाइपलाइन ‘पूर्ण रूपमा रोकिएको’ बताइएको छ।
Whatsapp
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
समाज
Clock २५ साउन २०८३ | नागरिक १ मिनेट पाठ
लुम्बिनीमा आरोग्य पर्यटन प्रवर्द्धन अभियान
लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवर्द्धन अभियान सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस